- टंकप्रसाद पन्थ, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा
१.१ विषय प्रवेश
राजेन्द्र सुवेदी नेपाली साहित्य र समालोचनाका क्षेत्रमा परिचित व्यक्तित्व हुन् । लामो समयसम्म प्रध्यापन क्षेत्रमा बिताएका सुवेदी प्रखर प्राध्यापक व्यक्तित्वका रूपमा परिचित रहेका छन् । नेपाली समालोचनामा प्रगतिवादी चिन्तन र वस्तुवादी यथार्थवादी प्रवृत्तिको विकासमा यिनको अवस्मिरणीय योगदान रहेको छ । समालोचनाका विभिन्न सिद्धान्त र प्रवृत्तिहरूलाई पचाएका सुवेदीको सिर्जनात्मक साहित्यमा पनि उत्तिकै प्रभाव र उपस्थिति रहेको देखिन्छ । सिर्जनात्मक लेखनको अवधारणा, प्रकृति र प्रवृत्तिलाई चिनाउन सफल सुवेदी सिर्जनात्मक साहित्यमा भएका नवीनतम प्रवृत्ति र प्रयोगसँग पनि उत्तिकै जानकार रहेका छन् । नेपाली समाजमा भित्रिएका विकृति र तिनले सङ्केत गरेको चिन्ताग्रस्त अवस्थालाई विश्लेषण गरी साहित्यका सिर्जनात्मक र समालोचनात्मक विधामा प्रस्तुत गर्नु यिनको विशेषता हो । नेपाली वाङ्मयका क्षेत्रमा रहेको यिनको लामो साधना र गहिरो चिन्तनका रूपमा प्रस्तुत धितो कोख कृतिले औपन्यासिक कलेवर प्राप्त गरेको छ । यस कृतिमा पाठेघर नै धितोमा राखेर जीवन गुजारा गर्न विवश नेपाली नारीको अवस्थालाई मूल प्लटका रूपमा चयन गरी त्यसैका
पृष्ठभूमिमा नेपाली समाज, राजनीति, संस्कृति तथा व्यावहारिक जीवनका क्षेत्रमा हर्ुर्किएका यथार्थ अवस्थालाई प्रकाश पार्ने काम गरिएको छ । यस कृतिले नेपाली समाजका विविध पक्षलाई एकै साथ उद्घाटन गरेको छ । प्रस्तुत लेखमा धितो कोख कृतिले समेटेका खास समस्या र प्रवृत्तिहरूलाई पाठकीय अनुभूतिका तहबाट हर्ेर्ने प्रयास गरिएको छ ।
२००२ सालमा पाँचथरमा जन्मेका राजेन्द्र सुवेदी नेपाली साहित्य समालोचनाका क्षेत्रमा परिचित स्रष्टा र द्रष्टा व्यक्तित्व हुन् । प्रारम्भिक चरणबाटै नेपाली निब्ान्ध र समालोचनाका क्षेत्रमा कलम चलाएका सुवेदी स्थापित समालोचक र प्रतिष्ठित प्राध्यापकका रूपमा चिनिन्छन् । यिनको लेखनमा प्रखरता, विचारमा सूक्ष्मता र आलोचनात्मक प्रवृत्ति पाउन सकिन्छ । "२०२५ सालपछि साहित्य क्षेत्रमा प्रवेश गरेका सुवेदीका रचनाहरू अध्ययन र अनुसन्धानका क्रममा समालोचना र निबन्ध क्षेत्रमा राम्रो भूमिका निर्वाह गरेका छन्" -सुवेदी, २०४३ ः १९७) । यिनका निबन्धमा यथार्थ चिन्तको प्रस्तुति चेतनप्रवाह शैलीमा भएको पाइन्छ । समसामयिक समस्यालाई रचनाको आधार बनाई विद्यमान बेथिति र विसङ्गतिमाथि कटु प्रहार गर्ने हुनाले यिनको लेखनमा आलोचनात्मक प्रवृत्ति पाइन्छ । २०३० सालमा यिनको सुद्यम्न नामक पौराणिक उपन्यास प्रकाशित भएको पाइन्छ । नेपाली निबन्धको चिन्त्ान सिर्जनामा पनि यिनको सशक्त उपस्थिति रहेको छ । नेपाली समालोचना क्षेत्रलाई परिमाणत्मक र गुणात्मक दुवै दृष्टिले माथि उठाउनमा पनि यिनको अमूल्य योगदान रहेको मान्न सकिन्छ ।
१.२ संरचनागत आयाम
प्छिल्लो समयमा साहित्यका विधाहरूको पहिचान र अस्तित्व सग्लो रहेको देखिँदैन । "उपन्यासलाई सबैभन्दा मुक्त र विराट साहित्यिक रूप मानिन्छ । यो विधा साहित्यिक नियम र बन्धनमा बाँधिएर बस्दैन, सबै नियम बन्धनहरूबाट मुक्त भएर रहन्छ । त्यसैले यसमा साहित्यका सबै रूपहरू समाहित हुन्छन् र यसले विराटतालाई ग्रहण गर्छ" -शर्मा, २०६३ ः ४४२) । यो उपन्यासको नवीन मान्यता हो । विधामिश्रणको प्रकृतिलाई यसले सङ्केत गरेको पाइन्छ । यस्तै गरी "कथान र प्रस्तुतिमा आख्यानात्मकता छ तर औपन्यासिकता छैन । त्यस्तै औपन्यासिकतायुक्त गद्य छ तर आख्यानात्मक तत्त्व छैन भने त्यस्ता खालका कृतिहरू पनि आजका गद्य फाँटमा प्रशस्तै देखापरेका छन्" -सुवेदी, २०५३ ः ३४०) । यस्ता मान्यता र सङ्केतहरूले उपन्यास विधामा आएको नवीनतालाई लक्षित गरेको पाइन्छ । राजेन्द्र सुवेदीद्वारा लिखित प्रस्तुत कृतिले पनि यस्तै नवीन प्रवृत्तिलाई पछ्याउन पुगेको देखिन्छ । नेपाली समाजमा अनौठो मानिने कोखलाई धितोमा राखेर अरूलाई बच्चा जन्माइदिने जस्तो अनौठो विषयलाई उठाउनु अनि अनाख्यानका वृत्तबाट आख्यानात्मक धर्मको विधा सिर्जना गर्नुले यहाँ नवीन प्रयोगको छनक पाउन सकिन्छ ।
ऐरावती प्रकाशनबाट प्रकाशित प्रस्तुत उपन्यास आवरण पृष्ठबाहेक कुल एक सय छपन्न पृष्ठमा संरचित छ । यो नेपाली आख्यानका क्षेत्रमा नवीन प्रयोगका रूपमा आएको देखिन्छ । तर्ेइसवटा उपशर्ीष्ाकद्वारा उपन्यासको सिङ्गो संरचनागत कलेवर निर्माण भएको छ । स्वरूपमा हर्ेदा उक्त तर्ेइसवटा शर्ीष्ाकहरू पृथक्/पृथक् घटना सर्न्दर्भमा निर्मित भएका हुन् कि जस्तो पनि लाग्छ तर आद्योपान्त उपन्यासको प्रस्तुति र आख्यानको सूत्रलाई हर्ेदा पछिल्तिरबाट शृङ्खलाबद्ध रूपमा घटनाको विकास भएको देखिन्छ । यस कृतिमा नवीनताका सङ्केतहरू प्रशस्त रहेको पाइन्छ । विधाभञ्जन र मिश्रणको अवस्था यहाँ साक्षात्कार गर्न सकिन्छ । स्वयं लेखकले "यहाँ आख्यान आत्मकथातर्फढल्केको छ । प्रस्तुति पत्रकारितातिर ढल्केको छ र शैली अन्तर्वार्तात्मक दिशातर्फमोडिएको छ । यी सबै अनाख्यानात्मक मर्यादा हुन्" -पृ. ५) भन्नुले पनि उपन्यासको संरचनापक्ष र प्रस्तुतिगत नवीनताको सङ्केत गरेको अनुभव हुन्छ ।
यस उपन्यासकी प्रमुख पात्र ऋतम्भरा समाख्याताका रूपमा प्रस्तुत भएकी छ । सम्पादकका प्रन-प्रत्रि्रश्नबाट ऊभित्रकी नारीद्वारा भोगिएका अनुभूतिहरू पोखिन पुगेका छन् । ऋतम्भरको कथाका साथमा नेपाली समाजको बहुआयामिक पक्षलाई यहाँ झल्काइएको छ । व्यक्ति ऋतम्भराले भोगेका जीवनका विभिन्न चरण र तीसँग जोडिएर आएका सङ्र्घष्ाहरूलाई क्रमबद्ध रूपमा राख्दा आख्यानको प्रस्तुति मर्ूत बन्ने अवस्था देखिन्छ । प्रस्तुतिको नवीन शैली अर्न्तर्वातीय ढाँचा, आत्मकथात्मक निजात्मक प्रस्तुति, जीवनमा नमिलेका पक्षप्रतिको समालोचकीय टिप्पणी जस्ता कुराले प्रस्तुत कृतिमा विधामिश्रणको अवस्था पाउन सकिन्छ । समाख्याताको प्रस्तुति र श्रोता केन्द्रित अभिव्यक्तिको पाटोलाई हर्ेदा नाटकीय वा मञ्चनीय पक्ष पनि सल्बलाएको देखिन्छ ।
१.३ धितो कोखमा प्रस्तुत विषयवस्तु
उपन्यासलाई गतिशील बनाउने कारक तत्त्व त्यसमा निहित कथावस्तु वा विषयको प्रतिपादन हो । "उपन्यासमा विश्वसनीयता र संवेद्यताका लागि जीवन र जगतमा घट्ने, घट्न सक्ने र घटिरहेका विभिन्न घटनाहरूको सन्निवेश हुनु आवश्यक छ । यसका लागि सबभन्दा ठूलो आधार नै सम्भावना र स्वाभाविकताको निर्माण हो" -थापा, २०६६ ः १२२) । यस उपन्यासको प्रारम्भिक चरणमा ऋतम्भराको उत्तर्रार्द्ध जीवनको साक्षात्कार गरेको पाठक क्रमशः उसका पर्ूव जीवनका सङ्र्घष्ा र पीडादायी अवस्थालाई अनुभूत गर्न पुग्छ । कथावस्तुको शृङ्खलागत विकासलाई बुझनका लागि यस उपन्यासलाई पछाडिबाट पढ्नुपर्ने देखिन्छ । किनभने ऋतम्भरा को हो - उसले बाल्यकालमा के कस्ता पीडा भोगी - उसको जीवन कसरी अगाडि बढ्दै गयो - अध्ययनलाई उसले कसरी अगाडि बर्ढाई - कसरी ऊ माओवादी सशस्त्र सङ्र्घष्ामा सामेल हुन पुगी - किन ऊ धितो कोखबाट बच्चा जन्माउन सहमत भई - अनि बच्चाको अस्तित्वका लागि ऊ के कस्ता समस्या झेल्दै छ - जस्ता प्रसङ्गहरू पछाडिबाट शृङ्खलित बनेर आएको देखिन्छ । यहाँ ऋतम्भराको व्यक्तिगत जीवन, उसका पृष्ठभूमिमा जोडिन आएका डेभिड, माइकल र अन्य पात्रहरूका सर्न्दर्भबाट नेपाली संस्कृतिमा हर्ुर्किएका समस्या अनि पाश्चात्य संस्कृतिका मान्यता, मनोवृत्ति आदिलाई समेटिएको पाइन्छ । नेपाली समाजमा विकास भएका विभिन्न चिन्तन, विविध जातिहरूका बीचमा रहेको सद्भावपर्ूण्ा एकतालाई पनि उजागर गराइएको छ । सामाजिक सांस्कृतिक क्षेत्रमा आएको बदलाव अनि राजनीतिक क्षेत्रमा हर्ुर्किएका विसङ्ति र दुरावस्था पनि विषयवस्तुका रूपमा प्रतिबिम्बित भएर आएका छन् । उपन्यासको प्रसतुतिगत ढाँचालाई हर्ेदा तर्ेइसवटा फरकफरक शर्ीष्ाकमा विषयवस्तुलाई प्रस्तुत गरिएको छ । आख्यानको सूत्रलाई पक्रिँदा यहाँ ऋतम्भराको कथाको प्रस्तुतिका साथमा राष्ट्रिय र अन्तर्रर्ााट्रय तहसम्म कथावस्तुको आयाम फैलिन पुगेको छ । जसबाट नेपाली समाज, संस्कृति, राजनीति, मनोविज्ञानका साथै पश्चिमा सभ्यता, संस्कृति र मनोवृत्तिको उद्घाटन पनि यहाँ गरिएको छ । मूलतः ऋतम्भराकै जीवनको कथाका वृत्तमा विविध आख्यानका प्रसङ्गहरू जोडिन आएको देखिन्छ । यस गरी नेपाली संस्कृतिमा भित्रिएको पश्चिमा प्रभाव, माओवादी द्वन्द्वका समयमा बढेका विकृति र भ्रष्ट आचरण, पलायवादी चिन्तनले सिर्जना गरेको परनिर्भरता,पुस्तान्तरण र वृद्ध पुस्ताले झेल्नु परेका पीडा आदिलाई आख्यानको पृष्ठभूमिमा ढालिएको पाइन्छ ।
१.४ च्ारित्रिक विन्यास वा सहभागी
आख्यानलाई डोर्याउनका लागि उपन्यासमा चरित्रको विन्यास गरिएको हुन्छ । चरित्रप्रधान उपन्यासमा त कृतिको केन्द्र भागमा चरित्र नै रहेको हुन्छ । "चरित्रहरू उपन्यासको सारतत्त्व तथा विचारलाई संवहन गर्ने माध्यम हुन् । उपन्यासकार आफ्नो उपन्यासमा के भन्न चाहन्छ, उसको जीवनदृष्टिकोण कस्तो छ भन्ने कुरा चरित्रको प्रस्तुति र तिनबाट प्रस्तुत हुने निष्कर्षाट अवगत गर्न सकिन्छ । पात्रको संवादकार्य र गतिमा कथावस्तुको विस्तार हुनुका साथै विचार र उद्देश्यको पनि विस्तार भइरहेको हुन्छ " -बराल, २०५६ ः ३३) । यस उपन्यासको केन्द्र भागमा ऋतम्भरा रहेकी छ त्यसैले ऊ नै यस उपन्यासकी केन्द्रीय चरित्र हो । ऋतम्भराको अर्न्तर्यलाई उद्घाटित गराउन सम्पादकले कडीको काम गरेको हुनाले ऊ यहाँ सूत्रधार पात्रका रूपमा उपस्थित भएको छ । उसका प्रश्न-प्रत्रि्रश्नले नै ऋतम्भराभित्रकी भुक्तभोगी नारी चरित्र प्रबल बनेर प्रकट भएकी छ । यस उपन्यासका सहायक चरित्रका रूपमा डेभिड र माइकललाई लिन सकिन्छ । धितो कोखको सर्न्दर्भबाट पाश्चात्य सभ्याता, संस्कृति र मान्यतालाई झल्काउनका निम्ति यी पात्रहरूको चयनलाई सान्दर्भिक मानिन्छ । यसै गरी ऋतम्भराका फुपू, फुपाजु, मामा, माइजू, समर, सन्तबहादुर, विनिशा, निर्मल डेभिड, प्रिन्स्िापल, सुरक्षाकर्मी, नेतालगाएत वैदेशिक राजगारीमा गएका पात्रहरू गौण भूमिकामा उपस्थित भएका छन् । तीमध्ये कोही प्रत्यक्ष भूमिकामा आएको देखिन्छ भने केही चाँहि सूच्य रूपमा आएका छन् ।
प्ा्रस्तुत उपन्यासकी प्रमुख पात्र ऋतम्भरा एक शिक्षिता अनि भुक्तमान सहेकी नारीका रूपमा उपस्थित छ । बाल्य कालमै परिवारका सबै सदस्यहरूलाई गुमाएर अनाथ बनेकी ऊ जीवनका प्रत्येक घुम्तीमा सङ्र्घष्ा गर्दै तितो अनुभूति सँगालेकी पात्रका रूपमा प्रसतुत भएकी छ । वास्तविक जीवनमा जीवित रहे पनि अभिलेख र कानुनी रूपमा मृत घोषित पात्रका रूपमा ऊ रहेकी छ । त्यसैले पनि ऊ स्वतन्त्र, निर्भीक र गम्भीर चरित्रका रूपमा देखिएकी छ । माओवादी मोर्चाबाट म्याग्दी आक्रमणमा लड्दै गर्दा आफ्नो पति र गर्भको बच्चासमेत गुमाएकी ऋतम्भरा आफू पनि मरणासन्न रूपमा झयाङमा फ्याँकिएर बेवारिस भएका कारण बाँच्न सफल भएकी छ । उसको जीवन कथा-व्यथा सङ्र्घष्ाले भरिएको छ । नेपाली समाजमा नौलो र अनौठो मानिने कुरा आफ्नो पाठेघरलाई धितोमा राखेर विदेशी नागरिकका लागि सन्तान जन्माउनसमेत ऊ राजी भएकी छ । जीवित भोगाइका क्रममा समाज अनि राष्ट्रमा हर्ुर्किएका बेथिति, अराजकता, आडम्बर र व्यक्ति स्वार्थलाई उसले सघन रूपमा साक्षात्कार गरेकी छ । राष्ट्रबाट युवाहरूको विदेश पलायन, विदेशमा नेपाली युवतीहरूले धितो कोखमा बच्चा जन्माउनुपर्ने विवशता, सामाजिक पारिवारिक जीवनमा भित्रिएका स्वच्छन्दता, राष्ट्रलाई नै धितोमा राखेर स्वार्थसिद्ध गर्ने छुद्र प्रवृत्ति, वर्तमानको कहाली लाग्दो अवस्था पनि उसकै माध्यमबाट अभिव्यक्त भएको पाइन्छ । एउटी नारी केकस्ता अवस्थासँग जुध्दै जीवन बिताउन विवश हुन्छे भन्ने कुराको जीवन्त भोगाइ ऋतम्भराका चरित्रमा देख्न सकिन्छ । डेभिड पात्रका पृष्ठभूमिमा पाश्चात्य सामाजिक सांस्कृतिक संरचना, नस्ल वा जाति मिश्रण, स्वतन्त्रताभित्र सुषुप्त रहेका रूढ मान्यता अनि पति-पत्नीका क्षणिक सम्बन्धको झलकलाई पनि यहाँ प्रस्तुत गरिएको छ ।
१.५धितो कोख उपन्यासमा निहित प्रवृत्तिगत विविधता
कृतिको पठनपछि पाठकले विभिन्न अर्थको बोध गर्दछ र त्यसैका आधारमा कृतिको महत्त्वलाई ग्रहण गर्दछ । समालोचनाका क्षेत्रमा पछिल्लो समयमा पाठकलाई केन्द्रमा राखेर कृतिको विश्लेषण गरिएको पाइन्छ । "टेक्स्ट एक खुला बजार हो जहाँ साहू पसलेले यही चीज किन्नपर्छ भनेर नियन्त्रण राख्न सक्तैन । ग्राहक आफ्नो क्षमताअनुसार टेक्स्टरूपी बजारबाट चाहेको अर्थरूपी वस्तु निकाल्न सक्दछ" -गौतम, २०५० ः ३८६) । पाठकीय चेतनाका आधारमा कृतिभित्रका विभिन्न अर्थ र प्रवृत्तिहरू सतहमा आउँछन् । प्ा्रस्तुत कृतिको अध्ययन गर्दा नेपाली समाज र पश्चिमी समाजका अवस्थालाई यहाँ समेटिएको छ । माओवादी सशस्त्र सङ्र्घष्ाका वृत्तमा हर्ुर्किएका विकृति अनि त्यसले नेपाली समाजमा निम्त्याएको जटिलतालाई पनि यहाँ सूक्ष्म रूपमा केलाउने काम गरिएको छ । पश्चिमी समाजबाट भित्रिएको कोखलाई धितोमा राखेर बच्चा जन्माउने प्रचलनले नेपाली समाजमा पनि ठाउँ पाउँदै गएको सर्न्दर्भलाई ऋतम्भरा र विनिशाका पृष्ठभूमिबाट झल्काइएको छ । नेपाली संस्कृति र चिन्तनमा आएको परिवर्तन अनि पुरानो पुस्ताले भोग्नुपरेका पीडा र समस्यालाई यहाँ उजागर गराइएको छ । नेपाली नारीहरूले विदेशमा यौनशोषणको सिकार हुनुपरेको कुरा अनि युवाहरू पश्चिमा मुलुकमा जिगलो बसेर घरमा आमाबाबुलाई निराश बनाएको कुरालाई पनि यहाँ प्रकाश पारिएको छ । यहाँ प्रस्तुत भएका घटना सर्न्दर्भ र समस्यालाई खासखास प्रवृत्तिका आधारमा हर्ेर्ने प्रयास गरिएको छ ।
१.५.१ न्ाारी चेतना
प्ा्रस्तुत उपन्यासमा नारी समस्यालाई प्रमुख रूपमा उठाइएको छ । उपन्यासकी प्रमुख चरित्र ऋतम्भराको जीवनका उतार-चढाव र सङ्र्घष्ालाई आधार बनाई उपन्यासको खास कथ्य निर्माण गरिएको छ । अनाथ बनेकी ऋतम्भरा बाल्यकालमा मामा घरमा शरण लिएर बसेको अवस्था, फुपू, फुपाजुका संरक्षणमा रहँदा आर्थिक समस्याबाट जुध्दै कलेज पढेको अवस्था, जनमिलिसियाका रूपमा सङ्र्घष्ामा होमिँदा पति र गर्भको बच्चालाई गुमाउनुको पीडा, अभिलेखमा मृत प्रमाण भएकाले परिचयविहीन बन्नुपरेको अवस्था, पाठेघरलाई धितोमा राखेर बच्चा जन्माउनुको विवशता अनि आफ्नो अनुकूल बच्चाको विकास नभएकाले सम्झौता तोडिएकाले बच्चालाई आफैले हर्ुकाएर परिचय दिनुपर्ने अवस्था, बच्चाकै नामलाई लिएर हुने गरेका तर्कवितर्क आदि कुराको सामना गर्दै जीवन गुजारेकी ऋतम्भरा एक सङ्र्घष्ाशील, साहसी र स्वाभिमानी नारी अहं भएकी पात्रका रूपमा उपस्थित भएकी छ । आफूले पाठेघर धरौटीमा राख्न विवश भए पनि राष्ट्र, राष्ट्रियता र संस्कृत्रि्रति चिन्तनशील नारीका रूपमा उपस्थित भएकी छ । नेपाली समाजमा आमाका नामबाट बच्चाले नागरिकता पाउने कानुन बने पनि प्रथा र मानसिकतामा परिवर्तन नआएको कुराले उसलाई पिरोलेको छ । छोराको जन्मदर्ता गर्नेदेखि आफ्नो नामबाट नागरिकता दिलाउने कुरामा ऊ प्रयत्नशील रहेकी छ । छोराको नामको सुरूमा आमाकै परिचय झल्किने कुराको सङ्केत गर्नुले पनि नारीकेन्द्री भावना र मनोविज्ञानलाई प्रतिबिम्बित गरेको पाइन्छ । यसै गरी रोजगारीका लागि साउदी र इजरायल गएका नारीहरू यौनशोषण र श्रमशोषणमा पर्नु अनि सन्तानविहीन मालिकलाई कोख बन्धकीमा राखेर सन्तान जन्माइदिन विवश हुनुजस्ता नारीकै समस्यामा उपन्यास केन्द्रित भएकाले यहाँ नारी चेतना सशक्त रूपमा आएको पाइन्छ ।
१.५.२ अभिघात चेतना
अभिघातको अर्थ कुनै पनि हातहतियारको प्रहार वा युद्धले थोपरेको चोटपर्ूण्ा पीडाजन्य अनुभूति हो । मानवीय मनको द्वन्द्व, पीडा र चोटको अनुभूतिलाई अभिघातका माध्यमबाट अध्ययन गर्न सकिन्छ । "व्यावहारिक तहमा हर्ेदा द्वन्द्व र युद्धलाई पर्यायका रूपमा लिइएको पाइन्छ । द्वन्द्व मनसँग सम्बन्धित हुने भएकाले यसले मनको द्वैध अवस्थालाई बुझाउँछ तथापि व्यावहारिक तहमा यसले बाहृय द्वन्द्व वा युद्धलाई नै जनाउँछ । यस कारण समाजमा द्वन्द्व पनि युद्ध जस्तै दैहिक र मानसिक आघात पुर्याउने कारण वा तत्त्व हो भन्ने बुझिन्छ" -पौड्याल, २०७० ः १२१) । प्रस्तुत उपन्यासकी प्रमुख पात्र ऋतम्भराको जीवनका प्रत्येक घटनाक्रमलाई हर्ेदा प्रत्येक पाइलामा घातप्रतिघातको सामना गर्न बाध्य बनेकी छ । ऊ तेह्र वर्षी हुँदा पहिरोमा पुरिएर परिवारका सम्पर्ूण्ा सदस्यलाई गुमाउनुको पीडाजन्य अवस्थालाई अध्ययन गर्दा ऊ अभिघातित बन्न पुगेकी छ । यसै गरी आश्रयविहीन बनेकी ऊ मावली घरमा र फुपू दिदीका घरमा बस्दा अभावको सामना गरी बोझ बन्नुपर्दा मानसिक रूपमा दुखी र खिन्न बन्ोकी छ । माओवादी युद्धमा होमिएपछि युद्धका मोर्चाहरूमा लड्दै गर्दाको भयभीत मानसिकता अनि म्याग्दीको आक्रमणका क्रममा आफ्नो पति समर र पेटको बच्चाको मृत्युको चोट सहनुका साथै स्वयं पनि मृत्यसँग लडेर बाँच्न पुगेको पीडादायी अवस्थालाई अवलोकन गर्दा अभिघातको पाटो चुलिन पुगेको अनुभव हुन्छ । यो क्षण उसका जीवनको निकै त्रासदीय मोडका रूपमा रहेको देखिन्छ । यसै गरी कानुनी रूपमा मृत घोषित हुनु र भौतिक रूपमा जीवित हुनुको पीडा पनि ऊभित्र रहेको छ । जीवन निर्वाहका क्रममा पाठेघरलाई धितोमा राखी विदेशी नागरिक डेभिडको इच्छाअनुसार सन्तान जन्माउन तयार हुनु र जन्मिएको छोराको सम्झौतामा उल्लेख भएबमोजिम विकास नभएकाले डेभिडले लैजान अस्वीकार गरेको अवस्थालाई हर्ेदा ऋतम्भरा अभिघातिन बन्न पुगेको देखिन्छ । छोराको परिचय स्थापित गर्नका लागि भिड्ने क्रममा विभिन्न प्रश्न र लाञ्छनाको अनुभूति गर्दैगर्दा ऊ अभिघातित बनेकी छ । यसै गरी वैदेशिक रोजगारीमा नारकीय जीवन बिताउन विवश यस उपन्यासका अन्य केही पात्रहरू पनि अभिघातको चोट सहन बाध्य भएकाले यहाँ अभिघातको सशक्त प्रयोग भएको पाइन्छ ।
१.५.३ सांस्कृतिक चेतना
प्ा्रस्तुत उपन्यास सांस्कृतिक अध्ययनका दृष्टिले पनि सशक्त रहेको छ । अहिलेको संसारमा कुनै देशको संस्कृति पृथक रहन सक्ने अवस्था छैन । सूचना, सञ्चार अनि विज्ञान र प्रविधिको तीव्र किासले विश्वलाई नै नजिक ल्याएको छ । "सूचनाप्रविधिको तीव्रतर विकास र विस्तार, औद्योगिकीकरण, विश्वग्रामको अवधारणा विकास, आप्रवासनको बढ्दो क्रम, खुल्ला विश्वबजार र अर्थनीति आदि कारणले एकातिर कुनै पनि राष्ट्र, जाति र समुदायको मौलिक संस्कृति लोप हुन गई मिश्रति संस्कृति निर्माण हुन लागेको छ " -पौड्याल, २०७० ः १४७) । यहाँ नेपाली संस्कृतिका मूल्य-मान्यता, सामाजिक संरचना र परिदृश्यको मसिनो गरी प्रस्तुति भएको छ । यसै गरी पश्चिमा सामाजिक, सांस्कृतिक मान्यता र जीवनशैलीलाई पनि सान्दर्भिक रूपमा प्रस्तुत गरिएको छ । "यो मुलुक विभिन्न जाति, धर्म, संस्कृति र पर्यावरणको संयोजनबाट तयार भएको छ । यहाँ सबै परस्परमा मिलेर बसेका छन् । यस्तो मेल र सद्भावबार्टर् इष्र्यालु बनेका खैरेहरूले केही विद्वेषको बिऊ रोपिदिए " -पृ. १७७) । नेपालीहरूको सद्भावपर्ूण्ा संस्कृतिमा भाँजो हाल्नका लागि पश्चिमाहरूले डलर खर्चिएको सर्न्दर्भ यहाँ सांस्कृतिक चेतका रूपमा आएको छ । अहिलेको विश्वको सामीप्यताले गर्दा भूगोल, संस्कृति र प्रथाहरू सीमाहीन बन्दै गएको सर्न्दर्भ पनि यहाँ प्रतिबिम्बित भएको पाइन्छ । पश्चिमी खुला समाजमा हर्ुर्किएको डेभिडमा रहेको परम्परावादी सोंचलाई पनि यहाँ प्रकाश पारिएको छ । "मलाई नराम्रो लागेको विषय के भने आधुनिक भनाउँदा खैरेहरूमा रहेको अन्धविश्वास डेभिडको धारणामा पनि प्रकट भइरहेको थियो । उसबाट प्रकटमा आएको सोंच मेरोभन्दा बढ्ता परम्परावादी र रूढ किसिमको थियो " -पृ. १२५) । यहाँ नेपाली संस्कृति र पाश्चात्य यहुदी संस्कृतिका झाँकीहरू प्रस्तुत गरिएकाले प्रस्तुत उपन्यासलाई समाजशास्त्रीय सांस्कृतिक प्रवृत्तिका तहबाट पनि अध्ययन विश्लेषण गर्न सकिन्छ ।
१.५.४ म्ाानवतावाद
संस्ाारको अस्तित्वको अनुभूति, यसको उपयोग तथा सौर्न्दर्यको कडीका रूपमा मानव प्राणी रहेको छ । मानवीय सत्ता र उपस्थितिलाई कुनै सीमा र पर्खालले छुट्ट्याएको हुँदैन । मानवीय अहं र अस्मिताका भावहरू यस उपन्यासमा यत्रतत्र सल्बलाउन पुगेका छन् । मानिसको परिभाषालाई सङ्कुचित पारी विखण्डन र विभाजन गर्ने प्रवृत्तिलाई यहाँ मार्मिक रूपमा झल्काइएको छ । "मान्छे जन्मिँदा मान्छे मात्र जन्मिन्छ । त्यसलाई समाजले छोरा र छोरी बनाउँछ । हिन्दू र क्राइस्ट बनाउँछ । यहुदी र इस्लाम बनाउँछ । बौद्ध र जैन बनाउँछ । क्याथोलिक र प्रोटेस्टेन्ट बनाउँछ " -पृ. १४८) । वास्तवमा शुद्ध मानव भएर बाँच्न र व्यवहार गर्न पाउनुपर्ने आग्रह यहाँ प्रतिबिम्बित भएको छ । नेपाली जनजीवनका पृष्ठभूमिमा मानवीय अस्तित्व र अहंको सवाललाई यहाँ सशक्त रूपमा प्रकाश पारिएको छ । मानवीय मूल्य र सत्तालाई सर्वोपरि ठानी सोही आधारमा जीवनको व्याख्या गर्ने काम यहाँ गरिएको छ । ऋतम्भराका जीवनको शृङ्खला र उसले साक्षात्कार गरेका पात्र, प्रवृत्ति र चिन्तनका पृष्ठभूमिमा मानवीय मूल्यमा आएको ह्रास अनि मानिसले मानिसलाई गर्ने छुद्रतापर्ूण्ा व्यवहार र स्वार्थलाई उद्घाटन गरी त्यस्ता प्रवृत्त्रि्रति कटाक्षपर्ूण्ा व्यवहार गर्ने काम पनि यहाँ गरिएको छ ।
१.५.५ म्ाातृवात्सल्य चेतना
प्ा्रस्तुत उपन्यासमा सन्तानप्रतिको माया-ममता अनि पवित्र भावना पनि मुखरित भएर आएको पाइन्छ । वृद्धाश्रममा रहेकी सेमन्तकी आमाको छोराप्रतिको निश्छल प्रेम, डेभिडकी आमामा निहित छोरा र उसको वंशवृक्षप्रतिको चिन्तामा मातृ ममताभाव प्रष्फुटन भएको पाइन्छ । समरको गर्भलाई पेटमा बोकेर लडाइँमा होमिएकी ऋतम्भरा उक्त बच्चाको पेटमै मृत्यु भएका कारण आमा बन्नबाट ऊ वञ्चित बनेकी छ । एक हिसाबले आमा बन्न नपाएको अतृप्त एषणा उसमा निहित रहेको देखिन्छ । यसका साथै डेभिडसँग पाठेघरलाई धितोमा राखेर बच्चा जन्माउन तयार भएकी ऋतम्भरा उक्त बच्चो पीडाले रुँदा अनि ऊ आफूबाट छुट्टँिदै छ भन्ने कुराले सताइएकी उसमा आमापन र मातृवात्सल्य भाव प्रबल रहेको अनुभव हुन्छ । यस्तै सम्झौता अनुरूप बच्चाको विकास नभएको भनी डेभिडले जिम्मा नलिएपछि उक्त बच्चालाई पहिचान दिलाउनका लागि चिन्तित हुँदाको अवस्थामा पनि मातृवात्सल्य भाव मुखरित भएको देखिन्छ । सन्तानप्रतिकोउत्सुकता, वात्सल्य प्रेम सबै नारीहरूको साझा अनुभूति हो जुन ऋतम्भरामा पनि सल्बलाउन पुगेको छ । "त्यो शिशु छोरो थियो कि छोरी थियो । त्यो भाले सदस्य मात्र थियो । त्यसलाई छोरो र छोरी त समाजले पो बनाउँदो रहेछ त ! सलक्क परेको शरीर, त्यहीअनुसारको अनुहार, गोरो रङ्ग भएको बच्चा देख्दा मेरो भित्री मनकी आमा पनि निकै रमाएको अनुभव भयो- मलाई " -पृ. १४३) । निर्मल डेभिडको पढाइ अनि उसको भविष्यका विषयमा चिन्ता गर्नु र उसलाई बाबु-आमाको माया प्रदान गर्ने कुरामा सचेत देखिनुमा पनि मातृवात्सल्यको भावना प्रतिबिम्बित भएको पाइन्छ ।
१.५.६ न्ास्ल वा जातिमिश्रणको अवधारणा
न्ास्ल वा जातिमिश्रणको पृष्ठभूमिमा पनि यस उपन्यासको अध्ययन गर्न सकिन्छ । अहिलेको विश्वमा भएको एक जाति र अर्को जातिका बिचको समागमका कारण जातीय अन्तर्मिश्रणको अवस्था बढ्दो देखिएको छ । "विज्ञान र प्रविधिले विश्वलाई एउटै गाउँ जस्तो बनाइ दिएकाले अब सबै कुरामा अर्न्र्मिश्रण भएका कारण स्वपहिचान नछुट्टनिे हुँदा मिश्रति पक्षलाई स्वीकार गर्नुपर्ने धारण पनि विकसित भइरहेको छ " -पौड्याल, २०७० ः १४७) । एउटै वंशवृक्ष र सामाजिक सांस्कृतिक पृष्ठभूमिबाट विकास भएको सन्तानका अपेक्षा भिन्न प्रकृतिको नस्ल वा सामाजिक सांस्कृतिक अन्तर्मिश्रणबाट जन्मिएका सन्तानको संख्या संसारमा धेरै फैलिएर रहेको अवधारणा यहाँ प्रस्तुत भएको छ । यस सम्बन्धमा उपन्यासकी प्रमुख पात्र ऋतम्भराको मान्यता स्पष्ट देखिन्छ । "त्यस्ता मिसिएका संस्कृतिको प्रभाव संसारमा व्यापक छ । यस्ता विषयले एउटै संस्कृतिमा विश्वास गर्ने समाजमा कुनै प्रश्न उठ्ला ! तर समाज विकासमा यस्ता सांस्कृतिक मिश्रणको स्थिति धेरै छ" -पृ. १०) । सम्पादकले निर्मल डेभिडको नामको पृष्ठभूमिका विषयमा जिज्ञासा राखेपछि ऋतम्भराले अहिलेको विश्वपरिवेश र सर्म्पर्कले गर्दा मानिसको एकल वंशभन्दा मिश्रण प्रकृतिको नस्लको विकास ज्यादा भएको धारणा प्रस्तुत गरेकी छ । मानवशास्त्रीय तथा समाजशास्त्रीय यथार्थलाई पनि यहाँ प्रस्तुत गरिएको छ । अर्कोतर्फआफ्नो वंश कायम राख्नका लागि फरक मूल र संस्कृतिका नारीहरूबाट सन्तान जन्माउने प्रवृत्तिको प्रतिनिधि घटनालाई पनि उपन्यासमा स्थान दिइएको पाइन्छ । छोराको नाम निर्मल डेभिड राख्नुको आधार पनि नस्ल वा जाति मिश्रणको सङ्केतका रूपमा मान्न सकिन्छ । आमातर्फो संस्कृतिलाई निर्मल र बाबुतर्फो संस्कृतिलाई डेभिड शब्दले प्रतिबिम्बित गरेको अनुभव हुन्छ ।
१.५.७ अस्तित्ववादी चेतना
यस उपन्यासले उठाउन खोजेको अर्को महत्त्वपर्ूण्ा पक्ष अस्तित्ववादी जीवनवादी चेतना हो । भिरगाउँको प्राकृतिक विपदबाट बाँच्ने अनुकूलता प्राप्त गरेकी ऋतम्भरा विभिन्न सङ्कट र प्रतिकूलताहरूलाई झेल्दै जीवन सङ्ग्राममा अगाडि बढेकी छ । बाबा, आमा, भाइलगाएत परिवारका सबै सदस्यहरूलाई गुमाउनुको पीडा, मावलीमा एक प्रकारको बोझ बनेर बस्नुको विवशता, कलेजको पढाइलाई अगाडि बढाउने क्रममा काठमाडौँमा रहँदा प्रतिकूलतासँग बाँच्नुपर्दाको अवस्था, सशस्त्र द्वन्द्वमा होमिँदा आफ्नो हृदयको पति समर र उसको नासोलाई भ्रुणावस्थामै गुमाएको पीडा, कानुनी अभिलेखमा मृत घोषित भएर पनि विविध झन्झटलाई झेल्दै बाँच्नुको वाध्यता, पाठेघर धितोमा राखी सन्तान जन्माउन सहमत हुनु र र्सत पूरा नभएको भनी छाडेको बच्चालाई संरक्षण प्रदान गरी 'महिला तथा बालबालिका उद्धार केन्द्र'मा काम गरी गुजारा चलाउनुका साथै छोराको परिचय स्थापित गर्नका लागि विद्यालयमा धाउँदै गरेको अवस्थालाई अध्ययन गर्दा यहाँ मानवीय अस्तित्व र अहं स्थापनाका लागि गरिने प्रयासलाई अस्तित्ववादी जीवनवादी चेतनाका रूपमा लिन सकिन्छ । यहाँ डेभिडकी आमाले नाति जन्माउनका लागि जोडबल गर्नुमा पनि आफ्नो वंश लोप हुन्छ कि भन्ने चिन्ता रहेको देख्न सकिन्छ । ऋतम्भरा आफू अभिलेखमा मृत साबित भए पनि छोराको जन्मदर्ता र उसलाई नागरिकता प्रदान गर्नका लागि प्रयास गर्नुमा अस्तित्ववादी चेतना रहेको छ ।
१.५.८ पर्ूर्वीय र पाश्चात्य जीवनशैलीको झलक
प्रस्तुत उपन्यासमा पर्ूर्वीय अनि पाश्चात्य जीवनका झाँकीहरू पनि सघन रूपमा प्रतिबिम्बित भएर आएको पाइन्छ । नेपाली समाज, संस्कृति मूल्यमान्यता र आस्थाका पृष्ठभूमिमा पश्चिमी सोंच, आग्रह र चिन्तनलाई सतहमा ल्याइएको छ । डेभिड र माइकल पश्चिमी पृष्ठभूमिमा हर्ुर्किएका पात्र हुन् भने ऋतम्भरा नेपाली समाज र संस्कृतिमा हर्ुर्किएकी पात्र हो । यहाँ प्रमुख पात्र ऋतम्भराकै आत्मकथनबाट अन्य सबै पात्रहरूका प्रवृत्ति र आग्रहलाई प्रकाशमा ल्याइएको छ । बाहिरबाट हर्ेदा पश्चिमाहरू जति उदार र स्वतन्त्रताका हिमायति देखिन्छन्, भित्र चाँहि त्यस्तो नरहेको यथार्थलाई टड्कारो रूपमा प्रस्तुत गरिएको छ । यसै गरी डेभिड र उसकी आमाको विचार, व्यवहार र चिन्तन सङ्कर्ीण्ा, जातिवादी, रूढ र यहुदी मान्यतामा प्रतिबद्ध रहेको देखिन्छ । माइकलले कुनै धर्मपुत्र वा अनिच्छित रूपमा जन्मिएको बच्चालाई अपनाउन सल्लाह दिँदा प्राकृतिक रूपमा आफ्नै वंशजको बच्चा जन्माउने आग्रह राख्नुले उक्त कुराको पुष्टि गर्दछ । "धेरै कट्टर रूढिको पक्षपाती हुँदाहुँदै पनि यसरी विदेशी हामी जस्ता परधर्तीका नारर्ीगर्भबाट सन्तान जन्माउने र फेरि आफ्नै संस्कार र संस्कृतिको निरन्तरता कायम रहन्छ भन्ने विश्वास गर्ने डेभिड र डेभिडकी आमाको सोंच देख्दा अनौठो लाग्छ " -पृ. १२७) । यस्तै पाश्चात्य संस्कृतिमा विवाह गर्नु र सम्बन्ध विच्छेद गर्नु जस्ता विषयलाई सहज रूपमा स्वीकार्ने कुरालाई पनि यहाँ उल्लेख गरिएको छ । नेपाली समाजमा हुने नारीप्रतिको दृष्टिकोण साझा भावना, आमाबाबुप्रतिको सन्तानको कर्तव्य, परस्परमा मिलेर बस्ने संस्कृतिका पृष्ठभूमिमा पश्चिमाहरूको व्यक्तिकेन्द्री स्वच्छन्द प्रकृतिको सामाजिक ढाँचालाई पनि यहाँ प्रकाश पारिएको छ ।
१.५.९ राष्ट्रवादी चेतना
प्ा्रस्तुत उपन्यासमा नेपालको सामाजिक, सांस्कृतिक अनि राष्ट्रिय तहमा विकास भएका बेथिति र विसङ्गतिलाई मार्मिक रूपमा प्रस्तुत गरिएको पाइन्छ । माओवादी जनयुद्धका पृष्ठभूमिमा होस्, शान्ति सम्झौतापछि कान्टोन्मेन्टको खर्च निकासाका क्रममा होस्, मृत आफन्तको क्षतिपर्ूर्ति लिने कुरामा होस् वा अन्य व्यवहारमा सबैले राष्ट्रलाई नै दोहन गरेको यर्थाथ मर्मलाई यहाँ उद्घाटन गराइएको छ । मानिसका प्रत्येक अङ्गहरू बिक्रीमा रहेको सर्न्दर्भसँग राष्ट्रलाई नै धितोमा राखेर ब्रहृमलुट गर्ने नेतृत्व तथा उच्चपदस्थहरूको नियत र स्वार्थी प्रवृत्तिलाई पर्दाफास गर्ने क्रममा सशक्त राष्ट्रवादी चेतना मुखरित भएको पाइन्छ । "तपाईँलाई लाग्दैन यी नेताहरूले विदेशी सत्ताको गुलामीमा देशको र्सार्वभौमिकता धितो राख्नुभन्दा त कोखको धरौटी राख्नु, मृगौला र रगत बेच्नु नै कताहो कता राम्रो - कमसेकम यसमा देशको अस्तित्व त धितो परेको छैन " -पृ. २१३) । सुझबुझपर्ूण्ा दृष्टि अनि चिन्तन र आचरण नभएको नेतृत्वका कारण देशको अस्तित्व नै धितोमा रहेको मर्म यहाँ प्रतिबिम्बित भएको छ । उपन्यासकी प्रमुख पात्र ऋतम्भराका माध्यमबाट लेखकमा निहित राष्ट्रवादी चेतनाको सम्प्रेषण भएको पाइन्छ । नेपाली समाजमा रहेको जातीय एकता, सहिष्णुभाव र अखण्डतालाई भत्काउन विदेशीहरूको चलखेल भएको कुरा पनि यहाँ सर्न्दर्भसहित उल्ललेख गरिएको छ । यसरी यस कृतिमा राष्ट्रप्रतिको अनुराग र देशभक्तिको भावना मार्मिक रूपमा प्रस्तुत गरिएको पाइन्छ ।
१.५.१० म्ानोविश्लेषणत्मकता
यस उपन्यासमा मानव मनको भित्री तहलाई सूक्ष्म रूपमा विश्लेषण गर्ने काम पनि गरिएको पाइन्छ । उपन्यासकी प्रमुख चरित्र ऋतम्भराको मानसिक दशा, एषणा र अचेतनमा सुषुप्त अवस्थामा रहेका कुण्ठाहरू यहाँ उद्घाटन भएको पाइन्छ । ऋतम्भराकै पृष्ठभूमिमा समेटिन आएका डेभिड, माइकल, डेभिडकी आमा, सन्तबहादुर आदि पात्रका मानसिक अवस्थाको विश्लेषण पनि सशक्त रूपमा गरिएको छ । ऋतम्भरा मावलीमा बस्दा मामा, माइजूका स्वभाव र व्यवहारबाट उनीहरूभित्रको मानसिकता उद्घाटित भएर आएको पाइन्छ । यस्तै फुपू-फुपाजुका बोलीचाली र व्यवहारलाई बुझेर ऋतम्भराले त्यही अनुसार व्यवहार गर्नुले पनि यहाँ मनोविश्लेषणको प्ाक्ष झल्किएको पाइन्छ । यस्तै उसका कलेजका साथीहरूको लवाइ-खवाइ र उच्चअहंको पर््रदर्शनले ऋतम्भरालाई खिन्न र निराश बनाउनुमा पनि मनोवैज्ञानिक प्रभाव देख्न सकिन्छ । डेभिडको अन्तर्मुखी स्वभावको मर्ममा पुग्न पनि मनोवैज्ञानिक पाटो जोडिन पुगेको पाइन्छ ।
१.५.११ व्यङ्ग्यात्मकता
यस उपन्यासमा प्रस्तुत भएका घटना सर्न्दर्भ, मानवीय प्रवृत्ति, सांस्कृतिक पृष्ठभूमि, सशस्त्र द्वन्द्व, राजनीतिक चिन्तन, देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धताका साथ सङ्र्घष्ामा होमिएका नेता र पार्टर्ीीको चरित्रप्रति गम्भीर रूपमा कटाक्ष गर्ने काम यहाँ गरिएको छ । दाताहरूका स्वार्थमा काम गर्ने आइ. एन जिओ. र एन. जिओको भित्री स्वार्थ र फुटाउने रणनीत्रि्रति पनि गम्भीर प्रहार गरिएको छ । सन्तबहादुर जस्ता दोहोरो चरित्रका पात्र र प्रवृत्तिलाई मर्ममा पुग्ने गरी व्यङ्ग्य गरिएको छ । सशशस्त्र क्रातिन्का नाममा व्यक्ति र राष्ट्रको सम्पति लुटेर अकुत पैसा कमाउनेहरू, बर्ुर्जुवा शिक्षा भनी र्सर्टिपिकेट च्यातेर हिँडेकाहरूले पछिआएर बैँक र वित्तीय संस्थाहरूमा मोटो रकम लगानी गरेर पदमा बस्नका लागि स्नातक हुनुपर्ने बाध्यकारी प्रावधानलाई पूरा गर्नका लागि ब्याक पेपरका लागि र्फम भर्नका लागि लाइनमा बसेको सर्न्दर्भलाई उर्ठाई गहिरो प्रहार गरिएको छ । "तपाईँ लेख्न त सक्नुहुन्छ - मैले भनेका यी सबै विषयहरू ! मलाई त शङ्कै छ । विद्यालयका नाममा, स्वास्थ्यशालाका नाममा साइनबोर्ड टाँगेर नै बसेका छन् - ग्राहाकहरू । राज्य र राज्यका हरेक अङ्गहरूमा मान्छे बिक्रीका दलालहरू हुन् " -पृ. २२१) । यसरी ऋतम्भराका माध्यमबाट समकालीन नेपाली समाजमा हर्ुर्किएका असङ्गति र बेथितिहरूलाई मर्ममै प्रहार हुने गरी कटाक्ष गरिएको छ । गाउँबस्ती वञ्जर बन्दै गएको अवस्था अनि घरमा उत्पादित पौष्टिक वस्तुहरू बजारमा बेचेर अखाद्य र विषादियुक्त कुराहरू किनेर खाने संस्कृति बढ्दै गएको अवस्थाप्रति पनि सघन रूपमा कटाक्ष गरिएको छ । गणतन्त्र प्राप्तिपछि राज्यका सबै क्षेत्रमा मौलाएको दलाली प्रवृत्तिलाई पनि यहाँ कटाक्षपर्ूण्ा शैलीमा प्रस्तुत गरिएको छ ।
१.५.१२ सामाजिक यथार्थको प्रस्तुति
प्ा्रस्तुत उपन्यासमा एउटा तीरबाट विविध विषय र सर्न्दर्भलाई उत्खनन गराउने काम गरिएको छ । मूलतः माओवादी सशस्त्र सङ्र्घष्ाको चरण र त्यसपछिका समयमा नेपाली सामाजिक, राजनीतिक क्षेत्रका नेतृत्व तहमा रहेका व्यक्तिहरूको स्वार्थी र अकर्मण्य चरित्रलाई सूक्ष्म रूपमा झल्काउने काम यहाँ गरिएको छ । नजमा, हाजी, सेमन्त, मेरिना,शिवराम, सबिता, विनिशा, सन्देश आदि पात्रहरूका यथार्थलाई आधार बनाएर वैदेशिक रोजगारीले नेपाली समाजमा निम्त्याएको विकराल अवस्थालाई प्रतिनिधिमूलक रूपमा झल्काइएको छ । समाजमा हर्ुर्किएको स्वतन्त्रताका पृष्ठभूमिमा घर, परिवार, समाज र राष्ट्रमै भित्रिएका विसङ्गतिहरूलाई यथार्थवादी धरातलमा उभिएर प्रस्तुत गरिएको छ । माओवादी सशस्त्र द्वन्द्वमा लाग्दा पति र परिवार गुमाएका अनि आक्रमणमा हताहत भई अभिलेखविहीन भएर बाँचेकाहरूको हृदयविदारक अवस्थालाई यहाँ मार्मिक रूपमा झल्काइएको छ । यसै गरी कोखलाई नै धितोमा राखेर जीवननिर्वाह गर्न विवश व्यक्तिहरूको कथाव्यथालाई सामाजिक यथार्थमा उभिएर प्रस्तुत गरिएकाले यहाँ सामाजिक समस्यालाई उजागर गराइएको पाइन्छ । द्वन्द्वको समयमा दोहोरो चरित्र पर््रदर्शन गरी हिँडेका अनि क्रान्ति र अधिकारका सपना देखाएर कमाउ धन्दामा लागेका मानिसहरूको वास्तविक चरित्रलाई पनि यहाँ अवतरण गराइएको छ । नयाँ संविधानमा आमाबाट नागरिकता पाउने प्रावधान भए पनि बाबुविहीन सन्तानको जन्मदर्ता गराउने समयमा भोगिएका यथार्थ समस्या र बाध्यतालाई पनि जीवन्त रूपमा उठान गरिएकाले सामाजिक यथार्थवादी कोणबाट प्रस्तुत उपन्यासको अध्ययन गर्न सकिने प्रशस्त आधारहरू रहेको पाइन्छ ।
१.५.१३ परनिर्भर र पलायनवादी मानसिकता
पछिल्लो समयमा नेपाली समाजमा विकराल बन्दै गएको विदेश पलायनको समस्यालाई उपन्यासमा सघन रूपमा उठाइएको छ । यसले हाम्रा मूल्यमान्यता र अर्थतन्त्र पनि परनिर्भर बन्दै गएको यथार्थ अवस्थालाई उपन्यासमा प्रकाश पारिएको छ । पहिले ओलिभिया र पछि मारियाको रखौटो बनेर बसेको सेमन्त र फेरिएको उसको व्यवहार, चिन्तन र संस्कारका पृष्ठभूमिबाट केही पैसा, घर र गाडीको सुबिधामा आफ्नो र्सवस्व छाडेर उतै हराउने दर्रि्र चिन्तन भएका नेपालीहरूको अवस्था अनि घरमा आमाबाबु र आफन्तहरूको दर्ुदशापर्ूण्ा अवस्थाका माध्यमबाट नेपाली समाजमा आएको विखण्डन र विदेश पलायनको तितो यथार्थलाई सर्न्दर्भसहित प्रस्तुत रिएको छ । यसै गरी खाडी राष्ट्रहरूमा कमाउनका लागि गएका मानिसहरू कोही विदेशमै हराएको र कोही चाँहि घरमा आउँदा न सम्पति न श्रीमती भएको यथार्थ अवस्थालाई देखाइएको छ । बाबु-छोरी, दाजु-बहिनी पनि श्रीमान्-श्रीमतीको नाताप्रमाणित गराएर विदेश पलायन हुने निकृष्ट अनि कहालीलाग्दो प्रचलनलाई संवेदनशील रूपमा यहाँ उजागर गराइएको छ । नेपाली समाजमा बढेको परनिर्भरता र बाहिरको किनेर खानुमा गर्व गर्ने आडम्बरपर्ूण्ा मनोवृत्तिलाई पनि उपन्यासमा झल्काइएको छ ।
१.५.१४ व्रि्रोही चेतना
यस उपन्यासकी प्रमुख पात्र ऋतम्भराको आत्मकथनका साथमा उसको स्वभाव, मान्यता र चेतनाको स्तर पनि प्रतिबिम्बित भएको पाइन्छ । ऋतम्भरा वुज्रुक नारी हो, ऊ परिस्थितिका कारण हन्डर-ठक्कर खाँदै जीवन बिताउनु परे पनि पलायनवादी बनेकी छैन । मावलीमा मामाहरूको व्यवहार, काठमाडौँमा बस्दाको प्रतिकूल अवस्थालाई ऊ स्वयं मूल्याङ्कन गरेकी छ । माओवादी सङ्र्घष्ामा बन्दुक बोकेर हिँडेकी ऋतम्भरा त्यहाँभित्रको अनियमितता र विकृतिलाई निर्भीक रूपमा बाहिर ल्याएकी छ । परिस्थितिको सामना गर्दै जाँदा कोखलाई धितोमा राखेर अर्कालाई बच्चा जन्माइदिन सहमत भएकी छ । तर देश, जाति, हावापानी, खानपान र संस्कृतिको विचार नगरी बच्चाको तौल पुगेन भन्ने डेभिड र डाक्टरको व्यवहारलाई चुनौती दिई आक्रोसमा आएर सम्झौतापत्र नै च्यात्नुलाई उसमा रहेको व्रि्रोही चरित्रका रूपमा हर्ेन सकिन्छ । स्वाभिमानी र विवेकशील नेपाली नारीको परिचय उसमा झल्किएको पाइन्छ । यसै गरी उपन्यासका ठाउँठाउँमा व्यक्तिका छुद्र व्यवहार र प्रवृत्त्रि्रति खरो टिप्पणी गर्नुले यहाँ व्रि्रोही चेतना सशक्त रूपमा सल्बलाएर आएको पाइन्छ । बाहिर हर्ेदा एउटा कुरा तर भित्री रूपमा हुने फरक आचरणलाई मर्मभेदी रूपमा उछित्तो काढ्ने काम गरिएकाले यहाँ व्रि्रोही चेतना सघन बनेको देखिन्छ ।
१.६ निष्कर्ष
नेपाली समालोचनाका क्षेत्रमा लोकप्रियता हासिल गरेका राजेन्द्र सुवेदीद्वारा लिखित धितो कोख उपन्यासले नवीन विषय र समस्यालाई उठान गरेको छ । यस उपन्यासकी प्रमुख पात्र ऋतम्भरा सम्पादकको जिज्ञासालाई मेटाउने क्रममा आफ्नो जीवनमा घटेका यथार्थ वृतान्तलाई प्रस्तुत गरेकी छ । नेपाली समाजमा प्रचलनमा नआएको कोखलाई धितोमा राखेर बच्चा जन्माउने कुरामा ऊ सहमत भएकी छ । त्यही बच्चालाई परिचय दिलाउने अभियानमा लागेकी ऊ मानिसका प्रश्न र आलोचनाबाट कत्ति नडराउने निर्भीक पात्रका रूपमा प्रस्तुत भएकी छ । आफ्नो अतीतका सम्पर्ूण्ा घटना र जीवनमा आएका घात-प्रतिघातलाई सामना गरेकी ऋतम्भरा सरकारी अभिलेख र प्रमाणहरूमा मरिसकेकी छ त्यसैले पनि ऊ सामाजिक अनुशासन र नैतिक बन्धनबाट मुक्त जस्तै देखिन्छे । उसका पृष्ठभूमिमा नेपाली समाजमा विद्यमान विविध समस्यालाई यहाँ उजागर गराइएको छ । नेपाली युवाहरूको विदेश पलायनले निम्त्याएको कहाली लाग्दो अवस्था अनि नारीहरूले विदेशमा भोग्नुपरेको यौनशोषणलाई मार्मिक रूपमा प्रकाश पारिएको छ । पछिल्लो समयमा विकास भएको व्यक्ति स्वार्थकेन्द्री मानसिकताले नेपाली समाजमा ल्याएको विखण्डनको अवस्थालाई पनि उपन्यासमा प्रस्तुत गरिएको छ । यस उपन्यासमा समाख्याताका रूपमा रहेकी ऋतम्भराले केवल आफ्नो कथा मात्र भनेकी छैन । उसको जीवनका सेरोफेरोमा पश्चिमा संस्कृतिका डेभिड र माइकल पनि जोडिन आएका छन्, जसका पृष्ठभूमिमा पाठकले पश्चिमीहरूको सामाजिक, सांस्कृतिक मान्यता र आस्थालाई बुझन सक्छ । यसै गरी उसकै जीवनमा ठोकिन आएको माओवादी द्वन्द्व र त्यसले निम्त्याएको त्रासदीय अवस्था अनि त्यहाँभित्र हर्ुर्किएका आर्थिक अपचलनका कुरालाई सघन रूपमा झल्काइएको छ । यसै गरी नेपालीहरूमा बढेको विदेश पलायनको समस्यालाई पनि मार्मिक रूपमा चित्रण गरिएको छ । सांसकृतिक मिश्रण र अर्न्तर्घुलनको वर्तमान यथार्थ अवस्थालाई पनि उपन्यासमा समेटिएको छ ।
उपन्यासकारकार राजेन्द्र सुवेदीको सिर्जनाधर्मी क्षमता यहाँ पर््रदर्शन भएको देखिन्छ । यस उपन्यासका माध्यमबाट वर्तमान समयमा विकास भएका विकृति अनि संस्कृतिलाई उजागर गराइएको छ । शैली पत्रकारिताको भए पनि प्रस्तुति अर्न्तर्वातीय भए पनि आधिकारिक र प्रासङ्िगक कथाको शृङ्खला नमिलेको देखिए पनि यो कृतिमा आख्यान सशक्त बनेर आएको छ । यसै गरी प्रमुख पात्र ऋतम्भराका वृत्तमा अन्य पात्रहरू घुमेका छन् । नवीन शैलीमा विषयलाई प्रस्तुत गरी वर्तमान नेपाली समाजको समस्यालाई सूक्ष्म रूपमा केलाउने काम गरिएकाले उपन्यास सशक्त, जीवन्त र पठनीय सामग्री रहेको छ ।
प्रमुख सर्न्दर्भस्रोत
गौतम, कृष्ण, -२०५०), आधुनिक आलोचना अनेक रूप अनेक पठन, ललितपुर ः साझा प्रकाशन ।
थापा, मोहनहिमांशु, पाचौँ संस्क. -२०६६), साहित्य परिचय, ललितपुरः साझा प्रकाशन ।
पौड्याल, एकनारायण, -२०७०), समालोचनाको स्वरूप र पद्धति, चितवन ः विमर्श नेपाल ।
बराल, ऋषिराज, -२०५६), उपन्यासको सौर्न्दर्यशास्त्र, ललितपुर ः साझा प्रकाशन ।
भट्टर्राई, जयदेव, -२०५४), साहित्यकार परिचय र अभिव्यक्ति, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान ।
शर्मा, मोहनराज, दोस्रो संस्क. -२०६३), समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौँ ः अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन ।
सुवेदी, राजेन्द्र, -२०४३), स्रष्टा-सृष्टि ः द्रष्टा-दृष्टि, काठमाडौँ ः साझा प्रकाशन ।
................., -२०५३), नेपाली उपन्यास परम्परा र प्रवृत्ति, वाराणसी ः भूमिका प्रकाशन ।
................., -२०७६), धितो कोख, काठमाडौँ ः ऐरावती प्रकाशन प्रा. लि. ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक