यसअघि निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको चुनाव खर्चको निगरानी गर्न प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गर्ने निर्णय गरेको थियो। स्वच्छ, निष्पक्ष भनिएको निर्वाचनमा 'गारधन' प्रयोग भएर निर्वाचनको स्वच्छतामै प्रहार हुँदै आएको छ। निर्वाचनको प्रचारप्रसारका क्रममा हेलिकोप्टर लगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई रोक्न आयोगले विशेष निर्णयहरू गरेको छ।
निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारका लागि हेलिकोप्टरसहितको सवारी साधन प्रयोग गरेको गुणसो बढेपछि अनुमगनका लागि आयोगले बैठक बसेर अख्तियारलाई निर्वाचन अनुगमन गरिदिन विशेष निर्णय गरेको हो।
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गर्न र आचारसंहिताको पालना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत सरकारका मन्त्री, मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारका मन्त्रीहरूलाई निर्देशन दिएको छ। प्रधानमन्त्री लगायत मन्त्रीहरूले सरकारी हेलिकोप्टर प्रयोग गरी निर्वाचन प्रचारप्रसार गरेको आयोगमा उजुरी परेको छ।
निर्वाचन आचारसंहिता लागू भएपछि क-कसले सरकारी खर्चबाट हेलिकप्ट चढेको हो? भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई आयोगले स्पष्टीकरण सोधेको छ।
'प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरू समेतले हेलिकोप्टर सेवा प्रयोग गर्दा लागेको खर्चको व्ययभार सरकारी कोषमा पर्छ, पर्दैन स्पष्ट गरी लेखी पठाउनू', सोधिएको स्पष्टीकरण पत्रमा उल्लेख छ, ' निर्वाचन आचारसंहिता लागू भएको मिति २०७९ असोज १२ पछि नेपाल सरकारका मन्त्री वा अन्य पदाधिकारीबाट सरकारी कोषबाट रकम व्यहोर्ने गरी के, कुन? प्रयोजनका लागि हेलिकोप्टर सेवा प्रयोग भएको छ ? स्पष्ट रूपमा खुलाउनू।'
निर्वाचन प्रचारप्रसारका सन्दर्भमा सरकारी साधन स्रोत हेलिकोप्टर तथा अन्य साधन समेत प्रयोग गर्नु निर्वाचन आचारसंहिताको प्रतिकूल हुने आयोगले जनाएको छ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक