चलचित्र शिरोमणी लाइफटाइम अवार्ड नीर शाहलाई, दीपक दीपाको छक्का पन्जा -३ फिल्म अफ द इयर, दीपा डाइरेक्टर अफ द इयर, बधाई सबै सबैलाई !
अमेरिकामा अहिले सम्म भएका सफल कार्यक्रमहरु मध्येको एक कार्यक्रम । चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम । अमेरिकाको क्यालिफोर्नियाको सन्फ्रान्सिस्को शहर । नेपाल बाट आएका र अमेरिकामै रहेका एक सय भन्दा बढी अग्रज कलाकारहरु देखी नयाँ पुस्ताका कलाकारहरु सम्मको जमघट । महङ्गो र बिशेष हल क्यालिफोर्नियाको सन्फ्रान्सिस्को शहरको युसी थियटर । दर्शक दीर्घा खाचखच भरिएको छ । उभिने ठाउँ पनि छैन । पहिलेनै टिकट शोल्ड आउट भएपछी बाहिर टिकट नपाऊनेहरुको गुनासो र आक्रोस देखिन्छ । नोभेम्बर ३० तारिख बेलुकी ६ बजे देखी शुरुभयो कलाकारहरुको लर्को । कलाकारहरुलाई आशन ग्रहण गराउन्दा गराउँदै कार्यक्रम शुरु भयो डेढ घण्टा पछी । साढे सात बजे शुरु भएको कार्यक्रम करिब पौने एक बजे सम्म चलिरह्यो । दर्शक मरिगए दर्शक छोड्दैन्न । अन्त्यमा आफुले मन पराएका कलाकारहरुसँग फोटो खिचाएर दर्शकहरु बिदा भए कलाकारहरु दुई बजे तिर बस्ने हिलटन हल पुगे ।
पुराना र अग्रज कलाकार, निर्माता, निर्देशक, नायक कृष्ण मल्ल, अर्का निर्देशक एबम कलाकार नारायण पुरी, कुशल खेलाडी एबम समाजसेबी यज्ञलाल श्रेष्ठ, अर्का कलाकार एबम समाजसेबी नबराज श्रेष्ठले आयोजकका रुपमा निभाउनुभएको भूमिका मुक्तकण्ठले प्रशँशा गर्न योग्य थियो । सबै दर्शक स्रोताहरुले पनि मनपराएको यो कार्यक्रम एउटा एतिहासिक कार्यक्रम थियो ।
चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सह आयोजनामा सान फ्रन्सिस्को बे एरियामा सम्पन्न भएको छ।
नेपाली चलचित्र जगतमा ख्याती आर्जन गरेका सुप्रसिद्द कलाकार र सर्जकहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा १०० भन्दा बढी कलाकार र १००० को हाराहरीमा दर्शकहरुको सहभागीता रहेको थियो । आफ्नै नाम, शान र पहिचान बोकेर नेपाली सिनेमा गाउँ देखी बिश्वसम्म भन्ने नाराका साथ गरिएको कार्यक्रममा चलचित्रकर्मिहरु, गायक, गायिका तथा संगीतकारको योगदानलाई बिसिष्ट ब्यक्तीत्वहरु माझमा सम्मान गरिएको थियो।
कार्यक्रममा चलचित्र शिरोमनी लाइफटाइम अवार्डको सम्मानबाट बरिष्ट अभिनेता निर्देशक तथा निर्माता निर शाहलाई सम्मानित गरिएको थियो। त्यसैगरी लोकनायकको सम्मानबाट शिव श्रेष्ठ, युग नायक सम्मान भुवन केसी, दशकका माहानायक सम्मानबाट राजेश हमाल सम्मानित भएका थिए । संगीत महरथी सम्मानबाट सम्भुजीत बास्कोटा सम्मानित भएका थिए ।
श्री गेहेन्द्र धिमाल स्मृति सम्मानबाट निर्देशक उज्वल घिमिरे सम्मानित भएका थिए भने श्री राम केशर बोगटी स्मृति सम्मानबाट नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा नायक रबिन्द्र खड्का भएका थिए । डिरेक्टर अफ दि इअर अवार्डबाट निर्देशक दीपाश्री निरौला सम्मानीत भएकी थिइन् भने फिल्म अफ दि इअरबाट छक्का पन्जा ३ चलचित्रले अवार्ड जित्न सफल भएको थियो ।
स्टार अफ दि इएर मेल अवार्ड नायक अनमोल केसीले हात पार्न सफल भएका छन् त्यसैगरी स्टार अफ दि इएर फिमेल अवार्ड नायिका नम्रता श्रेष्ठ पर्न सफल भईन। सपोर्टिङ एक्टर अफ दि यिएर आवर्ड बिक्रान्त बस्नेतले पाए । गायिका अन्जु पन्तलाई बर्षकै उत्कृष्ट गायिकाको अवार्ड प्रदान गरिएको थियो।
ग्लोबल नेपाली फिल्म डाएस्पोरा अवार्डबाट निर्देशक सुरज सुब्बा नाल्बो, नायिका पूजा चन्द र नेपाली चलचित्र भैरे ले अवार्ड जित्न सफल भए । जुरी अवार्डबाट नायिका बर्षा राउत र दिपिका प्रसाईं सम्मानित भए भने निर्देशन तर्फ निर्देशक दिवाकर भट्टराई जुरी अवार्ड प्राप्त गर्न सफल भए ।
समाजका बिभिन्न बिधा र क्षेत्रमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई सम्मानार्थ दिइने अभियानश्री अवार्ड कल्पना लिम्बु, दिनेश कार्की, अन्जना गुरुङ र नारायण सोम्नामे बिजेता बन्न सफल भएका थिए ।
स्मरण रहोस् नेपाली चलचित्र ईतिहासमा पहिलो पटक नायकहरु शिवश्रेष्ठ, भुवन के सी र राजेश हमाल सम्मान तथा आवर्ड समरोहमा एकै स्टेजमा देखिदा दर्शकहरु निक्कै नै उत्साहित भएका थिए।
कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय कार्य समिति अमेरिकाका अध्यक्ष एबम अग्रज लोक गायक रामप्रसाद खनाल, लोकप्रिया गायिकाहरु अन्जु पन्त, जुना प्रसाइ, अन्जना गुरुङ्ग, कन्हैया सिंहले आफ्ना गीतहरु प्रस्तुत गर्नुभएको थियो भने नायक सुशिल क्षेत्री, नायिकाहरु श्वेता खड्का, पूजा चन्द, बर्षा राउत, केकी अधिकारी, दिपिका प्रसाईं र स्थानिय कलाकारहरुको नृत्य तथा हास्य ब्यङ्ग्यकार सैलेन्द्र सिम्खडाको प्रस्तुतीले कार्यक्रम झनै मनोरन्जनले भरिपूर्ण भएको थियो।
ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका अध्यक्ष नवराज श्रेष्ठले ग्लोबल नेपाली फिल्म अवार्डको बारेमा प्रकाश पार्दै अवार्ड कार्यक्रम भव्यताको सम्पन्न भएकोमा सम्पूर्ण सहयोगी संघ संस्था तथा व्यक्तिहरुलाई धन्यबाद ज्ञापन दिएका थिए । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले निर्देशक तथा निर्माता निर शाहको नेपाली चलचित्र क्षेत्रमा पुर्याउनु भएको योगदानको मुक्तकन्ठले प्रसंसा गर्दै आगामी बर्षहरुमा निरन्तर भब्य अवार्ड कार्यक्रम गर्दै लैजाने बताए ।
अवार्ड कार्यक्रमका नेपाल संयोजक, नेपाल फिल्म सोसाइटीका सदस्य तथा नायक निर्माता मदु कुमार श्रेष्ठले चौथो ग्लोबल नेपाली फिल्म अवार्ड -२०१९ सफलता पुर्बक सम्पन्न भएकोमा सम्पूर्ण सह-आयोजक, कलाकार तथा अवार्डको गरिमा बढाउन आएका सम्पूर्ण दर्शकहरुलाई धन्यबाद ब्यक्त गरेका छन ।
पुराना र अग्रज कलाकार, निर्माता, निर्देशक, नायक कृष्ण मल्ल, अर्का निर्देशक एबम कलाकार नारायण पुरी, कुशल खेलाडी एबम समाजसेबी यज्ञलाल श्रेष्ठ, अर्का कलाकार एबम समाजसेबी नबराज श्रेष्ठले आयोजकका रुपमा निभाउनुभएको भूमिका मुक्तकण्ठले प्रशँशा गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय कार्य समिति अमेरिकाका अध्यक्ष एबम अग्रज लोक गायक रामप्रसाद खनालले आयोजकहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । यसै गरी बिभिन्न बिधामा अवार्ड प्राप्त गर्नुहुने सबै कलाकारहरुमा पनि मँचको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक