अन्तर्राष्ट्रिय कलाकार मञ्चका तर्फबाट केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले भर्खरै अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका अन्तरगतको इजरायल शाखामा आएको नयाँ नेतृत्वलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको विधि र विधान अन्तरगत स्थापित र सञ्चालित इजरायल शाखाले अझै राम्रो सँग काम गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । मञ्चको विधि र विधान अन्तरगत भर्खरै सम्पन्न साधारण सभा र निर्वाचित कार्य समितिलाई मान्यता प्रदान गरिएको बत्ताउँदै खनालले नव निर्वाचित टिमलाई हार्दिक बधाई, निवर्तमान टिमलाई आज सम्म निर्वाह गरेको भूमिका र दिएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । केन्द्रद्वारा नयाँ कार्य समितिलाई मान्यता प्रदान गरिएको खनालले बताउनुभयो ।
इजरायल शाखाको दशौँ वार्षिकोत्सव तथा साधारण सभा गत जुन १७ तारिख इजरायलको तेलअभिबमा सम्पन्न भएको थियो । इजरायलको बसपार्क मुनि रहेको एभरेस्ट डिस्को हलमा शुक्रवार साँझ ८ बजे देखी सुरु भएको कार्यक्रमका सभापति संस्थाका निवर्तमान अध्यक्ष अनिल सिंह राजपूत हुनुहुन्थ्यो । त्यस्तै प्रमुख अतिथि नेपाली राजदुतबास इजरायलका तृतीय सचिव प्रदीप सागर गिरि ,विशेष अतिथि गैर आवासीय नेपाली राष्ट्रिय समन्वय समिति इजरायल ( nrna ncc) का प्रतिनिधि प्रथम उपाध्यक्ष सुमी थापा र राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष एवं प्रतिनिधि हरू त्यसै गरी इजरायलमा क्रियाशील सामाजिक,राजनीतिक,धार्मिक,साहित्यिक साथै मिडिया कर्मीहरू र इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम का संयोजक वरिष्ठ उपाध्यक्ष राज लिम्बु हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन सचिव स्वस्तिका श्रेष्ठले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यस्तै निवर्तमान अध्यक्ष अनिल सिंह राजपूत, संरक्षक कादम्बरी दाना श्रेष्ठ, उपाध्यक्ष राज लिम्बु कलाकार हरू स्वस्तिका श्रेष्ठ, स्वयम सुब्बा ,सावित्री सुनुवार,प्राग थींग लगायतलाई सम्मान पनि गरिएको थियो । अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको दसौँ साधारण सभाको निर्वाचन समितिमा संयोजक कादम्बरी दाना श्रेष्ठ निर्वाचन समिति सदस्य अनिल सिंह राजपूत, देव बास्कोटा लगायत हुनुहुन्थ्यो ।
अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ - कलाकार युनिका गुरुङ । वहाँको नेतृत्वमा नव-गठित १७ सदस्यीय कार्य-समिति २०२२/२०२३ कार्यकालका लागी वरिष्ठ उपाध्यक्ष राज लिम्बु , प्रथम उपाध्यक्ष कुमार आङ्देम्बे ( अबि )उपाध्यक्ष सावित्री राई,महासचिव स्वस्तिका श्रेष्ठ,सचिव स्वयम सुब्बा , कोषाध्यक्ष कोपिला भट्टराई, सदस्यमा प्रयाग थिङ, पुन्य प्रसाद सङ्कर, जानुका निरौला, मालती बाग्दास, प्रकाश श्रेष्ठ, जिना सिंह, समीर राई, ज्योति प्रधान, रञ्जन तिवारी छेत्री, सदस्य खुसी निकु चयन हुनुभएको छ ।
त्यस्तै संरक्षकहरूमा कृष्ण रायमाझी, कादम्बरी दाना श्रेष्ठ, प्रमुख सल्लाहकारमा अनिल सिंह राजपूत, सल्लाहकारमा देव बास्कोटा, नेहा गुरुङ, किशोर के चौहान रहनुभएको छ ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको विधान अन्तर्गत इजरायलमा यो शाखा “न मर्छ कला न मर्छन् कलाकार फैलाउने हाम्रो परम्परा अनि संस्कार” भन्ने मूल नाराको साथमा कला संस्कृतिको जगेर्नाको लागी इ. स. २०१२ मा स्थापना भएको हो ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक