राजनीतिको फोहोरी खेलले देश अस्त ब्यस्त भैरहेका बेला बाढी पहिरोले पनि थप अस्त ब्यस्त बनाउन थालेको छ । नेपालमा गए रातिदेखि परेकाे अबिरल बर्षाका कारण चितवनकाे विभिन्न स्थान डुबानमा परेकाे छ । बर्षाकाे कारण राप्ती नगर पालिका खैरहनी नगर पालिका र रत्ननगर नगरपालिकाकाे
विभिन्न स्थान डुबानमा परेकाे प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले बताउनु भयाे । उक्त स्थानका बासिन्दाहरूलाई सुरक्षित रहन समन्वय गरिरहेकाे उहाँले बताउनु भयाे । अबिरल बर्षाले चितवनकाे सबै ठाडाे खाेलाहरूमा बाढी आएकाे र कहाँ के कति क्षति भयाे भन्ने बिबरण आइनसकेकाे प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयाे ।मध्य असारसँगै लगातारको वर्षाले महोत्तरी जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । कोभिड–१९ सङ्क्रमण अलि मत्थर भएर काममा निस्कने तयारीमा लागेका किसानलाई गत मङ्गलबार रातिदेखि लगातार परेको पानीले वाक्कदिक्क बनाएको हो । मङ्गलबारदेखि लगातार मुसलधारे वर्षा भइरहँदा यहाँका सर्वसाधारण कटान र डुवानको चिन्ताले पिरोलिएका छन् । लगातारको वर्षाले जिल्लाका मध्य र दक्षिणी क्षेत्रका गाउँ÷ नगर बस्ती जलमग्न छन् । भर्खरैको धानको रोपो नदेखिने गरि पानीले ग¥हा टन्न भरिएपछि किसानलाई रोपो गल्ने पिरोलो बढेको छ । पानीको उपयुक्त निकास नहुँदा सडक बाटाघाटा हिलाम्य छन् ।
पछिल्लो लगातारको वर्षाले सबैभन्दा बढी सकस पशुबस्तु चरणमा परेको छ । चरणक्षेत्र पानीले डुबेका र लगातारको वर्षाले वैकल्पिक आहार जुटाउन नसकिँदा गाईबस्तु गोठमा ड्वाड्वा कराई रहेका सुनेर बस्नु परेको भङ्गाहा नगरपालिका–४ रामनगरका पशुपालक किसान हिरादेवी दाहालले बताउनुभयो । “लाग्दो असारदेखि नै पानी पर्दै आएको छ, यसअघिको वर्षा त खेतीपातीका लागि पनि ठिकै थियो”, उहाँले भन्नुभयो, “पछिल्लो लगातारको वर्षाले त उभिने ठाउँ पनि राखेन, जताततै जलाम्य ! यी गाईभैंसी कसरी बचाउनु ?” दाहालले गोठका भैंसीतिर देखाउँदै भन्नुभयो– “तिनको आङ् तन्काउन पनि एकछिन फुकाएर बाहिर डुलाउन पानीले दिएन ।” झरीमा आपूm खोलेफाडो खाएर गुजारा काटेपनि पशुबस्तुको बिजोगले मन कुड्याएको उहाँको भनाइ छ ।
असार लागेदेखि बेलाबेलामा परेको पानी र अहिले गत मङ्गलबारदेखिको लगातारको झरीले लहरे तरकारी बालीका बेला (लहरा) पहेंलिने, चुडिने र गल्ने गरेका छन् । लागेका फलपनि नहुर्कदै झरेका हुँदा बालीबाट थप उत्पादनको आस मरेको बर्दिवास–२ बुद्धचोकका तरकारी किसान फौदसिंह स्याङ्वाले बताउनुभयो । तरकारी खेतीमा पानीले सबैभन्दा बढी क्षति परवलमा गरेको छ । थाङ्रा नलगाइने यो खेतीमा अहिले पानीले बेला र चिचिला पहेंलिएर सुक्ने गरेको किसानले बताएका छन् । लगातारको वर्षाले यहाँका नदीहरुमा बाढी उर्लेको छ । बडहरी, रातु, भव्सी, जङ्घा, मरहा, टुटेश्वर, खयरमारा र बाँकेलगायतका नदीमा उर्लेको बाढीले उर्वर जग्गा र त्यसमा लगाइएको बालीसमेत कटान गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा कटान र दक्षिणी क्षेत्रका बासिन्दा डुवानको पिरोलो खेप्दैछन् ।
मध्य असारसँगैको लगातारको वर्षा र बाढीले कैयन ठाउँमा सडक र बाँध भत्काएको छ । वर्षाले निम्त्याउन सक्ने खतरातर्फ सर्वसाधारणलाई सचेत गराइँदै सम्वद्ध निकायलाई उद्धार र मर्मतसम्भार कार्यका लागि तयार रहन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । “वर्षा अझै बढ्न सक्ने र यहाँका नदीमा आउने बाढीले क्षति बढाउन सक्ने सम्भावना छ, यसको पूर्वसतर्कता सबैतिर अपनाइँदै छ”, निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले भन्नुभयो, “नदी तटका बस्तीमा पूर्वसतर्कताका लागि सूचना प्रवाह र आइपर्ने उद्धार कार्यका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ ।”
लाग्दो असारदेखि नै परेको पानीले यहाँका जलेश्वर–रामगोपालपुर–बर्दिवास, बर्दिवास–रौजा–जलेश्वर र सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुरसहितका सडकमा यातायातका साना साधन (जिप, मोटरसाइकल, साइकल, टेम्पु) पनि चल्न नसक्ने भएका छन् । हिलाम्य सडकले पैदल यात्रा पनि सकसपूर्ण बनेको छ । झन् पछिल्लो वर्षाले त कैयन ठाउँमा बाटोको चिनोचपेटो पनि देख्न छाडिएको छ । यी सबै सडकमा स्तरोन्नतिका कामका लागि ठेक्का बन्दोवस्त भएपनि ती कम्पनीहरु कानमा तेल हालेर सुतेका सर्वसाधारणको खरो टिप्पणी बढेको छ । “काम ओगट्ने आम चलन बढेको छ, खै नियमनकारी निकायले हेर्छन कि हेर्दैनन् ?”, जलेश्वर–रामगोपालपुर–बर्दिवास सडकमा पर्ने औरहीका बासिन्दा बाबु प्रेम यदुबंशीले भन्नुभयो–, “ठेक्का बन्दोवस्त भएको दुई वर्ष नाघ्दा पनि काम गतिमा सरेको छैन ।”
जिल्लाका मुख्य सडकको दुरावस्थाबारे सम्वद्ध सरकारी निकाय, राजनीतिक दल र स्थानीय तहसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । “सडक डिभिजन कार्यालय र सडक निर्माणको काम पाएका निर्माण कम्पनीसँग निरन्तर संवादमा छौं”, निमित्त प्रजिअ न्यौपानेले भन्नुभयो–, “केही त कोभिड–१९ महाव्याधिले असर ग¥यो, अब मौसम अनुकूल हुनासाथ काम बढ्छ ।”वर्षायाममा सबैभन्दा बढी नोक्सान कटान र डुवानबाट हुने गरेको छ । यसका लागि हिउँदमै पूर्वतयारी गरिनु पर्ने काम अभ्यासमै आउन नसकेको स्थानीय वुद्धिजीवीको गुनासो छ । नदीहरुमा भइरहेको अनियन्त्रित उत्खनन्ले नदीको बहावक्षेत्र फैलने, तटवन्ध भत्कने, नदीको सतह भरिदै गएर डुवान समस्या बढ्ने गरेको शिक्षण पेशाबाट निवृत हुनुभएका भङ्गाहा–७ मेघरोलका बासिन्दा चन्द्रनारायण सिंह थारुको भनाइ छ ।
“हामीमा ‘जब प¥यो राती, अनि बुढी ताती’ भनिने उखानले घर गरेको छ”, उहाँले भन्नुभयो, “कहिल्यै चेतेनौ, हिउँदमा प्रयत्न गरिदैन, वर्षा लागेपछि गरेको दौडादौडले थेग्दैन ।” वर्षायाममा हुन सक्ने सम्भावित जोखिमको पूर्वानुमान गरेर हिउँदमै पूर्वतयारी गरे जोखिम घट्दै जाने उहाँको विश्वास छ । यस दिशाामा सम्वद्ध पक्ष र निकायले ध्यान दिन पर्ने सर्वसाधारणले सुझाएका छन् ।
देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा पानी परिरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकोले विभिन्न ठाउँमा वर्षा भएको हो । देशको तराई भू(भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकोले वर्षा भएको हो । खासगरी पहाड, नदी किनारा तथा होचो भागमा वर्षाका कारण बाढी पहिरो तथा डुवानको समस्या हुनसक्ने भएकाले सचेत र सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
बुधबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठाउँ ठाउँमा राजमार्गहरु अबरुद्ध भएका छन् । यसैगरी नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । लगातार भइरहेको वार्ताका कारण पोखरा महानगरपालिकाका विभिन्न क्षेत्र पानीको ढुवानमा परेका छन् । काभ्रेलगायतका जिल्लामा पनि बाढीको प्रभाव परेको छ ।
तनहुँँको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिनुभयो । सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा रहेको उहाँले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको उहाँले बताउनुभयो । घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले बताउनुभयो । घटनास्थल जाने बाटोहरु पहिरोले अवरुद्ध भएका कारण जनप्रतिनिधिहरु हिँडेर घटनास्थल जाँदै गरेको उपप्रमुख गुरुङले जानकरी दिनुभयो ।
अविरल वर्षाका कारण चितवनको नदी तथा खोलाहरुको सतह वढ्दा नदी तटीय क्षेत्रका बस्ती तथा होटलहरुमा जोखिम बढेको छ । सबैभन्दा ठूलो जोखिम पर्यटकीय क्षेत्र सौराहामा छ भने सौराहा नजिकैको बाघमाराका २० घर अहिले डुबानमा छन् । बुढी राप्ती खोलाले डुवानमा परेका वाघमाराका बासिन्दाको उद्धार भैसकेको जनाइएको छ ।
सौराहा हुँदै बगेका राप्ती, बुढी राप्ती, ढुँग्रे लगायतका नदी तथा खोलामा पानीको सहतह बढ्दा सौराहामा जोखिम बढेको हो । खोलाहरुमा पानीको सतह बढ्दै गएसँगै सौराहाका होटलहरुल भुइँतलामा रहेका समान अहिले सुरक्षित गर्नेतर्फ लागेका क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले बताउनुभयो ।
”अहिले हामी हाम्रा समान डुबानबाट कसरी वचाउन सकिन्छ भन्ने सतर्कता अपनाउँदै समानहरु सुरक्षित ठाउँमा सार्ने काम गरिरहेका छौ”, उहाँले भन्नुभयो, “यदि डुवान भै हालेमा उद्धारकालागि नेपाली सेनाले डुङ्गा सहितकोे जनशक्ति तयारी अवस्थामा राखेको छ ।”
सौराहामा ११० वटा पर्यटकीय होटल रहेका छन् । यस्तै राप्ती नदी तटमा रहेका मेघौली, जगतपुर र पटिहानीका होटलहरु पनि अहिले डुवानको जोखिममा छन् । नारायणी नदी तटमा रहेका नाराणगढ, गैडाकोटदेखि शिवघाट, मेघौलीसम्मका नदी तटीय क्षेत्रका होटल तथा बस्तीहरु पनि डुबानको जोखिममा छन् ।
चितवनमा पछिल्लो तीनदिन दखि अविरल पानी परिरहेको छ । रत्ननगर—८, बाघमारामा सुकुम्बासी बस्तीमा बुढी राप्तिखोला पस्दा त्यहाँ फसेका सबैको उद्धार गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी उपरिक्षक इन्द्र रानाले बताउनुभयो ।
यस्तै, रत्ननगर—१६ स्थित कयर खोलामा आएको बाढीमा बगेको स्कुटर र महिलाको स्थानीयले उद्धार गरेका छन् ।
अहिलो पूर्वी चितवनका प्रायः सबै खोलाको सतह बढेकाले जोखिम वढी छ । पूर्व पश्चिम राजमार्ग पनि अहिले ठाँडा खोलामा आएका बाढीका कारण अवरुद्ध भएको स्थानीयले जनाएका छन् । पूर्वी चितवनमा रहेका कयर, लदरी लगायतका खोलाको सतह वढ्दा रत्ननगर, खैरहानी लगायतका बस्तीह पनि डुबानको जोखिममा छन् ।
भरतपुर महानगर पालिकाकै वडा नम्वर २ मा रहेको तरकारी तथा फलफूल मण्डी पनि पुङ्गी खोलाको डुबानमा परेको छ ।
उता, पहिरो खस्दा अवरुद्ध नारायणगढ मुग्लिन सडक खुला गर्न वर्षाले समस्या परेको छ । गएरातीवाट अवरुद्ध भएको सडक खुला गर्न उपकरण सहितका प्राविधिक टोली परिचालन भए पनि वर्षादले पहिरो झरिरहेकाले सडक तत्काल खुला गर्न सकिने अवस्था छैन ।
इच्छाकामना गाउपालिका वडा नम्वर ६ मा पर्ने पाँच किलोमा सवै भन्दा ठूलो पहिरो छ भने अन्य ठाउँ ठाउँमा पहिरो खस्दा गए राती २ः१० वजेवाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी उपरिक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
“अविरल वर्षाका कारण गएराती २ः१० बजेदेखि नारायणगढ मुग्लिन सडक अवरुद्ध छ”, थापाले भन्नुभयो, “वर्षा लगातार जारी रहेकाले पनि पहिरो झरि रहँदा अहिले सडक सफा गर्न कठिनाइ भैरहेको छ ।” पाँच किलो, चारकिलो लगायत अन्य विभिन्न स्थानमा अहिले पहिरो झर्ने क्रम जारी छ । यद्यपि डोजर तथा लोडर प्रयोग गरेर पहिरो हटाउने प्रयास भने जारी रहेको उहाँले जनाउनुभयो ।
अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीलाई गरेको हो ।
सिन्धुलीतर्फको बहाव तीन मिटर र सोभन्दा तल अर्थात् सिराहा तथा धनुषातर्फ डेढ मिटर बढेको जनाइएको छ । पानीको सतह डेढ मिटर बढ्नासाथै आसपासको क्षेत्रमा ‘अलर्ट’ जारी गरिएको प्रजिअ कँणेलले बताउनुभयो ।
बारअनुसार सेवा
कोरोना कहरका कारण जिल्ला प्रशासन कार्यालय सिरहाले बन्द गरेको नयाँ नागरिकता र नागरिकता प्रतिलिपिसम्बन्धी सेवा अब बारअनुसार सञ्चालन गर्ने भएको छ । कोरोना सङ्क्रमण दर घटेसँगै कार्यालयले यही असार २० गते आइतबारदेखि बारअनुसार सेवा सञ्चालन गर्ने जनाएको छ ।
कोभिड–१९ सङ्क्रमणको त्रासका कारण अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको थियो । सङ्क्रमण अझै कायमै रहेकोले सेवाग्राहीहरुको अत्यधिक भीडभाडलाई व्यवस्थापन गर्न सेवाहरुमध्ये नयाँ नागरिकता र प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह पुनः सञ्चालन गर्न लागेको प्रजिअ कँणेलले जानकारी दिनुभयो ।
भीडभाड कम हुने सेवा प्रवाह गर्न एक दिनमा बढीमा तीन वटा स्थानीय तहका सेवाग्राहीलाई सेवा दिइने उहाँको भनाइ थियो । उहाँका अनुसार आइतबार कर्जन्हा नगरपालिका र मिर्चैया नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् । यसैगरी सोमबार कल्याणपुर नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका, मङ्गलबार गोलबजार नगरपालिका, अर्नमा गाउँपालिका र नरहा गाउँपालिका तथा बुधबार धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका र विष्णुपुर गाउँपालिकाका सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराइनेछ ।
त्यस्तै बिहीबार औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका र नवराजपुर गाउँपालिका तथा शुक्रबार सिराहा नगरपालिकाका सेवाग्राहीले सेवा पाउने जारी सूचनामा उल्लेख छ । सेवा लिन आउने सेवाग्राहीलाई कोभिड–१९ बाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्न र स्थानीय तहका जनप्रतिनिधिहरुलाई एक दिनमा तीन जना सेवाग्राहीको मात्र सिफारिस गर्न आग्रह गरिएको छ ।
चितवनमा आएको बाढी पहिरो र चट्याङबाट तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । चितवनको पहाडी क्षेत्र राप्ती नगरपालिकाको वडा नम्वर १२ पर्खालमा पहिरो, कालिका नगर पालिका वडा नम्वर ११ दानटोलमा वाढी र राप्ती नगर पलिका वडा नम्वर ९ मा चट्याङ लागेर गरि तीन जनाको मृत्यु र तीन जना वेपत्ता भएका चितवनका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
प्रनाउ थापका अनुसार चट्याङ लागेर मृत्यु हुनेमा राप्ती नगर पलिका वडा नम्वर ९ लालपुरकी ४५ वर्षीया विजुली माया श्रेष्ठ रहेकी छिन् । आफ्नै घर नजिके रहेको खेतमा धान रोपी रहेकी श्रेष्ठलाई दिउँसो चट्याङ लागेपछि उपचारका क्रममा भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
यस्तै, राप्ती नगर पालिकाको वडा नम्वर १२ पर्खाल मा पहिरोले मेतिराम प्रजा र अन्य एक गरि दुई घर बगाएको छ । घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता छन् । प्रहरीका अनुसार दिउँसो पहिरोले बगाएर मृत्यु हुनेमा एक जना पुरुष रहेका छन् । उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । यस्तै सोही घर बगाउँदा बेपत्ता भएका अन्य तीन जनाको खोजी कार्य जारी रहेको छ । दुर्घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले प्रहरी घटनास्थलमा पुगेपछि थप विवरण आउने बताइएको छ । बेपत्ता हुनेहरुको पनि नाम खुल्न सकेको छैन ।
यस्तै, सोही ठाउँमा एक गोठ पहिरोले पुर्दा १६ वटा गाई गोरु, १५ वटा बाख्रा पनि बगाएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगर पालिका वडा नम्बर ११ दानटोल निवासी ५१ वर्र्षीय ज्ञान बहादुर चेपाङको शव पहिरोले वगाएको अवस्थामा भेटिएको छ । पहिरो सहित स्थानीय वगचोटी खोलाले बगाएको र उनको झण्डै १ किलो मिटर टाडा घैयाघारी भन्ने स्थानमा शव भेटिएको बताइन्छ ।
चितवनमा पछिल्लो तीन दिनदेखि अविरले वर्षा जारी रहँदा बाढी पहिरो गै रहेको छ । झरीले बुढी राप्ति खोलाको सतह बढेपछि बाघमारामा २० घर पूर्ण रुपमा डुबानमा छन् । रत्ननगर—८, बाघमारामा सुकुम्बासी वस्तीमा बुढी राप्ति खोला पस्दा त्यहा फसेका सबैको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी उपरीक्षक ईन्द्र रानाले वजताउनुभयो ।
यस्तै, पूर्वी चितवनकै लदरी खोलाले पाँच घर बगाएको छ । यहाँ कुनै मानवीय क्षति भएको छैन ।
प्रहरीका अनुसार राप्ति ९ बस्ने वर्ष ४८ को भरतकुमार क्षेत्री, वर्ष ३४ का दिपक तिवारी, वर्ष ५१ का कृष्ण ब. श्रेष्ठ र हीरा श्रेष्ठ र बम बहादुर विकको घर बगाएको हो । यस्तै, रत्ननगर—१६ स्थित कयर खोलामा आएको बाढीमा बगेको स्कुटर र महिलाको पनि स्थानीयले उद्धार गरेका छन् ।
पूर्वी चितवनका प्रायः खोलाको सतह बढेकाले अझैँ पनि जोखिम बढी छ । पूर्व पश्चिम राजमार्ग पनि अहिले ठाँडा खोलामा आएका बाढीका कारण अवरुद्ध भएको स्थानीयले जनाएका छन् । पूर्वी चितवनमा रहेका कयर, लदरी लगायतका खोलाको सतह बढ्दा रत्ननगर, खैरहानी लगायतका वस्तीहरु पनि डुवानको जोखिममा छन् ।
भरतपुर महानगर पालिकाकै वडा नम्वर २ मा रहेको तरकारी तथा फलफूल मण्डी पनि पुङ्गी खोलाको डुबानमा परेको छ ।
पहिरो खस्दा अवरुद्ध नारायणगढ मुग्लिन सडक कहिले खुल्ने त कहिले वन्द हुने जारी छ । पहिरोले चार ठाममा अवरुद्ध भएको सडक खुलेको केही घण्टामा नै पुन पहिरो गएपछि अहिले अवरुद्ध छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार नारायणगढ मुग्लिन सडकको केरावारी भन्ने स्थान गएको पहिरोका कारण सो सडक अहिले अवरुद्ध भएको हो ।
बुधवार रातिबाट अवरुद्ध भएको सडक बिहीबार दिउँसो खुला गरिए पनि पुनः बन्द भएको हो ।
ईच्छाकामना गाउपालिका वडा नम्वर ६ मा पर्ने पाँच किलोमा सवै भन्दा ठूलो पहिरो र अन्य ठाउँ ठाउँमा पहिरो खस्दा गए राति २ः१० वजेवाट सडक अवरुद्ध भएको थियो । त्यो पहिरो खुला भए पनि नयाँ ठाममा पहिरो खसेको छ । प्रजिअ न्यौपानेले पहिरो खुला गर्ने क्रम जारी रहेको जानकारी दिनुभयो ।
नारायणगढ – बुटवल सडकखण्ड विस्तारको क्रममा गैंडाकोटमा बनाइएको डाइभर्सन बगाउँदा बिहीबार विहानदेखि यातायात अवरुद्ध भएको छ । गैंडाकोट र भेडाबारी बीचमा रहेको डाइभर्सन बगाएको हो । राजमार्ग फराकिलो पार्ने क्रममा बनाइएको डाइभर्सन बगेपछि गाडी वारपार गर्न सकेका छैनन् । सवारीको लामो जाम लागेको छ ।
यस वर्ष असारको सुरुकै दिनदेखि लगातारजसो पानी परिरहेको छ । पानी परेपछि डाइभर्सनमा पानी जम्ने खाल्डाखुल्डी बन्दा एकातिर यात्रुले सास्ति पाएका छन् । अर्कोतिर दुर्घटनाको जोखिम बढाएको छ ।
अत्यावश्यकीय साधनलाई समेत सडकको अवस्थाले कुनुपर्ने बाध्यता रहेको छ । वैकल्पिक मार्ग समेत निर्माण हुन नसकेको र डाइभर्सन गहिरो गरी बगाउँदा बाटो बन्न सकेको छैन । प्रहरीले एम्बुलेन्स लगायतका साना सवारीलाई पार गराउन डाइभर्सन बगाएको तलबाट अस्थायी डाइभर्सन गराउने काम भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो । बगाएको डाइभर्सन तत्कालै बन्ने अवस्था नभएको उहाँ बताउनुहुन्छ । पानी नरोकिएमा अझै बढि समस्या हुने उहाँको भनाई छ । पानी रोकिएमा शुक्रबार साँझसम्म बन्ने उहाँको भनाइ छ । अस्थाई डाइभर्सन बनाएर साना सवारी वारपार गराए पनि ठूला सवारी भने भत्किएको डाइभर्सन बनन्दासम्म ठप्प हुने भएको छ । स्थानीयलाई डाइभर्सन बगाएको तलबाट शसस्त्र प्रहरीले वारपार गराउने काम गरिरहेका छन् ।
प्रहरीले सडक भत्किएकै स्थानमा जाम नहोस् भनेर गैंडाकोट र रजहरमा सवारीलाई रोकेर राखेको छ । यस अघि असार दुई गते पनि सोही ठाउँमा डाइभर्सन बगाउँदा ५ घण्टासम्म पूर्ण रुपमा जाम भएको थियो ।
गैंडाकोटको थुम्सि जंगल क्षेत्रमा ४ ठाउँमा डाइभर्सन छन् । कुमुन्दपुर र थुम्सिको बस्ति नजिकै दुई वटा गरेर ७ वटा डाइभर्सन बनाईएको छ । वर्षा सुरु भएपछि डाईभर्सनमा पानी जम्ने , चिप्लो हुने गर्दा दैनिक रुपमा काम विशेषले आवतजावन गर्ने यात्रुले सास्ति भाेग्नुपरेको गुनासो गर्दै आएका छन् ।
यसैगरी दाउन्ने क्षेत्रको ठाउँ – ठाउँमा खसेको पहिरोले समेत दुर्घटनाको जोखिम निम्त्याएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रको १४ किलोमिटर क्षेत्रमा ठाउँ – ठाउँमा साना ठूला पहिरो खसेको छ । कतिपय ठाउमा ठूल्ठूला ढुङ्गा भीरबाट कतिबेला खस्छ भन्ने त्रासै त्रासमा यात्रुले यात्रा गर्नुपरेको छ ।
ठाउँ – ठाउँमा खसेको पहिरोले गर्दा पटक – पटक जाममा पर्दा यात्रुले सास्ति भोग्नुपरेको गुनासो गरेका छन् । साँघुरो सडक जाममा परेर गाडी रोकिँदा पनि कतिबेला माथिबाट पहिरो खसेर ज्यानै लिने हो भन्ने चिन्ताले सताउने गरेको यात्रु गुनासो गर्छन् ।
तस्बिरहरुः देवराज केसी, उज्वल पौडेल, शिव सिलवाल
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक