यदि तपाईं १०० वर्षसम्म बाँच्नुहुन्छ भने तपाईं विशेष समूहमा पर्नुहुन्छ। वैज्ञानिकहरू यसबारेमा अध्ययन गरिरहेका छन्। तर के यस्ता व्यक्तिहरूमा मुटुको, मधुमेह, हाडजोर्नीको वा कुनै प्रकारका रोग लाग्दैनन्? अथवा उमेरका कारण हुने अन्य कुनै समस्याबाट उनीहरू सुरक्षित हुन्छन्? यस अध्ययनमा सहभागी धेरैजसो विज्ञहरूको निष्कर्ष यो छ कि शताब्दी उमेर बाँच्नेहरूसँग केही ‘एन्टी एजिङ सेक्रेट’ हुन्छ, जसका कारण उनीहरूमा उमेरजन्य समस्याबाट बचाउ गर्छ। अध्ययनका अनुसार शताब्दी बाँच्नेहरूमा धेरै यस्ता जिनहरू हुन्छन्, जसले सामान्य जीवनकालभन्दा लामो समय बाँच्न सहयोग गर्छन्। तर स्ट्याण्डफोर्ड विश्वविद्यालयका डेभलपमेन्टल बायोलोजी एण्ड जेनेटिक्सका अनुसन्धाता प्राध्यापक स्टुआर्ट किमले नेतृत्व गरेको अध्ययन प्रतिवेदन पीएलओएस जेनेटिक्सले यस बारे केही बोलेको छ। उनले एउटा विरोधाभाष पत्ता लगाए कि शताब्दी
बाँच्नेहरूसँग केही यस्त जिनहरू हुन्छन्, जसले ठूला क्रोनिक रोगहरूबाट जोगाउँछन्। यसको मतलब यो होइन कि यस्ता मानिससँग केही बुढ्यौलीबाट बचाउने जिन हुँदैनन्। तर १०० वर्ष बाँच्नेहरूले रोगको अनुभव भने छोटो आयु बाँच्नेले भन्दा कम गरेका हुन्छन्। किमको अनुमान थियो कि रोगका जिनले १०० वर्ष बाँच्ने आयु घटाउन सक्छन्। यही आधारमा उनी ज्ञात रोगको विश्लेषण गर्नतिर लागे। ‘यसपछि हामी वास्तवमा केले शताब्दी उमेर बाँच्नबाट समस्यामा पार्छ भन्नेमा केन्द्रित भयौँ’, उने भनेका छन्। अध्ययनको तथ्यांकले लामो आयु बाँच्नुका पाँच कारण देखायो। यीमध्ये चारवटा चिरपरिचित रहेका छन्, ती अल्जाइमरसँग सम्बन्धित रहेका छन्। तीमध्ये एउटा क्षेत्र मुटुको रोगसँग सम्बन्धित छ, जुन जिन ए, बी र ओ रक्त समूहसँग उत्तरदायी हुन्छ र अर्को रोग प्रतिरोधात्मक प्रणाली एचएलए हो, जसलाई अंग प्रत्यारोपणका लागि निकाल्न ‘म्याच’ हुनु अनिवार्य हुन्छ। यी कुराहरू लामो आयुसँग सम्बन्धित हुन्छन्। उदाहरणका लागि अल्जाइमर जिन, एपीओई, छोटो आयुसँग सम्बन्धित हुन्छ। तर मुटु रोग कोषिकाको आयु र ओ रक्त समूह उत्तम स्वास्थ्य र जीवनसँग सम्बन्धित हुन्छ। पाँचौँ कारण यस्तो छ, जुन यसअघि दीर्घजीवनसँग सम्बन्धित ठानिएको थिएन। किमले यसले कसरी दीर्घजीवनमा सहयोग गर्छ भन्ने प्रस्ट पार्न नसके पनि जिनमा आउने परिवर्तनले एएलएस जस्ता स्नायुसम्बन्धी रोगबाट बचाउ गर्छ भन्ने तथ्य पत्ता लगाएका छन्, जसका कारण मानिस लामो समयसम्म बाँच्न सक्छ। ‘यो स्वाभाविक देखिन्छ कि रोगबाट जोगिनु पनि लामो आयु बाँच्न सक्नुको एउटा कारक हो’, किमले भनेका छन्, ‘तर यहाँ यस्तो विश्वास छ कि लामो आयु बाँच्नेहरू ‘एन्टी एजिङ जिन’का कारण बाँचिरहेका छन्, मलाई लाग्छ उनीहरू गलत छन्।’ किमको टोलीले पत्ता लगायो कि लामो आयु बाँच्नेहरू प्रायः बिरामी हुँदैनन्। किमले भनेका छन्, ‘यस्ता मानिसहरू हुनसक्छ केही ‘एन्टी एजिङ फ्याक्टर’का कारण पनि लामो समय बाँचेका हुनसक्छन्, जुन अनुसन्धाताले अहिलेसम्म बाहिर ल्याएका छैनन्।’ - एलिस पार्क

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक