-यादव शर्मा
देशको अधिपति बन्न दुर्योधनी भूमिकामा ‘साहस’का साथ लागिपरेका माओवादी अध्यक्ष प्रचण्ड सार्वजनिक रूपमै भक्कानिएर रोएको देख्नुपर्ला, देशवासीहरूले सोचेका थिएनन् । राजनीतिक भूमिकामा पराजय भोग्नुपरेको अवस्थामा बाहेक अन्य कुनै कुराले प्रचण्डलाई दुःखी बनाउँछ भन्ने ठानिँदैनथ्यो । जीवनमा अनेकौँ उतारचढाव व्यहोरेका, हजारौँ युवाको रगतसँग नाता गाँसेका र निजी खुसीसँग टाढिएर सार्वजनिक हितमा समर्पित भनी एकथरी मानिसले ठानेका प्रचण्डले पनि पुत्र विछोडको पीडा सहन लुकाउन सकेनन् । नन्दप्रसाद अधिकारीले पुत्रशोकमा द्रोणचार्यलेझैँ जीवन परित्याग गरेका थिए, सोही तहको शोक प्रकट गर्ने स्थितिमा त प्रचण्ड रहेनन् । तर, पूर्वीय परम्परामा पुत्रशोकलाई सर्वाधिक गहिरो र दीर्घकालिक प्रकृतिको मानिन्छ ।
आफ्नो एक मात्र जवान पुत्रलाई गुमाउनुपर्दा ज्ञानेन्द्र खड्का, नन्दप्रसाद, मुक्तिनाथ अधिकारी र डेकेन्द्रलगायतका निर्दोषहरूको मातापितालाई परेकै स्तरको शोकमा प्रचण्ड पनि परे, यतिबेला उनलाई
हामी सबैको सहानुभूति र साथको खाँचो छ । प्रकाश प्रचण्डका छोरा त थिए नै, उनको स्वकीय सचिव, व्यवस्थापक तथा विश्वास र भरोसाका साथी पनि थिए । प्रकाशमाथि प्रचण्डको जुनस्तरको भरोसा देखिन्थ्यो, त्यसलाई दृष्टिगत गर्दा उनले कति ठूलो क्षति महशुस गरेका होलान्, त्यसको अनुमान गर्न सकिन्छ ।
मानिसले जीवनमा आफूलाई अघि बढाउने क्रममा जति ठूलो जोखिम उठाउँछ, त्यति नै उसले आफूलाई असुरक्षित पनि महसुस गरिरहेको हुन्छ । आफ्नो कर्मका कारण ओसामा बिन लादेनले बाँचिञ्जेल कहिल्यै सुरक्षित महसुस गरेनन्, एउटा जीवन बिताउन पनि उनले अनेकौँ हथकण्डा अपनाउनुप¥यो । इष्टमित्र, साथीभाइ र परिवारका सदस्यहरूमाथि समेत भरोसा गर्न नसक्ने स्थितिमा लादेन पुगेका थिए । संसार हल्लाउने महत्वाकाङ्क्षा पालेका लादेनको आफ्नै संसारचाहिँ मुसाको झैँ अत्यन्त सङ्कुचित र साँघुरो बनेको थियो । कदम–कदममा सर्पझैँ सचेत भएर हिँड्दा पनि आखिर उनले आफूलाई जोगाउन सकेनन् ।
दाउद इब्राहिमले पनि कुनै समय पूरा दक्षिण एसिया हल्लाएका हुन्, विगतको जोखिमपूर्ण भूमिकाका कारण उनी पनि अत्यन्त सचेततापूर्वक पूरा जीवन बाँच्ने प्रयास गर्दै छन् । प्रचण्डलाई बिन लादेन या दाउदको कोटिमा राखेर हेर्नु त नपर्ला, तर सत्ताको केन्द्रबिन्दुमा पुग्ने तुच्छ निजी महत्वाकाङ्क्षा पूरा गर्न नेपालमा उनले जे गरे र उनकै कारण देशले जुन प्रकारको समस्या झेलिरहनुपरेको छ, योचाहिँ नेपालको इतिहासले भुल्न सक्ने ठानिएको छैन । जंगबहादुर राणाको समयमा संविधान र जनप्रतिनिधिमूलक व्यवस्था थिएन । हिंसा, षड्यन्त्र र छलकपटका आधारमा भीमसेन थापाले तीन दशक शासन गरेको हेरेका जंगबहादुरमा प्रजातान्त्रिक चेतको आशा गर्नु पनि उचित नहोला ।
क्रान्तिका नाममा दश वर्ष र शान्तिका नाममा अर्को बाह्र वर्ष बिताइसकेपछि प्रचण्ड फेरि उही जनताबाट चुनिएर मात्र सत्तारुढ हुन पाइने ठाउँमा आइपुगेका छन् । जब यसरी चुनावी प्रक्रियाबाट सत्तामा पुग्ने अवधारणालाई स्विकार गर्नु थियो भने बाइस वर्षअघि नै हिंसाको बाटो नपअनाएको भए देश र जनताले यति ठूलो क्षति व्यहोर्नुपर्ने थिएन भन्ने आमजनताको ठहर छ ।
तर, कोत र भण्डारखालमा गरी जम्मा २३ जनाको मात्र ज्यान जानुले जंगबहादुर सकेसम्म हिंसा गर्न चाहँदैनथे भन्ने दर्शाउँछ । देशले प्रजातान्त्रिक प्रणाली अवलम्बन नगरेको स्थितिमा भीमसेन थापाको शैलीलाई पछ्याउँदै उनी जुन रूपमा सत्तारुढ हुन पुगे, त्यसैकारण अहिलेसम्म जंगबहादुरलाई धेरै मानिस सकारात्मक रूपमा ग्रहण गर्न खोज्दैनन् । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, धर्म, शिक्षा, कानुन, सुरक्षा, प्रेस, समाजसुधार, विकास र देश हितका दर्जनौँ सुधारकार्य गरेर पनि जंगबहादुरले हिंसालाई साधन बनाएका कारण नेपाली समाजले उनलाई नायकको रूपमा स्वीकार गर्न आनाकानी गरेको हो । सत्तामा रहेको तात्कालिक समाजमा त जंगबहादुर पनि स्तुत्य, प्रतिष्ठित र शक्तिशाली भएकै हुन् । सबैले उनको जयजयकार पनि गरेकै थिए, अन्ततः इतिहासले जंगबहादुरलाई अझै पनि खलपात्रका रूपमा चित्रण गरिरहेकै छ ।
यता प्रचण्डले सत्ताको अधिपति बन्ने निजी महतवकाङ्क्षा पूरा गर्न जतिबेला हिंसा र विध्वंसको बाटो अपनाए, त्यतिबेला नेपालमा प्रजातन्त्र स्थापना भएको पाँच वर्ष मात्र पूरा भएको थियो र प्रचण्ड तथा प्रचण्डहरू निर्वाचनमार्फत जनताको मन जितेर सत्तारुढ बन्न सक्ने वैधानिक मार्ग प्रशस्त थियो । निर्वाचनमार्फत शान्तिपूर्ण ढङ्गले सत्तारुढ हुन पाइने कानुनी व्यवस्था र प्रजातान्त्रिक प्रणाली स्थापित हुँदाहुँदै प्रचण्डले हिंसा र विध्वङ्सको बाटो रोजे, देशमा खर्बौंको क्षति पु¥याए र हजारौँ निर्दोष नागरिकले बिनाकारण ज्यान गुमाए । यही अवधिमा उनले अघि सारेका एजेण्डाका कारण देशको मौलिक पहिचान, मौलिक धर्म, परम्परा, संस्कृति, सामाजिक एकता, जातीय तथा क्षेत्रीय सद्भाव, राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिक सत्तासमेत सङ्कटमा परेको छ । क्रान्तिका नाममा दश वर्ष र शान्तिका नाममा अर्को बाह्र वर्ष बिताइसकेपछि प्रचण्ड फेरि उही जनताबाट चुनिएर मात्र सत्तारुढ हुन पाइने ठाउँमा आइपुगेका छन् । जब यसरी चुनावी प्रक्रियाबाट सत्तामा पुग्ने अवधारणालाई स्विकार गर्नु थियो भने बाइस वर्षअघि नै हिंसाको बाटो नपअनाएको भए देश र जनताले यति ठूलो क्षति व्यहोर्नुपर्ने थिएन भन्ने आमजनताको ठहर छ ।
प्रचण्डहरूले हिंसात्मक युद्ध सुरु गर्नुअघि र पछिको नेपाललाई तुलना गर्ने हो भने एउटा विस्मातपूर्ण तस्बीर हाम्रो साम्मुन्ने खडा हुन आइपुग्छ । आर्थिक विकासको गति, औद्योगिकीकरण, राष्ट्रिय एकता र सार्वभौमिकता सबलीकरण, भ्रष्टाचार नियन्त्रण, रोजगारी प्रवद्र्धन, सुरक्षा र विकासलगायतका मानकहरूलाई आधार बनाएर अध्ययन गर्दा प्रचण्डहरूको उदयले देश निर्माण होइन देश विघटनको प्रक्रिया आरम्भ गरेको पुष्टि गर्दछ । देशप्रति कसैमा पनि जिम्मेवारीबोध नहुने र राज्यसंयन्त्रलाई केवल लुटको साधन बनाउने काम शताब्दी लामो राणाशासनमा पनि नभएको महसुस आमनेपाली नागरिकले गरेका छन् । देशलाई यस्तो अवस्थामा पु¥याउन पर्दा पछाडि बसेर जो–जसले भूमिका निर्वाह गरेका भए पनि प्रकट पात्र अर्थात् निमित्त नायक प्रचण्ड नै बनेका हुन् । राणाकालमा राणाहरूको जयजयकार भएझैँ लोभी र डरपोकहरूबाट प्रचण्डहरूको समेत अहिले जयजयकार भइरहेको छ भने पनि देश बाँचेछ भने भोलिको इतिहासले प्रचण्डको कालखण्डलाई ‘सर्वाधिक दुर्भाग्यपूर्ण र अन्धकारको समय’का रूपमा चित्रण गर्ने निश्चित छ ।
जंगबहादुर राणा सत्तारुढ हुने क्रममा मारिएका दुई दर्जनभन्दा कम मानिस साधारण नागरिक थिएनन् । ती सत्ताको वरिपरि कुनै न कुनै जिम्मेवारी लिएर बसेका थिए । प्रचण्डले झैं भिन्न विचार बोकेको, गाउँ–ठाउँमा विभिन्न कारणले लोकप्रिय र प्रतिष्ठित बन्न पुगेको, राज्यलाई कुनै न कुनै रूपले सहयोग गरेको तथा आफूलाई चन्दा नदिएकोजस्ता आरोपमा जंगबहादुरले खोजी–खोजीकन मानिसको हत्या गराएका थिएनन् ।
प्रचण्डले सुरु गराएको हिंसात्मक सङ्घर्षका कारण हजारौँ चेली विधवा बन्नुपरेको, लाखौँ मानिस आफ्नै मुलुकमा शरणार्थी हुन बाध्य भएको, हजारौँ बालबालिका टुहुरा बनेको र हजारौँ आमाबाबुले सन्तानशोकको पीडामा जीवन गुजार्नुपरेको तथ्य प्रचण्डले भुले पनि पीडित तथा पीडाका साक्षीहरू कसैले पनि भुल्न सकेका छैनन् । अरू त अरू जसलाई जनवादी राज्यसत्ताको सपना देखाएर मृत्युमैदानमा पठाइयो, बाँच्न सफल ती ‘योद्धा’समेतको मन कुँडिएको छ । देशको मुहार फेर्न भन्दै जीवन अर्पण गरेर युद्ध–भूमिकामा कुदेका ती युवा यतिबेला आफ्नो जीवन गुजाराका लागि मरुभूमिमा कुद्दै छन् । पचास डिग्री सेल्सियस तापको मरुभूमिमा तिनको पाइतालाभन्दा बढी मन पोलेको सहज महसुस गर्न सकिन्छ ।
त्यसैले पुत्रशोकमा प्रचण्ड भक्कानिएर रुँदा सिङ्गै देश रुन खोजेन । बरु यस घटनाबाट मानिसले गरेको पापकर्मको फल यसै जनममा भोग्नुपर्ने रहेछ भन्ने सन्देश पो प्रवाहित भएको छ । प्रकाश दाहालले अल्पायुमै जीवन गुमाउनुपरेकोमा हरेक मानिस दुःखी छन्, उनको निधनमा सर्वत्र शोक प्रकट भइरहेको छ । मानवीय संवेदना भएका हरेकले प्रकाशको निधनप्रति वेदना र दुःख महसुस गरेका छन् । प्रकाशकी धर्मपत्नी र दुई टुहुरा सन्तानप्रति सहानुभूति प्रकट नगर्ने सायद कुनै नेपाली छैनन् । तर, प्रचण्डको आँसुमा आँसु मिसाउन सबै नेपाली तयार भएनन्, विगतको हिंसा र पापकर्मका निम्ति प्रायश्चित नगरेसम्म सायद आमनेपालीले प्रचण्डप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउने छैनन् ।
( घटना र विचारमा यादव शर्माले लेखेको एउटा लेख अत्यन्त समसायिक लागेर यहाँ पनि प्रस्तुत गरिएको हो - सम्पादक )
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक