- सन्तोष चिमरिया
उहिले कुखुरे बैंशमा म कतै हिडेपछी हाम्रा बालाई चिन्ताले बडो गाँजेर ल्याउथ्यो । सन्ते बज्याले कतै केही बिराई देलीकी , केही उपद्रो गर्देलाकी, कतै भत्काउका कि , केही बिगार गर्लाकी, भनेर बुढालाई औडाह हुन्थ्यो । किनकि बुढालाई सन्तेको बेहोरा थाह थियो । एकछिन उम्कन पायो भने, कतै न कतै , केही न केही उपद्रो नगरी सन्ते फर्किदैन्थ्यो ।
दाइ ! तिम्रो छोरो सन्तेले आज मेरो बारीको काँक्रो …………
काका ! सन्तेले आज उखु………
बडाउ ! सन्तेले आज केराको घरी ………
सानाउ ! सन्तेले मेरो नाथ्रीमा भ्वाक्क मुड्कीले ……
भेनाजु ! सन्तेले आज मेरा जाईफलमा जमार लात्तिले …..
मेरा बाउ हैरान थिए । सम्झाउदा, फकाउदा, कुट्दा केही गर्दा पनि मेरो आतंककारी
गतिविधि नियन्त्रण हुन सकिरहेको थिएन । चिना हेर्नेले सन्तेलाई उल्का भाँमरीको दशा छ । १६ कटेपछी मात्रै आतंककारी गतिविधिमा कमी आउँछ भनेपछि बुढाले ममाथि संकटकाल लागु गराए । बैनीलाई जासुसी संयन्त्रको रुपमा प्रयोग गरे भने, छरछिमेकीलाई सेनाको अख्तियारी दिएर मेरा आतंककारी गतिविधि नियन्त्रणमा लिन बल प्रयोगको छुट गरि दिए ।
संकटकाल घोषण गरेर, चौतर्फी हमला हुन थालेपछि होकि, बुद्धिको अलि बिकास भएर होकि, उल्का भाँमरीको दशाले छोडेर हो, slc दिएपछि मैले आफुलाई सान्ती स्थापनाका निम्ति तयार भएको पाए । बाको र मेरो सम्झौता भयो । म मुलधारमा समाहित भए ।
सान्ती सम्झौताको धेरै बर्षपछी म बा का ठाउँमा उक्ले । अर्थात म स्वयं छोराको ड्याडी भए र बालाई हजुरड्याड बनाईदिए । तर मैले कहिलै मेरा बाउले जसरी , छोराको तर्फबाट आतंककारी गतिविधिको सामना गर्नु परेन । अहिलेसम्म परेको छैन । परोस पनि कसरी !
जुग अनुसार २ बर्षदेखी छोरो स्कुल जान थाल्यो । बिहान छ बजे हिडेको उ बेलुका जोतेको गोरु जस्तो लखतरान भएर घर आईपुग्छ । काठमाडौको एउटा कोठामा कैद भएको छोरोले काँक्रा र उखु नै राम्रोसँग चिनेको छैन, चोर्न जाने कुरै भएन । नाथ्री फुटाउने , जाईफलमा हान्ने काम नेपाल बन्द, शैक्षिक हड्ताल र छुट्टीका दिन मोबाइलबाट पब्जीमै गर्छ । कसैले उजुर बाजुर गर्नै परेन । फुटबल र कृकेट जुन छ , त्यो पनि मोबाइलमै खेल्छ । अलिकति समय बाँकी रहेछ भने, मोटुपात्लु छदैछ । त्यही हेर्छ । त्यसैले छोराको बाटोबाट मलाई हाम्रा बाउलाई जस्तो चिन्ता छैन । एक प्रकारले
ढुक्क छ । आनन्द छ । बाउ हुनु र ड्याडी हुनुमा सायद यही फरक छ होला ।
त्यसैले छोरोको चिन्ता गर्ने समय देशको चिन्तामा लगानी गर्न पाईएको छ । त्यसैले पनि होला कि, मेरा बाउको पुस्ता भन्दा, मेरो पुस्तालाई छोराछोरी बाहेक सबैको चिन्ता छ । देश र जनताको चिन्ता । समाज र अर्थतन्त्रको चिन्ता । मेलम्ची र रेलको चिन्ता । पानी जहाज र मेट्रोको चिन्ता । वैदेशिक लगानी देखि वैदेशिक रोजगारी सम्मको चिन्ता मेरो पुस्ताले गर्नु परेको छ । नपत्यए फेसबुक हेर्नुस । यी माथी उल्लेख गरिएका र नगरिएका चिन्ताले मेरो पुस्ताको फेसबुक भरिभराउ छ ।
हाम्रा पुर्ब प्रधानमन्त्री पश्चिम अम्रिका तिर लागे । अब मलाई त्यस बिषयमा पनि चिन्ता लाग्न थाल्यो । ल हेर्नुस् त ! अहिले मेरो पुस्ताले कति तिरको चिन्ता लिनु परेको छ । चिन्ता नलिउ न भन्दा पनि यो भन्दा चिन्ता लिने बिषय अर्को तत्काललाई उपलब्ध छैन । चिन्ता नलिई बस्नै सकिन्न । त्यसैले बुढा उडेकै दिनदेखि म चिन्तित हुन थाले । म एयरपोर्टमा मुखै नधोई लाईन लाग्न त गईन । तर म निश्चितरूपमा चिन्तित थिए । र मेरो जायज थियो ।
लाग्न त बुढा, बुढी लिएर अम्रिका तिर लागे । तर उनी अम्रिका लाग्नु मेरो चिन्ताको बिषय होइन । बिरानो मुलुक ! नजानेको/ नभोगेको ठाउँ ! त्यो पनि मेरो चिन्ताको सरोकार होइन ।
मेरो चिन्ताको बिषय बुढाको अनिश्चित ब्याक्तित्व हो ।
मान्छे बूढो भएपनी उस्तो भर पर्दा होइनन् । उमेरले पाको भएपनि अलि उट्पट्यङ खालका मानिस हुन । हौसिनु पर्दा, बड्तै हौसिन्छ्न । रिसाउनु पर्दा , ज्यास्तै रिसाउछन । भाबुक फेरि उस्तै छन ।
के बोल्ने , के नबोल्ने, कहाँ, कसरी, को संग कति बोल्नु पर्छ भन्ने उस्तो ढंग पुर्याउदैनन । त्यसैले उनी उडेकै दिनदेखि म यता चिन्तित छु । मन भत्भती पोलेको छ । छट्पटी र औडाहले बेचैन भएको छु । बेलाबेलै पशुपतिनाथ र दक्षिणकाली सम्झेको छु । प्रभु ! नाबालकको रख्खे गर है भनेर कामना गरेको छु ।
जे भएपनि समृद्धि एयरलाइन्सका को- पाईलट हुन बुढा । देशको भबिस्य उनकै हातमा छ । उनलाई तलमाथि हुने बित्तिकै देशको भबिस्य अन्धकार छ । जनताको भबिस्य चौपट छ । त्यसैले देश र जनताको चिन्ता गर्नु भनेको उनको चिन्ता गर्नु हो । किनभने मेलम्ची ल्याउने जिम्मा उनकै बुहारीको काँधमा छ । भरतपुर बनाउने जिम्मा उनकै छोरीको हातमा छ । देश र जनताकै लागि भएपनी, भरतपुर र मेलम्चीकै लागि भएपनि, उत्पीडित ,महिला, जनजाती , मधेसी, थारु, मुस्लिम,तेस्रो लिङ्गी , पिछडिएको बर्ग सबैका निम्ति उनी चाहिएको छ । त्यसैले उनको चिन्ता गर्नु भनेको देशको चिन्ता गर्नु हो । जनताको चिन्ता गर्नु हो । त्यसै कारण म उनी उडेका दिनदेखि बडो चिन्तित हुन थालेको छु । किन चिन्ता ? त्यो म भन्दैछु । हतार नगर्नुस है ।
बुढा उडेको भोलिपल्टै देखि, मलाई बिहानको चार चपरी रुच्न छोड्यो । दिउँसो पनि बुढी भैंसीको एक पिलेट रसबरी मलाई चाहिन छोड्यो । हेर्दाहेर्दै साँझको दुई गाँस पनि धेरै हुन थाल्यो । अनि अरुचिले अनिन्द्रा बोलायो । मलाई राती सुत्नेबेलामा निन्द्रा लाग्न छोड्यो । यसो सुत्न खोज्छु अनेकौं अनेक तर्कनाले मनमा तुफान चल्छ ।
जस्तो कि , जोसमा आएर उता वासिङटन एयरपोर्ट उत्रने बित्तिकै बुढाले अम्रिकि साम्राज्यवाद मुर्दावाद,भेनेजुएलाको समाजवाद जिन्दावाद भन्देलान कि भनेर चिन्ता छ आफुलाई ।
इराक र अफगानिस्तानबाट सेना फिर्ता गर भन्देलान भने अर्को चिन्ता ! अनप्रीडेक्टेवल पर्सोनालिटी धारण गरेका मनुवा हुन । क्रान्तिकारी स्पिरिटमा छलाङ हान्छन । जोसमा जे पनि बोल्दिनछन । जस्तो नि बिज्ञप्ती निकाल्छन । थर्काउन परो भने न अम्रिका भन्छन , न कटुवाल भन्छन ।
निर्णय क्षमता कस्तो भने, झिमिक्क गरिसक्दा उल्का उल्काका निर्णय लिन्छ्न । भर्खरै कांग्रेससंग लपक्क हुन्छन् । उत्निखेरै बाम गठबन्धन बनाउछन । त्यसैले बुढाको फिटिक्क भर लाग्दैन मलाई । बिरानो देशमा भ्याट केही तलमाथि बोल्दिए भने त आपत पर्छ । त्यसैले बुढा उडे देखि म यता चिन्ताग्रस्त छु । आ ! जे भएपनि पुर्ब प्रधानमन्त्री हुन । संसार देखे जानेका छन । यत्रो परिवर्तनको संबाहक हुन । नोबेल पुरस्कार दिनुपर्छ भनेर उनका आसेपासेहरु लबिङ गर्छन । भनेर चित्त बुझाउन खोज्छु,मेरो चित्त बुझाउन र चिन्ता नलिन खोज्छु ! किन पो चिन्ता नलिई बस्न सक्थे र । भगवान्ले नै तैलेले चाहिँ सबैको चिन्ता लिनु है सन्ते भनेर बरदान दिएका छन । म चिन्ता नलिई बस्नै सक्दिन ।
चिन्ता लिदा लिदै धेरै नै रात बितेर गयो । तर चिन्ताले म निदाउन सकिन । बल्ल बल्ल घरी उल्टो गन्ती गर्दै र घरी गायत्री मन्त्र जप्दै निदाउने प्रयासमा लागे । बल्ल तल्ल यसो के आँखा लागेर म निदाउन सफल भए ।
बुढा उता अम्रिका उत्रेको रात म बल्लतल्ल निदाउन त सफल भए तर एउटा भयानक डरलाग्दो सपना देखेँ । जुल्फी उभोँ फर्काएर बाँकी रहेको निधारमा बुढाले हंसिया हथौड़ा अंकित रातो पट्टी बाँधेका छन । एक हातमा घन र अर्को हातमा हथौड़ा लिएका बुढा, स्ट्याचु अफ लिबर्टीमा धमाधम घन र हथौड़ा बजाउदै छन । सपनैमा म आत्तिए । बुढालाई रोक्न म उनको नजिकै गए ।
“ए बुढा ! तिम्ले यो क्यार्न खोजेको ? यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल होइन । अम्रिका हो । यता यसो गर्न हुन्न मार्चन ।” भन्दै मैले उनलाई रोक्न खोजे ।
बुढा त झन, साम्राज्यवादको प्रतीक नढाली छोड्दिन । यसले २४० बर्षदेखी अमेरिकी जनताको शोषण गरिराको छ भन्दै बुरुक्क बुरुक्क उफ्रिन थाले ।
हेर्दाहेर्दै, भाकाभक हानेर बुढाले स्वतन्त्रताकि देबिलाई एक्कै निमेशमा पृथ्वीनारायणको सालिक लडाए जस्तो बर्लङ लडाईदिए । अनि जोड जोडले नारा लगाउन थाले ।
“अमेरिकी साम्राज्यवाद – मुर्दावाद । ”
“पुजीवाद – मुर्दावाद ।”
मुर्दावादको चर्को नाराले म झल्याँस्स ब्युझे । हैट ! कस्तो सपना देखेछु । फेरि मेरा सपना सुल्टा छन । हैन ! कतै बुढाले उपद्रो त गरेनन् ? म हत्तपत्त सिरानी मुनिको मोबाइल निकालेर फेसबुक हेर्न थाले । धन्न ! यस्तो उस्तो केही समाचार आएको रैनछ ।
“हे प्रभु ! तिमीले नि के के सपना देखाउछौं नि ।” भन्दै म त्यो रात बल्लतल्ल फेरि निदाउन सफल भए ।
भोलिपल्ट म दिनभरी एकदम चनाखो भएर बसे । घरी फेसबुक हेर्थे । घरी cnn हेर्थे । तर दिनभरी त्यस्तो नराम्रो केही सुन्न परेन । तरपनी मन डराई नै रहयो । तर जे भएपनी मुर्ती नै चाहिँ हानी हाल्दैनन होला भन्दै म आफुलाई सम्झाउदै दिन कटाउन थाले ।
तर मन मान्दैन है । चिन्ता गर्ने पुस्ता न परियो । चिन्ता नगरी , विश्लेषण नगरी, विवाद र बहष नगरी फिटिक्कै दिन कट्दैन । फेरि मलाई मेरै सपना देखी डर लाग्छ । मेरा सपना एकदम सुल्टा छन । उहिले बिरेन्द्र राजा मरेको सपना देखे । नभन्दै उनी मरे । त्यसपछि गिरिजाप्रसादले श्रीपेच लगाएको देखे । उनी राजा भए । चुनाव अगाडी मात्रै केपी सरलाई , प्रचण्ड कम्रेडले श्रीपेच लगाई दिएको सपना देखेको थिए । अहिले उनी संघीय लोकतान्त्रिक गणतन्त्रको राजा भएका छन । एक्लै सेना परिचालन गर्न पाउन पर्छ भन्दैछन । त्यसैले मलाई मेरा सपनाहरु देखि एकदम डर लाग्छ ।
यस्तै यस्तै मनचिन्तेले म दिनभरी नुन खाएको कुखुरो जस्तो भए । मलाई यसैयसै ज्वरो आउला जस्तो भएर आयो । म बिरामी जस्तो देखिए । साँझ फेरि दुई गाँस भन्दा छिरेन । केटाकी आमाले कसो कसो चाल पाईछ ।
” के भो हिजोआज ? सन्चो छैन तपाईंलाई ? खान्की पनि आधा घटेको छ त । ” भनेर सोधी ।
अब सन्चो छ भन्नू कि छैन भन्नू । ठिक छ भनुं हालत यस्तो छ । बिरामी छु भनुं, मनको बिराम कस्ले देख्छ र ! देश र जनताको चिन्ता छ बुढी भनु, पक्का डाडुले भेटिन्छ । त्यसैले केटाकी आमालाई फर्काउने केही जवाफ नपाएपछि म चुना हालेर खैनी मोल्न थाले । उ सिरक ओडेर सुतेकी मात्रै थिई, घुर्न थाली हाली । म पनि एक घान खैनी मुखमा हालेर पिचिक्क थुक्न बाहिर निस्के ।
जसोतसो दिन त कटाईयो । दुई गाँस जति भात पनि टिपियो । एक घान खैनी पनि हालियो । एक बटुको जति पहेंलो र बाक्लो खैनीको झोल पनि थुकियो । तर पनि बुढाको चिन्ता बिसको उन्नाइस भएन । रात संगसंगै चिन्ता पनि छिप्पिदै जान थाल्यो । यता आफू बुढाको चिन्ताले साईको हुन आँटीसके । उता बुढी बाघ जस्तो घुर्न थाली ।
यी अम्रिका हिडेका बुढाले यत्रो आन्दोलन गरेर महिलालाई अधिकार सम्पन्न बनाए । एउटी महिलाकै निम्ति अहिले उनी दस काम छोडेर अमेरिकमा छन । महिलालाई मेयर बनाउन कत्रो चक्रब्युको रचना गरेका थिए यीनले । यीनले महिलालाई सभामुख बनाए । राष्ट्रपति बनाउन सहयोग गरे । तेत्तीस प्रतिशत महिलाका निम्ति ग्यारेन्टी गरे । अहिले देशैभरी महिलाहरु उप हुन पाएको यीनले गर्दा नै हो । तर मेरी जोईलाई यी महान महिलावादी नेताको फिटिक्कै चिन्ता छैन । हामी पुरुषका निम्ति उस्तो केहि नगरे पनि म उनको चिन्ताले ग्रसित छु । जोई भने मस्त सुतेर घनघोरसंग घुरिरहेकी छ । मलाई जोईको घुराईले संघीय लोकतान्त्रिक गणतन्त्रमा महिलालाई प्राप्त भएको यत्रो महान उपलब्धि माथी प्रहार गरिरहे जस्तो लागेर आयो ।
चिन्ता गर्दागर्दै द्श, एघार , हुँदै बार्ह बज्यो । एक बज्यो । हेर्दाहेर्दै दुई बज्यो । तर न जोई घुर्न छोड्छे । न म सुत्न सक्छु । यसो झकाउन खोज्छु, हिजैको सपनाको भाग -२ टेलिकाष्ट हुन सुरु गरिहाल्छ । म झसङ्ग भएर ब्युंझी हाल्छु । आजको समस्य निन्द्रा नलाग्ने भन्दा पनि सुत्न डर लागेको छ । निदायो कि अजिब अजिब सपनाहरू आउन सुरु गरिहाल्छ्न । त्यसैले अब समस्या निन्द्रा भन्दा सपना हुन थालेको छ । तर मान्छे नाथेले प्राकृतिको तागतलाई कहाँ रोक्न सक्छ र ? म कुन बेला हो भुसुक्कै भएछु ।
आँखाले भ्याएसम्मको विशाल खेतीपाती छ । लहलहसंग गहुँ फलेको छ । पर्तिर तोरी छ, पहेंलपुर । अलि मास्तिर मकै छ्न उस्तै लहलह । आहा ! कति सप्रेको खेती भनेर मनमा मेरा मनमा लाग्दो रैछ । नगर्नु खेती गरेपछि यसरी गर्नुपर्ने भन्ने मनमनै ठान्दो रछु म । तर अचानक परबाट रातो झन्डा बोकेर बुढा जिन्दावाद र मुर्दावाद भन्दै आईरहेका छन । साथमा उत्तेजनाले भरिएका एक हुल लालसेना उनका पछि पछि कम्ब्याट ड्रेसमा छ्न । हेर्दाहेर्दै बुढा भाषण गर्न थाले ।
” माने ! सामान्ती राज्यसत्ता रहुन्जेल जनताको शासन आउदैन । त्यसैले यो सामान्तीको जग्गा हामीले कब्जा गरेर जनतालाई बाड्छौं । हामी नेपालमा मात्रै होइन,अम्रिका पनि माओवाद लागू गर्छौ । मने निश्चितरुपमा हामी क्रान्तिलाई बिश्वब्यापी बनाउछौं । साम्राज्यवादको चिहान उसैको देशमा खन्छौ । ”
उनले यति भने र जग्गामा लाल झन्डा गाडे । म झसङ्ग भएछु । कुद्दै कुद्दै बुढाका छेउमा गएर भन्दो रछु –
“नाई नाई कम्रेड यो सब यहाँ चल्दैन । यहाँ सबैथोक कानुन अनुसार चल्छ । सनक र बन्दुकका भरमा चल्दैन । फेरि यो जग्गा पनि काँग्रेस / एमालेका कार्यकर्ताको जग्गा जस्तो सजिलोसँग कब्जा गर्न सकिन्न । यहाँ त सबैसँग हतियार राख्ने कानुनी अधिकार् हुन्छ । त्यसैले अहिले खैरेले मार्छ त्यसो नगरम ।
” होइन ! माओले त्यसै गरेका हुन । झन्डा गाडेरै छोड्ने हो । जग्गा बाँडेरै नेपाल फर्किने हो । ”
म चाही आज बित्ने भो भनेर सोच्दै थिए , परबाट एउटा काउब्वाई भने नाङ्ले टोपी लगाएको कुईरो मान्छे हातमा बन्दुक लिएर हामी तिर आयो । बुढाले पनि बन्दुक निकाले । अनि त्यहाँ घमासान भिडन्त हुन थाल्यो । बन्दुक पड्केको आवाजले पो म झसङ भएर ब्युझेछु ।
हे नारान ! मलाई सपना पनि कस्ता कस्ता आउछ्न नि !
उठेर एक आङ्खोरा पानी पिएपछी बल्ल अलि चित्त र मुटु दुबै सान्त भयो । अनि अब नसुत्ने निर्णय लिए । एक कप कफि बनाए र पिए । जसोतसो बिहान उज्यालो भयो र भाले बास्यो ।
हे भगवान ! सन्तेले कति जनाको चिन्ता लिएर सक्नु नि यो दुनियाँमा ?

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक