- सुदीप पन्त
अमेरिकन नेपाली नेताहरु ,ठुला कुरा गर्ने होइन ,बृद्द अवस्थामा यहाँ रहेका अमेरिकन नेपालीहरुको बिषयमा कुनै सोच ,प्लान वा योजनाहरु दिमागमा छ कि छैन ? कि आफु त्यो उमेरमा पुगिन्न ?? के बर्तमानको दम्भ घमण्ड शक्ती एब अहंकारले पछी सम्म थाम्छ ?
सँख्यामा अमेरिका आउने पहिलो पुस्ताका नेपालीहरु अत्यन्त थोरै छन । दोश्रो पुस्ताका अर्थात ५० देखी माथि उमेर पुगेका नेपालीहरु निकै सँख्यामा छन । यिनिहरुको एक्टिभ जिबन भनेको १५/ २० बर्ष हो । यिनिहरु हात गोडा चल्न छोडेपछी गर्छन् के ? कसैले सोचेको छ ?
यो उमेर कै धेरैलाई पद पैसा पावरको चस्का छ । एनआरएनबाट संसार हाँक्न खोज्छन ,नेपालको कायापलट गर्ने ठुला कुरा गर्छन ।यी मध्ये धेरैले राम्रो पैसा कमाएका पनि होलान ,जिबन स्तर राम्रो पनि होला । तर जिबनको अन्तिम समय तिर एक्टिभ जिबनबाट सुस्ताउदै गर्दा बाँकी जिबनलाई सहज कसरी पार्न सकिन्छ भन्ने तिर कसैको ध्यान गएको छैन ।
पैसाले मात्र सबै कुरा पुरा हुन्छ होला त्यो बेला ? सन्तानहरुले साधारण हेरचाह गरे पनि त्यो उमेरमा हुने एकांकीबाट पार लाग्ला ? डर त्रास ,ढल्कदै गरेको जिबन, क्षिण हुँदै गएको शक्तीलाई बिर्सदै आफ्नै समुदायको आफ्नै उमेर मिल्नेहरु बिच हाँस्दै रमाउदै बस्ने बातावरण तयार गर्ने कि नगर्ने ?
अमेरिकन सरकारले उपलब्ध गराएको सिनियर सिटिजन बस्ने घरहरुमा अन्य समुदायका मान्छेसँग हामी रम्न सक्छौ ? हाम्रो रितिरिवाज ,खानपिन ,धर्म र संस्कारहरु त्यहा पाउन सक्छौ । भाषा मिल्छ ?
कि नेपाल गएर बाँकी जिबन बिताउनु पर्यो । स्वास्थ्य सुबिधा लगायत अन्य पारिबारिक कारण र स्थाई रुपले नेपाल बस्ने स्थिती नहुँदा यहाँ अब दोश्रो पुस्ताका तपाईंहामीले सोच्ने वेला आयो कि आएन । गज्जबको पेशा ,लाखौं डलर ,थुप्रै स्टोरहरु ,ठुला ठुला ब्यापार भए पनि कालन्तरमा एक्लै हुनुपर्ने स्थिती आउन सक्छ । त्यो बेला पैसाले मात्र सन्तुष्टी दिन सक्दैन ।
आफ्नो सन्तानहरुले राम्रो बाच्ने आधार दिदा पनि त्यो बेला भने जस्तो सन्तुष्टी प्राप्त हुन्न ।अमेरिकन ब्यस्त जिबनमा हामीले हाम्रो बुवाआमालाई समय दिन सकेको छैन भने हाम्रा सन्ततिहरुबाट त्यो अपेक्षा गर्नु बेकार छ । जिबन बुझेको मान्छे सधैं भरी घरको पर्खाल भित्र रमाउन सक्दैन ।
नेता, अगुवा ,डा. ,इन्जिनियर, प्राध्यापक ,ठुला ब्यापारि भन्नुको कुनै अर्थ हुन्न उमेर ढल्के पछी , जिबन मात्र जिबित तर शरीर सकृय हुन नसकेको अवस्थामा यि सबैकुराहरु शुन्य हुन्छ ,गौण हुन्छ ।त्यसैले जिबनको त्यो अवस्थामा कसरी जिबन सुखमय बनाउने भन्ने कुरामा अहिले देखी नै केही सोच्नु पर्ने हुन्छ ।
एउटै उमेर हाराहारीका धेरै नेपालीहरु बुढेसकालमा एउटै छहारि भित्र आफ्नै खाना आफ्नै सस्कार आफ्नै धर्म आफ्नै रितिरिवाज एब भाषा सहित संगै बस्ने बातावरणको लागी पहल गर्नुपर्ने स्थिति छ । नत्र बुढेशकालमा सबै कुरा भए पनि केही नभएको जस्तो अवस्था र मानसिक बेचैनबाट हामी धेरैले गुज्रनु पर्ने अवस्था आउन सक्छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक