(बुटवलको पञ्चायत बिरोधी आन्दोलन देखी पत्रकारिता मार्फत पनि पहिले माले र पछी एमाले पार्टी, यिनका नेताहरुलाई पहिचान दिने, जनमानसमा ल्याइदिने एकजना शशक्त खम्बा बालकृष्ण चापागाईको यो लेख भित्र बुटवल र त्यहाँको एमाले राजनीति बुझ्नेलाई धेरै गहिरो र मार्मिक कुराहरु छन साँकेतिक रुपमा । चापागाईको यो समसामयिक लेख एक पटक पढ्ने प्रयास गर्नुहोला - सम्पादक)
बुटवलको परिचय अहिले फराकिलो भएको छ । ऐतिहासिक विराशत बोकेको बुटवल–खस्यौली सानो क्षेत्रमा अवस्थित छ । बुटवल फराकिलो हुँदै जाँदा बुटवलको गौरव बढाउने र इज्जत राख्नेहरूको सम्मान हुनुपर्ने हो । त्यसको ठाउँमा यतिबेला बुटवल–खस्यौलीका जनताहरू यति अपमानित हुन पुगेका छन् कि जसको वर्णन गर्न नसकिने अवस्था छ । उनीहरू आफ्नो अस्तित्व रक्षाका लागि संघर्ष गर्न विवश भएका छन् । उही बुटवल नगरपालिकाले घर–नक्सा पास दिएर बैंकबाट ऋण लिई आफ्नो अन्य भएको श्रीसम्पति बेचेर लामो समय लगाई बनाएका घरहरू अहिले बुल्डोजरले क्षणभरमा गल्र्याम्म भत्काउँदा त्यो परिवारमा कस्तो पीडा परेको होला ? यो कुरा जसले प्रत्यक्ष पीडा भोगेको छ उसलाई मात्र राम्रो गरी थाहा छ । संसारका विभिन्न मुलुकमा भएका विकासका मोडेलहरू हेर्दा पुराना बजारहरू सुरक्षित र कलात्मक ढंगले संरक्षण गर्दै भवन बनि नसकेको खाली जमिनको प्रयोग गरी सडकहरू बनाएको पाइन्छ । बुटवलमा भत्काउनै नपर्ने ठाउँका घरहरू भत्काएर जनतालाई दुःख दिएर के करामत देखाउन खोजिएको हो ? मैले बुझ्न सकेको छैन । विरोध गर्न पनि अप्ठयारो छ किनभने बुटवलमा अहिले ज्यान बचाउन धेरै कठिन छ । त्यता म धेरै प्रवेश गर्न चाहान्न ।
समय–समयमा विभिन्न घट्नाक्रमका बारेमा मेरो मनमा अनेकौं जिज्ञासाहरू उत्पन्न हुन्छन् । अनुभूतिहरू वाणीमार्फत अभिव्यक्त हुन्छन्, त्यो पनि बोल्न नपरे हुँदो हो भन्ने त लाग्छ तर कहिले काहीं मनले मान्दैन र कहीं कतै बोली हाल्छु । अति भएपछि चुप्प बस्न कठिन हुँदो रहेछ, बोल्यो कि त कसैलाई चित्त नबुझ्न सक्छ । वर्गीय समाजमा सबैको चित्त बुझ्ने कुरा नहुँदो रहेछ ।
मेरो प्रयास सबैको लागि चित्त बुझ्नेभन्दा बहुजनको हितमा भए त्यसलाई सफल प्रयास ठान्छु । यसै अर्थमा बुझेर मेरो यो अनुभूतिमूलक लेख पढ्न र बुझ्न सबैमा अनुरोध गर्दछु । मैले यो लेखमा हाम्रा माननीय विष्णु पौडेल ज्यूलाई यहाँले पटक–पटक निर्वाचन जित्नुभएको रूपन्देही निर्वाचन क्षेत्र नं. २ बुटवलमा हजुरको नजर कत्तिको पुगेको छ, हजुरलाई बुटवलको खबर कसैले सुनाएको छ कि छैन ? तपाईंको शहर प्रदेश नं. ५ को
राजधानीमा के भइरहेको छ ? सूचनाबाट त अवश्य पनि विदितै हुनुहोला । नभए पनि आफ्नो निर्वाचन क्षेत्रको खबर समय–समयमा बुझ्ने र समयमै समस्या समाधान गर्दै जानुभयो भने तपाईंको जीवनभर निर्वाचन क्षेत्र भइरहने कुरामा कुनै विवादै छैन । तपाईं हाम्रो निर्वाचन क्षेत्रको प्रभावशाली सांसद, पूर्व अर्थमन्त्री, पटक–पटक मन्त्री भई हाम्रो गरिमा बढाई दिनुभएको हजुरप्रति हामी कृत–कृतज्ञ र सदैव ऋणि नै छौं ।
तपाईं पार्टीको उप–महासचिव हुनुहुन्छ, महासचिव, उपाध्यक्ष हुँदै नेकपा एमालेका अध्यक्ष हुनुपर्छ । मुलुकको प्रधानमन्त्री बन्नुपर्छ, हामी तपाईंको साथमा छौं । निर्भिकताका साथ अगाडि बढ्नुहोस् । हाम्रो हृदयदेखि नै शुभकामना छ । समस्त बुटवलवासीले पनि यही शुभकामना दिइरहेका छन् । हजुरले गौरवबोध गरे हुन्छ ।
हजुर पार्टी र राज्य संयन्त्रमा शक्तिशाली बन्दै गर्दा बुटवलवासी कमजोर र निरीह बन्दै गएका छन् । आतंकित भइरहेका छन् । बुटवल अब बस्न लायक ठाउँ भएन भनेर अन्यत्रै जान, बसाई सर्न खोजिरहेका छन्, हजुर पहिलेदेखि नै काठमाडौंमै बस्नु थाल्नुभयो, सबै काठमाडौं जान पनि सक्दैनन्, बस्न पनि सक्दैनन् । बुटवलमा बस्न कठिन भएपछि के गर्ने होला भनेर किंकर्तव्य बिमूढ भएका छन् ।
हजुर पार्टी र राज्य संयन्त्रमा शक्तिशाली बन्दै गर्दा बुटवलवासी कमजोर र निरीह बन्दै गएका छन् । आतंकित भइरहेका छन् । बुटवल अब बस्न लायक ठाउँ भएन भनेर अन्यत्रै जान, बसाई सर्न खोजिरहेका छन्, हजुर पहिलेदेखि नै काठमाडौंमै बस्नु थाल्नुभयो, सबै काठमाडौं जान पनि सक्दैनन्, बस्न पनि सक्दैनन् । बुटवलमा बस्न कठिन भएपछि के गर्ने होला भनेर किंकर्तव्य बिमूढ भएका छन् ।
अभिभावकविहीनजस्तो टुहुरा भएका छन् । सही कुरा बोल्दा डराउनु पर्ने स्थिति बुटवलमा सृजना भएको छ । यो कुरा हजुरलाई थाहा छ कि छैन ? मैले त यो लेखमा जनभावनाको प्रतिनिधित्व मात्र संकेतको रूपमा अभिव्यक्त गरेको हुँ ।
नेपाल राष्ट्र बचाउनका लागि कुनैबेला कर्णेल उजिर सिंहको नेतृत्वमा अंग्रेज उपनिवेशलाई समेत कुलेलम ठोकेर भाग्न बाध्य पार्ने बुटवल जितगढी वरिपरिका जनता अहिले अत्यन्तै पीडामा छन् । नेपालको निशान र वीरताको शान बनेको जितगढी किल्ला नजिकै विदेशी सेनालाई विधिसम्मत रूपमै भित्र्याई त्यस ठाउँको मौलिकता समाप्त हुने अवस्था सिर्जना भएको छ । यस्तो हुँदा पनि निरीह भएर जितगढी र पुरानो बुटवल वरिपरिका जनता सहन बाध्य छन् । पञ्चायतकालमा विरोध हुँदा त बरु जनगुनासो सुनिन्थ्यो अहिले त बोल्नै हुँदैन, हाम्रा नेता सबै उतैका भएछन् । बोले ज्यान बचाउन कठिन छ भन्छन् के भनम् बाबै ! यो देशमा वीरेन्द्र सरकारको वंशै नास हुँदा त कसैले थाहा पाउँदैन । मदन–भण्डारी र जीवराज आश्रितलाई त्रिशुलीमा फ्याँकेर मार्दा पनि कोही दोषी फेला पर्दैन, हाम्रो त के कुरा सुनुवाई हुन्छ र बाबु स्थानीय पाकापुस्ता भन्छन् । अहिलेका चल्ती फिर्ती नेताको कुरा गरी साध्य नै छैन बाबु उनीहरू भन्छन् ।
यता तिनाउ वारी खस्यौलीतर्फका जनताको कुरा गर्ने हो भने त झनै बेहाल छ यतिबेला । न दिनको भोक, न रातीको निद्रा भएका छन् उनीहरू । ठूलो विचल्ली छ, तनाव छ । तनावले कसलाई कतिबेला के हुने हो थाहा छैन । बुटवल ऐतिहासिक शहर त हो तर यसको विगतको भौगोलिक आयतन सानो हो । यो सानो भूगोलमा बसोबास, पेसा र व्यवसाय गरेकाहरू नै बुटवलवासीका रूपमा सुपरिचित भएका हुन् । बुटवलको ऐतिहासिकता र मौलिकता बचाउन यही सानो भूगोल (बुटवल–खस्यौली)का मानिसहरूको महत्वपूर्ण भूमिका रहेको छ । बुटवलको ऐतिहासिकता र मौलिकता बचाई राख्न बुटवल नगरको स्थापनादेखि यहाँसम्म योगदान पु¥याउन हुने सबैप्रति सम्मान प्रकट गर्दछु । बुटवलवासी हुने गौरव पछिल्लो पुस्तालाई पनि प्राप्त भएकोमा अग्रजहरूलाई यस घडीमा हृदयतः सबैले सम्मानपूर्वक नमन गर्नुपर्छ ।
बुटवलको परिचय अहिले फराकिलो भएको छ । ऐतिहासिक विराशत बोकेको बुटवल–खस्यौली सानो क्षेत्रमा अवस्थित छ । बुटवल फराकिलो हुँदै जाँदा बुटवलको गौरव बढाउने र इज्जत राख्नेहरूको सम्मान हुनुपर्ने हो । त्यसको ठाउँमा यतिबेला बुटवल–खस्यौलीका जनताहरू यति अपमानित हुन पुगेका छन् कि जसको वर्णन गर्न नसकिने अवस्था छ । उनीहरू आफ्नो अस्तित्व रक्षाका लागि संघर्ष गर्न विवश भएका छन् । उही बुटवल नगरपालिकाले घर–नक्सा पास दिएर बैंकबाट ऋण लिई आफ्नो अन्य भएको श्रीसम्पति बेचेर लामो समय लगाई बनाएका घरहरू अहिले बुल्डोजरले क्षणभरमा गल्र्याम्म भत्काउँदा त्यो परिवारमा कस्तो पीडा परेको होला ? यो कुरा जसले प्रत्यक्ष पीडा भोगेको छ उसलाई मात्र राम्रो गरी थाहा छ । संसारका विभिन्न मुलुकमा भएका विकासका मोडेलहरू हेर्दा पुराना बजारहरू सुरक्षित र कलात्मक ढंगले संरक्षण गर्दै भवन बनि नसकेको खाली जमिनको प्रयोग गरी सडकहरू बनाएको पाइन्छ । बुटवलमा भत्काउनै नपर्ने ठाउँका घरहरू भत्काएर जनतालाई दुःख दिएर के करामत देखाउन खोजिएको हो ? मैले बुझ्न सकेको छैन । विरोध गर्न पनि अप्ठयारो छ किनभने बुटवलमा अहिले ज्यान बचाउन धेरै कठिन छ । त्यता म धेरै प्रवेश गर्न चाहान्न ।
हाम्रा माननीयज्यूहरूलाई यो कुरा पनि अवश्य नै थाहा छ, रूपन्देही यतिबेला अपराधीकरणले आक्रान्त छ । यसमा हजुरकै इमान्दार कार्यकर्ताहरू पक्राउमा परेका छन् । होनहार युवा दुर्गा तिवारी र वसन्त पौडेलको हत्या भएको कुरा पनि यहाँले अवश्य थाहा पाउनुभएकै होला । यो रूपन्देहीमा भएका अपराधीकरणमा कुन–कुन पार्टीका कुन–कुन मान्छे परे, मुछिए, त्यसमा पनि कुन गुटका, कुन नेताका कति मान्छे संलग्न भएका रहेछन् त्यो कुरा पनि यहाँहरूलाई अवश्य नै थाहा होला ।
हजुर त ! बाल्यकालदेखि कम्युनिष्ट पार्टीमा लागेको इमान्दार व्यक्ति र नेतालाई त केही फरक परेन । त्यसमा पनि काठमाडौं सुरक्षा घेराभित्र बस्नुहुन्छ । त्यसमा पनि समस्या भएन, हामीलाई बुटवल बस्न साह्रै गाह्रो भयो हजुर ! सुरक्षा पाऊँ !
पहिला–पहिला त विचार आस्था आफ्ना ठाउँमा राखे पनि पत्रकारले देखेको कुरा लेखे हुन्छ भनिन्थ्यो अहिले त्यस्तो छैन । इमान्दार पत्रकारलाई ज्यान बचाउन झनै कठिन भयो हजुर । यहाँहरूलाई जानकारी नै छ बुटवलको तत्कालीन शोभा बोर्डिङ्ग रहेको जग्गा सार्वजनिक हो, व्यक्तिको हैन भनी जग्गा बचाउने समाचार लेख्दा त्यतिबेला पुरस्कृत गर्नुपर्ने पत्रकारहरूलाई उल्टै आस्था राख्ने पार्टीले कारवाही गरेको थियो भन्ने सुनियो । सार्वजनिक जग्गा व्यक्तिका नाममा जानी नजानी गलत सिफारिस गर्ने जिम्मेवारी व्यक्ति पार्टीमा ‘क्लिन’ भएका थिए रे । फेरि सुन्दै छु मैले अपराधीकरणको विरोध गर्दै फेसबुक र पत्रिकामा लेख छापेकोमा हालै एमाले रूपन्देहीका जिम्मेवार सदस्य सिद्धिचरण भट्टराईलाई ६ महिनाका लागि पार्टीले निलम्बन ग¥यो रे भन्ने हल्ला पनि मैले सुनेको छु, झूठो हो भने माफी पाऊँ । साथै मनोज पुनसँगको संलग्नतालाई जोडेर अनुसन्धानका लागि पक्राउमा परेका एमालेका होनहार कार्यकर्ता सुजु मल्ल र उत्तम आचार्यलाई उनीहरूले पार्टी र एमाले नेताहरूलाई चुनाव जिताउन खेलेको अहं भूमिकाको वस्तुगत ढंगले मूल्यांकन नै नगरी पार्टीबाट निस्काशन गरियो, यो दुःख लाग्दो कुरा भयो भनेर युवा संघका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज सुजु मल्लकी श्रीमती सृजना ताम्राकार मल्लले पत्रकार सम्मेलनमा व्यक्त गर्नुभएको कुरा पनि यहाँले थाहा पाउनु भएकै होला । अदालतले पुष्टी नगर्दासम्म कसैलाई पनि अपराधी भन्न पाईदैन ।
यसरी हेर्दा त्यो कारवाहीमा निलम्बन नै उचित हुन्थ्यो, निष्काशन नै गरिएको भनी जिल्ला अध्यक्ष शिवराज सुवेदीज्यूको वक्तव्य आयो, यसमा म धेरै पर जान चाहन्न । जस्तो बीउ रोपिन्छ, उस्तै फल फल्छ भन्ने उखान छ त्यो यथार्थ पनि हो । लेख्दा लेख्दै मैले सुनेको छु, शोभा बोर्डिङ्गको सरकारी जग्गा व्यक्तिको नाममा दर्ताका लागि बिगतमा अच्छा रूपमा सिफारिस हुँदा त्यसको विरोध गर्नेलाई कारवाही गराउनमा सक्रिय तत्व पनि अहिले त्यही जग्गाको नजिकै नेपाल राष्ट्रिय शिक्षक संगठन रूपन्देहीका पूर्व अध्यक्ष बुद्धिसागर भट्टराईज्यूको व्यक्तिगत लालपूर्जा भएको जमिनमा कानूनकै बर्खिलाप गर्दै कुनै सोधपुछ नै नगरी ढुङ्गा गिट्टी झारिएको छ रे, यसले गर्दा उहाँ अत्यन्तै आहात हुनु भएको छ भन्ने सुनेको छु । उहाँ पनि हजुरको अच्छा कार्यकर्ता हो, हजुरले दया गर्नु त परेन तर अन्याय हुनबाट जोगाउनु होला भन्ने मेरो अनुरोध छ ।
कुरा गर्न त अरू पनि धेरै थिए । सम्भव भए भेटेर भनौंला । त्यो सम्भव भएन भने फेरि लेखौंला, आजलाई यत्ति नै । कुनै गल्ती भए माफी पाऊँ । जो आदेश ! जो हुकुम !
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक