तर, सो अपिल प्रहरी सिधै खारेज गर्यो र भन्यो कानुन सबैका लागि बराबर हुन्छ । हतकडी नगाउन गरेको सन्दीपको अपिलमा आफू मिडियामा हतकडीसहित मिडियामा नपरूँ भन्ने नै थियो । यद्यपि प्रहरीले आरोपितलाई कुख्यात अपराधी सरह हतकडीसहित फिल्मी शैलीमा मिडियामा देखाउँदै हिरासतमा गरेको थियो ।
यहाँनिर कुरा सन्दीप र चार्ल्सको होइन कुरो प्रहरीले गर्ने पक्षपातपूर्ण व्यवहारको हो । कुख्यात हत्यारा चाल्र्सलाई मिडियाबाट जोगाएर विदेश पठाउन सक्ने प्रहरीले बलात्कार आरोपित रहेका लामिछानेलाई समेत ससम्मान जेलमा हिरासतमा लैजान पनि सकिने रहेछ ।
बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने फ्रान्सेली नागरिक शोभराजलाई सर्वोच्चले बुधबार जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश पठाउन आदेश दिएको थियो ।
कुख्यात हत्याराका रूपमा परिचित शोभराजले विक्रम संवत् २०३२ मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए । शोभराजविरुद्ध भारत, थाइल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ।
न्युज अफ नेपालका अनुसार शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको करिब समय जेलमा बिताएका छन्। नेपाल आउनुअघि सन् १९९७ सम्म उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए। तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक