काँग्रेसका लागि जय नेपाल भन्दै हात उठाउने हाम्रा अर्काथरी पत्रकारहरुबाट स्वतन्त्र पत्रकारिताको कसरी के अपेक्षा गर्ने होला ?
सरकारी सम्पत्ती प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीकै उपस्थितिमा प्रचण्ड ( पहिला पत्रकारलाई ज्युँदै पुर्न लगाउने) बाट सपथ खाने ३५० जना पत्रकारहरुले गर्ने पत्रकारिता कस्तो होला ? प्रचण्डबाट सपथ खाने पत्रकारहरुलाई के भन्ने होला ? पत्रकार पनि कमरेड बनेर मुठ्ठी कस्दै लाइन लाग्ने देशको भबिस्य र चौथो अङ्गको हबिगत कस्तो होला ? यति मात्र होइन शेर बहादुर जस्ता बारम्बार असफल नेता / पूर्व प्रधानमन्त्री अध्यक्ष रहेको पार्टी नेपाली काँग्रेसका लागि जय नेपाल भन्दै हात उठाउने हाम्रा अर्काथरी पत्रकारहरुबाट स्वतन्त्र पत्रकारिताको कसरी के अपेक्षा गर्ने होला ? यसै गरी बिप्लबको माओवादीका क्रान्तिकारी पत्रकार, मधेशबादी दलहरुका पत्रकारहरु, अरु सबैजसो दल निकटका पत्रकारहरु बाट के कस्तो अपेक्षा राख्ने होला ? हामीले पाउने हरेक सूचना, समाचार, बिचार, टिप्पणी, अन्तर्वार्ता सबैमा अहिले नेपालको फोहोरी राजनीति दौडिरहेको छ । नेपालमा स्वतन्त्र पत्रकारिता कुरा अहिले गँजेडीको गफ जस्तै भएको छ । मुलुक हर क्षेत्रबाट तहस नहस भैरहेका बेला पत्रकारिता क्षेत्रमा देखिएको यो बिकृति पनि देश बर्बादीको अर्को उदाहरण होइन र ?? हामी र हाम्रो जेनेरेशन मात्र होइन मलाई लाग्छ हामीले हाम्रा छोरा नाती पनातिको पनि भबिस्य यसैगरी अन्धकार बनाईसकेका छौं । हामीहरु सुध्रिने छाँट छैन । देश सुध्रिने छाँट देखिदैन । तपाईंलाई के लाग्छ कुन्नी ?
नोट : यो स्टाटस ब्यक्तिगतरुपमा कुनै पनि पत्रकार प्रति लक्षित छैन । आम रुपमा देखिएको पत्रकारिता क्षेत्रको महारोगलाई मात्र चित्रित गरिएको हो । कसैले ब्यक्तिगतरुपमा नलिनुहोला ।
बाँच्नु पर्छ अनेक देख्न पाईन्छ । प्रचन्डकै आदेशमा उनकै माओवादीले मारेका पत्रकार डेकेन्द्र थापाको नाम मा स्थापित पुरस्कार हत्याको आदेश दिने मुख्य अभियुक्त प्रचन्डले नै प्रमुख अतिथि बनेर दिदा उनलाई लाज लाग्यो लागेन तर यो देख्ने लाई भने लाजले सिमा नाघ्यो । पुरस्कार प्राप्त गर्ने सबै पत्रकार मित्रहरुलाई बधाई तर यस्ता अपराधका नायक को हात बाट म पुरस्कार लिन्न भनेर अरु कसैका हात बाट लिएको भए कति राम्रो हुन्थ्यो होला ! हेर्नुस् तल तथ्य ....
*******
डेकेन्द्र थापा नेपालका युवा पत्रकार थिए। दैलेख जिल्ला कार्यक्षेत्र बनाएका यिनलाई द्वन्द्वकालमा माओवादीले अपहरण गरी हत्या गरेको थियो। माओवादी मिलिसियाको नियन्त्रणमा राखिएका डेकेन्द्रको ०६१ साउन २७ गते द्वारी-१ स्थित नेरा निमाविको कक्षाकोठामा हत्या गरिएको थियो। ०६१मा माओवादीद्वारा अपहरित डेकेन्द्र चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा भेटिएका थिए । गाउँले, पत्रकार महासंघ, मानवअधिकारवादी संघसंस्थाको पहल चार वर्षपछि डेकेन्द्रको अस्थिपञ्जर भेटियो- दैलेखको द्वारी गाउँमा। भीरको खोंचमा गाडिएको अवस्थामा मानव अधिकारकर्मी र सुरक्षाकर्मीले खाल्डो खनेर एकएक अस्थिपञ्जर संकलन गरेका थिए। थापाको हत्या भएको ८ वर्ष पछि प्रहरीले ५ जना अभियुक्तलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा एकीकृत नेकपा माओवादी तथा नेकपा-माओवादीका जिल्ला स्तरीय नेता/कार्यकता थिए।
Tek Narayan Bhattarai :
माला देख्दा हाँस्न मन लाग्छ। उखु देख्दा रुन मन लाग्छ। मालाले यतिबेला सत्ता र शासकको प्रतिनिधित्व गरिरहेको छ। उखुले मलिन,उदास,भोका,दुःखी,गरिव किसानको प्रतिनिधित्व गरिरहेको छ। आँशु झार्दै कवाड खानामा चिसो रात काट्दै छन् आन्दोलनकारी किसान, ठिक त्यहीबेलामा सञ्चार मन्त्री एवं सरकार प्रवक्ताको काभ्रेमा माला उत्सव र बालुवाटारमा पार्टी पत्रकारको सपथ उत्सव चल्यो ! धिक्कार ! पूरा भिडियो- https://youtu.be/2ALiLCiPnfg
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक