20220425

हाम्रो कौसी र करेसाबारी क्रान्तिको आवश्यकता विदेशमा भन्दा पनि नेपालमा बढी छ भन्ने महसुस भयो र सोच बन्दै गयो - दूर्जेय चेतना

 
* हाम्रो कौसी करेसाबारी क्रान्तिको सोच कसरी किन बनाउनु भयो?

समय भारतले नेपाललाई नाकाबन्दी गरे ताकाको हो। सिमानामा आएको तरकारी विषादि हालिएको खान योग्य छैन भन्दा समेत दबाबमा परेर हामीलाई त्यो विष किन्न बाध्य पारिएको घटना याद हजुरलाई? त्यसै दिन मेरो मनमा यसको आवश्यकता भन्ने आयो। हाम्रो राजनीति परिस्थिति यस्तो नाज़ुक बन्दै गयो कि हामीले के कस्तो खाने भनेर समेत अरूले नियन्त्रण गरेको हेर्न बाध्य भइरहेका छौँ अर्कोतिर कालीमाटीमा ५० रूपैयाँमा टमाटर बिक्री भइराखेको तर चितवनका कृषकको बारीको टमाटर रूपैयाँ किलोमा समेत बिक्री हुँदैन। सिन्डिकेट भन्छन क्यारे, राम्रोसँग बुझ्दिन तर यहाँ राम्रो भइरहेको छैन भन्ने चाहिँ राम्ररी बुझेको छु। त्यसपछि मैले यसको अध्ययन गर्न थालेँ सानो करेसाबारीबाट जब आफ्नो सानो करेसाबारीबाटै पूर्ण रूपमा आत्मनिर्भर हुन सफल भएँ तब लाग्यो यो कुरा सबैले जान्न ज़रूरी छ। यसको आवश्यकता विदेशमा भन्दा पनि नेपालमा बढी भन्ने महसुस भयो सोच बन्दै गयो।

  * सामाजिक संजालमा तपाईँको यो अभियान निकै लोकप्रिय देखिन्छ।यसको वास्तविकता तथ्यहरू वताइदिनोस् न।

 सुरूमा आफूले उत्पादन गरेका कुराहरू आफ्नै फेसबुकमा राख्दा निकै साथीहरू प्रश्नहरू गर्नुहुन्थ्यो। यसलाई कृषिसँग सम्बन्धित समूहमा राख्न पाए सबै लक्षित समूहमा पुग्नेथियो भनेर त्यसताका देखिएका कौसी करेसावारी समूहहरूमा देखाउने कोसिस पनि गरेका थियौँ तर हामीले सिकाएका कुराहरू, पोस्ट गरेका विषयहरू चाहिएको बेलामा पोस्ट नहुने कति हटाइएको पनि पाइए पछि यस्तो पनि नहोस् लगातार सिकाउन पनि पाइयोस् भनेर सुरु गरेका थियौँ अहिले सबै भन्दा सक्रिय समूहको रूपमा चलिरहेको छ। कुनै समस्या आए सोध्ने आफूले गरेको उपलब्धी देखाउने साझा समूह भएको छ। सिक्न सिकाउन आउने गर्नुहुन्छ सबै साथीहरू यसमा। हामी तथ्यहीन कुराहरू, प्रचार व्यापारिक पोस्टहरू गर्न दिँदैनौँ जसले गर्दा सिक्न सिकाउन सजिलो भएको त्यसैले सबैले माया गरिदिनुभएको छ।

 

* इच्छाशक्ति ज्ञान भए परदेशमा वसेर नि स्वदेशमा यति राम्रो अभियान गर्न सकिँदो रहेछ है ?

एउटा तथ्य भन्छु पहिले। नेपालमा आयात हुने लगभग ९०% तरकारी सहरी क्षेत्रमा खपत हुन्छ। गाउँघरतिर न्यून खपत देखिन्छ। हामी सोचौ , हामीले हाम्रो देशमा आयात हुने खुर्सानी मात्र रोक्न सकियो भने अरबौँ जोगिन्छ यस्तो अवस्थामा एउटा गमलामा लगाएको खुर्सानीले एउटा परिवारलाई वर्षभरि वा महिना नै भए पनि पुग्यो भने देशको कति पैसा बाहिर जानबाट जोगियो पोखरामा मात्र गत वर्ष ३० हज़ार घर परिवारको कौसी करेसावारीको तरकारी खेतीका कारण अघिल्लो वर्ष भन्दा २८ करोड रूपैयाँ कमको आयात भएको छ। यो संख्या सानो हैन नि। सबैले कौसीको करेसाको प्रयोग गर्न सके आर्थिक सामाजिक मानसिक समस्यामा निकै राहत पुग्ने देखिन्छ अब यो क्षेत्रमा विशेष गरेर सहरी क्षेत्रीय बसोबास गर्नेहरूलाई जागरूक गर्नपर्यो भन्ने सोच भयो विस्तारै यस अभियानमा प्रत्यक्ष रूपमा जोडिएका पचासौँ हजार मानिस तिनसँग अप्रत्यक्ष रूपमा जोडिएका अन्य लाखौँ मानिसहरूलाई उचित खेतीका निम्ति आववश्यक ज्ञान परामर्श प्रदान गर्न विदेशमा बसेर पनि सुरू गरेका थियौँ सामाजिक संजालकै कारण यो यो अभियान सम्भव भएको छ। अब हामी संसारभर लगभग ८८ वटा देशमा फैलिएका छौँ नेपालका प्राय हरेक ठाउँबाट सहभागी हुनुभएको छ। यो सोच आएसँगै सुरूको अवस्थादेखि नेपालमै रहेर सन्जु अधिकारीज्यू जोडिनु भएको थियो लगातार यस अभियानको सहयात्री हुनुभएको थियो अहिले भने यस अभियान संचालनमा नेपालमै रहनु भएका अन्य थुप्रै साथीहरू पनि जोडिनु भएको झन व्यापक हुने तयारीमा छौँ

 

हजुरका यस्तै अन्य समूह पनि छन् सामाजिक संजालमा यो समूह अन्य भन्दा फरक के ? के हुने रहेछन् समस्या बाधा?

सही भन्नु भयो। हामीले सुरू गर्नु पहिले संजालमा अन्य समूहहरू पनि थिए अझै पनि सक्रिय भएर चलिरहेका छन्। उनीहरूको योगदान अतुलनीय रहने नै छ। सबै समूहमा सक्रिय सहभागिता भए सबैले कौसी वा करेसामा तरकारी लगाएर आत्मनिर्भर हुनुपर्छ भनेर नै सिकाएका छन्। प्रशंसनीय काम गरेका छन्। हामी पनि यसै अभियानको हिस्सा हौँ हाम्रो अभियान भने सिकाउने कुरामा बढी केन्द्रित पारिको हैन, अब बारीको भनेर समस्या सामाधानमा केन्द्रित कौसी वा करेसाबारीका किसानलाई समस्या आए सोध्ने जिज्ञाशा राख्ने साझा ठाउँको रूपमा अगाडि आएको छ। समस्या बाधा खासै छैनन् तर अवरोध गर्ने, कुरा काट्ने, कसैको भाग खोस्न आएझैँ गरेर मानिसहरू भड्काउने, नराम्रा कमेन्ट गर्ने, गर्न लगाउने, केही असामाजिक तत्वहरू सामाजिक संजालको रोग नै हो कहिलेकाहीँ ज्यानकै धम्की पनि आइरहन्छ कर्म गर्दा सानातिना विघ्नबाधा आउनु स्वभाविकै हो हामी विचलित नभई काममा सकृय छौँ रहिरहनेछौँ

 

 * फेरि एकथरी मान्छे छन् नि स्वदेशमा, विदेशमा बसेर हामीलाई खुब सिकाउने भन्ने, तपाईँको अनुभव के यसमा?

हामी नेपालीहरूको विदेश बस्ने, विदेशी भूमिलाई कर्मभूमि बनाउने इतिहास नयाँ पक्कै हैन हाम्रो देश नेपालको मुख्य आम्दानीको स्रोत के भन्ने पनि सबैलाई थाहा भूकम्पले नेपालमा घर भत्किँदा विदेशमा बस्नेको पनि मन उत्तिकै भत्किएको थियो बाढ़ी पैरोले नेपालमा गाउँ वगाउँदा विदेशमा बस्नेको मन बढी चिसो भएको उदाहरण दिन अब नपर्ला आफ्नाहरूको राम्रो भएको, आफ्नाहरूले राम्रो गरेको देख्न खोज्नु हामी विदेशमा बस्नेहरूको गल्ती पक्कै हैन होला यसै बीच हाम्रो देशमा भएका नेतृत्वले पनि यी हाम्रा नै हुन् भनेर अँगाल्न नसक्दा सम्मानजनक कानुनी व्यवस्था नगरिदिँदा यो पर्खाल भएको देखिन्छ।

 

आफ्नो बारेमा पनि केही भनिदिनोस् न। विशेष गरेर दूर्जेय चेतना के हो?

दूर्जेय चेतना एउटा सपना बोकेर, मन भारी गरेर आफ्नाहरूलाई पछाडि छोडेर अनेकौ कारण परस्थितिले विदेश पलायन भएको युवा हो। मलाई पनि नेपालमै बसेकाहरू भन्दा कम माया नेपालको लाग्दैन। नेपालमा लामो समय त्रिविमा अध्यापन गरेर विदेश हिँड्दा एउटा सपना बोकेर हिँडेको मानिस हुँ विदेशमा पनि थुप्रै कथाहरू बुनेको छु। मानिस नामसँगै जात धर्म पदवी खोज्न थाल्छ तर यसका पछाडि कहिल्यै लागेर हिँडिनँ विदेशमा कहिले मज़दूरी गरेँ, कहिले PhD post doc गर्रेँ, कहिले शिक्षक कहिले वैज्ञानिक भएर काम गरेँ यही अनुभवले चेतना मर्दैन अजय अर्थात दूर्जेय रहन्छ भनेर सिकायो परिणामत: लगातार सिकाउने काममा लागि रहेको छु।

 

* अन्य थप कुरा केही भन्न चाहनुहुन्छ Nepalmother.com को मार्फ़त संसार भरका पाठकहरूलाई ?

सबै भन्दा पहिले हजुरले यसरी पहिचान गरेर केही समय कुरा राख्न दिनुभएकोमा हामी सम्पूर्ण एड्मिन टिम हजुरप्रति आभारी छौँ हामी सिक्ने सिकाउने अभियानमा छौँ वर्षभरि कति दिन आफैँले उत्पादन गरेको खानुभयो भने आफैलाई प्रश्न गरिदिनु होला। हामी यो अभियानमा सबैलाई जोडिन अनुरोध गर्दछौँ ख़राब कुरा अवश्य हैन त्यसैले राम्रो कुरालाई प्रोत्साहन दिनुहोला सबैलाई जोडिदिएर सहयोग गरिदिनु होला। देखेर पनि सिकिन्छ। सिक्न मन हुँदा हाम्रो आफ्नै YouTube च्यानल पनि बनाएर सिकाउन थालेका छौँ अन्तिममा सबै समूहमा सहभागी साथीहरूलाई धन्यवाद  एड्मिन समुहमा रहनु भएका सन्जु अधिकारी, दिलिप आचार्य, शिवहरि वास्तोला विजया मानन्धरज्यूहरूमा पनि हार्दिक आभार

please visit this links below:

 https://youtube.com/c/AP%E2%80%99Shomestyle 


https://www.facebook.com/groups/340152957394662/?exp=4a9f




GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक