- राजन कार्की
२०५८ साल जेठ १९ गते राति दरवार हत्याकाण्ड भयो, कोतपर्वभन्दा जघन्य यो काण्डले नेपाली समाजमा तरङ्ग उठाइरहन्छ। तत्कालीन एडीसी विवेक शाहले मैले देखेको दरवार पुस्तक लेखे। तत्कालीन मन्त्री रमेशनाथ पाण्डेले कूटनीति र राजनीति पुस्तक लेखेर फेरि त्यो हत्याकाण्डको घाउलाई ताजा गरिदिएका छन्। यी दुबैको आत्मगाथामा एकदोस्राप्रति आरोप प्रत्यारोपलाई पुस्तकमा स्थान दिएर दुबैको इमान्दारिता र नैतिकतामा प्रश्नचिन्ह खडा भएको छ। दरवार हत्याकाण्ड आज पनि एक रहस्य नै हो। गिरिजाप्रसाद कोइराला ग्य्राण्डडिजाइन मलाई थाहा छ भन्थे, उनको देहान्त भयो, उनलाई थाहा भउको ग्य्राण्ड डिजाइन पनि उनीसागै खरानी भयो। २०६५ सालमा प्रधानमन्त्री बनेका प्रचण्डले दरवार हत्याकाण्डको रौंचिरा अनुसन्धान गराउाछु भनेर जनतालाई आश्वस्त पारे। उनी प्रधानमन्त्री हुादा गणतन्त्र कार्यान्वयन भइसकेको थियो र मेजर पार्टीको प्रधानमन्त्री बनेकाले उनलाई सरकार ढल्ने राजनीतिक चुनौति पनि थिएन। संविधानमा बााधिएको सेनाले संविधानप्रति जिम्मेवार रहेको पटक पटक बताइसकेको थियो। तथापि नेपाली सेनालाई लडाकु कमाण्डर बनाउने निर्णय गर्न पुगेका तत्कालीन प्रधानमन्त्री प्रचण्डले नेपाली सेनाका लेफि्टनेन्ट जर्नेल कूलबहादुर खड्कालाई प्रधानसेनापति बनाउने निर्णय गर्न पुगे। कार्यकारी सरकारको त्यो निर्णयलाई एकाएक राष्ट्रपति डा.रामवरण यादवले निरस्त्र पारिदिए। निरस्त्र नपारेको भए तत्कालीन प्रधानसेनापति रुकमांगद कटवालले बिद्रोह गर्ने संकेत दिइसकेका थिए। जेहोस्, नेपाली सेनाका ले.जनरल कूलबहादुर खड्का जनयुद्धकारीसागको कार्यगत एकताका सदस्य थिए भन्ने पोल खुल्यो। तथापि उनलाई दण्डित गरिएन र सम्मानजनक रुपमा सेवानिवृत्त भएर मौन जीवन बिताइरहेका छन्। यो उनका लागि आममाफीभन्दा कम होइन।
नैतिक बन्न पदबाट राजीनामा दिएका प्रचण्डले त्यसपछि आजसम्म दरवार हत्याकाण्डबारे बोलेका छैनन्, न त छानबिन गर्न माग नै गरे। यद्यपि व्यक्तिगत रुपमा उनको साख र जनयुद्धकारी कल्कीहरु धरासायी भए पनि उनको हैसियत सत्ता करिडरको किङपिनका रुपमा नै रही नै रहेको छ।
प्रचण्डपछि माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मी, सुशील कोइराला र अहिले केपी ओली प्रधानमन्त्री भइसके। सुशील कोइरालाबाहेक सबै वामपन्थी सरकार हुन्। कसैले पनि दरवार हत्याकाण्डको अनुसन्धान गराउने चासो देखाएनन्। अरु त अरु एमालेका नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याकाण्डबारेसमेत कसैले छानबिन गराएनन्, दरवार हत्याकाण्ड रहस्य बन्नु स्वभाविक हो। स्वर्गीय मदन भण्डारीकी पत्नी विद्या भण्डारी यतिखेर राष्ट्राध्यक्ष बनेकी छिन्। उनले आफ्नै पतिको रहस्यमय मृत्युको कारण जान्न खोजेकी देखिदैनन् भने दरवार हत्याकाण्ड उनका लागि त्यति संवेदनशील विषय नहुन पनि सक्छ। तर दरवार हत्याकाण्डबारे दरवार निकट रहेकाहरुवीच नै आरोप प्रत्यारोपको झटारो हान्नेक्रम शान्त भएको छैन। शंकाको चिसो यथावत छ, अनेक आशंका बढाउने खालका लिखित दस्तावेजहरु सार्वजनिक हुने क्रम पनि जारी नै छन्।
पहिले मैले देखेको दरवार लेखे पूर्व सैनिक सचिव विवेककुमार शाहले। आफूलाई चोखो र इमान्दार देखाउन किताव लेखेलेखाएको दोष लगाउनेहरु धेरै निस्किए। दरवार हत्याकाण्डका दिन ड्यूटी भएका विवेक शाह स्वयं घटना हुादा नयाा बजारतिर रंगरमितामा भएको आरोप लागिसकेको हो उनीमाथि। किताव लेखेर आफूमाथिको सबै आरोप खण्डन गरेका विवेक शाहलाई कूटनीति र राजनीति पुस्तक लेखेर रमेशनाथ पाण्डेले कडा प्रहार गरिदिएका छन्। यी दुबै पुस्तक ठमेलको रेष्टुरेन्टको लोकदोहोरीजस्तो हुनपुग्यो।
पुस्तक लेख्नुपर्छ, ताकि आउने पिाढीले ती पुस्तकबाट केही सिकुन्। अझ राजाका एडीसी र पटक पटक मन्त्री भइसकेका र आफूलाई स्वनामधन्य कूटनीतिक विज्ञ ठान्ने रमेशनाथ पाण्डेले लेखेको पुस्तकबाट राजनीतिक शासक, कर्मचारी प्रशासक, आउने पुस्ताले आफ्नो विवेकको स्तरलाई धारिलो र आत्मनिर्णयको क्षमतालाई बृद्धि गर्नसक्ने, आफूभित्रको तार्किकतालाई माझेर टल्काउन सक्ने घटनाविवेचनाका आधार दिनुपर्ने हो। यी दुबै पुस्तक आत्मप्रशंसा, आत्मप्रचार र आत्माभिमानको प्रदर्शनमात्र हुनपुगेको छ।
कूटनीति र राजनीतिको पृष्ठ ४७२ देखि ७४ तर्फ हेर्दा 'नेपाली सेनाको अत्याधुनिक हतियार माओवादीलाई बेचेको' र 'युद्ध अर्थतन्त्रले दरबारको सैनिक सचिवालयलाई गााजिसकेको थियो र कमिसन खाने र युद्ध भड्काउने पक्षको अग्रपंक्तिमा राजाका सैनिक सचिवालय थियो' उल्लेख छ। यसरी आरोप लगाएपछि पत्रकारले पूर्वसैनिक सचिव विवेक शाहलाई सोधे– तपाईं जनयुद्धमा माओवादीलाई हतियार बेच्नुहुन्थ्यो? तपाई पनि माओवादीकै सूचनाअधिकारी भएको हो कि के हो?
विवेक शाहको जवाफ यस्तो आयो– यो अप्रसंगिक कुरा हो (यो प्रसंगमा उनी निकै भक्कभकाएका थिए)। यो म नकार्छु। त्यो भए त आर्मीलाई जानकारी हुनुपर्ने, प्रहरीलाई जानकारी हुनुपर्ने। म कहााबाट हतियार ल्याएर माओवादीलाई बेचुा? यो निकै घृणित आरोप हो। आर्मी र प्रहरीलाई चाहिएको हतियारबारे जानकारी आउनु स्वभाविक थियो। राजालाई नै आउाथ्यो। माओवादीलाई सहयोग गरेको भन्ने कुरा अनैतिक कुरा हो। कमिसन खाएको विषयमा तत्कालीन चिफहरु हुनुहुन्छ। उहााहरुलाई सोधे पनि हुन्छ। यसरी विवेक शाह पानीमाथिको ओभानो बन्न रुचाए, आफूले आफैलाई टाासिन लागेको धुलो टकटकाए। यद्यपि रमेशनाथ पाण्डेको पुस्तक कूटनीति र राजनीतिको पृष्ठ ३८९ मा, 'तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासग आर्थिक लसपसमा रहेको राजाका सैनिक सचिव विवेक शाह' उल्लेख गरिएको छ। फेरि पत्रकारले सोधेका छन्– तत्कालीन प्रधानमन्त्रीसाग आर्थिक लसपस थियो कि थिएन? हो कि होइन?
विवेक शाहले भने– म अहिले होइन, टेलिभिजनबाट प्रष्ट पार्छु। अरु जर्नेलको गिरिजासागको लसपस मतिर पन्छाएको हुनसक्छ, ती जर्नेलको नाम म भन्दिन। विवेक शाहले मैले देखेको दरवार त लेखे तर असलमा उनले दरवारमा के देखे? त्यसको खुलासा नै गर्न सकेनन्। उनले दरवारभित्र देखेको लेख्नुपर्थ्यो, आफूलाई मात्र देखे, त्यही लेखे। बरु विवेक शाहले बालबालिकाले झैं किरिया खाए। मेरो गिरिजासाग कुनै प्रकारको आर्थिक लसपस भएको भए मेरो दरसन्तानको नास होस्। होइन भने मलाई आरोप लगाउने रमेशनाथ पाण्डेको दरसन्तानको नास होस्।
विवेक शाहले देखेको दरवार र रमेशनाथ पाण्डेले लेखेको दरवारवीच बाझाबाझ छ। कुन सत्य र कुन झूठ हो, दुई लेखकवीच को सही हो, दूध र पानी छुट्याउन सकिन्न। दरवार हत्याकाण्डमा युवराज दीपेन्द्रकै संलग्नता छ भन्ने दावी विवेक शाहको छ। रमेशनाथ पाण्डेले शंकाको सुविधा लिएका छन्। दरवार हत्याकाण्ड अहिले पनि रहस्यको पेटारो बनिरहेको छ।
विवेक शाह भन्छन्: साउदीका राजालाई उनकै भतिजाले मारे। इन्दिरा गान्धी र राजीव गान्धीको त्यस्तै क्रुर हत्या भएको छ। दरवार हत्याकाण्ड एउटा परिवारभित्रको हत्याकाण्ड हो। त्यतिबेला राजदरवारमा हतियार राख्ने चलन थियो। अनायास घटेको घटना हो त्यो। तर आफूलाई कूटनीतिक ज्ञाता मान्ने रमेशनाथ पाण्डे यो सब स्वीकार गर्न हिचकिचाउाछन्। उनीभित्र पनि शंका र आशंकाहरु देखिन्छन्। तर दुबैले पुस्तकमा दरवार हत्याकाण्डभन्दा बढी आफूलाई सक्षम, योग्य, होनहार साबित गर्ने प्रयास गरेका छन्। विवेक शाह के हुन्? रमेशन नाथ पाण्डे को हुन्? राजधानीको सचेत बर्गलाई बताउनै पर्दैन। सबैलाई कण्ठस्थ छ यिनको चरित्रगत व्यवहार।
दुबै लेखकले आ–आफ्ना आत्मकथामाआफूलाई तत्कालीन राजनीतिको हिरोका रुपमा प्रस्तुत गरेका छन्। पुस्तकमात्र पढ्नेका लागि यी दुई लेखकभन्दा होनहार व्यक्तित्व अरु कोही रहेनछ नेपालमा भन्ने भ्रममा पर्नसक्छ। कूटनीति र राजनीतिको आद्योपान्त लेखनीको जरो भनेको रमेशनाथ पाण्डे कूटनीतिको चाणक्य तथापि गिरिजासाग आर्थिक लसपस भएको र जनयुद्धकारी, आतंककारी घोषणा भएको माओवादीलाई हतियार बेचेको आरोप गम्भीर आरोप हो। कोइरालाका कर्मले उनलाई राष्ट्रघातीको रुपमा कलंकित पारेको छ तर रमेशनाथ पाण्डेले लगाएको आरोपको कुनै दिन छानबिन भयो र प्रमाणित भयो भने विवेक शाह राष्ट्रद्रोहीका रुपमा अंकित हुनेछन्।
दरवार हत्याकाण्ड इतिहासको त्यो क्रुर सत्य हो, जसको इतिबृतान्त जानकारी प्रत्येक नेपालीका लागि अति आवश्यक छ। तर त्यो जानकारी दिन कसले? नैतिक दायित्व राज्यको होइन?
दरवार हत्याकाण्ड के हो? यसबारेमा संसारको सबैभन्दा काविल अनुसन्धानकर्ता स्कटल्याण्ड यार्डलाई अनुसन्धान गराउन सकिन्थ्यो। अमेरिकी एफवीआईलाई अझै गुहार्न सकिन्छ। निष्पक्ष जााच हुनु अत्यावश्यक छ। सन २००७ मा पाकिस्तानकी नेतृ बेनजीर भुट्टोको हत्या भयो। उनलाई इस्लामिक रित अनुसार दफन पनि गरियो। जब जनताले आवाज उठाए, इस्लाम धर्मविपरित चिहान खोतलेर उनको लाश झिकियो र छानबिन गरियो। हाम्रो राजदरवार अझै छ। खोज्ने हो भने हत्याकाण्डका प्रमाणहरु भेटिन सक्छन्। हत्याकाण्ड हुादा उपस्थित रहेकाहरु केही अझै जिवितै छन्। राज्यले किन छानबिन नगर्ने?
विश्वमा बेलायतका ज्याक एण्ड राइपर, दी जोडज्याक, एन्ड्रु एण्ड अभिबोर्डन, अमेरिकाका ब्ल्याक डालिया, ६ वर्षीया बालिका जोन बेनेट रामसे, इटलीका न्यू अरलेन्स, सिरियल किलर ज्याक दी स्टाइपर, अमेरिकाकी ७ वर्षीया बालिका ओस्कार रामियो र स्वीडिस प्रधानमन्त्री पामेको मृत्युको रहस्य आजसम्म पनि रहस्य नै रहेको छ। दरवार हत्याकाण्डबारे कसैलाई चासो नहुने हो भने नेपालको दरवार हत्याकाण्ड विश्वका ती १० हत्याकाण्डजस्तै रहस्यकै चर्चामा सिमित हुनेछ। विवेक शाह र रमेशनाथ पाण्डेहरुको आरोप वा सफाईको कुनै अर्थ रहनेछैन।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक