- शिव प्रकाश
हुन त जोसँग कुनै कुरा गर्नुको अर्थ छैन, त्योसँग कुरा गरे पनि कुनै अर्थ निस्कदैन । व्यर्थ हुन्छ ।जे होस् ! एउटा बुद्धवाणी उल्लेख गर्न चाहन्छु– ‘मान्छेको मस्तिष्क नै सबैथोक हो, तिमी जे सोच्छौ,त्यही हुन्छौं ।’ एक असल मानव, बुद्धले यो कुरा मान्छेकै लागि भनेका हुन्, पशुका लागि हैन । किनभने पशुसधैं पशु नै हुन्छ । पशुले ढाट्दैन, छल्दैन, ठग्दैन । पशु, राम्रो पनि हुदैन, खराब पनि हुदैन । पशुले धोका पनि दिदैन । पशु, जे हो त्यही हुन्छ । पशु भएर जन्मिन्छ, पशु भएरै मर्छ ।पशुले कर्म गर्दैन, तर कुकर्म पनि गर्दैन । आफ्नो धर्मबाट पनि पछि हट्दैन । मान्छेजस्तो कहिले पशु र कहिले मान्छे पनि हुदैन । कुकुर पशु हो । कुकुरले विष्ठा खाएर के भो ? मान्छेले जस्तो निष्ठा खादैन ! धन्य छ विष्ठाहारी पशु ! धिक्कार छ, निष्ठाहारी मान्छे !
धिक्कारमा प्रशङ्ग अमेरिकाको छ । के अचम्म भयो अमेरिकामा ?‘जीवनविमा’ भनेर ‘मृत्युविमा’ बेचे । गाईको फोटो देखाएर गधा बेचे जस्तो भयो । बेच्ने–किन्ने हामी दुबै नेपाली ! गधा खराब हैन तर गाई र गधामा फरक छ । मित्रता र विश्वास भनेको यस्तो हुनु पर्छ ।पशु, राम्रो पनि हुदैन, खराब पनि हुदैन । पशुलेधोका पनि दिदैन । पशु, जे हो त्यही हुन्छ । पशु भएर जन्मिन्छ, पशु भएरै मर्छ ।पशुले कर्म गर्दैन, तर कुकर्म पनि गर्दैन । आफ्नो धर्मबाट पनि पछि हट्दैन । मान्छेजस्तो कहिले पशु र कहिले मान्छे पनि हुदैन । कुकुर पशु हो । कुकुरले विष्ठा खाएर के भो ? मान्छेले जस्तो निष्ठाखादैन ! धन्य छ विष्ठाहारी पशु ! धिक्कार छ, निष्ठाहारी मान्छे !
गधालाई गाई भने पनि ‘हो’ भन्नु पर्छ । हाम्रो मित्रतामा कत्रो विश्वास छ ? हाम्रो विश्वासमा कत्रो शक्ति छ ?
किन्नेले पनि मित्रशक्तिमा विश्वास गरेर ‘जीवनविमा’ भनेर ‘मृत्युविमा’ किने । नेपालको नयाँ शक्ति भन्दाअमेरिकाका नेपालीको मित्रशक्तिमा कति धेरै ‘दम’ रहेछ ! ‘मृत्यविमा’सँगै ‘मित्रशक्ति पाटी’ चलाए झन् मालामाल चल्छ जस्तो देखिन्छ । नेपालको नागरिकता त्यागे पनि नेपालको राजनीति गर्न पुरै छुट छ । यही‘पार्टी’ले भोलि मान्छेलाई ‘चुना लगाउने चुनाव पनि जित्न सक्छ । किनभने अहिले राजनीति निष्ठाले हैन नियतले गर्छ । इमानको कुरा त अब गुरुकुलका शिक्षकले पनि गर्न नसुहाउने भो ।
भन्न त नेपालीलाई हुस्सु भनिन्छ तर सबै हुस्सु छैनन् । हुस्सु बनाउन नेपाली नै कति खप्पीस छन् भन्ने कुराअमेरिका भएको मृत्यविमाको कारोबारबाट थाह हुन्छ । वाह…नेपाली ! अमेरिकामा पनि गधालाई गाईबनाउन सक्ने कला † यो त महान् कला मात्र हैन चर्तिकला नै हो । संसारका विरलै मानिसले गर्न सक्लान् यस्तो चर्तिकला ! जगत चकित बनाएर चरित–चर्चा चलाउने यस्ता मान्छेलाई धिक्कार हैन, धन्य भन्नु पर्छ ।चौरस्तामा बसेर ‘खुजुलीका दवा’ बेच्नेले दिएका गफ पनि हामीलाई कहिलेकाहिँ सत्य लाग्छन् । अनुहारफरक होलान् तर शैली उस्तै छ, सत्य लाग्नु अस्वाभाविक पनि हैन । मृत्युविमा बेच्न ‘लोकल कुखुरा’ र रक्सीका घ्याम्पा बोकेर गएको पनि सुनियो । यस्तो चर्तिकला गर्नसक्ने कला सीतिमिति मान्छेमा हुदैन । हुदै हुदैन ।भन्न त नेपालीलाई हुस्सु भनिन्छ तर सबै हुस्सु छैनन् । हुस्सु बनाउन नेपाली नै कति खप्पीस छन् भन्ने कुराअमेरिका भएको मृत्यविमाको कारोबारबाट थाह हुन्छ । वाह…नेपाली ! अमेरिकामा पनि गधालाई गाईबनाउन सक्ने कला † यो त महान् कला मात्र हैन चर्तिकला नै हो । संसारका विरलै मानिसले गर्न सक्लान् यस्तोचर्तिकला !
विरलाकोटी भनेको यही हो ।
जे होस्, ढाट्न, छल्न, ठग्न र सधैं झूठो बोल्न सक्नु भनेको सामान्य हैन, महान् कला हो । तरढाटेर, छलेर, ठगेर र सधैं झूठो बोलेर पनि आफूलाई अझै इमान्दार र असल ठान्नू भनेको त चर्तिकला नै हो । कलाको पनि बाउ, चर्तिकला देखाउने शक्ति जो कोहीमा हुदैन तर ‘हाम्रो नेपाली’ यसमा कम छैन भन्ने कुरा मृत्यविमा बेच्ने नेपालीले नै देखाई दिए । यस्ता दिग्गजलाई धिक्कार हैन, धन्य भन्नै पर्छ ।
अमेरिकालाई ल्याण्ड अफ अप्परच्युनिटी भनिन्छ । अनेक किसिमका अप्परच्युनिटी छन् तर मित्रले मित्र,आफन्त र आफ्नै समुदायका मान्छेलाई ठग्ने अप्पच्युनिटी सबैभन्दा बढी रहेछ । मान्नै पर्छ, गफदिएर विश्वासमा लिने र भक्त बनाउने कलालाई कलामा मात्र सिमित गरेर कलाको अपमान हुन सक्छ । त्यसकारणले पनि यो कलालाई चर्तिकला भन्नै पर्छ ।विश्वासकै आधारमा चलेको ‘मृत्युविमा’ बेपार अलिकदिन अघिसम्म भरमार चलेको थियो । सबैका अनुहारमा दिनभर सूर्यमुखी, रातभर चन्द्रमुखी फुलेका देखिन्थे । चार्ली च्यापलिन भन्ने गर्थे–‘मेरो दुःख कसैको हाँसोकोकारण बन्न सक्छ तर मेरो हाँसो कहिल्यै पनि कसैको दुःखको कारक नबनोस् ।’कलाकारहरुको हिजोको हाँसो अहिले हजार नेपालीको दुःखको कारक बनेको छ । मित्रले लालच देखाए,लालचले लोभ्यायो ।
विश्वासकै आधारमा चलेको ‘मृत्युविमा’ बेपार अलिकदिन अघिसम्म भरमार चलेको थियो । सबैका अनुहारमा दिनभर सूर्यमुखी, रातभर चन्द्रमुखी फुलेका देखिन्थे । चार्ली च्यापलिन भन्ने गर्थे–‘मेरो दुःख कसैको हाँसोकोकारण बन्न सक्छ तर मेरो हाँसो कहिल्यै पनि कसैको दुःखको कारक नबनोस् ।’कलाकारहरुको हिजोको हाँसो अहिले हजारांै नेपालीको दुःखको कारक बनेको छ । मित्रले लालच देखाए,लालचले लोभ्यायो ।
अहिले धारे हात लगाएर के गर्नु ‘पोपटलाल’हरु अझै अघिपछि छदैंछन् । धन्य‘पोपटलाल’हरु ! ‘किचक’ कर्म गरेर सामाजिक सञ्जालतिर युधिष्ठिर भेषमा ‘भीमनाद’ गरेको देख्दा जगत लजाएको छ ।
जोसँग अरुलाई बिगार्न सक्ने क्षमता प्रसस्त हुन्छ, त्योसँग आफूलाई सुधार्न सक्ने क्षमता अलिकति पनि हुदैन । मृत्युविमा विरुद्ध लेख्ने–बोल्नेलाई सराप्नुभन्दा आफूलाई सुधार्न सके अकलमा ‘केही’ बाँकी रहेछ भन्ने बुझिन्छ । चाहेमा अझै समय छ । समयले सबैलाई समय दिन्छ, नत्र भोलि आफैंले आफूलाई धिक्कार्नु पर्ने हुन्छ ।
मेरो व्यक्तिगत कुरा गर्ने हो भने कसले के भन्छ, त्यसको पछि लागेर साध्य छैन भन्ने ठान्छु । उचित के हुन्छ त्यो हेर्ने प्रयत्न गर्छु । कहिलेकाहिँ नदेख्न पनि सक्छु । कति ठाउँमा निम्तो आउँछ, कति ठाउँमा निम्तोगरेजस्तो मात्र हुन्छ । कहाँ जान उचित हुन्छ, कहाँ हुदैन बल्ल थोरबहुत बुझ्न सक्ने भएको छु । जे जतिहोस्, कमसेकम अलिकति स्वाभिमान जिउँदो छ । गोडा धोएको पानी आचमन गरेको देख्दा घिन लाग्नु स्वाभाविक हो। स्वाभिमानलाई अभिमान देख्ने रोगी आँखाको उपचार गर्ने दवाई मसँग छैन । आँखाँ–आँखाका हेराई, ‘काँडाका आँखामा काँडै संसार !’
अरुलाई खराब देखाएर आफू असल देखिन सजिलो छ तर सधैं देखिइरहन सजिलो छैन । गाँड सधैं झुण्डिरहन्छ तर फोको फुट्न बेर लाग्दैन । गुलियोमा मौरीभन्दा झिँगा बढी भन्किन्छन् ।चेलीबेटी बेच्नेले पनि त्यस्तै चिप्ला कुरा गर्छन् रे ! त्यसै ठूल्ठूला सपना दिउँसै देखाउँछन् रे ! मान्छे फसाउने गजबको ‘टेक्निक’ हुन्छ रे । मृत्युविमा बेच्ने पनि कम ‘टेक्निकल’ छैनन् । चेलीबेटी बेच्नेलाई मानव तस्कर भनिन्छ तर विमाका नाउँमा उस्तै प्रकृतिको ‘जिनिस’ बेच्नेलाई के भनिन्छ ? उपयुक्त शब्द फेला पार्न सकिन, पाठकसँग उत्तर खो जेँ ।
गुलियोमा भुलियो कि गाई भनेर गधा किनियो । अभिमन्युहरु एक्ला हुन्छन् नै । भनाई नै छ, एक्लो वृहस्पति झूठो तर बृहस्पति कहिल्यै झूठो छैन, अटल छ, सत्य छ । आकासमा ध्रुवतारा पनि एक्लो छ तर सधैं चम्किरहेको छ । एक्लै किन नहोस्,
चम्किरहू ।
अमेरिकामा सानातिना काम गरेर पनि पेट र परिवार पाल्न सकिन्छ, कसैलाई ठग्नु पर्ने आवश्यकता छैन । ठग्नुभन्दा बरु माग्नु उचित हो की ? राताराता धनी बन्ने सपना साकार पारेरै छोड्ने हो भने मृत्युविमाको बेचविखन अझै फलदायी हुन सक्छ । टिकाउको कुरा नगरौं, विकाउको जमाना हो । धेरैले धेरैलाई बेचेकै छन्, त्यो धेरैभित्र आफूलाई पार्नु कुन नौलो कुरा भयो र ? धेरैजसो धेरैकै पछि लागेका छन् । जसलाई चल्तीको बाटो भनिन्छ । धेरै मान्छे चल्तीकै बाटो हिड्न चाहन्छन् ।
चेलीबेटी बेच्नेले पनि त्यस्तै चिप्ला कुरा गर्छन् रे ! त्यसै ठूल्ठूला सपना दिउँसै देखाउँछन् रे ! मान्छे फसाउने गजबको ‘टेक्निक’ हुन्छ रे । मृत्युविमा बेच्ने पनि कम ‘टेक्निकल’ छैनन् । चेलीबेटी बेच्नेलाई मानव तस्कर भनिन्छ तर विमाका नाउँमा उस्तै प्रकृतिको ‘जिनिस’ बेच्नेलाई के भनिन्छ ? उपयुक्त शब्द फेला पार्न सकिन, पाठकसँग उत्तर खो जेँ । शत्रु र मित्रु भन्ने शब्दले पनि समय र स्वार्थ अनुसार परिभाषा र अर्थ बदलिरहन्छ । स्वार्थ मिलुञ्जेल मित्रु, मिल्न छोड्यो कि शत्रु । शत्रुको वीऊ नै मित्रु हो भन्ने कुरा हत्तपत्त बुझिदैन जीवनमा !
बुझ्दा ढिलो भैसकेको हुन्छ ।
केहीको मित्रु हुन सकिन । नसक्नुको कारण छ– स्वार्थ मिलेन । तर ती केहीलाई शत्रु पनि ठान्दिन । किनभने शत्रु त्यो हो जसले हानी गर्छ । मलाई ती केहीले हानी गरेका छैनन् । गेरेको भए मित्रताका नाउँमा मृत्युविमामा जाकिसक्थे । मेरो पनि बैंक एकाउण्टको गाँठो फुकाइ सक्थे । नाइँ भन्न सक्दिनथेँ, गाई भनेर गधा किन्थे । यस अर्थमा उनीहरु मेरा लागि धिक्कार हैन, धन्यवादका पात्र हुन् । धन्य भन्छु मलाई बचाएकोमा !रुखभन्दा ऐंजेरु बढी । त्यो हुलबाट आफूलाई यसैगरी टाढा राख्न सकेँभने सायद कसैसामू कहिल्यै लज्जित हुनु पर्ने छैन । आफैंलाई धिक्कार भन्नु पर्ने छैन ।
Source: http://www.pearlstjournal.com/np/?p=10516(धिक्कार स्तम्भमा शिवप्रकाशका यस्तै रोचक-घोचक, मूर्त-अमूर्त, नियमित-अनियमित आलेख प्रस्तुत हुनेछन्। स्वादको बखान गर्ने सबैलाई प्रतिक्रियाका लागि चुल्हे निम्तो छ – सम्पादक )
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक