- एलबी क्षेत्री
आज देवघाट जाने योजना बन्यो | हिजो फेसबुकमा एकजना सर्वोच्च अदालतका पुर्व प्रधान न्यायधीश दामोदर शर्माको एउटा अपत्यारिलो तस्वीर भाईरल भएको थियो | देवघाट वारी नै उहाँको आश्रम रहेछ र मैले मेरो कार पार्क गरेर उहाँको आश्रम पत्ता गरि त्यहीं पुगें | उहाँले आफ्नो आश्रमको
नाउँ – अखण्डानन्द आश्रम राख्नु भएको रहेछ |बिहानको एगारह बजीसकेको थियो कृष्ण मन्दिरसंगै रहेको उहाँको आश्रम भित्र प्रवेश गर्दा उहाँ अग्नि पुजामा मग्न हुनुहुन्थ्यो | एउटा रित्तो कुर्चीमा बसेर चारै तिर नियालें | भित्तामा हिन्दु भगमानहरूका तस्वीर टासियेका थिएँ र भित्तैमा टासियेको टिवीमा भजन किर्तन चलीरहेको थियो | उहाँ एकाग्रमन एउटा हातले अग्निमा चरु हवन गर्दै हुनुहुन्थ्यो अर्को हातमा रुद्राक्ष माला थियो | म पुगेको उहाँलाई आभास नभएको होइन तर उहाँले आफ्नो पुजाक्रमलाई क्रमशः राख्नु यो | लगभग आधा घण्टाको प्रतीक्षा पछि उहाँ ध्यानबाट निवृत भइ मन्दिर कक्षबाट बाहिर निस्कनु भयो | हातमा रहेको त्यो रुद्राक्षको माला आफ्नो घाँटीमा राख्नु भयो, मैले नमस्कार टक्र्याएँ, लिनु भयो तर म प्रति खासै रुची देखाउनु भएन | अलिक खल्लो स्वरमा सोध्नु भयो,'किन आउनु भयो ? कता आउनु भयो ?"
मैले विनम्रता पुर्वक नै भने – "तपाईंलाई भेट्न आएको हो | अहिले म देवघाट आएको छु |"
उहाँले भन्नु भयो, "म त सन्यासी भएर बसेको मान्छेसंग किन भेट्न खोज्नु भयो ?' मैले फेसबुकमा उहाँको भाईरल भएको फोटोद्वारा आकर्षित भएर उहाँलाई भेट्ने उत्कट इच्छा जागृत भएकाले यहाँको आश्रम खोज्दै आएको भन्दा उहाँले पुनः अरुचिकै स्वरमा भन्नु भयो – 'हामी यसरि नै बस्छौं, जीवन चली रहेछ | इश्वरलाई समर्पित छौं | यहाँभन्दा बढी केहि छैन मसंग |" साथै सोध्नु भयो "तपाईको परिचय के हो ?" मैले विनम्रताका साथ भने, "मेरो खासै परिचय छैन गुरु, म त्रिभुवन विश्वविद्यालयको सेवानिवृत्त प्राध्यापक हो | चितवनमै बस्छु |" त्यसपछि उहाँमा अचानक परिवर्तन आयो र भन्नु भयो " ओ हो ! तपाईं यो देशको विद्वान नागरिक | यता आउनुस, सँगै बसौं |"
पहिला म टाढा कुर्चीमा बसेको थिएँ, उहाँको स्वर केहि नरम हुँदा नजीकको कुर्चीमा गएर बसें मेरो परिचय खुले पछि उहाँले आफ्नै खाटमा बस्न कर गर्नु भयो र सँगै कफी खान आग्रह गर्नु भयो | स्टीलको गिलासमा कफी आयो र कफीसंगै विभिन्न विषयमा कुरा गर्यौं | उहाँले आफ्नो व्यक्तिगत जीवनबारे केहि भन्न चाहनु भएँन | मैले कर पनि गरिन | मात्र भन्नु भयो – "मेरो बारे बाहिर सोध्नु भयो भने सबैले भनि हाल्छन |" परिवार बारे सोद्धा छोटकरीमा भन्नु भयो 'मेरो कोहि छैन | म एक्लै आएँ एक्लै जाने हो |' त्यसपछि उहाँसंग मैले वर्तमानमा नेपाली राजनीतिबारे कुरा गर्ने चाहना राख्दा यस विषयमा उहाँले केहि बोल्न चाहनु भएन | मैले भने – "तपाईं देशको पुर्व प्रधानन्यायधिश, देश राजनीतिक रूपमा लथालिङ्ग बनेको परिवेश, जनताको सार्वभौम परचिय भनिएको संसद दुइदुइ पटक भंगभएको अवस्था छ | त्रिभुवन विश्वविद्यालयको एकजना सेवानिवृत्त प्राध्यापक यसबारे तपाईंसंग विमर्श गर्न चाहँदा आपत्तिजनक त होइन सर |"
उहाँले सोझै भन्नु भयो –" पुर्व न्यायधिशहरूले आफ्नो कुरा राखी सक्नु भएको छ | शेर बहादुर लगायत पाँचपाँच जना पुर्वप्रधानमन्त्रिहरूले आफ्नो कुरा बारम्बार दोहोर्याइरहेका छन् | म सन्यासी भएर बसेको मान्छेले के भन्ने सर ?"
मैले भने – " हिजोको दिनमा त्यस्तो उच्च ओहदाको जिम्मेवारी लिएर बस्नु भएको हजुर भित्तामा टासिएर भजन गाईरहेको टेलीविजनबाट तपाईंले देशमा घट्दै गरेका राजनैतिक समाचार दुर्घटना अवश्य नै सुन्नु हुन्छ | मन त तपाईंको पनि दुख्छ होला सर | मन र मस्तिष्कमा विचारले पनि आक्रमण गर्छन नै होला |"
उहाँले मेरो नाउँ सोध्नु भयो | मैले एल बी क्षेत्री भने |
उहाँले भन्नु भयो – क्षेत्री जी, लोकतान्त्रिक परिपाटीमा विकल्प रहुन्जेल संसद विघटन गर्नु उचित होइन तर धेरैन किचलो भइ सक्दा जनतानै सार्वभौम शक्ति भएकोले जनताकै बीच गएर निर्णय लिउँ भन्नु कुनै अपराध होइन |
त्यस पछि उहाँसंग सोध्ने योग्य मसंग कुनै प्रश्न वा जिज्ञासा न रहेकोले विदा माँगे | उहाँले भन्नु भयो पख्नुस | पहेल्याम्म पाकेका दुइवटा केरा दिंदै भन्नु भयो – "यो प्रसाद लिएर जानोस | तपाईंको शुभ होस् |"
मैले प्रणाम गरें र फर्कें | देवघाटको मुख्य पार्किंग तिर जाँदै गरेको मूलबाटोमा लवराज सुबेदी नाम भएका एकजना विद्वानसंग मेरो पुरानो परिचय थियो र उहाँलाई खोजेर केहिबेर सन्यासी दामोदर शर्माबारे जानकारी लिने मनसाय राख्दा उहाँले भन्नु भयो -
"खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदा उहाँ का.मू. प्रधानन्यायाधीश नियुक्त हुनुभएको रहेछ त्यस पछि खिलराज रेग्मी सेवानिवृत भएपछि उहाँ प्रधानन्यायाधीश नियुक्त हुनु भएको रहेछ |"
लवराज सुबेदीबाट नै मलाई २०६६-६७ देखि नै दामोदर शर्मा चितवनको देवघाट आउँदै गरेको र एउटा आश्रमको निर्माण योजनामा सक्रिय रहनु भएको जानकारी प्राप्त भयो | उहाँ भारतको वृन्दावनका कुनै अखण्डानन्द महाराजबाट सन्यास दीक्षा ग्रहणगरि पूर्ण रुपेण सन्यास जीवन ग्रहण गर्नु भएको रहेछ |
उहाँका काठमाडौं र सिमरामा पनि आश्रम रहेछन र मसंग नै "कहिले काहीं उता पनि जाने गर्छु" भन्नु भएको थियो | लवराज सुबेदीजीको भनाई अनुसार देवघाट वासिन्दाका लागि उहाँको मुख्य योगदान सरकारी लगानी आयोजनामा परेर खाने पानि व्योवास्थापन हो | "आज हामीले उहाँले गर्दा सरकारी पानी खान पाएका छौं |"
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक