20160503

केशर बहादुर विष्टको चुनौति : कमल थापा आफूलाई गुण्डा सम्झिन्छन् भने म पनि २१ पुस्ते काँठे गुण्डा हुँ होस गर !

       * पशुपति शम्शेरले यसरी मुख खोलेछन !    
       * ज्ञानेन्द्रलाई मात्रै गणतन्त्र अभिसाप !
पार्टी हितविपरितको गतिविधि गरेको भन्दै राप्रपा नेपालको निस्काशनमा परेका केशर बहादुर विष्टले आफू अझैं पनि शक्तिशाली भएको भन्दै कमल थापालाई चुनौति दिएका छन् । उनले आफूले पार्टीको एजेण्डाअनुसारको गतिविधि चलाउँदा त्यसप्रति समर्थन गर्दै आएका नेता कार्यकर्तालाई संस्थापन पक्षले धम्क्याउने गरेको दाबी गर्दै भने, ‘हाम्रा मान्छेहरुलाई कमल थापाका मान्छेहरुले धम्क्याउँदै आएका छन् । कमल थापा आफूलाई गुण्डा सम्झिन्छन् भने म पनि २१ पुस्ते काँठे गुण्डा हुँ, कोहि सँग कोहि ठराउने कुरा आउँदैन ।’ मंगलबार राजधानीको

होटल एल्लो प्यागोडामा आयोजित भेलालाई सम्बोधन गर्दै उनले आफूले पार्टीको एजेण्डा रक्षा गर्नको लागि निरन्तर अभियान चलाइरहने समेत बताए । करीब ५० बढी विष्ट पक्षीय नेता कार्यकर्ता सहभागि उक्त भेलाले आगामी जेठ २ गते उपत्यका भेला गर्ने निर्णय गरेको विष्ट पक्षीय नेता दमन बस्नेतले बताए ।

अर्को तिर  पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्टलाई तीन वर्षका लागि पार्टीको साधारण समस्य समेत नरहने गरी निलम्बन गरेपछि पार्टी अध्यक्ष कमल थापालाई चौतर्फी दवाव परेको छ । केहीदिनअघि केन्द्रीय सदस्यहरुले थापाको कदमको विरोध गर्दै निर्णय सच्याउन ध्यानाकर्षण गरेका थिए । मंगलबार फेरि राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरुले ‘निलम्वन फिर्ता गरियोस् भन्ने सम्वन्धमा’ अध्यक्ष कमल थापालाई संवोधन गरी पार्टी कार्यालयमा निवेदन नै दिएका छन् ।
उनीहरुले नेता कार्यकर्ताको इज्जत गर्न पनि थापाको ध्यानाकर्षण गराएका छन् । अप्रजातान्त्रिक रुपमा निलम्वन गर्ने कार्य तुरुन्त फिर्ता लिई पार्टीको सिद्धान्तअनुसार अगाडि बढ्न पनि नेता तथा कार्यकर्ताले थापालाई चेतावनी दिएका छनु ।

१.  रोम भण्डारी केन्दीय सदस्य कास्की राप्रपा नेपाल
२.  सम्र्पुण जिल्ला कार्य समिति राप्रपा नेपाल जुम्ला
३.  डा. विजय सिहं सिजापति सल्लाहकार प्राज्ञीक परिषद्
४. देव कुमारी पराजुली संयोजक राप्र. अपाङ्गग संघ नेपाल
५.  राम वावु नहर्कि अध्यक्ष धार्दिङ्ग काठमाण्डौ सम्पर्क समाज राप्रपा नेपाल
६.  झीनकन कुर्मी पुर्व सभापति कपीलवस्तु राप्रपा नेपाल
७.  माधव तिमिल्सिना संयोजक राप्रविस ललितपुर 
८.  नारायण दुलाल राप्रविस केन्द्रिय सदस्य राप्रपा नेपाल
९.  सह प्रा. राम वहादुर कुवंर सदस्य प्राज्ञीक परिषद् राप्रपा नेपाल
१०. रमेश कुमार निरौला महासचिव राप्रपा नेपाल उद्योग वाणिज्य संघ नेपाल
११. गोकर्ण राज सिटौला राप्रपा नेपाल जिल्ला उपाध्यक्ष नुवाकोट
१२. प्रेम वहादुर अधिकारी जिल्ला नेता सिन्धुपाल्चोक राप्रपा नेपाल
१३. महेश्वर लाल श्रेष्ठ उपाध्यक्ष राप्रपा नेपाल सिन्धुपाल्चोक
१४. मिलन रोक्का अध्यक्ष स्वाभिमान यूवा प्रतिष्ठान नेपाल
१५. दिपक काफ्ले महासचिव स्वाभिमान यूवा प्रतिष्ठान नेपाल
१६. पे्रम लाल चौधरी नेता पर्सा राप्रपा नेपाल 
१७. पुरुषोतम कुमार शाह  यूवा नेता नुवाकोट
१८. प्रदिप कार्की केन्द्रिय का.म.न.पा वाड नं.१३ अध्यक्ष राप्रपा नेपाल

ज्ञानेन्द्रलाई मात्रै गणतन्त्र अभिसाप, के चाहन्छन उनी ?? - सूर्य खड्का 
.........यो जीत सबैको हो । पञ्चको पनि हो ।......... ३० बर्षे पंचायतको पतनसंगै २०४६ मा पुर्नस्थापित प्रजातन्त्रपछिको काठमाडौं खुलामञ्चमा आयोजित विजयसभामा तत्कालिन कांग्रेस महामन्त्री गिरिजाप्रसाद कोईरालाले यसो भन्दै गर्दा भएको हुटिङ शान्त पार्न लौह पुरुष गणेशमान सिंह गर्जनु परेको थियो । तर कालान्तरमा प्रधानमन्त्री पद त्यागेर सत्तास्वार्थभन्दा माथिको त्यागको महानता देखाउने उनै वीर गणेशमान कांग्रेसको कलबडगुडी महाधिवेशनमा कुर्सीबाट लडाईए, मर्ने बेलासम्म त मूलधारको कांग्रेसबाटै एकहदसम्म पलायन गराईए । उनै गिरिजाले बरु सबै पञ्च कांग्रेस, सबै कांग्रेस पञ्चझै गरी पंचहरुको पार्टी पनि बनाए कांग्रेसलाई । २७ बर्ष अघिको यो गिरिजापन्थी राजनीतिक लाईन १० बर्षे लोकतन्त्रको दशकदौरानमा पनि उत्तिकै मेल खान्छ, उनै नवगणतन्त्रवादी स्व.गिरिजाप्रसाद कोईरालाद्धारा आविश्कारित गणतन्त्रमा ।

नारायणहिटीबाट एकथान राजालाई बिदा गरेर सिंगै लोकले जितेको ठानिएको देशमा त्यही लोकतन्त्र पुर्नस्थापनाका लागि गरिएको आन्दोलनका दमनकत्र्ता शासक गणतन्त्र सरकारका शक्तिशाली उपप्रधानमन्त्री विदेशमन्त्री, स्थानीय विकास तथा संघीय मामला मन्त्री छन । जनआन्दोलन २०६२–६३ को दोषी उपर छानविन गर्न गठित रायमाझी आयोगले दोषी करार गरेका तत्कालिन गृहमन्त्री कमल थापा विदेशमन्त्री र गणतन्त्र कार्यान्वयनकत्र्ता अगुवा भैरहदा त्यही आयोगले कारवाही सिफारिस गरेका प्रहरी अधिकृत दुर्जकुमार राई शसस्त्र प्रहरी प्रमुख बनेका छन । रायमाझी आयोगका अर्का दोषी पात्र पूर्व सेना प्रमुख रुकमांगत कटवाल गणतन्त्रका असली पृष्ठपोषक तत्कालिन प्रचण्डसत्तालाई ढाल्ने खरो गणतन्त्रवादी धरोहर बनिसकेका छन । तत्कालिन शाहीसत्ताका वरिष्ठ उपाध्यक्ष डा. तुल्सी गिरी र कीर्तिनिधि विष्टहरुले जीवनविश्राम लिनेबाटो समातेका भएपनि गणतन्त्रान्त्रिक सरकार कसैका बारेमा पनि अलोकप्रिय निर्णय लिन अग्रसर भएन, रायमाझी आयोगको सिफरिस बमोजिम ।
लोक जान्दछ, तत्कालिन सात दलका नेताहरु स्व. गिरिजा बाहेक अमिक शेरचन, भरतविमल यादव, नाराणयमान बिजुक्छे, माधव नेपाल, सीपी मैनाली अझै ज्यूँदै छन, उनीहरुले निरंकुश राजतन्त्रका विरुद्ध गरेका थिए, जनआन्दोलन । तर प्राप्त भो गणतन्त्र । भारतमा तत्कालिन माओवादी जनयुद्धकारीसंग गरिएको १२ बुंदे सम्झौतामा पनि गणतन्त्रको ‘ग’ सम्म पनि उल्लेख थिएन । २०६२–६३ को आन्दोलनमा पनि गणतन्त्रको मुद्धा नै थिएन । उल्टो नेपाली म्यागनाकत्र्ताको उपमा दिईएको २०६४ जेठ ४ को संसद घोषणामा राजाको अधिकारहरु मात्रै कटौति भएका थिए । तर गणतन्त्रको कुरो त्यहाँ पनि थिएन । तर एककासी २०६५ जेठ १५ मा अनिर्वाचित सरकारले चोरबाटोबाटै पहिलो संविधानसभामा गणतन्त्रको प्रश्ताव गर्यो । जेष्ठ सदस्यका रुपमा गणतन्त्रको प्रश्ताव पारित गराएका कांग्रेस सभाषद कुलबहादुर गुरुङले नै अहिले त्यो बेला गणतन्त्र घोषणा गलत भएकोमा पश्चाताप गरिसकेका छन ।

तर त्यतिबेला रातारातको डिजाईनमा घोषित गणतन्त्रको नारा कार्यान्वयनमा एकशब्द प्रतिवाद नगरी खुरुक्क नारायणहिटी राजगद्धी खाली गरी नागार्जुनतिर लागेका पूर्वराजा ज्ञानेन्द्रका हकमा अझै पनि अनुदार छ, पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिदैछ देशको गणतन्त्र या लोकतन्त्र ।

देशले लोकतन्त्रको दशक मनाईरहेका बेला लोकतन्त्रका पिल्लरहरुको बढाईचढाई हुनु स्वभाविक छ । तर लोकतन्त्रको कोपभाजनमा परेर पनि लोकतन्त्रको वैरी नबनेका पूर्व शासकका बारेमा वकालत गर्नु अझै पनि लोकतन्त्र वा गणतन्त्रका हिमायतीहरुका लागि अपाच्य हुन सक्छ । तैपनि यो लोकतान्त्रिक व्यवस्था दशौं बर्ष प्रवेशको  माहौलमा एकपटक पूर्वराजा ज्ञानेन्द्र  शाहको बारेमा लेख्नु अन्यथा हुने छैन । कसैलाई त्यस्तो लागेका हदसम्म खतबात माफी होस ।

गणतन्त्रका सहयागी ज्ञानेन्द्र कसरी ?
१. उनले पहिलो संविधान सभाको घोषणालाई सहर्ष स्वीकार गरे । नमानेको भए के हुन्थ्यो कुरो गहिरो छ ।
२.अनिर्वाचित सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नारायणहिटी राजदरवार खाली गर्न दिएको आदेश विनाप्रतिवाद स्वीकार गरे ।
३. गणतन्त्रको विरोधमा संगठित वा असंगठित कुनै प्रकारको चलखेल गरेनन्, गरिरहेका छैनन् । जे भनेका छन्, गरेका छन, खुल्ला किताब जस्तै छन उनका गतिविधी ।
४. सरकारले खोसेको दरवारको शान, सम्पति वा अधिकारकाविरुद्ध एक आम नागरिकका रुपमा प्रश्नहरु उठाउन सक्थे तर, चुपचाप रहे ।

५. सरकारले सैनिक सुरक्षा दस्ता खोस्दा होस पनि चुपचाप रहे । पूर्वराजाका हैसियतमा केही भाग पनि खोजेनन् ।

६. सामान्यतः सत्ता परिवर्तनपछि पूर्व शासकहरु देश छोड्छन । तर उनले अन्तिम शाही सम्वोधनमा टिकेर देशैभित्र रहे । ज्ञानेन्द्रले देशमै रहेर बस्नुमात्रै पनि गणतन्त्रको लागि सुखद सन्देश हो । देशमा रहदा उनले सधै देशहित र जनहित बाहेकका मुद्धामा चासो राखेनन् ।
७. जनतासंगको सम्वन्धलाई उनले कहिल्यै टुटाएनन्, धार्मिक भ्रमणको मेलो पारेर जनताको भावना बुझ्न सधै जनतासम्म पुगिरहे, पुग्दै छन ।

८. राजा आउ, देश बचाऊ भन्नेहरुलाई दार्चुलाका बाढीपिडतलाई राहत बाढ्ने क्रममा उल्टै संझाएः राजा आऊ देश बचाऊ हैन अब जनता आऊ राजा फर्काउ भन्नुस । म भन्दा ठूला जनता हौं भन्ने सन्देश थियो यो ।

९. कुनै त्यस्तो पार्टी वा शक्तिमा लगानी गरेनन्, जस्ले उनको पक्षमा लाग्दा गणतन्त्रसंग बदला लेओस । कमल थापाको गाई पार्टी राजासंग रिसाउनुको कुनै एक शक्तिशाली कारण छ भने दरवारले लगानी गरेन भन्ने नै हो । बरु थापाले राजाको नाम भजाएरै भएनी संसदमा २४ सिट पाए र सत्ता पड्काए । उनले ज्ञानेन्द्रको नाम बेचे, ज्ञानेन्द्रले कमलको पसलमा ग्राहक बनेनन् ।

१०. लोकसम्मतिका आधारमा चल्ने शाहवंशीय परम्परालाई सकी नसकी नागरिक राजाकै रुपमा पनि निरन्तरता दिने प्रयास गरे । राजा सबका साझा हुने कोसिस गरे । बार नलगाउन्जेल सबै तिथीका धार्मिक कार्यक्रममा सरिक हुन खोजे ।

के भन्छन, के चाहन्छन ज्ञानेन्द्र ?
विभिन्न औपचारिक अनौपचारिक मञ्च वा तिथीमितिका मेलोमा उनी आफ्ना धारणा सार्वजनिक गर्ने गर्छन । परिस्थितिअनुसार आलोचना, आग्रह र टिप्पणी गर्छन । सिधै केही माग्दैनन्, चाहियो भन्दैनन् । पछिल्लोपटक नेपाली पात्रो विक्रम सम्वत २०७३ को पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको पछिल्लो शुभकामना सन्देश एक पूर्व शासकको शुभेच्छा मात्रै थिएन, देशको हालप्रति उनको दृष्टिकोण, बिश्लेषण र एकहदसम्मको अपेक्षा पनि थियो । उनले अगस्ती भन्दै देशको भ्रष्ट शासकको खाईरहने प्रवृत्तिको कडा आलोचनासाथ सबै देशभक्तलाई समेटेर देशको अग्रगतिमा लाग्न  आग्रह गरे । भारतलाई चिढ्याएर देशमा शान्ति, स्थिरता र विकास संभव नहुने बताए । उनको शब्द यस्ता थिए ः
१. हाम्रा राष्ट्रिय मान्यताहरु (धर्म, संस्कृति, भाषा, इतिहास र सभ्यता) विपरित प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सुम्पिएको धरोहरहरु आफ्ना सन्ततीलाई कसरी हस्तान्तरण गर्न सक्छौ भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दै छ । त्यसका लागि दक्षिण एसियाको भुराजनीतिक सम्वेदनशिलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी छ । हामी को थियौं, कहां थियौं, अहिले कुन स्थितिमा छांै, देश कता जाँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सहि मार्ग चित्र के हुनुपर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ अनि क–कसको कस्तो अर्गेल्याइँछ भन्ने विषयलाई वर्तमान अवस्थामा सवैले बुझिसकेका छन् ।

२. राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दूरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको छ । राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भैसकेको छ ।

३. यसैले स्वदेशको माटोमा दह्रोसंग खूटृा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमुख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ ।

के दिन सक्छ गणतन्त्रले ज्ञानेन्द्रलाई ?
त्यसो त जीवनभर कुनै न कुनै रुपले राजा र राजसंस्था वा त्यसैको पृष्ठपोषक सत्ताकाविरद्ध लडेर सरकारमा पुगेका कांग्रेस, कम्युनिष्टहरुले पूर्वराजालाई अहिले स्पेश दिने कुरो अकल्पनीय हुन सक्छ । तर उनको शासकीय अनुभवलाई सममानजनक रुपमा उपयोग गर्न सकेको भए गणतन्त्रवादीकै उचाई बढ्थ्यो शायद ।

कतिसम्म भने राज्यले मनाउने कुनै पनि औपचारिक समारोहहरुमा ज्ञानेन्द्रलाई निम्तासम्म दिईदैन । किन ? देशले नाकाबन्दीसम्मको कहर भोग्दा सामान्य सल्लाह पनि गरिएन । सिंगै मधेस आन्दोलित, जनजाती आन्दोलित रहँदा पनि त्यसमा कुनै सरसल्लाह लिने पात्रमा पर्दैनन् ज्ञानेन्द्र । कुनै नियुक्ति नै नखालान, खोजेका पनि छैनन् ज्ञानेन्द्रले । तर उनलाई गणतन्त्र कार्यान्वयनमा ऐतिहासिक योगदान गरेको भनेर धन्यवादसम्म दिँदा वा त्यस्तै कुनै सेरेमोनियल सम्मान घोषणा गर्दा गणतन्त्रको कद घट्छ र ? पूर्वराजाको शासकीय अनुभव, राज्य संचालनको तौरतरिका, कुटनीति, विदेश मामला र जनताका लागि कसरी मरिमेटने भन्ने अनुभव त समकालिन नेताभन्दा कम छैन नै । छ र ? सिके राउतहरुले देश टुक्रयाउने हुंकार पिट्दा, विप्लवहरुले फेरि बन्दुक उठाउने घृष्टता गर्दा पनि पूर्वराजाको भुमिकाको आवश्यकता देख्दैन यो लोकतन्त्र ?

हुन त ज्ञानेन्द्रले अहिले राम्रैसंग अनुभुत गरेका होलान, उनलाई वैरी भन्दा ज्यादा उनकै असान्दर्भिक शासकीय महत्वकांक्षा र गलत सल्लाहकार मण्डलीले सिध्याएको हो । राजाको सिंहासन छाडेर प्रधानमन्त्रीको कुर्सीमा बस्ने मुर्खता नगरेको भए २४० बर्ष लामो शाही विरासतमा प्रश्नै नआउन सक्थयो । तै पनि महान ईतिहासकार भोल्टायकै शब्दमा भन्ने हो भने दुश्मनसंग लड्न त नेपालको राजसंस्था काफी शक्तिशाली थियो, तर नेपाली राजसंस्थालाई राजसंस्थाका कथित हिमायती भनाउने हुक्के, वैठके, चटके भक्तहरुले नै सिध्धाएका हुन । तै पनि १२ बर्षमा खोलो फर्कन्छ भन्ने उखान जस्तै देशमा राजसंस्था नै नफर्के पनि उनको बिगतलाई सम्मान गर्ने उदार छाती १० बर्षे लोकतन्त्र वा गणतन्त्रका अगस्ती शासकहरुमा देखिए, गणतन्त्र वा लोकतन्त्रको कुभलो नै त नहोला की ?

ज्ञानेन्द्र वा कुनै अमुक पात्र देशको सत्ताकेन्द्र हँुदा नेपालको सार्वभौकिता दिल्लीतिर खोजिदैन्थ्यो । राजसंस्थाको अन्त गरेर त्यसलाई प्रतिष्थापित गर्ने राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री जस्ता पदलाई पनि भारतनिर्भर गराएकै दुखद परिणाम १० बर्षे लोकतन्त्र संगिन प्रश्नहरुको घेरामा छ । त्यसैले राष्ट्रवादी छवीका पूर्वशासक ज्ञानेन्द्र लोकतन्त्रका वैरी हैन सहयोगी र एकाथरीका नजरमा विकल्प नै मानिदै गएको साच्चो सत्य हो । तथाकथित लोकतन्त्रवादीहरुलाई पाच्य नहुने तीतो सत्य हो यो । - Nepalpati













पशुपति शम्शेरले यसरी मुख खोलेछन !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक