20200513

देशभर सङ्क्रमितको सङ्ख्या २ सय ४३

कोभिड १९ को सङ्क्रमण बुधबार (३१ वैशाख) २४ जनामा देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गरी नयाँ २४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारीअनुसार बुधबार दिउँसो मात्र बाँके र कपिलवस्तुमा दुई जना सङ्क्रमण देखिएको थियो भने आज थप भेटिएकाहरुमा रुपन्देहीका १२, कपिलवस्तुका आठ, पर्साका तीन र नवलपरासीका एक जना रहेका छन् । नयाँ सङ्क्रमितमा २० जना पुरुष र चार जना महिला रहेका छन् ।
नयाँ सङ्क्रमितमा रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३ र ४१ वर्षीय पुरुष र ४, १० र २८ वर्षीया महिला रहेका छन् । यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुष रहेका छन् । नयाँ सङ्क्रमितमा पर्साका ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीय महिला तथा नवलपरासीका ३६ वर्षीय पुरुष रहेका छन् ।
मङ्गलबार अहिलेसम्मकै धेरै सङ्ख्यामा ८३ जनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमितहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् भने उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । अब देशभर सङ्क्रमितको सङ्ख्या २ सय ४३ पुगेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक