काठमाडौँ / डा बाबुराम भट्टराईको दाहिनेहात मानिने मुमाराम खनालले बाबुराम लाई त्यागे पछी राजनीतिक रुपमा उनको दाहिने हात भाँचिएको बिश्लेशण शुरुभएको छ । अनुशासनहिनता र अपारदर्शिता बढेको जनाउँदै नयाँ शक्ति नेपाल केन्द्रीय परिषद्का कार्यकारी सदस्य मुमाराम खनालले सो पार्टी परित्याग गर्नुभएको छ । वैकल्पिक राजनीतिक दल होइन, वैकल्पिक राजनीतिक संस्कार, नियत र विधिको पालना गर्ने राजनीतिक शक्तिको आवश्यकता महसुस गरेर डा बाबुराम भट्टराई नेतृत्वको सो दलमा आफू समावेश भएको तर ‘पार्टी सम्पूर्ण रुपमा पूर्वमाओवादी समूहका रुपमा रुपान्तरण भएकाले’ अलग हुनुपरेको खनालले जनाउनुभएको छ । आज प्रेस विज्ञप्ति जारी गरी सो पार्टीका राजनीतिक संवाद समितिका संयोजक खनालले पार्टीमा निश्चित समूहले विधि, प्रक्रिया, नियम र अनुशासन मिच्दै अपारदर्शी कर्मलाई निरन्तरता दिएको र सम्पूर्ण पार्टीको ऊर्जा पूर्वमाओवादीको आफ्नै विगतको कचिङ्गलमा मात्र खपत हुन थालेको जिकिर गर्नुभएको छ ।
“नबदलिएको नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन सक्तैन” खनालको भनाइ छ, “यसै निष्कर्षको साथ आजदेखि नयाँ शक्ति पार्टीको सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट अलग रही स्वतन्त्र भएको घोषणा गर्दछु ।”
यस्ता छन् उनका तर्क :
१. नेपालमा वैकल्पिक राजनैतिक दल होइन, वैकल्पिक राजनीतिक संस्कार, नियत र विधिको पालना गर्ने राजनीतिक शक्तिको आवश्यकता रहेको तथ्यप्रति वर्तमान राजनीतिक अवस्थालाई अवलोकन गर्ने हरेक नेपाली नागरिक अवगत छ। यर्स सन्दर्भमा म पनि विगत एक दशकदेखि वैकल्पिक नयाँ राजनैतिक शक्तिको आवश्यकता र औचित्यको बारेमा लेख्दै र वोल्दै आएको पात्र हुँ। त्यसै पृष्ठभूमिमा पूर्व माओवादी नेता बाबुराम भट्टराईको माओवादी समुह र विभिन्न फरक पृष्ठभूमिका व्यक्तित्वहरु सहितको लामो छलफल र बहसपछि म पनि नयाँ शक्ति नेपाल नामक दल निर्माण गरी उक्त दलको केन्द्रीय भूमिकामा सक्रिय रहँदै आएको थिए।
२. गत वर्षको माघ १० गते नेपालमा नयाँ शक्तिको आवश्यकता र औचित्यको लागि राष्ट्रव्यापी बहस गर्ने अभिप्रायको साथ ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषदको निर्माण गरियो। जसमा पूर्व माओवादी समुहबाट संयोजक र अन्य एक जना गरी २ जना मात्र समावेश गरियो। किनकि हाम्रो दृढ मत थियो– पूर्व माओवादी समुहले नयाँ राजनीतिक शक्तिको खाँचो पूरा गर्न सक्तैन। त्यसको भोलिपल्ट माओवादीबाट अलग भएको संयोजकको पुरै टिम समावेश गरियो र अघिल्लो दिन घोषणा भएको परिषदलाई एउटा देखाउने नाटकमा रुपान्तरण गरियो। त्यसपछि लगातार कुनै विधि र प्रक्रियालाई अवलम्वन नगरी संयोजक र संगठन विभागको एक जना व्यक्तिको निर्णयमा परिषद संख्या थप्दै ७०० भन्दा बढी पुर्याइयो।
३. नयाँ शक्तिको बहसलाई हतार हतार पार्टीको रुपमा घोषणा गरेपछि नयाँ शक्ति पार्टी सम्पूर्ण रुपमा पूर्व माओवादी समुहको रुपमा रुपान्तर भयो। नयाँ र फरक पृष्ठभूमिका मात्र होइन, पूर्व माओवादीभित्र पनि २०४७ सालमा बाबुराम भट्टराईसँग विद्रोह गरेर आएका केही सिमित व्यक्तिको मात्र कोर समुह बन्यो। उक्त कोर समुहले विधि, प्रक्रिया, नियम र अनुशासन मिच्दै हिजोदेखि गरी आएका अपारदर्शी कर्मलाई निरन्तरता दिइरह्यो। जसले गर्दा सम्पूर्ण पार्टीको उर्जा पूर्व माओवादीहरुको आफ्नै विगतको कचिंगलमा मात्र खपत हुन थाल्यो। त्यसप्रकारको माओवादी कचिंगलमा समावेश भइरहन मेरो व्यक्तिगत र राजनीतिक रुची रहेन।
४. कुनै अस्तित्व मात्र धान्ने दल निर्माण गर्ने र त्यसमा आफुलाई समावेश गर्ने मेरो कुनै अभिप्राय थिएन र छैन। वस्तुगत राजनीतिक जगतमा देखिएको राजनैतिक विकल्पको संभावनालाई नेतृत्व गर्न सकियो भने त्यसले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निकै हदसम्म सकारात्मक योगदान पुर्याउँछ भन्ने मेरो मान्यता रही आएको थियो र छ। तर नयाँ शक्तिको राजनीतिक संगठन, चरित्र र संस्कृतिले विकल्प होइन, पूर्व माओवादीकै निरन्तरताबाहेक अरु केही बोकेन। जसले गर्दा सीमित मात्रामा प्रवेश गरेका गैरमाओवादी सदस्यहरु पनि नयाँ शक्तिमा टिक्न सक्ने कुनै वातावरण रहेन।
५. पार्टी विधिमा होइन, व्यक्तिवादमा आधारित रह्यो। आर्थिक कार्यविधिलाई लत्याएर आर्थिक अराजकताको अभ्यास नै स्वीकार्य बन्यो। विकल्पको संभावनालाई खुम्च्याएर एउटा पूर्व गुटमा सिमित गरियो। र, नयाँ शक्ति पार्टी पनि नेपालका अन्य १७९ वटा पार्टीहरुकै निरन्तरता वाहेक अर्को विकल्प बन्ने संभावनाको अन्त्य भयो। निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता हुनुभन्दा अगाडि भएका दर्जनौं सभा, सेमिनार र अन्तक्र्रियाहरुमा सगर्व हामीले एउटा कुरा सबैभन्दा बढी दोहोर्यायौं– हामीले १७९ वटा दलहरुको बीचमा एउटा थपेर १८०औं दल बनाउन खोजेका होइनौं। तर नयाँ शक्ति पार्टीको विकासक्रमले एउटा नयाँ दल थपिएर १८०औं बन्नुवाहेक अर्को संभावना देखिएन।
अतः मेरो विश्वास थियो, राजनीतिक व्यक्तिको नेतृत्व विना नयाँ वैकल्पिक शक्तिको निर्माण संभव हुन्न। तर आज म उक्त भ्रमबाट मुक्त भएको छु।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक