- महेश भट्टराई, अमेरिका
नेपाल हुदा बाबुआमाको काखमा पले पढेका केटाकेटीहरू १९-२० को उमेरमा नै एक्कासी घर छाडी बिदेश पढ्न जानु सहज भने पक्कै पनि हुदैन । मम्मी यस्तो खान मन लाग्यो, वावा यस्तो चाहियो भनि राजकुमार र राजकुमारी झै पुलुलिएर बसेका छोराछोरी बिदेशी भुमीमा एक्लै संघर्ष गर्नु सजिलो कुरा हुदै होइन ।आफ्नै ठुला ठुला महत्वकांक्षा र साथीभाईहरूको लहैलहमा लागेर बिदेश जाने लहड हुनाले बाबुआमा संग गुनासो र दुख पोख्ने खासै सहज पनि मान्दैनन। बिदेश भएका आफन्त भन्नेहरूले पनि मुखले ठिक्क हुन्छ नि “सकेको सहयोग भै हाल्छ नि “ भने पनि आफै घुन पिसाई र संघर्ष को जिवन बाच्नु परेकाले खासै सहयोग भने गरेको पाइदैन ।आफ्नै रोजाइ र खुशीले बिदेश पढ्न आएको कारणले पनि बाबुआमालाई आफ्नो दुख भन्न वा देखाउन पटक्कै चाहदैनन । जब दुख पर्न थाल्छ तब बिस्तारै बाबुआमाले दिएको मायाप्रेम र शुख
सुबिधाको याद भने पक्कै आउन थाल्छ । तेहि मायाप्रेमको भारिले थिचिएर पनि आफ्नो दुख बाबुआमा लाई भन्न डराउछन र आफु भित्र भित्रै पिल्सिएर बस्छन ।केहि हद सम्म American life style - २२ बर्ष पछि घर छाडि अलग्ग बस्ने, आफ्नो काम गर्ने, Loan लिएर पढ्ने, आफ्नै खुट्टा आफै उभिन प्रयत्न गर्ने चलनले पनि प्रभाव पारेको हुन्छ । यसले केहि हदसम्म उनिहरूको शहन शक्तीमा मलमपट्टी लगाएको हुन्छ ।प्राय जसो नेपालबाट आउने बिधार्थीहरू public अलि remote area का university वा community college हरूमा आएको पाइन्छ । केहि बिधार्थीहरू full वा केहि discount मा आए पनि बाकि रकम र अन्य खर्चहरू पुर्याउन सजिलो पटक्कै हुदैन । स्पष्ट रूपमा भन्नु पर्दा student हरू तान्नको लागि नै scholarship के जालों फालिएको हुन्छ । international students को फिस करिव १०-१५ हज़ार प्रति semester अर्थात double नै लिएका हुन्छन।नेपालबाट private university हरूमा आउने हरूको संख्या हातमा गन्न सकिन्छ अर्थात निकै नै महड्गो हुनाले करोड़पति कै छोराछोरी हुनुपर्दछ । ९०% public university मा पढ्न आउने बिध्यार्थीहरू पनि यो फिसको भार थाम्न नसकी second year मा community college हरूमा transfer गर्दछन । जहाँ ५०% नै फि कम पर्ने हुन्छ।यस पछि उनीहरूको बास्तवित दुखको कथा ब्यथा शुरू हुन्छ ।पहिलो बर्ष मै उनिहरूले सुनेको र TV/internet हेरेको America भन्दा फरक भएको महसुस गरिसकेका हुन्छन । बच्चा छदा पल्लो घरको दाईले अमेरिका हेर्छस भनि दुबै कानमा समाती जुरूक्क उचाली रहदा “देखिस देखिस “ भनेर सोद्दा दुखाइले सहन नसकी “देखे देखे “ भनि आखाभरि आँसु लिदै उन्मुक्ती पाएको यथार्तता संग ठिक्क मिल्न आउछ।Community college transfer गरे पनि ५-७ हज़ार प्रति semester fees तिर्नु नै पर्ने हुन्छ । धेरै जसो बिध्यार्थीहरूले नेपालमा parents संग पैसा माग्न चाहदैनन वा parents ले पनि पैसा पठाउन खोज्दैनन। कतिले college dropout गरि illegal status मा बसेका त कति नराम्रो लतमा फसेर जिवन नै बर्बाद पारेका समेत पाइन्छ ।करिब ५% बिध्यार्थीहरूले मात्र 4 year-university मै बसेर bachelor complete गरेर राम्रो जागिर खाएर सफलता पाएका हुन्छन ।बिध्यार्थीहरूले झेल्नु पर्ने प्रमुख समस्याहरू :कोठाको समस्या : कानुनी आम्दानीको स्रोतको अभावमा आफ्नो नाममा कोठा नपाउने हुनाले अन्य साथीहरू संग मिलेर बस्ने वा कुनै परिवार संग बस्नु पर्ने बाध्यता हुन्छ । single बस्न कोठा पनि मंहड्गो पर्दछ । नेपाल एउटा कोठामा राज गरेर बसेको बानी एक्कासी संगै बस्दा अनेकौ अप्ठ्यारा हरू झेल्नु पर्ने हुन्छ । कुरा नमिल्दा, काम र कलेजको कारणले कहिलेकाही त बिरालोले पाठों सारे झै कोठा सरिरहनु पर्ने हुन्छ । जुन अत्यन्तै पीड़ादायी हुन्छ ।lआर्थिक अभाव :
काम :कलेजको फिस, बसेको भाड़ा, खाना खर्च, यातायात,लुगाकपडा, Iphone/laptop खर्च गर्ने ठाऊहरू यति धेरै हुन्छ कि सधै ना पैसाको अभाव मै बाच्नु परेको हुन्छ । जुन कुरा नेपालमा एक चुड्कीको भरमा माग गरे मिल्दथ्यो ।
student visa मा आएका हरूको लागि कानुनी रूपले university भित्र मात्र २० घन्टा (week) मात्र काम गर्न पाइन्छ । तर त्यो पाइने चान्स धेरै नै कम हुन्छ । बाध्य भै illegal तरिकाले बाहिर काम गर्नु पर्दछ। यसरी काम दिनेहरू बिदेसी संग अनुनय विनय गरेर, रोएर, हात जोडेर थोरै ज्यालामा पैसाको लागि ८०/९० घन्टा सम्म पनि काम गर्न बाध्य हुन्छन । जिवनभर फ्रिजबाट पानी सम्म आफ्नो हातले झिकेर नखाएका मानिस , जुन काम उनिहरूको लागि अति नै पिडादायी हुन्छ ।
यातायात :
सड़कको जालों जति नै फिजिए पनि आफ्नो साधन नभए पछि केहि काम लाग्दो रहेनछ । ठाऊ हेरि जाडोमा माइनस, हिऊमा र गर्मी तराईमा भन्दा बढि गर्मीमा २-४ miles हिड्नु वा गाड़ी कुरेर बस्नुको पिडा दुख भोग्ने लाई मात्र थाहा हुन्छ । गाड़ी किनि हाल्यो भने पनि Insurance, gas, maintenance र कारकों किस्ता खर्च र आर्थिकभारले धुरूक्कै रूवाउछ ।College/ University: कलेजमा आफ्नो student visa status बनाई राख्नको लागि कम्तिमा 12 credit hours per semester लिनै पर्ने बाध्यता हुन्छ । जसले गर्दा जति नै मानसिक वा आर्थिक तनाव भए पनि कलेजमा break लिन वा quit गर्न मिल्दैन ।मानसिक दवाव :
नेपालको सुखसुविधाको संझना, आफ्नै महत्वाकांक्षी योजना, illegal काम गर्नु पर्ने बाध्यता , स्वार्थी American life style , कड़ा नियम कानुन, social security record, कड़ा काम, पढाइको दवाव, आर्थिक समस्या, sharp competition, high technology , parents expectations , कसरी Green card पाउने भन्ने tension ... आदीले दैनिक रुपमा मानसिक तनाव झेल्नु परिरहेको हुन्छ तर share गर्ने मनले खाएको आफ्नो कोहि हुदैन ।यता नेपालमा parent हरू मेरा छोराछोरी अमेरिका पढ्न गएको छ भनेर गफ चुटेर महत्वाकांक्षी योजना सहित मख्ख परेर पार्टी खाएर रेष्टुरेन्टमा tips दिन्छन , उता छोराछोरी रेष्टुरेन्टमा काम गरेर tips बटुल्छन ।यता parents ठुलो महलमा काम गर्ने मानिस समेत राखेर मौजमस्तीमा बस्छन । उता छोराछोरी ४-५ जना एउटै कोठामा गुडिल्को परेर बस्छन ।यता parents Driver राखेर अफिसको पजेरो चढ्छन, उता छोराछोरी खुट्टामा फोड़ा पर्ने गरि कठ्याग्रिने चिसोमा २-४ माइल झोला बोकेर हिड्छन ।यता parents महल गै brand का लुगा लिन्छन , उता छोराछोरी कता २ पैसा सस्तो छ भनि sale का सामान किन्छन ।यता parents घुम्ने कुर्चीमा दिनभर घन्टी बजाएर order गर्छन, उता छोराछोरी दिनभर उभिएर खुट्टा सुनिदा सम्म काम गर्छन ।नेपालमा भएको वाबुआमाको संम्पत्ती वा पदले कुनै प्रभाव पर्दैन । चाहे जुन सुकै पदमा CDO/DSP हुन वा कर्नेल/ जर्नेल, उप सचिव/ सचिव हुन वा financials/ Bank Manager, उधौग ब्यापारी हुन वा शांसद/मंत्री जुन सुकै अरबपति वा करोड़पति का छोराछोरा हुन करिब ९५% नेपाली बिदेशी बिध्यार्थीहरूको यथार्त कथा ब्यथा सबैको यस्तै नै हुन्छ ।जति माथीको status वा level हुन्छ तेति नै तल झर्नु पर्ने बाध्यता हुन्छ । किनकी सबैले शुरूआत zero बाट शुरू गरु गर्नु पर्ने हुन्छ ।समाधानका प्रमुख उपायहरू :आर्थिक समस्या : चार बर्ष bachelors complete हुदा सम्म लाग्ने जम्मा खर्च छोराछोरीलाई भर्ना सकिदैन भने बिदेश नपठाउने ।Communication: छोराछोरी संग नियमित सम्पर्क मा रहने र उनिहरूको कुरा सुन्ने बुझ्ने र दुखमा साथ दिने ।सोचमा परिबर्तन : पैसा र संम्पत्ती तिन पुस्तालाई कमाएर राख्नुको सट्टा ब्यबहारमा छोराछोरीको खुशीको लागि खर्च गर्ने ।छोराछोरी : बाबुआमाले दुख गरेर कमाएको संम्पत्ती हाम्रै लागि हो भनेर चार बर्ष bachelors गर्दा सम्म यताउता नलागि parents संग पैसा मागेर ध्यान लगाएर पढ्ने ।American life style: अब म २२ बर्षको भए , म आफ्नै खुट्टामा उभिन्छु, बाबुआमा संग केहि माग्दिन भन्ने अमेरिकी सोच त्याग्ने ।चेतनामुलक कार्यक्रम : स्कुल, कलेज र गाऊँ गाऊमा सरकारद्दारा बिदेश जाने महामारी रोग बारे समालोचनात्मक शिक्षामुलक जनचेतना जगाउने कार्यक्रम चलाउने ।हामी सबैले छोराछोरी 10+2, A, O level सके पछि बिदेशै जानु पर्छ वा पठाउनु पर्छ भन्ने सोचमा बेलैमा परिबर्तन ल्याउन सकिएन भने अबको १० बर्षमा हलों जोत्ने गरिव किसानको छोराछोरी बाहेक अरू युवा नेपालमा रहने छैनन ।यसरी बिदेशमा आफैले दुख कष्ट गरेर पढ़ाई सके पछि न यी छोराछोरी नेपाल फर्कनेछन न त बाबुआमा लाई सेवा गर्लान भनेर आसा राख्ने ठाऊ नै छ । अनि कतिले यसरी नै depression मा परि आत्महत्या गर्न बाध्य हुनेछन ।चेतना भए बेलैमा सबैले आखा खोल्न जरुरी छ ।
अरु धेरै समाचार र का लागि तलको होम पेजको लिँक क्लिक गर्नुस्for more news views click this Home Page Link
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक