- सन्तोष चिमरिया
हातमा गोबर लिएर एउटा किशोर कम्युनिस्ट आन्दोलनमा होमिन्छ । सुरुमा उसले गोबरले पर्चा टाँस्छ । अनि घरकाम ,खेतकाम, स्कुल सबै त्यागेर गोबर हातमा लिन्छ र क्रान्ति गर्न निस्किन्छ । पछि, गोबर संक्रमित भएर दिमागसम्मै पुग्छ । अनि सबैलाई शत्रु देख्न थाल्छ । भात खान पुग्ने छिमेकीलाई सामन्ती देख्न थाल्छ । भट्भटे चड्ने चोकको दोकानेलाई दलाल देख्न थाल्छ । आमालाई तीन हजार बर्षदेखी उत्पिडनमा परेकी नारी देख्न थाल्छ, बाउलाई जखमले उत्पिडक देख्न थाल्छ ।
साला ! गोबर न हो । खेतबारीमा परेको भए मल हुन्थ्यो ,घोगा अलि गतिला लाग्थे । दिमागमा परेपछि किरा पर्छ । अनि संक्रमित गोबरको असरले संसारका सबै कम्युनिस्ट बिग्रे जस्तै, उ पनि बिग्रन सुरु गर्छ । साम्यवाद भन्दा तल र क्रान्ति भन्दा मुन्तिर झरेर सोच्न र सपना देख्नै छाड्छ । अनि गोबरे संक्रमण बढ्दै गएपछि, साम्यवादको उन्मादमा घाँटी रेट्न र पुलपुलेसा उडाउन थाल्छ । अर्थात, मान्छे बिग्रीन्छ र कम्युनिस्ट हुन्छ ।
जब सत्ताको हरियो घाँस निकट आउँछ, उसका निम्ति गोबर गोब्र्याइ रहेको साँडे कम्युनिस्ट, गाई र बाछाबाछी लिएर सत्ताको घाँस चर्न सिंहदरबार छिर्छ । हातमा गोबर लिएको गोब्रे कम्युनिस्ट, अयोग्य छापामारको प्रमाणपत्र छातीमा झुन्ड्याएर, खुट्टो खोच्याउदै क्रान्तिबाट फिर्ता हुन्छ । अनि आफैले आगो लगाएको जिल्ला प्रशासनबाट पासपोर्ट लिन , आफू जस्तै " अयोग्य गुरिल्लाहरुको "लाईनमा लाग्न सदरमुकाम झर्छ । अनि क्रान्तिको बाँकी कार्यभार अरब र मलेसियामा गएर पूरा गर्छ ।
अनि उताबाट ,एक थान जनयुद्धको शुभकामना पोष्ट्याएर क्रान्तिकारी हुनुको अन्तिम कर्तव्य पनि पूरा गर्छ ।
हैट ! मान्छेका दुख र रहरहरु पनि अपार छन् ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक