कैलालीको टीकापुरमा भएको एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्याकाण्डमा संलग्न सांसद रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ । वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार यस्तो फैसला
सुनाएको हो । २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको नरसंहार भएको थियो । यो घटनाको योजना बनाएर नेतृत्व गरेको आरोप चौधरीमाथि रहेको छ । यसअघि ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।उच्च अदालतले ७ जनाको सजाय सदर गर्दै चार जनाको सजाय घटाइदिएको छ । उता, तीन वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई भने उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ । जन्मकैदको सजाय सुनाइएकामा लक्ष्मण, रेशम, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी रहेका छन् । रेशम चौधरीका तर्फबाट अधिवक्ता शान्ता भण्डारी र सरोज बुढाथोकीले बहस गरेका थिए ।
अदालते फैसला गर्दा लिएका २८ आधारहरु:
वारदात (घटना) सम्बन्धमा महत्वपूर्ण तथ्यको आधारमा कसूर र सजाय ठहर गर्दा लिइएका आधारहरू
प्रस्तुत मुद्दामा प्रतिवादीहरुको कसूरमा संलग्नताको मात्राको आधारमा साविक मुलुकी ऐनमा भएको कानूनी व्यवस्था अनुसार 3 बर्ष 5 बर्ष 10 बर्ष र जन्मकैद (20 बर्ष) ठहर गरिएको छ।केही प्रतिवादीले सफाई पाउने ठहरेको छ।
घटना योजनाबद्ध रुपमा घटाइएको
केही प्रतिवादी सो घटनाको रचनाकार रहेको देखिएको
घटना घटाउन योजना, तयारी, मनसाय र कार्यको संगठित तरिकाले संयोजन गरेको पाइएको
विशेषगरी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई हत्या गर्ने टार्गेट गरी घटना घटाइएको
नेतृत्वकर्ताको निर्देशन अनुसार गाउँगाउँमा चिराकी(चौकिदार) खटाई भिड जम्मा गरेको
तोकिएको ठाउँमा उपस्थित नभएमा प्रतिव्यक्ति रु.1000/-जरिवाना गर्ने उर्दी जारी गरेको
प्रत्येकले घर घरमा भएको घरेलु हतियार लगायत अन्य हतियार लिई आउन अनिवार्य गरेको
पूर्व योजना बमोजिम फलामे काँडायुक्त घरेलु हतियार बनाएको
भाला, बन्चरो, खुँडा, फलामे रड, तरवार, खुकुरी, पलामे पाइप, बाँसको लाठी, फलामे काँडा भएको गदा, छिनि, चक्कु, दाउद जस्ता हात हतियारहरु बरामद भएको
प्रहरीसंग भएको संचार सेट, बन्दुक, एस एल आर समेत खोसेको
बन्चरो समेत प्रहार गरी मृतकलाई ढलाई मट्टितेल हाली जलाएको
अधिकांस प्रतिवादीहरु अनुसन्धानहरु समक्ष सावित भई बयान गरेको
केही प्रतिवादीहरुले आफू सावित रही सह-अभियुक्तलाई पोल गरी बयान गरेको
घटना देख्ने प्रत्यक्षदर्शीहरुले कागज र बकपत्र गरेको
मृतकको शव क्षतविक्षत पारिएको, जलाई खरानी पारिएको, भाला रोपी क्रुर हत्या गरिएको
घटना घटाई सकेपछि नेतृत्वकर्ताले प्रहारकर्तालाई स्यावासी दिएको
नेतृत्वकर्ताको कल डिटेल्सले घटनास्थल वरीपरी नै रहेको देखाएको
सुरक्षाकर्मीलाई C आकारको घेरा हाली नियन्त्रणमा लिएको
भागी लुकी बसेका सुरक्षाकर्मीलाई समेत आक्रमण गरी घिसार्दै वाहिर ल्याई विभत्स तरिकाले हत्या गरेको
घटनामा 2 बर्षको नाबालक समेत मृत्यु भएको
नेतृत्वकर्ताले घटना जिम्मा लिई चुनौतिपूर्ण बिज्ञप्ति निकालेको
नेतृत्वकर्ताले सर्ब साधारण आम नागरिकलाई उक्साई घटनामा सहभागी बनाएको
नेतृत्वकर्ताले निर्देशन गरे अनुसार नै घटना घटाइएको
घटनालाई राजनीतिक रंग दिन खोजिएपनि विशुद्ध रुपमा गम्भिर फौजदारी अपराध देखिन आएको
घटना संगठित रुपमा घटाइएको, कामको बाँडफाँड गरिएको, निर्देशन दिने कार्य भएको र सो को कार्यान्वयनको अनुगमन गरेको देखिएको
पोलिग्राफ टेस्टमा नेतृत्वकर्ताले झूठा बोलेको देखिन आएको
सुनियोजित रुपमा घटना घटाइएको
घटनाको Motive, Modus operandi, Scene of crime र बरामद दशीका सामानबाट अपराध Mass murder को रुपमा देखिन आएको
दोहोरो भिडन्त नभई आक्रमणकारीहरुले योजनाबद्ध रुपमा महिला र बालबालिका समेत प्रयोग गरी वारदात घटाएको
यो एउटा क्रुर, निर्मम र अमानवीय हिंसाको रुपमा देखिई मानवता विरोधी अपराधको रुपमा लिन सकिने घटना देखिएको ।
थरूहटको आन्दोलन चर्किँदा विसं २०७२ भदौमा भएको विरोधप्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिदिएको थियो।
सो घटनामा एक बालकको पनि ज्यान गएको थियो।
सो घटनामा ५८ जनाविरुद्ध मुद्दा चलेको थियो।
घटनापछि फरार रहेका रेशम चौधरी विसं २०७४ मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट सहभागी भएर कैलालीबाट सांसद निर्वाचित भएका थिए।
अहिले राजपा र अन्य पार्टीहरू मिलेर जसपा गठन भइसकेको छ।
सो घटनामा मुख्य योजनाकार भएको अभियोग खेपेका चौधरीलाई पछि पक्राउ गरेर पुर्पक्षका लागि कारागारमा राखिएको थियो।
कारागारबाटै गएर उनले करिब दुई वर्षअघि सांसद पदको शपथग्रहण गरेका थिए।
त्यसअघि सर्वोच्च अदालतले रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न तल्लो अदालतले दिएको आदेशलाई सदर गरिदिएपछि तत्कालका लागि उनलाई संसद् प्रवेशको बाटो बन्द भएको थियो।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक