- बिन्दु भण्डारी
( हाम्रो आफन्त खलकमा पत्रकारिता, कलाकारिता, साहित्यिक क्षेत्र, रेडियो टेलिभिजन सबै तिर अग्रसर भएको म पहिलो सदस्य थिएँ । म चाहन्थेँ म सँगसँगै अरु धेरै मेरा आफन्तहरु पनि मलाई फलो गरुन । दाई भाई दिदीहरु तर्फ कोही आकर्सित नभए पनि छोरी सुस्मा नाच्न, गाउन अग्रसर छ, रहर गर्छे उ । छोरो ज्ञानन जहाजवाला इन्जिनियरिङ्ग बाहेक मेरा क्षेत्र तिर खासै आकर्सित भएन । भाई ॠषि बिजनेश तिर हात हाल्यो । आज मेरी बहिनी बिन्दु जो जन्मे देखी ठुली हुँदा सम्मका सबै पल मेरो आँखा अंगाडी छन, म उसलाई अहिले पनि बच्चै देख्छु उ बच्चाको आमा भैसके पनि । उसले एउटा लेख लेखिछ कान्तिपुरमा । मैले यस अगाडि उसको कहिलै लेख पढेको थिइन आज दोहोर्याएर पढें । एकातिर उसले लेख लेख्न थालेको खुशीयाली त छँदै थियो नै त्यस माथि उसको लेखको बिषयबस्तुमा आँखा लगाएँ बहिनी बुझ्ने भैछ । बुझाउन सक्ने भैछ खुशी लाग्यो, मन आनन्दित भयो । जिबनका करिब अढाइ दशक सक्रिय पत्रकारिता (छापा पत्रकारिता, रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता र पछिल्लो ९ बर्ष अनलाइन पत्रकारिता) मा बिताएको मैले आज अलग्गै अनुभुती गरेँ । मेरो मनलाई आनन्दित तुल्याएकी मेरी बहिनी बिन्दुले अब लगातार लेखिरहोस, कलम चलाइरहोस शुभकामना र उसलाई प्रोत्साहन स्वरुप उसको लेख तल प्रस्तुत गरेको छु । धन्यवाद - रामप्रसाद खनाल)
*****************
परापूर्व कालदेखि नै महिलामाथि महिला भएकै कारणले धेरै हिंसा हुँदै आएका कारण व्यवहारमा महिला हिंसालाई नै लैंगिक हिंसा मानिँदै आएको भए तापनि लैंगिक हिंसा भनेको महिलामाथिको हिंसामात्र नभई, पुरुष र फरक लिङ्गी समुदाय अर्थात् यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई उनीहरूको लिङ्गको
आधारमा गरिने हिंसा पनि हो ।
आजभन्दा ७००० वर्ष अघिदेखि नै समाजमा लैंगिक अवधारणा र विकासमा विरोधाभास रहेका प्रमाणहरू भेटिन्छन् । ऋग्वेदमा बिभिन्न देवीहरूको उल्लेख गरिएको र देवासुर संग्राम हुँदा दानवहरूको शक्ति क्षीण पार्न देवीहरूको प्रयोग गरिन्थ्यो भन्ने पौराणिक कुराबाट के प्रस्ट हुन्छ भने प्राचीन समाजमा पनि युद्ध र राजनीतिमा महिलाको महत्त्वपूर्ण स्थान रहेको थियो । तर पौराणिक कुरालाई नै आधार मान्ने हो भने वैदिककालमा भगवान रामचन्द्रले लंकाबाट फर्केपछि शंका हटाउन आफ्नै धर्मपत्नी सीतामाथि अग्निपरीक्षा मार्फत उनको पतिव्रताको परीक्षण गरेको विषयलाई महिला हिंसाकै रूपमा लिन सकिन्छ । सँगसँगै सीताको अपहरणपछि समेत रावणले उनको रक्षा गरेको घटनाले नारीहरू भोगविलासको साधन नभई घर तथा समाजको इज्जत हुन् भन्ने कुराको संकेत गर्छ । महाभारत काल (ईपू ३२००) मा पनि बहुपति र बहुपत्नी प्रथा तथा द्रौपदीको वस्त्रहरण गरेको कार्यबाट लैंगिक हिंसा रहेको प्रस्ट हुन्छ । यस्तो सोचलाई त्यसपछि विकास भएका धर्म सम्प्रदाय, जस्तै— इस्लाम (ईपू ७००), बौद्ध (ईपू ५००), क्रिस्चियन (ईसं सुरु) आदिले कायमै राखेको सम्बन्धित धर्मशास्त्रहरूले बताउँछन् । मनुस्मृति कालसम्म आइपुग्दा नारीलाई हेर्ने विरोधाभासपूर्ण दृष्टिकोण कायमै रहेको कुरा स्वयम् मनुस्मृतिको दस्तावेज प्रमाणको रूपमा रहेको छ । लैंगिकताको सन्दर्भमा यस्तो विरोधाभासपूर्ण मान्यता हिन्दु समाजमा एक विरासतको रूपमा हालसम्म पनि कायम रहिआएको पाइन्छ । यस मान्यताले महिलाको व्यक्तिगत स्वतन्त्रता र विकासमाथि प्रहार गरेको छ भन्ने वर्तमान उत्तरआधुनिक नारीवादीहरूको ठम्याइ छ । जुन मान्यताको टकराव आज पुरातन पुरुषवादी पितृसत्तात्मक मान्यतासँग भइरहेको छ ।
प्राचीन कालदेखि आधुनिक कालसम्म आइपुग्दा महिलाको भूमिका घरदेखि कार्यालय तथा खेतबारीसम्म विस्तार भयो, तर घरको भूमिकामा कमी आएन । फलस्वरूप आधुनिक स्वतन्त्रता र समानताको नाममा महिलाहरू झन् ठगिन पुगे । त्यसैले कतिपय महिला आफ्नो हातमा भएको डिग्री औचित्यहीन भएकोमा आक्रोशित पनि छन् । महिलाको सहयोगमा पुरुषले उल्लेख्य प्रगति हासिल गरे तापनि पुरुषको सहयोग नपाउँदा अपवाद बाहेक अधिकांश पढेलेखेका महिला पनि घरको चुलोचौकोमै सीमित हुनुपरेको छ भने कतिपय मानसिक रोगी तथा डिप्रेसनको सिकार बनेको अवस्था छ । अत: महिलाको भूमिका र सम्बन्धलाई पुनर्परिभाषित नगर्ने हो भने न महिलाको उत्पादकत्व बढ्छ, नत विकास नै हुन्छ ।
संसारमा कुनै पनि जीवित प्राणीलाई अर्कोसँग बराबर बनाउन सकिँदैन, महिला–पुरुषलाई पनि, किनकि विकास व्यक्तिगत कुरा हो, जुन विज्ञानले पनि पुष्टि गरिसकेको छ । त्यसैले लैंगिक समानताको बहस लैंगिक भूमिका समान बनाउनुमा नभई सम्मानजनक बनाउनुमा केन्द्रित रहे अर्थपूर्ण हुनेछ । दुबैले कलम र मसीजस्तै परिपुरक ढंगले काम गरेमात्र दुबैको विकास सम्भव छ । अर्थात कामको प्रकृति, क्षमता र परिणाम फरक—फरक भए पनि सबै कामलाई बराबर सम्मान दिनुपर्छ भनिएको हो । उदाहरणका लागि एक कार्यालयमा कार्यालय प्रमुख र कार्यालय सहयोगीले गर्ने कामको प्रकृति, क्षमता र परिणामका आधारमा तलब सुविधामा असमानता भए पनि दुबैलाई बराबर सम्मान र इज्जत दिनुपर्छ ।
नेपालको संविधान २०७२ अनुसार जात, रंग, धर्म, वर्ण, लिङ्ग, अपांगता, क्षेत्रीयता तथा यौनिक अभिमुखीकरणका आधारमा कसैलाई पनि भेदभाव गर्न हुँदैन, पाइँदैन, तर व्यवहारमा भेदभाव कायमै छ । कुनै कार्यक्रम तथा बैठकमा महिलाले अघि सरेर केही कुरो गरे भने त्यसलाई ठूलो कुरा गरी भनी मजाक सम्झी उडाइन्छ । दिएको सुझाव सल्लाहलाई पनि महत्त्व दिइँदैन । यस्तो पुरुषवादी सोच नै वास्तवमा महिला विभेद र हिंसाको मुख्य कारक हो । एउटा घरमा सासुले गर्ने काम र बुहारीले गर्ने कामलाई बराबर सम्मान दिन सक्नुपर्छ । लैंगिक सम्बन्ध र भूमिकालाई शक्ति, सामथ्र्य, मूल्य र उत्पादकत्वसँग दाँजेर हेर्नु हुँदैन । यस्तो दृष्टिदोषलाई पुरुषवादी चस्माले निम्त्याएको दोष मानिन्छ । स्थान जुनसुकै होस्, महिला र पुरुषलाई हेर्ने चस्मा एउटै छ । अर्थात महिला हिंसालाई पनि पुरुषवादी चस्माले हेर्ने गरिएको छ, जुन गलत छ ।
लैंगिक विभेद र हिंसाको अन्त्य गर्दै नारीमुक्ति तथा समुन्नत समाज बनाउने भनी विश्वमा बिभिन्न नारीवादी प्रयास तथा आन्दोलनहरू भए । तीमध्ये १९ औं शताब्दीको मध्यतिर पहिलो नारीवादी धारको अवधारण विकास भयो, जसले महिलाको पहुँच, अवसर, सहभागिता र कामको वातावरणमा जोड दियो । दोस्रो धार १९६०–९० ले महिलामाथि लिङ्ग, जाति, यौनिकता, आर्थिक, वतावरणीय आधारमा विभेद रहेको भन्दै समानता र प्रतिनिधित्वका साथै परम्परागत द्विलिंगीय लैंगिक अवधारणाको परिवर्तनमा जोड दियो । साथै उत्तरआधुनिक तेस्रो धारले महिलाका विश्वव्यापी अवधारणालाई भत्काउने काम गर्यो । यसले फरक लिङ्गीहरूको मुद्दालाई पनि उठायो । असमानता, शोषण र दमनमा व्यक्तिगत भिन्नता रहेको विश्लेषण गर्दै श्रम र धनसम्पत्तिको अर्थपूर्ण मूल्यको खोजी हुनुपर्ने, भौतिक वातावरणमा परिवर्तन हुनुपर्ने भनी लैंगिक न्याय (जेन्डर जस्टिस) मा जोड दियो । सन् २००८ पछि विकास भएको चौथो धारले नारीवाद भन्ने शब्दमै प्रश्न खडा गरेको अवस्था छ । यसले पुरुष नारीवादको पनि कुरो गरेको छ । लैंगिक विकासलाई धर्म, आध्यात्म, सूचना प्रविधि, मनोविज्ञान र राजनीतिसँग जोडेर हेरेको छ । साथै सबै प्रकारका लैंगिक अवधारणालाई समेट्ने कुरो गरेको छ । यसले प्रचलित द्विलैंगिक अवधारणामा सुधार गर्नुपर्ने कुरो उठाएको छ ।
तर यी चारवटै धारले लैंगिक कर्तव्यको कुरा भने गर्दैनन् । महिलालाई पुरुषसँग र पुरुषलाई महिलासँग तुलना गर्नु नै गलत छ, किनकि फूलबारीमा भएका सबै फूलको आआफ्नो महत्त्व भएझैं बिभिन्न लैंगिक समुदायको आआफ्नै महत्त्व छ । तसर्थ लैंगिक भूमिका र सम्बन्धलाई अधिकार र भौतिक समानताको कसीमा राखेर नहेरौं । लैंगिक हिंसालाई जैविक र सामाजिक आँखाबाट मात्र नहेरी मनोवैज्ञानिक चस्माले पनि हेर्ने गरौं । घटनाको सतही विश्लेषण नगरौं । लैंगिक विभेद, हिंसा तथा अर्थलाई यौनिकताका आधारमा पनि हेर्ने गरौं । महिला, पुरुष र अन्य लिङ्गीहरू बीचका सम्बन्ध र भूमिकालाई बराबर होइन, सम्मानजनक बनाऔं । लैंगिक हिंसा, अशिक्षित, रुढीवादी समाज र संस्कृतिको उपजमात्र नभई शिक्षित र आधुनिक समाजको गहना बन्दैछ भन्नेतर्फ पनि सचेत होऔं । छोराछोरी घरभित्र सुरक्षित नहुन पनि सक्छन् भन्नेतर्फ पनि ध्यान पुर्याऔं । लैंगिक हिंसा अब भर्चुअल प्रविधिमा आधारित भएकाले इन्टरनेट र सामाजिक सञ्जालहरूलाई पनि लैंगिकमैत्री बनाऔं । नारीवादी चौथो धारले भनेझैं अब हिंसाको स्वरूप पनि फेरिएको छ र धारणा पनि फेरिनुपर्छ ।
केही समयअघि पोखरामा एक व्यक्तिले आफ्नै ३ वर्षे छोरीलाई बलात्कार गरे । गोरखामा एक युवकले आफ्नै ४५ वर्षीया आमालाई बलात्कार गरे । यस्ता समाचार बिभिन्न अखबारमा पढ्न पाइयो । यो तथ्यले पुन: एकपटक आहार, निद्रा, भय र यौनमा मानिस पनि पशुसमान हुन्छ भन्ने चाणक्यको धारणालाई पुष्टि गरेको छ । मानिसले सहज ढंगले यी आवश्यकता पुरा गर्न पाएन भने आफ्नो उमेर, नाता, सम्बन्ध आदि सबै कुरा बिर्संदो रहेछ । महिलामाथि हुने धेरैजसो यौनहिंसा आफ्नै नातागोताबाट र घरभित्रै हुने गरेको तथ्य अनुसन्धानहरूले पुष्टि गरेको कुरा हो । त्यसैले आजभन्दा करिब २ हजार वर्षअघि नै मनुस्मृतिले वयस्क छोराछोरीसँग आमाबाबु सँगै सुत्नु हुँदैन, विद्यार्थीसँग शिक्षक टाँसिएर बस्न हुँदैन भनी उल्लेख गरेको थियो । इस्लाम धर्मले पनि महिला–पुरुष दुबैले अश्लील (पारदर्शी तथा टाइट) कपडा लगाउन नहुने, प्राकृतिक अनुकूल लैंगिक व्यवहार गर्नुपर्ने आदि कुरा उल्लेख गरेको छ । जुन कुरा आज अझ सान्दर्भिक हुँदै गएको छ । तसर्थ कतिपय धार्मिक मूल्य र मान्यतालाई सकारात्मक रूपमा लिँदै लैंगिक अवधारणा र हिंसालाई हेर्ने चस्मा वा चस्माको पावर बदल्नुपर्ने समय आएको छ ।
स्थान र क्षमता व्यक्तिगत भए पनि सबै प्रकारका सामाजिक लैंगिक भूमिकाको समान इज्जत गरौं । महिलाहरू घरभित्रका प्रत्युत्पादक कामले पिल्सिएका छन् भन्ने महसुस गरी घरको काममा समेत एकले अर्कालाई सहयोग गरौं । सुरुवात आफू र आफ्नै घरबाट गरौं । आमा, दिदी, बहिनी, छोरी, बुहारी, भाउजु तथा सासु सबैले सामाजिक मर्यादा कायम राख्दै एकअर्काको इज्जत गरौं ।
भण्डारी महिला तथा बालबालिका कार्यालय, कास्कीमा बाल संरक्षण अधिकृत हुन् ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक