२०७८ साल साउनको तेश्रो हप्तामा लुम्विनी प्रदेशको प्रदेश सभा सदस्य विमला वली खत्रीले राजनैतिक दलवदल र आफ्नो पक्षमा वहुमत जुटाउनका लागि प्रदेशका मुख्यममन्त्री शंकर पोख्रेलले आफूलाई अपहरण गरी आफ्नै निवासमा वंन्धक वनाएको घटना स्वंय सांसद वलीले नै ंसंचारकर्मी माझ सार्वजनीक गरे पछि सडकदेखि संसदसम्मको राजनीति र अपराध विचको घनिष्ट साईनो पुनः एकपटक उदाङ्गीएको छ ।
नेपालको राजनीतिमा अपराधको पृष्टभूमी केलाउने हो भने छिटपुट रुपमा पुरानै साईनो देखिन पनि सक्दछ, तर विगतमा जनताको चेतना स्तर अन्य समाजीक कारण र संचार माद्यमहरुको अप्रयाप्तताका कारण सवै हरकत र गतिविधि वारे जनमानसमा जानकारी पाउनमा समय लाग्ने भए पनि अपराध र अपराधिको सामाजिक स्विकार्यता कम थियो । राजनीतिमा अहिलेको जस्तो अपराधिक चरित्रको व्यापकता थिएन । अर्को तर्फ अहिलेको जस्तो संगठीत स्वरुप र व्यापकता पनि थिएन ।
प्रजातन्त्र प्राप्तिका पछिल्ला तीन दशकका राजनैतिक घटनाक्रमलाई नियाल्ने हो भने सडकदेखी संसदसम्मै राजनीति र अपराधी विचको संम्वन्ध झनझन सुदृढ हुदै प्रत्येक क्षेत्रमा संगठीत माफीया राज स्थापीत हुदै गएको पाईन्छ ।
पहिले छीटपुट स्पमा देखा पर्ने आर्थिक अनियमितता र भ्रष्टाचारका घटनाले माफिया राजमा संस्थागत हुने मौका पायो । राजनैतिक दल र प्रमुख नेतृत्व तहले माफिया समुहहरु कै माद्यमबाट राजनीतिमा अपराधिकरण र भ्रष्टाचारीलाई स्थापीत गरी राजनैतिक रुपमा दलगत र गुटगत हैसियत तथा व्यक्तिगत रुपमा सन्तान दरसन्तानका लागि सम्पती सोहर्ने अवसर पनि प्राप्त गरे ।
पछिल्लो तीन दशकको प्रारम्भदेखि मध्यकालसम्म त एक समय यस्तो पनि थियो की जस्तो ठूलो भ्रष्टाचारी त्यतिकै ठूलो पार्टी पदाधिकारी, अपराधको स्तरले राजनैतिक निर्धारण गर्ने, जति ठूलो आतंककारी त्यतिनै ठूलो नेतृत्वकारी लगायतका राजनैतिक अपराध, अत्याचार र भ्रष्टाचारजन्य कृयाकलापलाई राजनैतिक संस्कार र संस्कृतिका रुपमा स्थापीत गर्दै राजनीतिको सिढी चढ्ने कार्यलाई स्थापीत गर्न खोजियो ।
राजनैतिक दलहरुले सत्ता प्राप्तिका लागि आ–आफ्ना मूल्य मान्यता भन्दा अपराधिक चरित्रका वाहुवलीहरुलाई प्रसय दिन थाले पछि प्रारमभमा मिर्जादिलसाद वेग प्रवृती र अन्य राजनैतिक चरित्र नभएका अपराधिक मुसाहरुले मौका छौप्दै गए ।
प्रजातन्त्र प्राप्तिको ५।६ वर्ष भित्रै राजनैतिक अस्थितरता र विकृती यति वढयो की संसद भित्र सांसद खरिद विक्री, सुरा सुन्दरी काण्ड, पजेरो संस्कृती लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई समेत अन्तर्राष्ट्रिय तस्करी र आतंकावदको ट्रान्जिट रुटको रुपमा स्थापीत गरी विश्व जथत मै मुलुकको वदनाम गरे । तत्कालीन समयका गृहमन्त्री र अर्थमन्त्री विच एयरपोर्ट तस्करीमा लिलाम वढावढका आधारमा सुन डलर तस्करी र मानव वेचविखनका लागि तस्कर समुह विच लिलाम वढावढ गराईन्थ्यो भने अर्कोतर्फ सुरक्षा एवं प्रशासनीक खटनपटन पनि लिलाम वढावढ कै आधारमा पूर्वभुक्तानी(प्रीपेड सिस्टम) स्थापीत गराईएको तथ्यका हामी नै साक्षी छौ ।
आर्थिक उदारीकरण र निजीकरणका नाममा जल, थल, नभ देखि भुमिका स्थिर संरचनाहरु विदेशीलाई वेचेर आर्थिक भ्रष्टाचारलाई संस्थागत गर्दै अपराधिक चरित्रको नग्न प्रर्दशनमा कुनै कसर वांकी राखेनन । माहाकालीको जल, स्थल मार्गमा गुड्ने ट्रलिवस र साझा वस, आकाशमा उड्ने हवाई जहाजका ईन्जिन वेच्नेदेखि भाडामा लिंदासम्म र विभिन्न रोजगार मुलुक स्थिर कलकारखाना लगायत सवै क्षेत्रमा कमीशनको ताण्डप नृत्य देखाएका थिए ।
यस्ता विकृति ताण्डप नृत्यका दृष्य र विषयहरुलाई मुद्दा वनाएर तत्कालीन नेकपा माओवादीले जनयुध्दको थालनी गरे पश्चात पनि संसद भित्रको विकृती कम हुनुको सट्टा झनझन मौलाउदै गयो । तत्कालीन गृहमन्त्रालयमा एमालेका वामदेव गौतमको पटक पटको गृहमन्त्री पदको नियुक्तिलाई लिएर पूर्व प्रधान सेनापति रुकमांगत कटुवालले गृहमन्त्री पदका लागि वामदेव गौतमले भ्रष्टाचारको लोकसेवा उत्तीर्ण गरेकै हुन त भनि सार्वजनीक रुप मै प्रश्न उठाएका थिए ।
एकातर्फ संसदीय गतिविधिमा विभिन्न दलका केही विदंगत र केही हालसम्म पनि जीवित (तर राजनैतिक रुपले दिवंगत हुने क्रममा रहेका) हरुको सकृयतामा जारी राजनैतिक अपराधिकरणको प्रकृयामा राजनैतिक अपराधका नंया नंया अध्याय थप हुदै गईरहेका थिए, जस्को परिणाम स्वापत २०६४ को संसदीय निर्वाचनमा रौतहटमा हुलका हुल सोझा गांउलेहरुलाई दननी वलिरहेको ईटा भट्टामा झोस्ने कांग्रेशी मोहम्मद आफताफ आलम, २०६८ मा व्यापारीको अपहरण गरी जवरजस्ती असुली गर्ने तत्कालीन मधेशवादी पार्टीका श्यामसुन्दर गुप्ता, गत वर्ष २०७७ वैशाख १० मा जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण गर्ने पुर्वमहानिरीक्षक सर्वेन्द्र खनाल, एमाले नेता महेश वस्नेत एवं एमाले सांसद किसान श्रेष्ठहरुले राजनीतिक अपराधिकरणको प्रकृयालाई थप सवल वनाउन आफ्नो अथक प्रयास जारी राखेका छन ।
यसरी नै विभिन्न दलहरुले गुण्डा नाईके एवं डनहरुलाई पार्टी प्रवेश गराई गणेष लामा, चक्रे मिल्न, राजिव मनाङ्गे लगायतका युवाहरुलाई भविष्यका लागि तयार पनि पार्दै छन ।अर्कोतर्फ जनयुध्द प्रारम्भ भए पछि माओवादीको हत्याहिंसाबाट आ–आफ्ना पार्टी पंङ्तिको रक्षा गर्ने भन्दै एमालेको युवा संघ, युथ फोर्श, माओवादीको वाईसेल, नेपाली कांग्रेशको तरुणदल अगायतका युवा जमातले राजनैतिक आवरणमा गुण्डागर्दी र अपराध गर्ने खुल्ला छुट पनि पाउदै आएका थिए र छन । हाल एमाले कै माधव नेपाल समूहले छुट्टै अखिल फोर्श नामक संगठन खडा गरे पछि प्रत्येक समुहलाई सडकदेखि संसदसम्म गुण्डागर्दी र अपराध गर्न झन सहज हुदै गएको हो की भन्ने देखिन्छ । यसरी ससाना समुह भए पछि नेताहरुका लागि पनि अवैध श्रोत जुटाईदिन र संरक्षण गरिराख्न सहज हुदै गएको हो की ?
यसरी संघीय संसददेखि प्रादेशीक संसद र वडा तह सम्मै राजनीतिमा अपहरण र अपराधिकरणको प्रकृयामा विगत तीन दशकदेखि जारी राजैनैतिक दलका सतत र अथक प्रयासहरुमा त दलका युवा समुहहरुले आगामी स्थानीय, प्रादेशीक एवं संघीय निर्वाचनमा देखाउने वाहुवल र सक्रियताले नै राजनीतिको भविष्यको मार्ग चित्र स्पष्ट पार्ने भएकोले तवसम्म प्रतिक्षा गरौं, जय होस ।
भट्ट राष्ट्रिय अनुसन्धान विभागका पूर्व अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुनु हुन्छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक