एउटा इन्धन बोकेको ट्याङ्कर अर्को लरीसँग सियरा लिओनको राजधानी फ्रीटाउनमा जुझेर विस्फोट हुँदा कम्तीमा १०० जनाको मृत्यु भएको छ। आगलागी हुनु अघि इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधनमा सल्किएको थियो। स्थानीय मिडियाले प्रकाशित गरेका तस्बिरमा ट्याङ्कर वरिपरि नराम्ररी डढेका शवहरू देखिन्छ। राष्ट्रपति जुलियस मादा बायोले 'दुखान्तकारी आगलागी र मानिसको ज्यान गएका कारण आफूलाई गहिरो दुख लागेको' बताएका छन्। ट्वीट गर्दै राष्ट्रपतिले पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने बताएका छन्।
फ्रीटाउनका मेयर वाइभोन अकि सवेरले 'त्रासदीपूर्ण' तस्बिर देखेको भन्दै १०० भन्दा बढीको ज्यान गएको बताए। शवगृहमा ९० भन्दा बढी शवहरू पुगेको र फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जना जति मानिसको उपचार भइरहेको बताइएको छ। विस्फोट सहरको वेलिंगटन क्षेत्रको व्यस्त चोइथ्राम सुपर मार्केट बाहिरको एक चोकमा शुक्रवार करिब दश बजे भएको बताइएको छ।
एक रिपोर्टका अनुसार मानिसहरूले भरिएको बस पूर्ण रूपमा जलेको छ। जसका कारण घटनास्थल वरपरका पसलहरू समेत आगोको ज्वालाका कारण प्रभावित छन्। सियरा लिओनको राष्ट्रिय प्रकोप व्यवस्थापन संस्थाका प्रमुख ब्रिमा बुरेह सेसेले स्थानीय सञ्चार माध्यमसँग "भयानक दुर्घटना" भएको बताइन्। एक लाखभन्दा बढी मानिस बसोबास गर्ने यस बन्दरगाह सहरमा, पछिल्ला वर्षहरूमा निकै गम्भीर प्रकोपहरूको सामना गरेको छ।
गत मार्चमा सोही सहरको एउटा बस्तीमा भीषण आगलागी हुँदा ८० जना भन्दा बढी व्यक्ति घाइते भएका थिए। घटना लगत्तै करिब ५ हजार मानिस विस्थापित हुनु परेको थियो। त्यस्तै सन् २०१७ मा भारी वर्षापछि आएको बाढीमा परेर एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। बाढीले पछि सहर प्रभावित पारेको थियो जसका कारण ३ हजार मानिस घरविहीन भएका थिए।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक