![Image result for un logo](https://seeklogo.com/images/U/united-nations-logo-9CBFC2E65F-seeklogo.com.png)
नेपालस्थित राष्ट्रसंघसँगै युके, फ्रान्स, अस्ट्रेलिया, फिनल्यान्ड, नर्वे र स्वीट्जरल्यान्डको दूताबासले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै पीडितलाई न्यायमा पहुँच दिने, पीडितको पक्षमा उभिने र लिंगको आधारमा हुने हिंसामा शुन्य सहनशीलता अपनाउने जिम्मेवारी सरकारको भएको स्मरण गराएका छन् । निर्मला पन्त प्रकरणबारे उल्लेख गरिएको विज्ञप्तिमा महरा प्रकरणबारे भने केही उल्लेख गरिएको छैन ।
अन्तर्राष्ट्रिय मापदण्ड तथा महिलाविरुद्ध हुने सबै प्रकारको हिंसालाई अन्त्य गर्ने अभिसन्धिअनुसार नेपाल सरकारले सबै आरोपहरुको चाँडो, पूर्ण तथा निष्पक्ष अनुसन्धान गर्नुपर्ने उनीहरूको जोड छ । महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्ने समितिको ३५ नम्बर सिफारिस कार्यान्वयन गर्न समेत आग्रह गरेका छन् ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक