20201022

किन चाहियो यति धेरै राजारानी ??

  - राजन कार्की

जहाँ जनतासँग जनताजस्तो व्यवहार गरिदैन, जनतामा स्वास्थ्य, शिक्षा, गाँस, बास, कपासको कुनै बन्दोबस्त हुन्न, त्यो देशमा किन यति धेरै राजारानीहरु चाहियो ?

लोक भोकै छन्, लोकले कसैको खल्को हालेका पनि होइनन्, कसैको बरखी बसेका पनि छैनन् । छाक छाडेका छन् किनकि खाने केही छैन। लोकतन्त्र छ, लोक लोकजस्ता छैनन्, लोकमाथि राज्यले बिभेद गरेको छ, लोकलाई दासभन्दा तल्लो स्तरमा मर्न बाध्य पारेको छ राज्यले ।

जहाँ जनतासँग जनताजस्तो व्यवहार गरिदैन, जनतालाई मरे मरुन् भन्छ राज्यले, जनतामा स्वास्थ्य, शिक्षा, गाँस, बास, कपासको कुनै बन्दोबस्त हुन्न, त्यो देशमा किन यस्ता राजाहरु चाहियो, किन यस्ता रानीहरु चाहियो ?

७७ जिल्ला, ७ प्रदेशमा राजारानीहरु छन्। ७६१ सरकार छन्, सबै सरकारमा राजारानीहरु बिराजमान छन् । तिनका आसेपासे साना राजारानी त कति छन् कति !

कतिले चुनाव हारेका छन्, तिनलाई पनि राजारानी बन्नु छ । कति चुनाव जितेर पनि राजारानी बन्न पाएका छैनन्, तिनलाई पनि राजारानी बन्नुछ। सत्तारुढ दलका सप्पै कार्यकर्ता राजारानी । कोही टोले राजारानी, कोही झोले राजारानी । कोही सिंहदरवारका, कोही शितल निवासका राजारानी । गणतन्त्र नेपाल भनेको त राजारानीहरुको घरवार, दरवार पो बन्यो ।

अहिले त ३० अर्वभन्दा बढी खर्च गरेर ल्याएको संविधानले पनि धान्न छाड्यो। छ्यासछ्यास्ती राजा, कति रानी । टोलदेखि सिंहदरवार, शितल निवास, गाउँ-नगर-राष्ट्रियसभा, प्रतिनिधिसभा जताततै राजैराजा, रानी रानी । तिनका परिवार, पार्टर्ीीरिवार, यिनलाई पाल्न मात्रै अर्वबाट खर्बको खर्च लाग्ने भइसक्यो ।

०५८ साल अघि दरवारलाई ८ करोड वाषिर्क बजेट दिइन्थ्यो, शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा ५८ करोड चाहिन्छ भनेर छुट्याइदिए । अहिले त ३० अर्वभन्दा बढी खर्च गरेर ल्याएको संविधानले पनि धान्न छाड्यो । छ्यासछ्यास्ती राजा, कति रानी । टोलदेखि सिंहदरवार, शितल निवास, गाउँ-नगर-राष्ट्रियसभा, प्रतिनिधिसभा जताततै राजैराजा, रानी रानी । तिनका परिवार, पार्टर्ीीरिवार, यिनलाई पाल्न मात्रै अर्वबाट खर्बको खर्च लाग्ने भइसक्यो ।

स्वयंसेवीले कहिले भात बाँड्लान र खाउँला भनेर देशका चउर चउरमा गरीवहरु लाइन लागिरहेका देखिन्छन् । एउटा पीसीआर गर्न अघिल्लोदिनदेखिनै सडकमा सुतेर लाइन लाग्नेहरु भेटिन्छन् । चउरमा बाँडेको भात खान पाइन्छ कि भनेर आश गरेर बस्नेहरु सबै यी राजारानीकाजस्तै हाड-मासुले बनेका मान्छे हुन् । यी नागरिक कम, दास बढी लाग्छन् । तर विभेद कति ठूलो छ। एकथरि प्रभावशालीहरु लुटिरहेका छन्, काजु खाएर र्‍याल काढिरहेका छन्, अर्काथरि धेरै दीनहीनहरु बाँडेको भात पर्खिरहेका छन् । दुःखीहरु, गरीवहरु अस्पतालमा उपचार पाइरहेका छैनन् । नाना, खाना, छाना, शिक्षा, कता हो कता- कोही पहिरोले थिचिएका छन्, कोही बाढीले बगाएका छन्, बाँचेका देश विदेशमा भोकले रोइरहेका छन् ।

रोएर बाँच्ने निरीह, बेसहाराको लागि सरकार हुनुपर्ने हो, न्यायालय हुनुपर्ने हो, सरकार कहाँ छ - न्यायालय कहाँ छ -

सुकिलो मुकिलो सरकार, न्यायालय, नेता, प्रशासकहरु नाङ्गै छन् जस्तो लाग्छ। यति अस्लिलहरु संविधानका रक्षक, लोकतन्त्रका सञ्चालक, मानवाधिकारका संरक्षक हुँदा रहेछन्- नेपालमा यो सब देखियो ।

सुकिलो मुकिलो सरकार, न्यायालय, नेता, प्रशासकहरु नाङ्गै छन् जस्तो लाग्छ । यति अस्लिलहरु संविधानका रक्षक, लोकतन्त्रका सञ्चालक, मानवाधिकारका संरक्षक हुँदा रहेछन् - नेपालमा यो सब देखियो ।

यिनलाई न यो लोकको चिन्ता छ, न परलोकको डर छ। आमलोक यिनीहरुप्रति दया गरिरहेका छन्, घृणा गरिरहेका छन् । यिनीहरु कसैलाई लज्जाबोध छैन । लज्जा त्यागेपछि केही बाँकी रहन्न भनेको यही रहेछ ।

संविधानविद भीमार्जुन आचार्य सोध्छन्- पहिलोपल्ट राज्यको ढुकुटी घाटामा गयो। कहाँ गयो त्यो धन - सदुपयोग भएको भए कहाँ भयो - म नागरिक हुँ प्रश्न गर्न हक छ मलाई- आफ्नो सुख सुविधा, खानपान केही पनि कटौति गर्न टसमस गर्न नहुने - लोक मरिरहेका छन्, यिनमा अलिकति पनि नैतिकता बाँकी रहेन ।

बच्चा च्यापेकी महिलाहरु पेटभरि भात खान पाए हुन्थ्यो भनेर पिलपिलाइरहेका देखिन्छन् । व्यापारी छटपटाएका छन्, उद्यमी असिन पसिन भएका छन्, हरेक दिन २० जनाभन्दा बढी आत्महत्या गर्छन् भनेर सरकारको प्रहरी भन्छ । कहाँ छ लोकसरकार - यस्तो पनि समाजवाद हुन्छ- र्सवहारावाद हुन्छ -

ठूलासाना पत्रपत्रिकाहरुमा समाचार आइरहेका छन्- सुत्केरीले पेटभरि भात खान नपाएर आत्महत्या गरिन् । बच्चा च्यापेकी महिलाहरु पेटभरि भात खान पाए हुन्थ्यो भनेर पिलपिलाइरहेका देखिन्छन् । व्यापारी छटपटाएका छन्, उद्यमी असिन पसिन भएका छन्, हरेक दिन २० जनाभन्दा बढी आत्महत्या गर्छन् भनेर सरकारको प्रहरी भन्छ । कहाँ छ लोकसरकार - यस्तो पनि समाजवाद हुन्छ- र्सवहारावाद हुन्छ -

बाढीपहिरो, कोरोना महामारीले समाज थिलथिलो बनेको छ। मान्छेमात्र होइन, मान्छेभित्रको मानवता मरिरहेको छ । तर सरकार, संसद सबै व्यक्ति स्वार्थ, भ्रष्टाचारमा लिप्त छन् । को मर्ने, को बाँच्ने भन्ने जोखिममा आइसक्दा पनि गरीव मुलुकका राजारानीहरु आफ्नै सुखसयलमा चिन्तित छन्, भोकभोकै परेका लोकको चिन्तामा छैनन् । सभ्य समाज, लोककल्याणकारी सरकारका लागि योभन्दा ठूलो कलंक अरु के हुनसक्छ -

अतिमात्र होइन, अतिसार भयो । यसकारण मुलुकले विकल्प खोज्नर्ुपर्छ अव ।

देश महाअप्ठेरोमा छ, देशवासी महाकष्टमा छन् । ख्याल गर्नुपर्ने जिम्मेवार जो छन्, ती सत्ता, सम्पत्ति र स्वार्थको बन्दी बनेका छन् । जति पनि दलहरु छन्, सत्ताप्रतिपक्षीहरु छन्, सबै आन्तरिक गोलचक्करको बिबादमा फसेका छन् । र्सपल र्सपको खुट्टा देख्छ भनेझैं, एकदोस्राप्रति आरोप प्रत्यारोप र अविश्वासका झटारा हान्नमै व्यस्त देखिन्छन् ।

देश महाअप्ठेरोमा छ, देशवासी महाकष्टमा छन् । ख्याल गर्नुपर्ने जिम्मेवार जो छन्, ती सत्ता, सम्पत्ति र स्वार्थको बन्दी बनेका छन् । जति पनि दलहरु छन्, सत्ताप्रतिपक्षीहरु छन्, सबै आन्तरिक गोलचक्करको बिबादमा फसेका छन् । र्सपल र्सपको खुट्टा देख्छ भनेझैं, एकदोस्राप्रति आरोप प्रत्यारोप र अविश्वासका झटारा हान्नमै व्यस्त देखिन्छन् ।

देशको नेता भनेको प्रधानमन्त्री हो । प्रधानमन्त्री भन्छन्- सबैले सुती सुती खान पाउँछन्, कसैले हातमुख जोर्नका लागि मुस्किल पर्नेछैन । प्रधानमन्त्रीको यस कथनको कुनै जनतालाई रत्तीभर पनि विश्वास छैन । किनकि जनता रोगले, अन्याय र भोकले मरिरहेका छन् ।

कोरोना महामारी समाजमा फैलिसक्यो । झण्डै साँढे ५ सय जनताको ज्यान हरण गरिसक्यो। समुद्रतटमा आएको सुनामीजस्तो भइसक्यो नेपालमा कोरोनाको महामारी । कोरोना गाउँदेखि राजधानीलाई सुरसाको मुख बायर निल्न खोज्दैछ । यस्तो अवस्थामा पनि सत्तारुढ र प्रतिपक्षीहरु राज्यसञ्जालमा भागबण्डा र राज्यस्रोतमा भागशान्ति भ्रष्टाचारमा अभ्यस्त देखिनु लोकतन्त्र देशकै लागि दर्ुभाग्य बनिरहेको छ ।

सरकार कुम्भकर्र्णो निन्द्रामा निदाउन सक्दैन । न प्रतिपक्ष सरकारको र्समर्थक भएर चुपचाप बस्न सक्छ। ससाना लोभमा फसेर सरकार र प्रतिपक्षीहरुमात्र होइन, देशका विद्वानहरुसमेत मौन रहेका छन् । देशमा डढेलो लागेपछि कोही बच्दैन, आगोको कोही नातेदार वा कार्यकर्ता हुनसक्दैन भन्ने सत्य र मानवधर्म मरेर गइरहेको देखिन्छ ।

सरकार कुम्भकर्र्णो निन्द्रामा निदाउन सक्दैन । न प्रतिपक्ष सरकारको र्समर्थक भएर चुपचाप बस्न सक्छ। ससाना लोभमा फसेर सरकार र प्रतिपक्षीहरुमात्र होइन, देशका विद्वानहरुसमेत मौन रहेका छन् । देशमा डढेलो लागेपछि कोही बच्दैन, आगोको कोही नातेदार वा कार्यकर्ता हुनसक्दैन भन्ने सत्य र मानवधर्म मरेर गइरहेको देखिन्छ ।

यस्तो अन्धेरनगरीको अवस्थालाई चिर्न चिच्याउनु पर्ने दायित्व नागरिक समाजको पनि हो। नागरिक समाज पनि पार्टर्ीीार्टर्ीी बाँडिएर मौनता साधिरहेका छन् । यो मौनता कति महगो छ, कति अमानवीय साबित भइरहेको छ, कसले बताइदिने - अवस्था जवाफदेहीबिहीनता, गतिहीनता, दायित्वबिहीनताको डरलाग्दो संकेत पनि हो । देश भासिने दल दल पनि हो । हरेक नेता गुटबाजी गरिरहेका छन्, यसकारण नेताहरु न पार्टर्ीीद्धान्तका रहे, यिनमा न देशभक्ति नै कायम रहृयो । राजनीति नाङ्गले पसलेमा सिमित हुनपुगेको छ ।

नित्सेले लेखेका थिए- मर्‍योर् इश्वर । यसो भन्ने नित्से एकदिन मरेर्।र् इश्वर मर्‍यो कि मरेन- प्रश्न आज पनि प्रश्न नै छ ।

रोग, भोक र शोकमा मर्दै गएका लोकका लागि लोकतन्त्र यस्तै अहं प्रश्न हो। लोकतन्त्र त नमर्ला तर मरेतुल्य शासकहरु यसैगरी मर्दै रहनेछन् । लोकले बिद्रोह गरेन, बिकल्प खोजेन भने लोक अन्याय गिलोटिनमा यसैगरी मरिरहनेछन् ।

यही संविधानले अपराध बढाएको छ, हत्याहिंसा चर्काएको छ, चोरीडकैती रोक्नसकेन, चुनाव हारेका र आफन्तलाई राज्यदोहन गर्ने पदमा बिराजमान गराएको छ । यो संविधान जे खायो पचायो गर्ने पाचकजस्तो लाग्छ । यस्तो पद्धति लोकका लागि गाईजात्रा हो । लोक हरेक दिन ठूला पार्टर्ीीको गाईजात्रा हरेर दाँत किटिरहेका छन् ।

किनकि थारो भैँसी बाघले खाए कि किलो रित्तै भए के- बुढो भैंसी लडेर मरोस् कि थला परेर मरोस् । संविधान भन्ने पुस्तक रत्नपार्कमा चटक देखाएर बेचिने टाउको दुखेको, नाइटो दुखेको, गानागोला, पुरानो रोग निको पार्ने काठको धुलो पोको पारेको र्सवाैषधिजस्तो हुनपुगेको छ । यही संविधानले अपराध बढाएको छ, हत्याहिंसा चर्काएको छ, चोरीडकैती रोक्नसकेन, चुनाव हारेका र आफन्तलाई राज्यदोहन गर्ने पदमा बिराजमान गराएको छ । यो संविधान जे खायो पचायो गर्ने पाचकजस्तो लाग्छ। यस्तो पद्धति लोकका लागि गाईजात्रा हो। लोक हरेक दिन ठूला पार्टर्ीीको गाईजात्रा हरेर दाँत किटिरहेका छन् ।

यसकारण जनताले बिकल्प खोज्छन्, खोज्नर्ैपर्छ । पशुजातको बिरालालाई पनि ढोका थुनेर कुट्यो भने बाँच्नका लागि झम्टिन्छ । लोक त मान्छे हो, र्सार्वभौम छ। लोक सहनसक्छ, सहनुको सीमा नाघेपछि पक्कै सडकमा निस्कन्छ। मुख थुनेर लोकलाई कतिञ्जेल राख्ने, जब लोकले ओठ टोकेर बोल्छ, बोलेपछि यस्तो निम्छरो नेतृत्व पुच्छर ठाडो पारेर भाग्छ ।

लोक अब बोल्छ, लोकले अब बिकल्प खोज्छ ।

नाकावन्दीकालमा राष्ट्रवादमा उभिएकाहरु पछिल्लो समय अतिक्रमित भूमिसमेत समेटेर नक्सा र्सार्वजनिक गरे । अहिले आएर त्यो नक्सा समेटिएको पाठ्यपुस्तकसमेत र्सार्वजनिक गर्नबाट रोक लगाउन पुगेका छन् । नेपाली भूमि सदा नेपाली भूमि नै हो, यसमा लुकाउनु, छिपाउनु पर्ने के कुरा छ र- तर सरकारले लुकायो, प्रतिपक्षीहरु मौनता साधिरहेका छन् । राष्ट्रियता पनि राजनीतिक हतियार हुन्छ  र - यिनले बनाए ।

नाकावन्दीकालमा राष्ट्रवादमा उभिएकाहरु पछिल्लो समय अतिक्रमित भूमिसमेत समेटेर नक्सा र्सार्वजनिक गरे । अहिले आएर त्यो नक्सा समेटिएको पाठ्यपुस्तकसमेत र्सार्वजनिक गर्नबाट रोक लगाउन पुगेका छन् । नेपाली भूमि सदा नेपाली भूमि नै हो, यसमा लुकाउनु, छिपाउनु पर्ने के कुरा छ र - तर सरकारले लुकायो, प्रतिपक्षीहरु मौनता साधिरहेका छन् । राष्ट्रियता पनि राजनीतिक हतियार हुन्छ र- यिनले बनाए ।

नेपाली राजनीतिबारे एकजना महिलाले लेखेकी थिइन्- यो त धोती उचालेर छाती छोपेजस्तो भयो । यो राजनीतिमा अव बाँकी के रहृयो -र्

जर्ज अरवेलले एनिमल फार्म उपन्यासमा लेखेका थिए- अल एनिमल आर इक्वेल, बट सम एनिमल्स आर मोर इक्वेल देन अदर्स। नेपाली राजनीति यो भनाईभन्दा भिन्न देखिन्न ।

लोकले धान, गहुँ रोपेका हुन्, सिस्नोको घारी उम्रियो। न जीवन बाँकी रहृयो, न संर्घष्ा। यस्तो सिस्नोको घारी लोकले छिमोल्छ, छिमोल्छ। यो प्राकृतिक सिद्धान्त पनि हो ।

लोकले धान, गहुँ रोपेका हुन्, सिस्नोको घारी उम्रियो । न जीवन बाँकी रहृयो, न संर्घष्ा । यस्तो सिस्नोको घारी लोकले छिमोल्छ, छिमोल्छ । यो प्राकृतिक सिद्धान्त पनि हो ।

हर्रबर्ट स्पेन्सरले खुब भनेका हुन्- र्सभाभाइभल अफ दी फिटेस्ट ।

प्रतिक्रियाका लागि ः

rajan2012karki@yahoo.com


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक