20230616

देश पुरै सर्कसका जोक्करहरुको जोक र स्टन्टबाजी मै चलिरहेको छ, हामी त्यसैमा कहिले यो कहिले त्यो भन्दै जोकहरूमै रमाइरहेका छौँ, जोक्करहरु सँग दङ्ग छौँ ।

 अहिले मात्र होइन २०४६ यता र विशेष गरी २०५२ यता देश पुरै सर्कसका जोक्करहरुको जोक र स्टन्टबाजी मै चलिरहेको छ, हामी त्यसैमा कहिले यो कहिले त्यो भन्दै जोकहरूमै रमाइरहेका छौँ, जोक्करहरु सँग दङ्ग छौँ । नक्कली राष्ट्रवाद, नक्कली प्रजातान्त्रिक समाजवाद, नक्कली कम्युनिजम, नक्कली लोकतन्त्र, नक्कली गणतन्त्र र नक्कली वादै वादहरूले देश निली सकेको छ तर पनि अहिले पनि तिनै नक्कली र छलकपट चालहरू सँगै चलिरहेका छौँ । जोक्करहरु यति धेरै उत्पादन गर्‍यौँ हामीले, त्यसैले होला त्यहाँ जोक र सर्कसहरू मज्जाले चलिरहेका छन्, बिकी रहेका छन् । एकादुइ केही गर्छु भन्ने भिजन भएका हिरो बन्नुपर्ने हरू जिरो बनाइएका छन् । अराजकता यति मौलाएको छ कि अब कुन दिन कुन ठेउकेले मोदी र बाइडेलाई नेपाल प्रवेशमा रोक लगाइएको छ भन्छ र भाइरल हुन्छ । सत्य सुन्न, सत्य बोल्न, गर्न कोही तयार छैनन् । पुराना जोगीहरू त फेल भएका थिए थिए अलि बढी नै खरानी घसेका नयाँ जोगीहरूको खरानी खस्न थालिसकेको छ । धर्म अफिम भन्दै मन्दिरमा पिसाब फेर्ने र

पण्डितहरु मार्ने, पण्डितहरूका टुप्पी र जनै काट्ने कथित क्रान्तिकारी भैँसी पूजा हुँदै जनै र गेरु वस्त्र मा महाकाल र पशुपति नाथ धाउन र सत्तामा रही रहन पाउन जे सुकै गर्न पनि तयार देखिन थालेका छन् । यस्तै चटकहरूमा देश रनभुल्ल छ हामी हरू रनभुल्ल छौँ । रहौँला हामी नेपाली कहाँ नेपालै नरहे भन्ने कुरा गीत कवितामा र उक्तिमा मात्र सीमित भएको छ । सत्य तितो लाग्न सक्छ !       

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page        

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक