अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको नेपाल शाखा भर्खरै मात्र पुनर्गठन भएकोछ । नेपालको कलकारिताका बिभिन्न क्षेत्रहरुबाट समेट्दै नेपाल शाखा पुनर्गठन गरिएको र अब नेपाल शाखाले सक्रिय रुपमा आफ्नो जिम्मेवारी बहन गर्ने कुरा अध्यक्ष शिवहरी पौडेल र उपाध्यक्ष किरण केसीले बताउनुभएको छ । संसारका ३२ भन्दा बढी देशमा आफ्नो सन्जाल पुर्याइसकेको अन्तर्राष्ट्रिय कलाकार मँच कला साहित्य सँस्कृती गीत संगीत लगायतका बिभिन्न कला बिधामा कार्यरत कलाकारहरुको अन्तराष्ट्रिय स्तरको पहिलो संगठन हो जुन सन २००७ मा अमेरिकामा शुरु भएको थियो । सन २००८ देखी अमेरिकामै रजिस्टर्ड भै अमेरिकी सरकारी स्तरबाट मान्यता
प्राप्त मँचको सुरुवात साहित्यकार समेत रहनुभएका अग्रज लोक तथा दोहोरी गायक, कलाकार तथा पत्रकार रामप्रसाद खनालले गर्नुभएको हो जसमा नेपाली मात्र होइन बिदेशी कलाकार हरु पनि संलग्न छन । अमेरिकामा प्रधान कार्यालय रहेको यो मँचले अमेरिकामा सन २००७ देखी नै साँस्कृतिक अभियान सँचालन गर्दै अाइरहेको छ । यसकै नेत्रित्वमा साँस्कृतिक अभियान स्वरुप अमेरिकामा अहिले ठुला ठुला कार्यक्रम महोत्सबहरु एतिहासिक रुपमा सँचालन हुँदै अाइरहेका छन भने अमेरिका बाहिर बिभिन्न देश हरुमा पनि यसको साँस्कृतिक अभियान तिब्र बन्दै गैरहेको छ ।
भर्खरै पुनर्गठित अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखामा निम्नानुसारका जानेमानेका कलाकारहरु रहनुभएको कुरा अध्यक्ष शिवहरी पौडेल र बरिस्थ उपाध्यक्ष किरण केसी द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा जनाइएको छ । जस अनुसार :
अध्यक्ष - शिवहरी पौडेल
बरिस्थ उपाध्यक्ष - किरण केसी
उपाध्यक्ष - मनोज कुमार आचार्य
उपाध्यक्ष - सिताराम कट्टेल
उपाध्यक्ष - नबिन पौडेल
महासचिब - कृष्ण ढुंगाना
सचिब - कमल मैनाली
कोसाध्यक्ष - राजेन्द्र लुइँटेल
शाह कोसाध्यक्ष - सबिता गुरुङ
बरिस्थ सल्लाहकार - लय सङ्रौला रहनुभएको नेपाल शाखाले पुस्टि गरेको छ ।
कार्य समितिका सम्मनित सदस्यहरुमा क्रमश : राजाराम पौडेल, पुरुसोत्तम न्यौपाने, शैलेन्द्र सिम्खडा, जितु नेपाल, केदार घिमिरे, कुन्जना घिमिरे, कृष्ण कंडेल, अनुराग कुँवर, सुरेन्द्र केसी, हिमा कोइराला, शिव शंकर रिजाल, विल्शन बिक्रम राइ, शंकर बिसी, शिवहरी आचार्य, बिनोद केसी, जेनी कुँवर, शुशिल छेत्री, शिवहरी नेपाल बैरागी, ज्योति कफ्ले, प्रमोद खरेल, प्रकाश कटुवाल, दमन रुपाखेती, निरु खड्का, बिमला गिरी, सौगात कंडेल, कमला रेग्मी, शर्मिला शर्मा, दिजराज पौडेल, रबी डङ्गोल, रामचन्द्र काफ्ले, जुनु रिजाल, अर्जुन कौशल, बुद्धी तामाङ, शिव शर्मा, सुदन केसी, आर पि भट्टराई, यमन श्रेष्ठ, श्रीधर आचार्य, निशा सुनार, राजा राजेन्द्र, रमेश केसी मट्टारे, निरज नेपाल, धनीराम मुस्कान, रमेश अधिकारी, रितु भण्डारी, सुदिप बास्कोटा, कविता शर्मा, रबी शर्मा, मनराज श्रेष्ठ, दिनेश दुलाल, यादब थापा, होमनाथ तिमील्सिना, सचिन राइ, कन्चन सापकोटा, रक्षा गुरुङ, राम कृष्ण नेपाल रहनुभएको नेपाल शाखाका अध्यक्ष श्बिबह्री पौडेल र बरिस्थ उपाध्यक्ष किरण केसी द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।
यसैबिच मँचका केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले भर्खरै पुनर्गठित नेपाल शाखामा आउनुभएका सबै कलाकारहरुलाई मँचमा स्वागत सहित बधाई ज्ञापन गर्नुभएको छ । केन्द्रले नेपाल शाखाको पुनर्गठित कमिटिलाई बिधान अनुसार अनुमोदन गर्दै नेपाल शाखा आगामी दिनमा सक्रिय भएर गीत संगीत कला साहित्य लगायतका कलाका जुन सुकै बिधामा पनि कृयाशिल हुने छ भन्ने विश्वाश लिएको केन्द्रिय अध्यक्ष खनालले बताउनुभएको छ ।
नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेल र बरिस्थ उपाध्यक्ष किरण केसी द्वारा जारी प्रेस बिज्ञप्ती तल जस्ताको तस्तै प्रस्तुत छ :
प्राप्त मँचको सुरुवात साहित्यकार समेत रहनुभएका अग्रज लोक तथा दोहोरी गायक, कलाकार तथा पत्रकार रामप्रसाद खनालले गर्नुभएको हो जसमा नेपाली मात्र होइन बिदेशी कलाकार हरु पनि संलग्न छन । अमेरिकामा प्रधान कार्यालय रहेको यो मँचले अमेरिकामा सन २००७ देखी नै साँस्कृतिक अभियान सँचालन गर्दै अाइरहेको छ । यसकै नेत्रित्वमा साँस्कृतिक अभियान स्वरुप अमेरिकामा अहिले ठुला ठुला कार्यक्रम महोत्सबहरु एतिहासिक रुपमा सँचालन हुँदै अाइरहेका छन भने अमेरिका बाहिर बिभिन्न देश हरुमा पनि यसको साँस्कृतिक अभियान तिब्र बन्दै गैरहेको छ ।
भर्खरै पुनर्गठित अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखामा निम्नानुसारका जानेमानेका कलाकारहरु रहनुभएको कुरा अध्यक्ष शिवहरी पौडेल र बरिस्थ उपाध्यक्ष किरण केसी द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा जनाइएको छ । जस अनुसार :
अध्यक्ष - शिवहरी पौडेल
बरिस्थ उपाध्यक्ष - किरण केसी
उपाध्यक्ष - मनोज कुमार आचार्य
उपाध्यक्ष - सिताराम कट्टेल
उपाध्यक्ष - नबिन पौडेल
महासचिब - कृष्ण ढुंगाना
सचिब - कमल मैनाली
कोसाध्यक्ष - राजेन्द्र लुइँटेल
शाह कोसाध्यक्ष - सबिता गुरुङ
बरिस्थ सल्लाहकार - लय सङ्रौला रहनुभएको नेपाल शाखाले पुस्टि गरेको छ ।
कार्य समितिका सम्मनित सदस्यहरुमा क्रमश : राजाराम पौडेल, पुरुसोत्तम न्यौपाने, शैलेन्द्र सिम्खडा, जितु नेपाल, केदार घिमिरे, कुन्जना घिमिरे, कृष्ण कंडेल, अनुराग कुँवर, सुरेन्द्र केसी, हिमा कोइराला, शिव शंकर रिजाल, विल्शन बिक्रम राइ, शंकर बिसी, शिवहरी आचार्य, बिनोद केसी, जेनी कुँवर, शुशिल छेत्री, शिवहरी नेपाल बैरागी, ज्योति कफ्ले, प्रमोद खरेल, प्रकाश कटुवाल, दमन रुपाखेती, निरु खड्का, बिमला गिरी, सौगात कंडेल, कमला रेग्मी, शर्मिला शर्मा, दिजराज पौडेल, रबी डङ्गोल, रामचन्द्र काफ्ले, जुनु रिजाल, अर्जुन कौशल, बुद्धी तामाङ, शिव शर्मा, सुदन केसी, आर पि भट्टराई, यमन श्रेष्ठ, श्रीधर आचार्य, निशा सुनार, राजा राजेन्द्र, रमेश केसी मट्टारे, निरज नेपाल, धनीराम मुस्कान, रमेश अधिकारी, रितु भण्डारी, सुदिप बास्कोटा, कविता शर्मा, रबी शर्मा, मनराज श्रेष्ठ, दिनेश दुलाल, यादब थापा, होमनाथ तिमील्सिना, सचिन राइ, कन्चन सापकोटा, रक्षा गुरुङ, राम कृष्ण नेपाल रहनुभएको नेपाल शाखाका अध्यक्ष श्बिबह्री पौडेल र बरिस्थ उपाध्यक्ष किरण केसी द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।
यसैबिच मँचका केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले भर्खरै पुनर्गठित नेपाल शाखामा आउनुभएका सबै कलाकारहरुलाई मँचमा स्वागत सहित बधाई ज्ञापन गर्नुभएको छ । केन्द्रले नेपाल शाखाको पुनर्गठित कमिटिलाई बिधान अनुसार अनुमोदन गर्दै नेपाल शाखा आगामी दिनमा सक्रिय भएर गीत संगीत कला साहित्य लगायतका कलाका जुन सुकै बिधामा पनि कृयाशिल हुने छ भन्ने विश्वाश लिएको केन्द्रिय अध्यक्ष खनालले बताउनुभएको छ ।
नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेल र बरिस्थ उपाध्यक्ष किरण केसी द्वारा जारी प्रेस बिज्ञप्ती तल जस्ताको तस्तै प्रस्तुत छ :
हार्दिक बधाई छ अन्तर्राष्ट्रिय कलाकार मँच, नेपाल शाखाको नबगठित कार्य समितिलाई । शिवहरी पौडेल, किरण केसी, सिताराम कट्टेल जस्ता लोकप्रिय कलाकारहरुको नेत्रित्वमा पुनर्गठित नेपाल शाखा आगामी दिनमा मँचको गरिमालाई अझ उच्च बनाउन कृयाशिल हुनेछ भन्ने कुरामा म पूर्ण बिश्वस्त छु । अन्तर्राष्ट्रिय कलाकार मँच, नेपाल शाखामा आउनुभएका हरेक कलाकार साथीहरुलाई म केन्द्रिय समितिका तर्फ बाट हार्दिक स्वागत गर्दै मित्र शिवहरी पौडेल सहित सबै सबै कलाकारहरुलाई बधाई ज्ञापन गर्दछु ।
- रामप्रसाद खनाल - अध्यक्ष
अन्तर्राष्ट्रिय कलाकार मँच
केन्द्रिय कार्य समिती, अमेरिका
अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति अमेरिकाको जरुरी सूचना !
१ - सार्वजनिक जानकारी : अन्तर्राष्ट्रिय कलाकार मँचको स्थापना भए देखी हाल सम्म स्थापित शाखाहरु, महाशाखा एबम केन्द्र बाट सम्पन्न कार्यक्रम तथा गतिबिधिहरु मँचको वेब साइट www.IAFAmerica.com मा गएर हेर्न सक्नुहुन्छ । जब तपाईंले www.IAFAmerica.com मा क्लिक गर्नुहुन्छ होम पेज खुल्ने छ । पुराना पोस्टहरु मँचका सबै गतिबिधिहरु हेर्न शुरुको होम पेज स्क्रोल गर्दै तल जानुस । होम पेजको अन्त्य अन्त्य तिर दाहिने साइडमा त्यहा OLDER POST भन्ने लिँक छ त्यसमा क्लिक गर्नुस पुरानो सङ्रालयमा जान सक्नुहुन्छ एबम तरिकाले तपाईंलाई जती पुरानो जुन चिज चाहिन्छ तपाईं त्यही OLDER POST बाटै खोज्दै जाँदा संस्था स्थापना भए देखी आज सम्मका सबै केन्द्रको जानकारीमा आए सम्मका गतिबिधी हेर्न सक्नुहुन्छ । कती पय महाशाखा शाखाहरु ले गतिबिघी गरेका भए पनि आधिकारिक रुपमा केन्द्रलाई जानकारी नगराएकोले केही गतिबिधी छुट्न गएका छन । कतिपय शाखा हरु निस्क्रिय भएकाले पनि छुट हुन गएकाछन तसर्थ अब उप्रान्त मँचको बिधान पूर्ण रुपमा पालना गर्दै बिधान अनुसार हरेक महाशाखा शाखाहरुलाई आफुले गर्न लागेका कार्यक्रम गतिबिधी गर्नु पूर्व केन्द्रलाई जानकारी गराउनुहुन र सम्पन्न गरिसके पछी पनि केन्द्रमा सो को जानकारी बिधिवत रुपमा पठाउनुहुन अनुरोध गरिन्छ । त्यस्ता जानकारी केन्द्रको वेब साइट www.IAFAmerica.com मा प्रकाशन गरिनेछ र सधैंका लागि रेकर्ड पनि सुरक्षित रहनेछ । यसले मँचको बारेमा जान्न बुझ्न खोज्ने सबैलाई सहज पनि बनाउने छ भन्ने केन्द्रको विश्वाश छ ।
२ - मँचका महाशाखा, शाखाहरुलाई सूचना : अन्तर्राष्ट्रिय कलाकार मँचको केन्द्रिय समितिको बिधान, निती नियम बिपरित गठन हुने वा भएका, बिधान बिपरित र केन्द्रको अनुमती बिना गठित वा गठन हुने कुनै महाशाखा, शाखा, उपशाखा इकाइहरुलाई मँचले मान्यता दिन नसक्ने जानकारी गराउँदै मँचको केन्द्रको अनुमती बिना मँचको नाम र लोगो समेत कहिं कतै दुरुपयोग भएको पाइएमा मँचको बिधान अनुसार कानुनी कार्यबाही अगाडि बढाइने ब्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ । साथै अमेरिकामा नेम ब्रान्ड दर्ता गरिसकिएको यो अन्तरराष्ट्रिय कलाकार मँच (International Artists Forum) नेपाली कलाकारहरुको मात्र अन्तरराष्ट्रिय संगठन नभएको र यसमा जुनसुकै देशका, जुनसुकै बिधाका कलाकार सँलग्न हुन सक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । बिधान अङ्रेजी र नेपाली दुबै भर्सनमा तथा थप जानकारीको लागि मँचको वेबसाईट www.iafamerica.com हेर्न अनुरोध गरिन्छ ।
३ - स्पस्टता : यो मँच कुनै सरकारी अनुदान वा दात्री संस्थाको सहयोगमा चलेको नभइ एउटा स्वायत्त संस्था स्वतन्त्र संस्था र सामाजिक, नाफा नकमाउने संस्थाका रुपमा स्थापना गरी संस्थापकहरुबाटै आफ्नै आर्थिक अनुदानमा कार्यरत रहेको सार्वजनिक जानकारी गराइन्छ । मँच ठुला कुरा गर्ने सानो काम पनि नगर्ने कुरामा विश्वाश गर्दैन तसर्थ यसका महाशाखा, शाखा, यसमा आबद्ध सबैमा केन्द्रिय समिती एउटा बिनम्र अनुरोध के गर्दछ भने - कृपया हामी जे सक्छौँ त्यो गरौँ, योगदान दिउँ, ठुला कुरा होइन साना काम गरेर योगदान दिउँ । नारा होइन काम मा विश्वाश गरौँ । केबल आलोचना होइन सकारात्मक आँखाले पनि हेरौँ । कला सँस्क्रिति गीत संगीत साहित्यको क्षेत्रमा एउटा मात्र भए पनि इँट थप्ने प्रयास गरौँ । पदको लागि मात्र मँचमा सहभागी नहोउँ । सबै सँग बिनम्र आग्रह केन्द्रिय समितिको तर्फबाट ।
४ - महाशाखा, शाखाहरुलाई ध्यानाकर्षण : स्थापित भैसकेका महाशाखा, शाखाहरुलाई कृयाशिल हुन, आबस्यक परे केन्द्रलाई जानकारी दिएर पुनर्गठन गर्न सबै महाशाखा, शाखाहरुलाई केन्द्र सूचित गर्दछ । दुई बर्ष सम्म कुनै कार्यक्रम वा गतिबिधी नगरेका कुनै पनि शाखाहरु भएमा त्यस्ता शाखाहरुलाई केन्द्रले खारेज गरी नयाँ ब्यबस्थापन गर्न समेत सक्ने बिधान मा ब्यबस्था / नियम प्रति सबैलाई केन्द्र ध्यानाकर्षण गराउँछ । कुनै कुनै शाखाहरुद्वारा निर्मित फेसबुक वालहरुमा असान्दर्भिक कुराहरु पोस्ट गरिएको देखिन आएकोले त्यस्ता शाखाहरुलाई तत्काल वाल बाट असान्दर्भिक कुरा हटाउन समेत केन्द्र निर्देश गर्दछ । शाखा, महाशाखाहरुलाई यो पनि सुचित गरिन्छकी कुनै देशमा दर्ता गर्दा कानुनी कठिनाई आएमा ब्यबहारिकतालाई हेरी महाशाखा वा शाखा नलेखी अन्तर्राष्ट्रिय कलाकार मँच (International Artists Forum) + देशको नाम लेख्न केन्द्रले छुट दिईएको छ तर बोली, व्यबहार र अन्य लेखाइ, पत्राचार, समाचार सम्प्रेसण हरेक कुरामा महा शाखा वा शाखा वा उपशाखा केहो प्रस्ट खुलाउन अनुरोध गर्दै त्यसो नगर्ने, बिधान बिपरित कार्य गर्ने वा केन्द्रलाई जानकारी नगराइ कुनै बिधान बिपरित हुनेगरी कार्य गरेको पाइएमा बिधान अनुसार त्यस्ता महाशाखा वा शाखालाई निलम्बन देखी आबस्यक परे खारेज सम्म गरिने कुरा यसै सूचना द्वारा सूचित गरिन्छ ।
५ - शाखा बिस्तार प्रक्रिया : शाखा नभएका देशहरुमा शाखा बिस्तार वा काम गर्न इच्छुक कलाकारहरुले iafamerica@gmail.com or rampdkhanal@gmail.com मा संपर्क राख्न समेत अनुरोध गरिन्छ ।
" अन्तराष्ट्रिय कलाकार मँचको शाखा वा च्याप्टर गठन गर्न निम्न कुराहरु अनिबार्यहुनुपर्छ ।
१ - एउटा देशमा एउटा मात्र शाखा हुनेछ । यदी दोस्रो शाखा खोल्न परेमा मँचको केन्द्र सँग अनुमती लिएर शहर स्तरिय उपशाखा खोल्न सकिने छ ।
२- एउटै देशका बिभिन्न शहरहरुमा शहर स्तरिय च्याप्टर खोल्न सकिने छ ।
३- केन्द्रको अनुमती लिएर, कम्तीमा सात जना र बढीमा आवश्यकता अनुसार रहने गरी : गीत, संगीत, न्रित्य, चलचित्र, नाट्य, हाँस्य वा कलाका कुनै पनि बिधा मा सम्बद्ध कलाकार भए सम्म कलाकार र सो नभएमा कला र सँस्कृतिलाई माया गर्ने, सक्रिय योगदान दिन सक्ने मध्येबाट छानी भेला वा बैठकबाट मँचको शाखा, च्याप्टर वा उपशाखा स्थापना गर्न सकिनेछ ।
४- केन्द्रमा बिधान अनुसार र बाहिर नयाँ शाखा स्थापना गर्दा कम्तीमा निम्नानुसार हुनुपर्ने छ : * अध्यक्ष - एक * उपाध्यक्ष - कम्तिमा एक र बढीमा तीन जना सम्म मात्र * महा सचिब - एक * सचिब - एक राख्न सकिने ( अनिबार्य छैन ) * कोसाध्यक्ष - एक * सदस्यहरु - आवश्यकतानुसार राख्न सकिने * सल्लाहकार - आवश्यकतानुसार राख्न सकिने ( अनिबार्य छैन ) * संरक्षक - एक राख्न सकिने (अनिबार्य छैन ) यो अन्तर्राष्ट्रिय कलाकार मँच भएकाले यसमा नेपाली मात्र होइन बिदेशि कलाकार पनि समाबेश गर्न सकिने छ । याद राख्नुहोला गठन भएपछी कार्य समितिको कार्यकाल २ बर्षको हुने छ र हरेक बर्ष शाखा वा उपशाखा वा च्याप्टरले कम्तिमा २ वटा कला र सँस्क्रिती सम्बन्धि वा साँस्कृतिक कार्यक्रम गरी केन्द्रलाई त्यसको जानकारी दिनुपर्ने छ। अन्य जानकारी www.iafamerica.com मा हेर्नसक्नुहुने छ । केही जिज्ञासा, सरोकार वा प्रश्न भए ईमेल गर्न वा फोन गर्न सक्नुहुने छ । सँसारका कुनै पनि देशमा रहनुभएका कुनै पनि बिधाका कलाकार साथीहरु, अन्तराष्ट्रिय कलाकार मँच हामी तीब्र रफ्तारमा बिस्तार गर्दैछौ संसार भर। इच्छुक कलाकारले ईमेल वा फोन बाट संपर्क गर्न सक्नुहुन्छ । हरेक देशमा शाखा बनाउने, अमेरिकाको हकमा हरेक स्टेटमा शाखा बनाउने यो अभियानमा तपाईं पनि सरिक भएर कला र सँस्कृति रक्षाका लागि योगदान दिन सक्नुहुन्छ । ईमेल : rampdkhanal@gmail.com, IAFAmerica@gmail.com , Internationalartistsforum@gmail.com website : www.iafamerica.com
- प्रकाश नेपाल
प्रबक्ता एबम सचिब
अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय कार्यालय, भर्जिनिया, अमेरिका
***************************************
सपथको नमुना:
अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिका केन्द्र देखी शाखा, महा शाखा, उपशाखा सम्म सबैमा निर्बाचित भए पछी गराइने सपथ तल उल्लेख गरे बमोजिम हुनेछ । अग्रज, निर्वाचन समितिका सँयोजक वा निर्बाचित अध्यक्षले निर्बाचित सबैलाई एक साथ सपथ गराउन सक्ने छन अबस्था हेरी । सपथको नमुना: " म ...........( आफ्नो नाम ) भगवानलाई साक्षी राखी यो सपथ लिंदैछु कि मैले कलाकारहरुको अन्तरराष्ट्रिय संस्था अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिका अन्तर्गत रहेर, मँचको केन्द्रको बिधान निती नियम सबै पूर्ण रुपमा पालना गर्दै मेरो बर्कतले भ्याए सम्म कला संगीत सँस्क्रिती साहित्य र यस सँग सम्बन्धित क्षेत्रमा इमान्दारिता पूर्वक काम गर्नेछु । यो संस्थामा रहँदा सधैं अनुशासन, नैतिकता, सामाजिक सेवा भावना, अग्रजहरुको सम्मान र मँच प्रति म सधैं उत्तरदायी हुने छु र यो मँचको कुनै दिन दुरुपयोग हुने गरी कुनै काम गर्ने छैन, जय अन्तरराष्ट्रिय कलाकार मँच !"
अन्तराष्ट्रिय कलाकार मँचको विधान - २०६५ ( Bylaws of International Artists Forum (IAF- 2010)
धारा १: यस संस्थाको नाम अन्तर्राष्ट्रिय कलाकार मंच, अंग्रेजीमा International Artists Forum रहने छ ।
धारा २ : विधान भन्नाले अन्तर्राष्ट्रिय कलाकार मंचको विधान बुझिने छ ।
धारा ३ : यो विधान तुरुन्त लागू हुने छ ।
धारा ४ : परिभाषा : - अन्तर्राष्ट्रिय कलाकार मंचको परिभाषा यस प्रकार हुने छ : कुनै पनि राजनितिक विचारबाट प्रेरित नभई विशुद्ध कलाकारहरुको लागि, कलाकारहरुको संगठन हुने छ मञ्च । यसमा कलाकारिताको कुनै पनि विधा अर्न्तर्गत पर्ने नेपाल वा जुनसुकै देशका इच्छुक कलाकारहरु समावेश हुन सक्ने छन् । - यो नाफा नकमाउने /समामाजिक/स्वयंसेवी संस्था हुने छ । कलाकारहरुको हक हित, आपतविपतमा सहयोग, कलाकारको पीरमर्कामा बोल्ने, कला संस्कृतिकालागि काम गर्ने संस्था हुने छ मञ्च । - यस मञ्चमा चलचित्र, गीत संगीतका कुनै पनि विधा, नाट्य, हाँस्यव्यग्य, नृत्य वाध्यवादन वा कलाकारिताको कुनै पनि विधा अर्न्तर्गत पर्ने कलाकारहरु समावेश हुन सक्ने छन् । - पुनर्व्याख्या : मन्चको केन्द्रिय कार्य समिती प्रती महाशाखा, शाखा, च्याप्टर, उपशाखा ( यस पछी शाखाहरु भनिने छ ) उत्तरदायी र जबाफदेही हुनै पर्ने छ, यसका अलावा उपशाखाहरु शाखाहरु प्रती पनि जबाफदेही हुनेछन। मँचले आबश्यक ठानेमा दुई भन्दा बढी देश वा महादेश समेट्नेगरि महाशाखाहरु गठन हुन सक्ने छन । तर यि महा शाखा हरु पनि केन्द्र कै अधिनमा, निर्देशनमा चल्ने छन । केन्द्रको निती नियम बिधान नमाने महाशाखा शाखा, च्याप्टर, उपशाखाहरुलाई केन्द्रले आबश्यक कारबाही वा हदै सम्मको कारबाही स्वरुप खारेज सम्म गर्न सक्ने छ । हरेक देशमा शाखा एउटा मात्र हुने छ भने देशका बिभिन्न शहरहरुमा, राज्यहरुमा ऊपशाखा खोल्न सकिने छ । महाशाखा, शाखा केन्द्रको अनुमती लिएर मात्र र उपशाखा केन्द्रको अनुमती लिएर वा शाखाको अनुमती लिएर खोल्न सकिने छ, उदाहरण का लागि नेपालमा नेपाल शाखा छ तर नेपाल शाखा समग्र नेपालको समिती हुने भएकोले बुटवल, नेपालगन्ज, बिराटनगर्, नारायणगढ लगायत का ठाउँ अन्य मा नेपाल शाखा अन्तर्गत नै उपशाखा हरु आबश्यकता अनुसार खोल्न सकिने छ । यो अन्तराष्ट्रिय कलाकार मन्च संसार भरिका कलाकारहरु को संगठन हुनेछ तर शुरु चरणमा नेपाली कलाकारहरु को पहल, सक्रियता र नेत्रित्वमा यो स्थापना भएकाले यसमा नेपाली कलाकार बढीहुनु स्वाभाबिक भएतापनि यसको अर्थ नेपाली कलाकार मात्र भन्ने हुने छैन । संसार को जुनसुकै देशको जुन सुकै बिधा को कलाकार पनि आबद्ध हुन सक्ने छन।
धारा ५ : काम, कर्तव्य : यस मञ्चको माथि परिभाषामा भनिए बमोजिम र कलाकारहरुको मित्रता बढाउने, कलाकारहरुबीच समन्वय गर्ने, संर्म्पर्क गर्ने, कलाकारहरुको हकहितका लागि निस्वार्थ, स्वतन्त्र ढंगले काम गर्ने, आपतविपतमा सहयोगका लागि वातावरण तयार गर्ने, कला र सँस्क्रिती को लागि काम गर्ने कलाकारहरुको विषयमा आवस्यक परेको बेला बोल्ने एउटा माध्यम हुने छ मञ्च । यसले कलाकारहरुका लागि उपयुक्त हुने काम गर्ने छ र यसको कर्तव्य पनि त्यसै अनुसार हुने छ । - केन्द्रको अनुमती लिएर मात्र शाखा, महाशाखा, च्याप्टर, उप शाखाहरुले पूर्ण निर्वाचन गर्न वा नेत्रित्व पुरै परिवर्तन गर्न सक्नेछन । यदी बिचमा कुनै शाखा, महाशाखा, उपशाखाले साधारण सभा वा भेला राखी पुनर्गठन गर्न चाहेमा बहालवाला अध्यक्षकै नेत्रित्वमा, पूर्ण निर्वाचन केन्द्रले आह्वान गरेपछी हुने गरी, कार्य समितिमा थप घट वा पुनर्गठन गर्न सक्ने छन तर यसका लागि पनि केन्द्रको अनुमती लिनु पर्ने छ । यदी शाखा, महाशाखा, उपशाखाको अध्यक्षले मँचको निती नियम बिधान बिपरित कार्य गरी उसलाई हटाउनै पर्ने नहटाए मँच लाई ठुलो घाटा पर्ने बिशेष परिस्थितीमा भने कार्य समितिको दुई तिहाइले निर्णय गरी अध्यक्ष पनि परिवर्तन गर्न सक्ने छन । तर यसको लागि पनि केन्द्रको परामर्श र अनुमती बान्छनिय हुने छ ।
धारा ६ : मञ्चको गठन - मञ्चको गठन कलाकारहरुबीच आपसी सल्लाह, समन्वय, छलफल वैठक वा भेलाबाट गरिने छ । जसमा एक अध्यक्ष, बढीमा ५ उपाध्यक्ष , महा-सचिव एक, सचिव एक, सह सचिब एक र कोषाध्यक्ष एक रहने छन् । आवस्यकता अनुसार सँरक्ष्यक, सल्लाहकार र सम्मानित सदस्यहरु, मानार्थ सदस्यहरु रहन सक्ने छन् । केन्द्रिय समिति वा महाशाखा, शाखा, उप शाखा वा च्याप्टर कम्तिमा सात देखि बढीमा आवस्यकता अनुसारको संख्यामा पदाधिकारी एवं सदस्यहरु रहने गरि गठन हुने छ । - अमेरिकामा यसको केन्द्रिय समिति, केन्द्रिय कार्यालय रहने भएता पनि यसका सल्लाहकार, सदस्य वा पदाधिकारी अन्य देशबाट समेत रहन सक्ने छन् । - केन्द्रिय समितिका अलावा हरेक देशमा अन्तर्राष्ट्रिय कलाकार मञ्चका शाखाहरु रहने छन् । (जस्तैः नेपालमा खोलिने शाखालाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, "नेपाल शाखा" भनिने छ ।) - शाखाहरु केन्द्रिय समितिको परामर्शमा, वैठक नबसेका बेला अध्यक्षको परामर्शमा विस्तार हुन सक्ने छन् । सजिलोको लागि केन्द्रिय समिति वा वैठक नबसेका बखत केन्द्रिय अध्यक्ष, उपाध्यक्ष र महा-सचिव, सचिवले कुनै एक कलाकारलाई संयोजक तोकी भेला/वैठक डाक्न र शाखा खोल्न निर्देशन दिन सक्ने छन् । महा शाखा वा शाखाका अध्यक्ष को राजिनामा केन्द्रले अनुमोदन गर्नुपर्ने छ भने अन्य पदमा रहेका पदाधिकारी वा सदस्यको राजिनामा अध्यक्ष वा कार्यसमितिले सरसल्लाहबाट स्विक्रित गर्न सक्ने छन । - शाखाहरुमा अध्यक्ष, महिला र पुरुष गरी 3 उपाध्यक्ष,, महा-सचिव एक, सचिव एक, कोषाध्यक्ष एक, सदस्य, संरक्षाक र सल्लाहकारहरु आवस्यकता अनुसार रहने छन् । - केन्द्रिय कार्य समितिको निर्वाचन हरेक चार बर्षमा एक पटक र शाखा, उपशाखा वा च्याप्टर को निर्वाचन हरेक दुई बर्षमा एक पटक हुने छ। भेलाद्धारा निर्वाचन हुनेछ । - मँचका कुनै पनि महा शाखा, शाखा, उपशाखा, च्याप्टरहरुले आफ्नो लेटर हेड, परिचय पत्र, सदस्यता पत्र, वेब साइट आफै निर्माण गर्न स्वतन्त्र हुने छन तर केन्द्रको बिधान लाई पुरै पालना गर्नुपर्ने छ र सबैले माथि उल्लेखित कुराहरुमा अनिबार्य रुपमा जनमानस मा भ्रम नपर्ने गरी 'अन्तरराष्ट्रिय कलाकार मँच-र त्यस पछी महा शाखा, शाखा, उपशाखा, च्याप्टर जे हो त्यो स्पस्ट खुलाई लेख्नु पर्ने छ । जसबाट कसैमा दुई बिधा पैदा हुन पाउने छैन ।
धारा ७ : सदस्यता ः · अन्तर्रर्ााट्रय कलाकार मञ्चको साधारण सदस्य हुन कुनै पनि कलाकारिता विधा अर्न्तर्गतगत कम्तिमा 2 वर्ष काम गरेको कलाकार हुनुपर्ने छ । सदस्यता दर्ुइ/दर्ुइ वर्षा नविकरण गर्नुपर्ने छ । · सदस्यता शुल्क केन्द्रिय समितिले तोके बमोजिम हुनेछ ।
धारा ८ : - माथि जेसुकै लेखिएको भएतापनि कलाकार प्रयाप्त नभएका देशमा कलाकारहरुको लागि काम गर्ने, योगदान दिने, आर्थिक सहायता प्रदान गर्ने वा मञ्चले आवश्यक ठानेको व्यक्ति मञ्चको मानार्थ सदस्य, सल्लाहकार वा सम्रक्षक हुन सक्ने छ, तर कलाकार भए सम्म कलाकारलाई समेट्नुपर्ने छ । केन्द्र र शाखाहरुमा एक मिडिया को-अर्डिनेटर वा प्रेस सल्लाहहकार समितिले नियुक्त गर्न सक्ने छ, वैठक बसेका बेला वैठकले र नबसेका बेला अध्यक्षले यस्तो सल्लाहकार नियुक्त गर्न सक्ने छन् । - मँचको केन्द्रिय समितिको बिधान नै सबै शाखा, महाशाखा, च्याप्टर, उपशाखाको मुल बिधान हुने भएकोले मँचको केन्द्रिय समितिको बिधान सबैले अनिबार्य रुपले पालना गर्नुपर्ने छ । यदी कसैले यो बिधान पालना नगरेको खण्डमा मँचको केन्द्रले बिधान पालना नगर्ने, केन्द्रको निती निर्देशन नमान्ने शाखा, महाशाखा, च्याप्टर, उपशाखालाई तत्काल आवश्यकता अनुसार निर्देश गर्न वा बर्खास्त गर्न वा निलम्बन गर्न सक्ने छ र केन्द्रले भेला वा साधारण सभा वा बैठक बाट अर्को ब्यबस्था नहुन्जेल कुनै ब्यक्ती को नेत्रित्वमा नयाँ तदर्थ समिती गठन का लागि निर्देश गर्न सक्ने छ ।
धारा ९ : काम, कर्तव्य र अधिकार कलाकारहरुको दर्ुइ वर्षा एक पटक गरिने साधारण सभा/भेला र्सवाधिकार सम्पन्न हुने छ, यसले विधान संशोधन, निर्वाचन वा आवश्यक सवै कार्यको तय गर्न सक्ने छ । भेला सम्भव नभए कार्य समितिले गर्ने निर्ण्र्ााअन्तिम हुने छ । कार्यकाल दर्ुइ वर्षो भएता पनि भेला संभव नभए कार्य समितिले बढीमा दर्ुइ वर्षथप गर्न सक्ने छ । अध्यक्ष : अध्यक्ष संस्थाको प्रमुख हुनेछ, वैठकको अध्यक्षता गर्ने, नीति/निर्णय लिने, संस्थाको नेतृत्य गर्ने लगायतका आवश्यक कार्य अध्यक्षले गर्ने छ । उपाध्यक्ष : अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सवै कार्य उपाध्यक्षले गर्ने छ । अध्यक्ष बाहिर भएका बेला अध्यक्षले एक उपाध्यक्ष लाई फर्की नआउँदा सम्मका लागि कार्यबाहक तोक्न सक्ने छ र फर्किए पछी कार्यबाहक सोतह हत्ने छ । महा-सचिव : अध्यक्ष, उपाध्यक्ष को निर्देशानुसार काम गर्ने, वैठक डाक्ने, कार्यक्रम संचालन वा आवश्यक परे अध्यक्ष को निर्देशनमा, सहमतिमा कार्यकारी अधिकार समेत लिई महासचिवले काम गर्ने छ । सचिव : महासचिवको अनुपस्थितिमा महासचिवले गर्ने कार्य सचिवले गर्ने छ । सह सचिब : सचिवको अनुपस्थितिमा महासचिवले गर्ने कार्य सचिवले गर्ने छ । कोषाध्यक्ष : मञ्चको आर्थिक दायित्व सम्बन्धि कार्य अध्यक्ष, महासचिवको परामर्शमा कोषाध्यक्षले गर्ने छ । सदस्य : कार्य समितिको वैठकमा उपस्थित हुने, मञ्चको हरेक कार्यमा अग्रसर हुन, सदस्यलाई सम्मानित सदस्य भनिने छ । आवश्यक सवै काम गर्ने सदस्यको कर्तव्य हुने छ । सल्लाहकार : मञ्चको सल्लाहकारको कार्य मञ्चलाई सल्लाह/सुझाव दिनु, मञ्चका कार्यमा सघाउनु हुने छ । कार्य समितिकिो वैठक नबसेका बेला अध्यक्षको निर्ण्र्ााअन्तिम हुने छ । - कार्य समिती को बैठक समझदारिमा, उपस्थित भएर वा फोन कल बाट वा ईमेल वा स्काइप वा अन्य कुनै माधयम बाट गरिने छ । अध्यक्ष ले मात्र बैठक बोलाउन सक्ने छ। - मँचको केन्द्रको बिधान पालना नगर्ने, संस्थालाई हानी पुर्याउने गरी कुनै अनैतीक वा कुनै प्रकारको काम गर्ने महा शाखा ,शाखा, उपशाखा, च्याप्टर वा त्यहा रहेका अध्यक्ष, पदाधिकारी वा सदस्य वा सल्लाहकार वा सम्रक्षक जो कोहिलाई पनि केन्द्रले कुनै पनि बेला सचेत गराउन, निलम्बन गर्न वा आवश्यकता अनुसारको कार्वाही वा बर्खास्तगी सम्म गर्न सक्ने छ । महा शाखा ,शाखा, उपशाखा, च्याप्टर भित्रको हकमा उक्त जुन हो त्यो शाखा अध्यक्षले आफ्नो मतहतका पदाधिकारी वा सदस्य वा सल्लाहकार वा सम्रक्षक जो कोहिलाई पनि कुनै पनि बेला सचेत गराउन, निलम्बन गर्न वा आवश्यकता अनुसारको कार्वाही वा बर्खास्तगी सम्म गर्न सक्ने छ । तल कुनै बिबाद आएमा केन्द्रले गर्ने निर्णय अन्तिम हुने छ । केन्द्र भन्नाले केन्द्रिय समिती भन्ने बुझिने छ तर केन्द्रिय समितिको बैठक नबसेका बेला केन्द्रिय अध्यक्ष वा संस्थापक अध्यक्ष भन्ने बुझिने छ ।
धारा १० : आर्थिक : - मञ्चको लागि आवश्यक आर्थिक व्यय भार सहयोग, कार्यक्रम आयोजनाबाट उठेको रकम वा कार्य समितिले स्वीकार गर्ने कुनै पनि आयश्रोतको रकमबाट चलाईने छ । - मंचका शाखाहरुले आफ्ना कार्यक्रम तथा गतिबिधिबाट आर्जन गरेको रकम बाट केन्द्रिय समितिलाई २५ % दिनेछन र उक्त २५ प्रतिशत रकम पूर्णतया कलाकारहरुको दुर्घटनामा उपचार सहयोग, मृत्यु भएमा पारीबारिक सहयोग, आपत बिपद आइ पर्दा सहयोग गर्ने प्रयोजनमा केन्द्रिय समितिको निर्णय अनुसार खर्च गरिने छ । केन्द्रले यो शुल्क आबश्यक ठानेमा मिनाहा गर्न सक्ने छ । आर्थिक अनुशासन केन्द्र देखी शाखा सम्म सबैले कदाइका साथ पालन गर्ने छन । केन्द्रिय समिती वा शाखा मा रहेका कुनै पनि पदाधिकारी वा सदस्यले एक पैसा पनि पारिश्रमिक लिने छैनन र पूर्ण रुपमा स्वयम सेवा गर्ने छन । हरेक आय ब्ययको लेखा परिक्ष्यण गरिनेछ । कोसाध्यक्ष्य, सचिब, महासचिब र अध्यक्ष्यद्वारा कोस संचालन हुने छ ।
धारा ११ : कार्यालय मञ्चको केन्द्रिय कार्यालय, अमेरिकामा कार्य समितिले तोके बमोजिम र शाखा कार्यालय शाखाहरुले तोके बमोजिम हुने छ । शाखा कार्यालय स्थापना केन्द्रिय कार्यालयको संयोजन/संर्म्पर्कमा हुने छ ।
धारा १२ : मञ्च ठूलो हुने भएकोले र सधै वैठक वस्न संभव नहुँदा मञ्चको कार्यमा बाधा नपरोस भन्नाका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिब कोषाध्यक्ष र कार्यसमितिले तोकेका अन्य सदस्य गरि एक सचिवालय समिति निर्माण गर्ने र साधारण सभा वा केन्द्रिय कार्य समितिको वैठक नबसेका बेला उक्त सचिवालय समतिकिो निर्ण्र्ााअन्तिम हुने छ ।
धारा १३ : विधानमा उल्लेख नभएका कुनै पनि छुट कुराहरु साधारण सभा नबसेका बेला कार्य समितिले निर्ण्र्ाागरे बमोजिम हुने छ । केन्द्रिय कार्य समितिको बैठक नबसेका बेला केन्द्रिय अध्यक्षको निर्णय बमोजिम हुने छ जसलाई पछी केन्द्रिय समितिको बैठक बसेका बेला अध्यक्ष ले पास गराउनु पर्ने छ ।
धारा १४ : कार्य समितिका अध्यक्षलाई साधारण सभा नबसेका बेला वा कार्य समिती बैठक नबसेका बेला मँच लाई आबस्यक परे बढीमा कुल संख्याको २५ प्रतिसत पदाधिकारी, सदस्य र आबस्यक परे केन्द्र सँग समन्वय गर्न केन्द्रिय प्रतिनिधि समेत मनोनयन गर्ने अधिकार हुनेछ जुन पछी बैठक वा सभाले पास गर्नु पर्ने छ।
धारा १५ : बिशेष ब्यबस्था - केन्द्रिय कार्य समितिको संस्थापक अध्यक्ष संस्था रहुन्जेल मानार्थ अध्यक्षका रुपमा बरियताको क्रममा कार्यकाल सकिए पछी पनि दोस्रो हैसियतमा रहने छ र बहाल वाला अध्यक्ष ले संस्था को हितमा कार्य गर्न नसके, वा कुनै गलत कार्य गरे वा कार्य समितिका ५१ प्रतिसत सदस्यले अनुरोध गरेमा संस्था बचाउन का लागि कार्यकारी अधिकार लिन र संस्था को हितमा नयाँ ब्यबस्था गर्न सक्ने बिशेष अधिकार हुनेछ किनकी संस्थापक अध्यक्ष्य मँच को जन्मदाता, कन्सेप्ट मेकर, अभिभाबक रहेकाले संस्था प्रती सधैं उत्तरदायी हुनेछ । कुनै कार्य समितिका बैठक वा साधारण सभा संस्थापक अध्यक्ष बिना सन्चालन हुने छैनन । संस्थाको प्रमुख अध्यक्ष हुनेछ र संस्थाका हरेक पदाधिकारी तथा सदस्यहरु,शाखा, महाशाखा, च्याप्टर, उप शाखाहरु केन्द्रिय अध्यक्ष वा संस्थापक अध्यक्ष प्रती जबाफदेही, उत्तरदायी हुने छन । संस्था मा अनुशासन कायम राख्न यो ब्यबस्था गरिएको हो । मँच को केन्द्रिय कार्य समितिका हरेक पदाधिकारी, सदस्यले संस्थाको प्रतिनिधित्व गरेर कुनै काम गर्दा अध्यक्ष वा संस्थापक अध्यक्ष लाई अनिबार्य रुपमा जानकारी दिएर गरेको हुनुपर्ने छ अन्यथा त्यो अबैध मानिनेछ ।
Bylaws 1. The name of the organization will be International Artists Forum (IAF). 2. Bylaws will imply the article of incorporation of IAF. 3. This bylaws will be effective immediately. 4. Definition of IAF: Inspired by not any political ideas, but will only be a forum for interested artist of any domain from Nepal and other countries. It will be a non-profit community organization. It will work for the rights of the artists, to promote arts and be of assistance to needy artists. In this forum artist from various domains like movies, songs, theatre, humor, dance and any other arts can join this forum. Redefinition: Forum's local and regional chapters will be responsible and accountable towards central working committee (CWC); forum may establish regional chapters in two or more countries or the continent, and they'll also be responsible and accountable to the central committee. All chapters will have to abide by the forum's norms, its rules and regulation. The forums' central committee may take action against and up to termination of the chapters found in violation of the forums' norms, terms and conditions. Each country will have one national chapter and other local chapters can be opened in different cities or states within the country. Local chapters can be opened with approval from its higher chapters within a country. For example, if local chapters were to be established in different cities like Biratnagar, Butwal, Nepalgunj or Narayanghat in Nepal, approvals will be required from the national chapter in Nepal. The IAF will be the organization of artists from all over the world. Since this organization was established by the artists from Nepal, during its initial phase there may be more artists from Nepal, but this does not mean membership will be limited to these groups of artists. The Artists in any domain from any country can be a member of this country. 5. Roles and Responsibilities As stated above, the IAF will be a forum to promote and coordinate friendship among the artists, establish contacts, to work selflessly and independently for the interests of the artists, to create favorable environment during crisis and to speak on behalf of the artists. The forum will do those activities that will be appropriate for artists, and its responsibilities will also be accordingly defined. With the approval from the CWC the national chapters, regional chapters and local chapters may conduct the election or change the leadership. Should any chapter(s) require reorganization to either add or remove members in their working committee, it can call for the general convention but has to be lead by the current chairman of the chapter(s). If the chairman does any activities that are against the Forum's established norms and rules or in a circumstances where the chairman's actions cause damage to the Forum's reputation, two third majority of the chapters working committee can vote against the removal of the chairman. This will also require consultation and approval from the Forum's CWC. 6. Forum's formation Forum will be established by the discussion, coordination and cooperation among the artists in the area. When formed, the Forum will have one Chairman, not more than 5 vice-chairman, one General Secretary, one Secretary, one Assistant Secretary and one Treasurer. If required, Forum can have Patrons, Advisors and honorariums & honorary members. All chapters will be formed with at least seven committee members and can have any numbers depending on the circumstances. The Forum's Central Working Committee (CWC) and its central office will be in the United States of America (USA), but its advisors or members can also be from other countries. Besides the Forum's CWC, other countries will have Forum's branches as chapters; Forum's branch in Nepal will be identified as 'IAF Nepal Chapter'. With consultation from CWC, the chapter's chairman can work on expansion of the local chapters with or without the committees meeting. For convenience, any members of CWC can identify an artists as coordinator and advise to call for a general meeting and to establish a new chapter. The resignations of the regional and national level chapter's Chairman will be considered by the Forum's Central office, while the chairman from the local chapters will considered by either the chairman or the chapter's working committee. Chapter's will have one Chairman, three Vice Chairman comprising of men and women, one General Secretary, one Secretary, one Treasurer, member, patron and advisors depending on the local needs. Election will be held every four year at the Center, while the local chapter will face the election in every two years during the general convention. Forum's chapters can independently own a website, design a letter pad and an ID card, but will have to remain in compliance with the Forum's core principle and values and have to identify each chapters as International Artists Forum, followed by the chapter name to avoid any confusion. 7. Membership Individuals who have worked in any domain of arts for at least two years can apply for forum membership, which will be renewable in every two years. The Forum's CWC will decide the membership fee. 8. In countries with not enough artists, those individuals assisting the artists, contributing to the art, who provide financial assistance to the forum or the chapters or who are considered as resource can be forum's honorary member, advisor or patron. However, if artists were available, they need to be included in the working committee. Each chapter can appoint one media coordinator or press advisor, either during a meeting with working committee or by the Chairman. The Forum's CWC's By-Laws will also be the bylaws of the chapters, therefore, each chapters will have to abide by its rules. The CWC can instruct, remove or suspend any chapters that are found to be not abiding by the forum's norms and policies; the CWC can also form a new interim committee until a new arrangement can be made. 9. Roles, Responsibilities and authority The General Assembly will be held in every two years, and it will have full authority to revise bylaws, to conduct election and to get other works done. If the General Assembly is not doable, the working committee will make decision(s), and they'll be final; the working committee may also extend its term for another two years only. Chairman: The Chairman will be the chief of the forum, will preside over the meetings, adopts plans and takes decision and leads the forum's chapter. Vice Chairman: The Vice Chairman will be the interim Chairman in absence of the Chairman, and will perform all duties the Chairman would perform. The Chairman will identify one Vice President to act as interim Chairman during the period of his absence. General Secretary: The General Secretary will act on the instruction and advice from the Chairman and the Vice Chairman and with consent, can also work with executive authority. Secretary: In the absence of the General Secretary, the Secretary will perform the role of the General Secretary. Assistant Secretary: In the absence of the Secretary, the Assistant Secretary will perform the role of the Secretary. Treasurer: The Treasurer will perform financial responsibilities with consultation from the Chairman and the General Secretary. Member: The Member(s) will be present in the general meetings, will lead and assist in the activities of the Forum will be recognized as Honorable Member. Advisor: The Advisor will advise the Forum, and assist in the Forum's activities. In absence of the CWC meeting, the Chairman's decision will be final. Only the Chairman can convene the working committee's meeting, and the meeting can be scheduled at a convenient time either by phone or any other convenient form of communications. Any Chapters and any member of its working committee found not abiding the Forum's bylaws, or may be involved in activities that risks the reputation of the Forum, the Center can anytime advise, suspend or take action up to the termination of its membership or the chapter. The Chairman can advise any regular member or the member of the Working Committee or take action and can also terminate when required if found in violation of the Forum's norms and risking its reputation. However, in the event of contentious issues, the Center's decision will be the final decision. The term Center implies the Central Working Committee (CWC), and in the absence of CWC meeting, the Center will imply the Forum's Central Chairman. 10: Finances The Forum's finances will be generated by generous support, revenue generated from various programs, and any other sources approved by the CWC, and this will help form operate. Each Chapters will generate their revenue from their own events and programs; 25% of their revenue generated will be shared with the Center and this portion will be utilized as emergency funds for artists when needed in the event of medical expenses, support to family in the event to untimely death, and in the event of difficulties in the discretion of the CWC. The 25% revenue to the Center can be waived if CWC deems so. The financial discipline will be strictly observed by the Center and all the chapters. No members of the working committee in the Center and in the Chapters will take any financial compensation; it will be a volunteer service. All income and expenses will be audited. The Treasurer, Secretary, General Secretary and the Chairman will operate the Forum's fund. 11: Office The IAF's Central Office will be identified by the working committee and the Chapters office will be identified by the Chapters working committee. The Chapters offices will be established in coordination with the CWC. 12. The scope of the Forum is big, and it may not be possible to hold the General Assembly on regular basis. Therefore, for uninterrupted functioning of the Forum's activities, a secretariat committee can be formed with the Chairman, Vice Chairman, General Secretary, Secretary and other members identified by the Working committee; in absence of the General Assembly or the CWC, this Secretariat committee will execute the final decision. 13. The working committee will execute actions on miscellaneous things outside of the bylaws, and in absence of the general assembly. Later, the Chairman of the CWC will propose and approve the same during the General Assembly meeting. 14. The Chairman of the working committee, in absence of the General Assembly or the working committee meetings, will have the authority to appoint 25% of the total representatives, members and a member to coordinate with the Center which will later be ratified by the General Assembly. 15. The founding Chairman of the CWC will remain honorary Chairman as long as the Forum exists, and will remain second in the hierarchy after the incumbent chairman; if the incumbent fails to work in the interests of the Forum or is found of any wrongdoing, or if 51% of the working committee members pleads help to save the Forum, the honorary Chairman may take over the executive authority of the incumbent Chairman and take any action to save the organization. This is justified on the ground that the founding Chairman is the founder, a concept maker and a guardian and will always remain accountable to the Forum. No working committee's meeting or general assembly will proceed without the participation of the founding Chairman. The Chairman will be the chief of the Forum, and all other organization's officials, the chapters will be responsible to the Center's Chairman. The Forum has plans to enforce discipline. All members of the CWC when representing the Forum will have to report and seek consent to the Chairman or the founding Chairman or else it will be construed as illegal.
अन्तराष्ट्रिय कलाकार मँचको अत्यन्त जरुरी सुचना ! अमेरिका वा सँसारका कुनै पनि देशमा रहनुभएका कुनै पनि बिधाका कलाकार साथीहरु, अन्तराष्ट्रिय कलाकार मँच हामी तीब्र रफ्तारमा बिस्तार गर्दै छौ संसार भर। इच्छुक कलाकार ले ईमेल वा फोन बाट संपर्क गर्न सक्नुहुन्छ । हरेक देशमा शाखा बनाउने, अमेरिकाको हकमा हरेक स्टेट मा शाखा बनाउने यो अभियान तपाईं पनि सरिक भएर कला र सँस्कृति रक्षा का लागि योगदान दिनुस् ।
- प्रकाश नेपाल - सचिब एबम प्रबक्ता ईमेल : internationalartistsforum@gmail.com ******************
अन्तराष्ट्रिय कलाकार मँचका सम्पूर्ण महा शाखा, शाखा, उपशाखा वा च्याप्टरहरुले बर्षमा कम्तिमा दुई वटा कार्यक्रमहरु गर्नुपर्ने छ । कार्यक्रमको बारेमा केन्द्रलाई जानकारी गराउनु होला । कला र सँस्क्रिती सम्बन्धी कार्यक्रम हरु जस्तै : साँस्कृतिक कार्यक्रम, तिज गीत न्रित्य, तिहार देउसी भैलो कार्यक्रम, कलाकार भेला तथा छलफल कार्यक्रम, कलाकार कोश निर्माण कार्यक्रम, समुदाय सँग कला र संस्कृतिका बारेमा, बिदेशी कलाकार सँग सम्बन्ध बिस्तार कार्यक्रम, कुनै पनि कलाकारलाई आपत बिपतमा सहयोग कार्यक्रम, नयाँ बर्ष, बडा दशैं वा कुनै पनि बखत समुदायलाई मनोरन्जन प्रदान गर्ने कार्यक्रम देखी अन्य सम्बन्धित कार्यक्रम आदी लाई महत्वका साथ क्यालेन्डर बनाइ कार्यान्वयन गर्न सबै लाई अन्तराष्ट्रिय कलाकार मँच, केन्द्रिय समिती निर्देश गर्दछ । मँचले नेपाली कलाकार मात्रा नभएर बिदेशी कलाकार लाई समेत मँचमा समेत्दै यस अन्तराष्ट्रिय कलाकार मँचलाई अन्तरराष्ट्रिय करण गर्दै जाने निती लिएकोले सबैले यसलाई गम्भिरता पूर्वक लिन सुचित गर्दछ। जुन देश छौं त्यहा नेपालीका अलावा त्यहा को रिती रिवाज, कला , सन्स्क्रिती अनुसार अघी बढ्न पनि सम्पूर्ण महा शाखा, शाखा, उपशाखा वा च्याप्टरहरुसँग मँच अनुरोध गर्दछ । र मँच अमेरिकामा दर्ता भै सँचालन भएता पनि देश र स्टेट पिच्छे फरक नियम कानुन हुने भएकाले सबै बुझी आबस्यक्तानुसार, नियमानुसार दर्ता भै कानुनी ढंगले चल्नुहुन समेत सबैलाई सुचित गरिन्छ । आर्थिक अनुशासन केन्द्र देखी शाखा सम्म सबैले कडाइका साथ पालन गर्ने छन । केन्द्रिय समिती वा शाखा मा रहेका कुनै पनि पदाधिकारी वा सदस्यले एक पैसा पनि पारिश्रमिक लिने छैनन र पूर्ण रुपमा स्वयम सेवा गर्ने छन । हरेक आय ब्ययको लेखा परिक्ष्यण गरिनेछ । कोसाध्यक्ष्य, सचिब, महासचिब र अध्यक्ष्यद्वारा कोस संचालन हुने छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक