20201205

हरितारा चलचित्र पुरस्कारबाट अग्रज चलचित्रकर्मीं कृष्ण मल्ल र अग्रज नाट्यकर्मी अभिनेता मदनदास श्रेष्ठ सम्मानित हुनुहुने !


 काठमाडौं । ’हरितारा चलचित्र पुरस्कार’२०७५ बाट अग्रज चलचित्रकर्मीं कृष्ण मल्ल र अग्रज नाट्यकर्मी अभिनेता मदनदास श्रेष्ठ सम्मानित हुनुहुने भएको छ । २०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी)ले आफू र आफ्ना पति हरि शम्शेरको नाममा स्थापना गरेको यस पुरस्कारलाई चलचित्र क्षेत्रको पहिलो पुरस्कार मानिन्छ । परिवर्तन नेपालले विज्ञप्ति जारी गरि २०७६ सालको हरितारा चलचित्र पुरस्कार गीतकार सहदेव ढुंगानालाई प्रदान गर्ने पनि जनाइएको छ ।

वर्ष २०७५ का लागि ४ दश भन्दा बढी समय नेपाली चलचित्र क्षेत्रको उत्थान गर्नुभएको कृष्ण मल्ल र नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटक देश विदेशमा पु¥याउन योगदान गर्नुभएको मदनदास श्रेष्ठलाई पुरस्कृत उल्लेख गरिएको छ । पुरस्कार रकम जनही २५ हजार रहेको पनि जनाइएको छ ।

२०७६ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई दिने निर्णय गरेको छ । पुरस्कार रकम दश हजार छ ।

त्यस्तै परिवर्तन सम्मान २०७६ बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक÷अभिनेता विश्वदीप घिमिरे र निर्देशक/अभिनेता, संचारकर्मी माधवराज खरेललाई गर्ने निर्णय गरेको छ ।

विज्ञप्तिमा डब्लुएचओ र नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर पुसको दोस्रो साता दुवै पुरस्कार तथा सम्मान वितरण गरिने उल्लेख गरिएको छ । दुबै हस्ती हरुलाई हार्दिक बधाई नेपाल मदर को तर्फ बाट । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक