यसअघि टाइफून नान्मादोलको प्रकोपबाट जोगिन ९० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको थियो। अझै साढे तीन लाख घरमा विद्युत् आपूर्ति छैन। आगामी २४ घण्टामा ४०० मिलिमिटर पानी पर्ने पूर्वानुमान गरिएको छ।
सरकारी प्रसारक एनएचकेका अनुसार बाढीमा एउटा कार डुबेपछि एक जनाको र पहिरोमा पुरिएर अर्का व्यक्तिको मृत्यु भएको थियो।
उक्त शक्तिशाली समुद्री आँधीका कारण २३४ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चलेको छ। हावाहुरीका कारण घरहरूमा क्षति पुगेको छ र यातायात अवरुद्ध भएको छ।
यो समुद्री आँधीलाई चौथो वा पाँचौ वर्गको हरिकन जत्तिकै शक्तिशाली मानिएको छ।
राजधानी टोक्योमा पनि ठूलो वर्षा भएको छ। बाढीका कारण टोजाई अन्डरग्राउन्ड लाइन बन्द भएको छ।
बुलेट रेल सेवा, फेरी र सयौँ उडानहरू रद्द भएका छन्। पसल र व्यवसायहरू पनि खुल्न सकेका छैनन्। टोक्योमा खिचिएको भिडिओमा भवनहरूका छाना उडेको र बिलबोर्डहरू भत्किएको देख्न सकिन्छ।
समुद्री आँधीका कारण देशमा सङ्कट निम्तिएपछि प्रधानमन्त्री फोमिओ किशिदाले आफ्नो विदेश भ्रमण पर सारेका छन्।
उनी संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गर्न न्यूयोर्क जाने तय भएको थियो।
उक्त आँधी पूर्वतिर जाने र जापानको मुख्य टापु होन्शु हुँदै बुधवार पुनः समुद्रमा छिर्ने पूर्वानुमान गरिएको छ।
वैज्ञानिकहरूले ला निना नामक प्राकृतिक घटनाका कारण यो वर्ष समुद्री आँधी सक्रिय हुने आकलन गरेका छन्।
जलवायु परिवर्तनका कारण प्रशान्त महासागर र क्यारिबीअन सागरको सतह तातो हुँदा समुद्री आँधीको सङ्ख्या र शक्तिमा प्रभाव पर्ने बताइन्छ। - BBC
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक