चितवनका कांग्रेस मात्र होइन अरु दलका र स्वतन्त्र नागरिकहरु पनि भन्दैछन - "हामी जगन्नाथको पक्षमा छौं मात्र यत्ति हो जगन्नाथ पौडेलजीले खुट्टा कँपाउनु भएन । वहाँ भरतपुरको मात्र होइन देशकै वास्तविक हिरो र मेयर बन्ने अवस्था छ । जनताहरु प्रचण्ड एण्ड रेणु कम्पनी सँग दिक्दार मात्र होइन वाक्क दिक्क भैसकेका छन । तर यस्तो सुबर्ण अबसरमा पनि जगन्नाथ पौडेलजीले खुट्टा कँपाउनु भयो भने, जनतालाई धोखा दिनुभयो भने वहाँको राजनीति पनि सकिन्छ र वहाँ अर्को देबी ज्ञवाली बन्नुहुने छ । तर काँग्रेसले कार्वाही गरे वहाँको हाइट डबल हुने छ ।"
यसै बिच चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रष्ट पारेका छन् । उनलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए । मन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले भने आफू निकै अघि बढिसकेको भन्दै पछि हट्न नसकिने बताएका थिए । मन्त्री खाँणले गठबन्धनअनुसार चितवन महानगरपालिका माओवादी केन्द्रको भागमा परेको भन्दै नोमिनेसन फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले भने बरु अनुशासनको कारबाही भोग्न तयार रहेको बताए ।‘म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु । चितवन जिल्ला र साथीहरूको मान मर्यादा, प्रतिष्ठा, उहाँहरूको भविश्वसँग जोडिएको विषय भएकाले मैले एक्लैले निर्णय गर्ने विषय भएन् । जसले गर्दा उम्मेदवारी फिर्ता गर्न सम्भव भएन भन्ने कुरा राखे,’ पौडेलले गृहमन्त्रीसँग भने ।बिहानको छलफल निष्कर्षमा नपुगेपछि गृहमन्त्री खाँणले पुनः छलफलमा बस्ने बताएका थिए । पौडेलले पनि आफू कुनै पनि हालतमा आफ्नो अडानबाट पछि नहट्ने भन्दै पुनः बस्दा पनि आफ्नो अडान यही रहने प्रष्ट पारेका थिए । ‘गृहमन्त्री खाँणसँग फेरि बस्ने भन्ने कुरा गर्नुभयो । तर, मनोनयन फिर्ता हुने विषय भने असम्भव भएको बताएको छु,’ पौडेलले भने, ‘भरतपुर महानगरको ३२ जना मेयरका दाबेदारमध्ये एकजना म हुँ । मेरो कारणले केन्द्रीय गठबन्धनलाई असर गर्नुपर्ने कुनै कारण छैन ।’आफूले एउटा सामान्य नागरिकको हिसाबले मेयर पदमा उम्मेदवारी दिएको उनको भनाइ थियो । यसमा अनुशासन उल्लंघन गरेको जस्तो लागेमा कारवाही स्वीकार्न तयार रहेको बताएका थिए । ‘तपाईहरूले पनि एउटा कांग्रेसको कार्यकर्ता भएको नाताले यस्ले उम्मेदवारी दिएछ भन्ने सोच्नुपर्छ । यदि तपाईलाई लाग्छ अनुशासनको सीमा नाघ्यो भने अनुशासनमा कारबाही गर्न सक्ने व्यवस्था पनि छ । त्यसमा मलाई कुनै आपत्ति हुँदैन, त्यसमा मेरो कुनै गुनासो हुँदैन,’ पौडेलले भने ।
आफ्नो उम्मेदवारी गठबन्धनलाई असर पर्ने वा पार्टीमा समस्या हुने गरी भन्दा पनि चितवनमा मतदाताको सम्मानका लागि भएको उनले गृहमन्त्रीसँग स्पष्ट पारेका थिए । ‘यो पार्टी र गठबन्धनको संकट जुन छ त्योसँग मलाई जोडेर हेर्नुभएन । यो त केवल स्थानीय पार्टी बचाउने विषयसँग सम्बन्धित छ,’ उनले भने, ‘केन्द्रसँग कुनै लेनदेन छैन । भोलिसम्म अन्याेलका स्थिति होला । त्यसपछि सहज रूपमा अगाडि जान्छ ।’उनलाई मेयर पद छाडेको खण्डमा प्रदेश सभा सदस्य बनाउने प्रस्तावसमेत गृहमन्त्री खाँणले राखेका थिए । त्यति मात्र नभएर प्रतिनिधिसभामा समेत लैजाने र मन्त्री बनाउने प्रस्तावसमेत गरिएको थियो । तर, उनले आफू मेयर पदका लागि निकै अघि बढिसकेको र पछि फर्किन सम्भव नरहेको भन्दा प्रस्तावहरू अस्वीकार गरेका थिए ।
पाँच दलीय गठबन्धनको भागबन्डाको आधारमा भरतपुर महानगरपालिका माओवादी केन्द्रको भागमा परेको छ । जहाँबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल मेयरमा उठेकी छिन् । नेपाली कांग्रेसका पूर्वसांसद पौडेलले बागी उम्मेदवारी दिएका छन् ।प्राप्त पछिल्लो अपडेट अनुसार भरतपुर महानगरपालिकाको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन पाँच दलीय सत्तारूढ गठबन्धनले गृहमन्त्रीदेखि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशलाईसमेत लगाएका छन् । पौडेलको निवासमै पुगेर गृहमन्त्री बालकृष्ण खाणले उम्मेदवारी फिर्ता लिन दबाब दिएका छन् । त्यस्तै पूर्वप्रधानन्यायधीश गोपाल पराजुली लगायतले पौडेललाई बागी उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै आएका छन् ।
यद्यपि गृहमन्त्रीदेखि पूर्वप्रधानन्यायाधीश समेतले उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि जग्गनाथ पौडेल टसमस नगरेको बताइएको छ । उनको टसमसले बागी उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने उनीहरु सबै हायकलकायल छन् । अहिलेसम्म पनि पौडेलले उम्मेदवारी फिर्ता लिने कुनै संकेत देखाएका छैनन् ।
चुनाबमा हार जीत प्राबिधिक कुरा हो तर जगन्नाथले भरतपुरमा चुनाव अघि नै जितिसकेका छन, देशै भरी उनको कदमले अशली काँग्रेसीहरुलाई गतिलो पाठ सिकाइसकेको छ !
Related post:
चुनाबमा हार जीत प्राबिधिक कुरा हो तर जगन्नाथले भरतपुरमा चुनाव अघि नै जितिसकेका छन, देशै भरी उनको कदमले अशली काँग्रेसीहरुलाई गतिलो पाठ सिकाइसकेको छ !
जय नेपाल ! मैले हिँडेको बाटो अप्ठ्यारो भएपनि किमार्थ गलत छैन। भरतपुर महानगरपालिकाको प्रमुख पदमा मैले उम्मेदवारी दिने निर्णयसँगै अपार माया र साथ दिनु हुने आदरणीय काँग्रेसजन ,लोकतन्त्रवादी मित्रहरु म तपाईंप्रति भावपूर्ण आभार ब्यक्त गर्दछु र तपाईंको साहस , उत्साह र प्रतिबद्धताको मुक्तकण्ठले प्रशंसा पनि गर्दछु ।
- जगन्नाथ पौडेल, मेयर पदका उमेदवार, भरतपुर चितवन
पाँच दलीय सत्तारूढ गठबन्धनले नेकपा माओवादी केन्द्रलाई मेयर पद छाडेकाे भरतपुर महानगरपालिकामा कांग्रेसका लोकप्रिया नेता एबम पूर्व साँसद जगन्नाथ पाैडेलले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन आयोगको चुनावएे कार्यालयमा दिउँसाे काँग्रेसकाे झण्डा र चुनाव चिन्ह तथा बाजागाजासहित उम्मेदवारी दर्ता
गराउन पुगेका थिए पौडेल । भरतपुरमा मेयर पद माओवादी केन्द्रलाई दिएपछि नेपाली काँग्रेसभित्र असन्तुष्टि चर्केकाे छ । कांग्रेस जाेगाउने अभियान स्वरूप आफूले उम्मेदवारी दिएकाे पाैडेलले बताए ।पाैडेलसँगै आएका कांग्रेस चितवनका पूर्व सभापति वयाेवृद्ध नेता कृष्णलाल सापकाेटाले पाैडेललाई भरतपुरका सवै कांग्रेसले मत दिएर जिताउने बताए । पाैडेल २०४९ सालकाे चुनावमा नेपाली कांग्रेसबाट भरतपुरमा उपमेयरमा विजयी भएका थिए । पाैडेल वरिष्ठ अधिवक्ता राष्ट्रिय सभाका सांसद भइसकेका व्यक्ति हुन् ।
भरतपुरमा चुनाव नहुँदै रेणुका बाउ छोरी हराउने जगन्नाथ पौडेललाई अग्रिम बधाई !
राजनीति गर्नु र राजनीति बुझ्नु फरक कुरा हुन । म राजनीति गर्दिन, राजनीति बाट पूर्ण रुपमा अलग छु तर थोरै किन नहोस नेपाली राजनीति बुझ्ने, र चासो राख्ने एउटा सचेत, स्वतन्त्र नागरिक र संचारकर्मी भएर भन्दै छु - प्रचण्ड देशका मुल समस्या हुन । यिनी रहे सम्म, यिनको आतंक र यिनका भुतहरु सल्बलाउँदा सम्म, यिनको राजनीतिक वेश्यावृत्ति कायम रहे सम्म, यिनलाई पालै पालो काँधमा बोक्नेहरु भए सम्म ( राजनीतिमा बिचार, सिध्दान्त, आदर्श सबै कुरालाई लात हान्दै कहिले उता, कहिले यता, जो सँग पनि गाँसिन, टाँसिन, उक्किन, कुहिन, सबै जानेकालाई "राजनीतिक बेश्या" भनिन्छ ) देशले कहिलै निकास पाउने छैन । काँग्रेस र एमालेले पालै पालो यिनलाई बोकेर गल्ती मात्र गरिरहेका छैनन देश र जनता प्रति ठुलो गद्दारी गरिरहेका छन ।
यसै बिच आगामी निर्वाचनमा पनि भरतपुर सबैको हेराइको केन्द्रमा छ । बिपी र काँग्रेसका आदर्श र सिध्दान्त बेच्दै प्रचण्डसँग घाँटी जोडेर आफ्नै काँग्रेस पार्टी, आफ्नै नेता, कार्यकर्ता र मतदाता माथि बज्र प्रहार गरिरहेका र बारम्बार असक्षम साबित भैसकेका देउबाको "ठगबन्धन" का बिरुध्द, भरतपुरमा प्रचण्डकी छोरी रेणु दाहाल बोक्ने "ठगबन्धन" का बिरुध्द पूर्व साँसद जगन्नाथ पौडेलले धावा बोलेर अहिले चर्चाको शिखरमा छन । जगन्नाथले मनोनयन दर्ता गर्न जाँदा भरतपुर र सिङ्गो चितवनका सारा असल र खाँटी कांग्रेसीहरु जगन्नाथ सँग साथमा देखिएछन ( हेर्नुस फोटो भिडियोहरु पनि) उनको यो शाहसलाई, हिम्मतलाई सबैले सलाम गरिरहेका छन । चुनाबमा हार जीत प्राबिधिक कुरा हो तर जगन्नाथले भरतपुरमा चुनाव अघि नै जितिसकेका छन, देशै भरी उनको कदमले अशली काँग्रेसीहरुलाई गतिलो पाठ सिकाइसकेको छ । देउबा भजन मन्डलीमा हल्ली खल्ली छाएको छ । रेणुका बाउ छोरी र उनीहरुको भजन मन्डलीमा त होस उडिसकेको छ आजको जगन्नाथको जुलुस र समर्थकको लहरले । एउटा कुरा भन्दै छु जगन्नाथजी तपाईंलाई चिन्ने एउटा पुरानो पत्रकार मित्रका रुपमा, अब यदी तपाईंले देउबा, प्रचण्ड र रेणु कम्पनीको धाक, धम्कीबाट डराएर खुट्टा कँपाउनुभयो भने तपाईं र हिंजोका देबी ज्ञवाली मा केही फरक हुनुहुने छैन । देबी ज्ञवालीको पक्षमा गत निर्वाचनमा खुलेरै मत माग्ने म जस्ता स्वतन्त्रहरु लाई देबी ज्ञवालीले त्यतिखेर निराश बनाए जतिखेर उनले प्राबिधिक रुपमा चुनाव हारे तर बास्तबमा जनजनको मनमा जितेका अवस्थामा पनि उनी पछाडि प्रचण्ड र रेणुको पछि लागेर हिँडे । तपाईं जगन्नाथजी कृपया देबी ज्ञवाली नबन्नुहोला । तपाईंले खुट्टा कँपाउनुभयो भने सदाका लागि जनताको नजरमा गिर्नुहुने छ । जगन्नाथजी, तपाईंलाई सलाम, शुभकामना र अग्रिम बधाई । मत पत्र चपाएरै र बाक्सा साटेरै, सेटिङमै बिगतमा जस्तै गरे रेणुले जित्लिन नत्र यस पटक रेणु जित्ने कल्पना नगरे हुन्छ भन्छन भरतपुर बासी । भरतपुर बासीले आफ्नो नाक नकाटुन यस पटक । जागुन । बुझुन । आगे भरतपुर बासीकै जो मर्जी !
- रामप्रसाद खनाल, हाल अमेरिका
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक