आमा,
तिमीले जन्मदिएको
तिम्रो कोखको एउटा घाउ
बाध्यता र विवशताका पहाडहरू चढ्दै
देश छोडेर परदेशिए पछि पनि
आज जीवन मरणको दोसाँधमा
निर्जीव मूर्ति जस्तै ठिङ्ग उभिएर
जीवनका लागि मात्र याचना गर्दैछ !
थाहा छैन उ कुन बेला आइपुग्ने हो
हजारौंं निर्दोष मान्छेहरूलाई
अजिङ्गरले निले जस्तै निलिसकेको उ
मेरो छेवै आइपुग्यो भने
उसको मुखमा पर्नु सिवाय
म नाथे,
अरू के नै गर्न सक्छु होला र !
अरू के नै उपाय बाँकी रह्यो र आमा !
अस्पतालहरूलाई समसानघाट बनाइसकेको उ
डाक्टर, नर्स र हजारौंं निर्दोशहरुलाई
अट्टाहाँस गर्दै,
सर्लक्कै निलिसकेको उ
मलाई पनि चपाउन आत्तुर त होला
किन हो किन,
मलाई यस्तै यस्तै लाग्न थालेको छ अहिले ।
जाउँ कहाँ जाउँ ?
भागूँ कहाँ भागूँ ?
उ नपुगेको कहीँ छैन
उसले नदेखेको कहीँ छैन
उसका लीलाहरू देख्दा
उसका कथाहरू लेख्दा
कता कता मनमा लाग्न थाल्यो
मेरो मृत्युमा शङ्खले बज्न पनि नपाउने भो
कोही,
मेरो लास बोकेर
पशुपति आर्यघाटसम्म
अन्तिम बिदाइ गर्न पनि न आउने भो
आफन्त र मलामीहरूले
"राम नाम सत्य हो" भन्न पनि नपाउने भो !
आमा,
मनमा यी र यस्तै कुराहरू आइरहेका छन्
आँखा चिम्म गर्दा सपनाहरूमा
यस्तै यस्तै कुराले ठाउँ पाइरहेका छन् !
कोही बिरामी पर्दा
सबै गएर सान्त्वना दिने
डोली मै किन नहोस्
काँधमा बोकेर अस्पताल पुर्याउने
एकले अर्कोलाई सघाउने
पर्दाका जन्ती
मर्दाका मलामी
मलाई तिमीले त्यस्तो समाजमा जन्मायौ
तर, हेर त आज....
परिवारले परिवार देख्न पाएको छैन
परिवारले परिवार भेट्न पाएको छैन
लुकालुक र भागाभाग
कोही कसैलाई देखे भाग्छ
आँखा तर्दै अर्को बाटो लाग्छ
आमा, यस्तो पनि हुन्छ !!
मलाई किन हो किन आमा
म अरुको मलामी जाँदा सुनेको
एकोहोरो बजाइने सङ्खहरूको
टुँ टुँ आवाज मात्र कानमा गुन्जिएको छ
मलामी बन्दा मैले देखेको
हरिया बाँस र सेतो कात्रोको झल्को आएको छ
गण्डकी र रिडीको घाटको याद आएको छ
देवघाट र पशुपति आर्यघाट
दिमाग भित्र सलबलाएको छ
मलाई थाहा छ आमा
उसले निल्यो भने
मेरा यी याद र सल्बलाहटहरु सबै
जली सकेको चितामा
अन्तिममा बाँकी रहने खरानी जस्तै
सबै खरानी हुनेछन
किनकि,
अहिले लाशले पनि न्याय पाउने छैन
दाग बत्ती दिन छोरो धाउने पनि छैन
कसैले श्रध्दान्जलीका गीत गाउने पनि छैन
लाशले कात्रो पाउने पनि छैन
अन्तिम पटक भन्दै मुख हेर्न
अहँ कोही आउने पनि छैन !
बेला त्यस्तै छ आमा
तिम्रो छोरो मर्यो भने, नगरे बिलौना !
- रामप्रसाद खनाल, भर्जिनिया अमेरिका, मार्च ३०, २०२०
तिमीले जन्मदिएको
तिम्रो कोखको एउटा घाउ
बाध्यता र विवशताका पहाडहरू चढ्दै
देश छोडेर परदेशिए पछि पनि
आज जीवन मरणको दोसाँधमा
निर्जीव मूर्ति जस्तै ठिङ्ग उभिएर
जीवनका लागि मात्र याचना गर्दैछ !
थाहा छैन उ कुन बेला आइपुग्ने हो
हजारौंं निर्दोष मान्छेहरूलाई
अजिङ्गरले निले जस्तै निलिसकेको उ
मेरो छेवै आइपुग्यो भने
उसको मुखमा पर्नु सिवाय
म नाथे,
अरू के नै गर्न सक्छु होला र !
अरू के नै उपाय बाँकी रह्यो र आमा !
अस्पतालहरूलाई समसानघाट बनाइसकेको उ
डाक्टर, नर्स र हजारौंं निर्दोशहरुलाई
अट्टाहाँस गर्दै,
सर्लक्कै निलिसकेको उ
मलाई पनि चपाउन आत्तुर त होला
किन हो किन,
मलाई यस्तै यस्तै लाग्न थालेको छ अहिले ।
जाउँ कहाँ जाउँ ?
भागूँ कहाँ भागूँ ?
उ नपुगेको कहीँ छैन
उसले नदेखेको कहीँ छैन
उसका लीलाहरू देख्दा
उसका कथाहरू लेख्दा
कता कता मनमा लाग्न थाल्यो
मेरो मृत्युमा शङ्खले बज्न पनि नपाउने भो
कोही,
मेरो लास बोकेर
पशुपति आर्यघाटसम्म
अन्तिम बिदाइ गर्न पनि न आउने भो
आफन्त र मलामीहरूले
"राम नाम सत्य हो" भन्न पनि नपाउने भो !
आमा,
मनमा यी र यस्तै कुराहरू आइरहेका छन्
आँखा चिम्म गर्दा सपनाहरूमा
यस्तै यस्तै कुराले ठाउँ पाइरहेका छन् !
कोही बिरामी पर्दा
सबै गएर सान्त्वना दिने
डोली मै किन नहोस्
काँधमा बोकेर अस्पताल पुर्याउने
एकले अर्कोलाई सघाउने
पर्दाका जन्ती
मर्दाका मलामी
मलाई तिमीले त्यस्तो समाजमा जन्मायौ
तर, हेर त आज....
परिवारले परिवार देख्न पाएको छैन
परिवारले परिवार भेट्न पाएको छैन
लुकालुक र भागाभाग
कोही कसैलाई देखे भाग्छ
आँखा तर्दै अर्को बाटो लाग्छ
आमा, यस्तो पनि हुन्छ !!
मलाई किन हो किन आमा
म अरुको मलामी जाँदा सुनेको
एकोहोरो बजाइने सङ्खहरूको
टुँ टुँ आवाज मात्र कानमा गुन्जिएको छ
मलामी बन्दा मैले देखेको
हरिया बाँस र सेतो कात्रोको झल्को आएको छ
गण्डकी र रिडीको घाटको याद आएको छ
देवघाट र पशुपति आर्यघाट
दिमाग भित्र सलबलाएको छ
मलाई थाहा छ आमा
उसले निल्यो भने
मेरा यी याद र सल्बलाहटहरु सबै
जली सकेको चितामा
अन्तिममा बाँकी रहने खरानी जस्तै
सबै खरानी हुनेछन
किनकि,
अहिले लाशले पनि न्याय पाउने छैन
दाग बत्ती दिन छोरो धाउने पनि छैन
कसैले श्रध्दान्जलीका गीत गाउने पनि छैन
लाशले कात्रो पाउने पनि छैन
अन्तिम पटक भन्दै मुख हेर्न
अहँ कोही आउने पनि छैन !
बेला त्यस्तै छ आमा
तिम्रो छोरो मर्यो भने, नगरे बिलौना !
- रामप्रसाद खनाल, भर्जिनिया अमेरिका, मार्च ३०, २०२०
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक