Posted by Ram Prasad Khanal on Sunday, September 20, 2015
आमा,
हामी १२ भाई छोरा
सत्रभाइ नाती
सात छोरी
एघार नातिनी
पनाती पनातीनी सबै तिर का जोड्दा
एक सय भन्दा बढी परिवारका सदस्य !
आज सम्म हामी मिलेरै बसेकै थियौं
एकले अर्कोको मन मुटु भित्र पसेकै थियौं
एउटै घर, एउटै छानोमा अटेकै थियौं
हजुर बाले जोडेको पाखो बारी खेत खलियान
बा ले चुंटिन दिनुभएन
वहाँ लाई नै घर को मियो मान्दै
घर राम्ररी चलेको थियो
तिमीले पकाएर खान दिन्थ्यौ
सबैले मिठो नमिठो बाँडी चुडी खान्थ्यौँ
परिवारको एक सदस्य बिरामी हुँदा
वरि परि बसेर सँगै रुन र साथ दिन जान्थ्यौँ
हाम्रो परिवार यती आदर्श परिवार थियो
न कहिलै झै झगडा
न त कुनै रिस द्वेस
केही दाई भाईको बिहे भयो
केही दिदी बहिनीको बिहे भयो
भिनाजु र ज्वाँईहरु पनि बाहिरका भए पनि
हाम्रो परिवारको आदर्श र आफ्नो पन देखेर
लोभिन्थे, नतमस्तक हुन्थे
यत्तिकै,
एकाएक हाम्रो घरै निरका छिमेकी
आफ्नो घर सम्हाल्न नसकेका
पल्लाघरे मुखिया बा लाई इर्श्या लागेछ
रिस उठेछ
उपल्लाघरे साना बा को घर
तल्लाघरे राइँला बाको घर
केही अरु छिमेकीको घर भाँडी सकेका उनले
हाम्रो परिवारमा पनि आँखा गाडे
अन्तरे र जन्तरे दाईहरुलाई
कुन्नी के के जती भनेर
खर्च पानी समेत दिएर
भड्काइदिएछन, सड्काइदिएछन !
एका एक अन्तरे र जन्तरे दाईहरु
केही दिदी बहिनीहरु
घर भाड्न सिपालु
पल्लाघरे मुखिया बा को लह लहै मा लागेर
हामी छुट्टीन पाउनुपर्छ भन्दै
अँश चाहियो भन्दै
अब एकाघरमा बसिन्न भन्दै
आमा बाउ कोही चाहिन्न भन्दै
एक दिन बा माथि जाइ लागे !
बाले भन्नु भयो
आज सम्म मैले मेरा बाउ बाजेको बिँडो थामे
अब तिमीहरु ठुला भयौ लौ जे गर्छौ गर
अब घर आफै चलाओ
मेरो घाँटी च्याप्प समाए
कान्छी बहिनीलाइ निर्बस्त्र बनाए
छोरा छोरी सब भँडाए
परिवार भित्रै रण सङ्राम बनाए
कती दाजुभाइ मारिए
कती बेपत्ता पारिए
हाम्रो त्यस्तो आदर्श परिवार
कहाँ बाट कहाँ पुर्याए
हजुर बा ले जोडेको पाखो बारी
खर खलियान सबै उजाड छ
दाई भाई दिदी बहिनी भित्रै
मारामार छ, तेरो र मेरो छ
कसैले कसैलाई चिन्दैनन
आफन्त हुनुको अर्थ बुझ्दैनन
सुन्छु बा चुप्प बसेर तमाखु खाँदै हुनुहुन्छ
आमा, तपाईं परिवार भांडिएको देखेर रुनुहुन्छ
म नाथे कान्छो छोरो
केही गर्न सकिन्छ कि भनेर
लाहुरे हुन लाहुर झरेको मोरो
अक्क न बक्क छु !
मेरा आफन्त जन आआफै लडेको देखेर
आँशुले सिरानी भिजाउनु बाहेक
म के नै गर्न सक्छु र आमा ??
मन दुखेर छिया छिया छ
मुटु दुखेर छिया छिया छ
सुन्छु त्यहाँ बा को बिरासत लिन
पल्लाघरे मुखिया बा को
ज्यु हजुर गर्दै छन रे दाई भाई !
आमा तपाईंको न्यानो काखमा
भाउजु हरु पिसाब फेर्दै छन रे !
बा र आमा अनी हाम्रो सानमान लाई
मुखिया बाले राम हेरेर मज्जा लिंदै छन रे !
हजुर बा ले जोडेको पाखो बारी चिर्न सम्झौता भयो रे
कसैले धेरै पायो कसैले पाएको पनि गयो रे
बलिया बाँगालाई मलिलो खेत बारी पर्यो रे
सोझो साइँलदाइ मरुभुमी जस्तो बारीमा झर्यो रे
काइँल्दाइ ले परिवार फुट्नुहुन्न भन्दै झगडा गर्यो रे
तर आ आफै सबै बा बन्न खोज्ने
आमा बन्न खोज्ने
राम्रो पाखो पखेरो रोज्ने
हाना थाप जारी छ रे
कसैले खुशीयाली मा दीपावली मनाउँदै छन रे
उन्माद हाँसो हाँस्दै छन रे
एउटा उखान छ नि आमा
धेरै हाँस्यो भने रुनु पर्छ
तर अहँ उनिहरु भोली के हुन्छ हेर्दैनन्
भबिस्य के होला ठेर्दैनन
पल्ला घरे भँडुवा मुखिया बा को खेल
अहँ उनिहरु बुझ्दै बुझ्दैनन !
भाई फुटे गवार लुटे हुने सोंच्दै सोँच्दैनन
म त बोल्नै हुन्न आमा !
किन कि तँ लाहुरे तँलाई के थाहा छ भनिहाल्छन !
तँ कान्छो होस् चुप लाग भन्दै उनिहरु ठुला बनी हाल्छन
घरमा आगो झोँसिसके
बा को ठाउँँ मा बसिसके
आज उनिहरुको उर्दी छ
दीपावली गर, गर्नै पर्छ
म एक हात ले आसुँ पुछ्दै
च्यात्तिएको मेरो दौरा सुरवाल सम्हाल्न सकी नसकी
सुरवालको चुँडेको तुना सम्हाल्न सकी नसकी
दाई भाईको उर्दी सुन्दैछु
तर आमा मलाई घर फुटेको
दाई भाई आ आफैमा टूटेको
परिवार छिन्न भिन्न भएको
आफ्नै दाई भाई पल्लाघरे मुखियाको मा गएको
हेर्न अहँ पटक्कै मन छैन
आमा
कोही दाई भाई घर फुट्न लाग्दा पनि
खुशीले बहुलाएको छु भन्छन
कोही दाई भाई मलाई अँश कम भयो भन्दै
परिवार लाई नै सत्तो सराप गर्दै बहुलाउँछन्
बिहे गरेर ल्याएका भाउजु बुहारीहरु
खुशीले उन्माद छन आमा
सन्तान थरी थरी का भन्थेउ तिमी
हो रहेछ आमा तिमीले भनेको ठीक रहेछ
तिम्रो दुधको लाम्टो चुसेका हामी भाई भाई
दिदी बहिनिमा पनि हेर त कती अन्तर रहेछ
तिम्रो दुधको मुल्य कसैले सोंचेनन आमा
तिम्रो मात्रित्वको भावना कसैले बुझेनन आमा
यिनी हरु पनि भोली बाउ बन्दै छन
होस गुमाएका यिनिहरु कती आमा बन्दैछन
अनी बल्ल थाहा पाउलान तिम्रो महत्व
घर को धुरी बा को महत्व
आमा
मैले यो पनि भनेको छैन घरबार व्यबहार
सधैं बा आमाले नै चलाऊनु पर्छ भनेर
हामी सबै छोरा छोरी पढे लखेपछी
बुझ्ने भएपछी
व्यबहार सबै जाने पछी
समग्रमा सबै परिवार सक्षम भए पछी
एक दिन त बा आमालाई ससम्मान
रिटायर्ड लाइफ बिताउनुस भन्नै पर्छ
तर यहाँ त हतार हतारमा
के के न गर्छु बा नै बन्छु आमा नै बन्छु भन्दै
हाम्रा दाई भाई दिदी बहिनी भाउजु हरु
बुरुक्क बुरुक्क उफ्रेर छोइ सक्नु छैनन आमा
पल्ला घरे घर भँडुवा मुखिया बा
अहिले हाम्रो परिवारका बा आमा जस्तै
सबै सबै भएका छन नचाएका छन
हाम्रो परिवार लाई कमजोर पार्न
हाम्रो पाखोबारी आफ्नो तिर सार्न
हाम्रो अस्तित्व मार्न
उनी हात धोएर लागेका छन
कहिले रिसाए जस्तो गर्छन्
कहिले खुशी भए जस्तो गर्छन्
तिम्रो दुध चुसेका अधर्मी सन्तानहरु
उनकै चाकडिमा ब्यस्त छन
उनले देखाएको सपनामै मस्त छन
आमा आफ्नै घर भित्र राक्षस हरु बसे पछी
कँशहरु सन्तान का रुपमा भित्र पसे पछी
यस्तै हुँदो रहेछ आमा
म लाहुरे अभागी छोरोको लाहुर मै भए पनि
भक्कानिएर मन रुँदो रहेछ आमा
म अहिले पनि मेरो पुरानो आदर्श परिवार सम्झिरहेछु
मिलेर बसेका सबै दाई भाई सम्झिरहेछु
दिदी बहिनी सम्झिरहेछु
मेरा हजुर बा ले जोडेको खेत खलियान
पाखो बारी सम्झिरहेछु
भन आमा म के गरु ??
घर फुटेकोमा, मुखियाले हाम्रो हाँसो लुटेकोमा
आफ्नै दाई भाईले घर भित्रको धर्म संस्कार एकता भुटेकोमा
धर्म कर्म खोसिएकोमा
मेरै घरमा आगो झोंसिएकोमा
सानो घर खेत टुक्रा टुक्रा पार्न
मेरै आफन्तजन जोसिएकोमा
म कसरी खुशी होउँ
कसरी दीपावली गरुँ ??
आफै बसेको हाँगो तल बाट कसरी काटुँ ??
घर फुट्दा खुशीयाली कसरी साटुँ ??
तिम्रो चिरहरण हुँदा मैले खुशी कसरी बाँटुँ ??
आमा म पुरै अन्यौलमा छु !
भन दीपावली गरुँ या के गरुँ ??!!
- रामप्रसाद खनाल, विन्चेस्टर भर्जिनिया अमेरिका
September 20, 2015visit
हामी १२ भाई छोरा
सत्रभाइ नाती
सात छोरी
एघार नातिनी
पनाती पनातीनी सबै तिर का जोड्दा
एक सय भन्दा बढी परिवारका सदस्य !
आज सम्म हामी मिलेरै बसेकै थियौं
एकले अर्कोको मन मुटु भित्र पसेकै थियौं
एउटै घर, एउटै छानोमा अटेकै थियौं
हजुर बाले जोडेको पाखो बारी खेत खलियान
बा ले चुंटिन दिनुभएन
वहाँ लाई नै घर को मियो मान्दै
घर राम्ररी चलेको थियो
तिमीले पकाएर खान दिन्थ्यौ
सबैले मिठो नमिठो बाँडी चुडी खान्थ्यौँ
परिवारको एक सदस्य बिरामी हुँदा
वरि परि बसेर सँगै रुन र साथ दिन जान्थ्यौँ
हाम्रो परिवार यती आदर्श परिवार थियो
न कहिलै झै झगडा
न त कुनै रिस द्वेस
केही दाई भाईको बिहे भयो
केही दिदी बहिनीको बिहे भयो
भिनाजु र ज्वाँईहरु पनि बाहिरका भए पनि
हाम्रो परिवारको आदर्श र आफ्नो पन देखेर
लोभिन्थे, नतमस्तक हुन्थे
यत्तिकै,
एकाएक हाम्रो घरै निरका छिमेकी
आफ्नो घर सम्हाल्न नसकेका
पल्लाघरे मुखिया बा लाई इर्श्या लागेछ
रिस उठेछ
उपल्लाघरे साना बा को घर
तल्लाघरे राइँला बाको घर
केही अरु छिमेकीको घर भाँडी सकेका उनले
हाम्रो परिवारमा पनि आँखा गाडे
अन्तरे र जन्तरे दाईहरुलाई
कुन्नी के के जती भनेर
खर्च पानी समेत दिएर
भड्काइदिएछन, सड्काइदिएछन !
एका एक अन्तरे र जन्तरे दाईहरु
केही दिदी बहिनीहरु
घर भाड्न सिपालु
पल्लाघरे मुखिया बा को लह लहै मा लागेर
हामी छुट्टीन पाउनुपर्छ भन्दै
अँश चाहियो भन्दै
अब एकाघरमा बसिन्न भन्दै
आमा बाउ कोही चाहिन्न भन्दै
एक दिन बा माथि जाइ लागे !
बाले भन्नु भयो
आज सम्म मैले मेरा बाउ बाजेको बिँडो थामे
अब तिमीहरु ठुला भयौ लौ जे गर्छौ गर
अब घर आफै चलाओ
मेरो घाँटी च्याप्प समाए
कान्छी बहिनीलाइ निर्बस्त्र बनाए
छोरा छोरी सब भँडाए
परिवार भित्रै रण सङ्राम बनाए
कती दाजुभाइ मारिए
कती बेपत्ता पारिए
हाम्रो त्यस्तो आदर्श परिवार
कहाँ बाट कहाँ पुर्याए
हजुर बा ले जोडेको पाखो बारी
खर खलियान सबै उजाड छ
दाई भाई दिदी बहिनी भित्रै
मारामार छ, तेरो र मेरो छ
कसैले कसैलाई चिन्दैनन
आफन्त हुनुको अर्थ बुझ्दैनन
सुन्छु बा चुप्प बसेर तमाखु खाँदै हुनुहुन्छ
आमा, तपाईं परिवार भांडिएको देखेर रुनुहुन्छ
म नाथे कान्छो छोरो
केही गर्न सकिन्छ कि भनेर
लाहुरे हुन लाहुर झरेको मोरो
अक्क न बक्क छु !
मेरा आफन्त जन आआफै लडेको देखेर
आँशुले सिरानी भिजाउनु बाहेक
म के नै गर्न सक्छु र आमा ??
मन दुखेर छिया छिया छ
मुटु दुखेर छिया छिया छ
सुन्छु त्यहाँ बा को बिरासत लिन
पल्लाघरे मुखिया बा को
ज्यु हजुर गर्दै छन रे दाई भाई !
आमा तपाईंको न्यानो काखमा
भाउजु हरु पिसाब फेर्दै छन रे !
बा र आमा अनी हाम्रो सानमान लाई
मुखिया बाले राम हेरेर मज्जा लिंदै छन रे !
हजुर बा ले जोडेको पाखो बारी चिर्न सम्झौता भयो रे
कसैले धेरै पायो कसैले पाएको पनि गयो रे
बलिया बाँगालाई मलिलो खेत बारी पर्यो रे
सोझो साइँलदाइ मरुभुमी जस्तो बारीमा झर्यो रे
काइँल्दाइ ले परिवार फुट्नुहुन्न भन्दै झगडा गर्यो रे
तर आ आफै सबै बा बन्न खोज्ने
आमा बन्न खोज्ने
राम्रो पाखो पखेरो रोज्ने
हाना थाप जारी छ रे
कसैले खुशीयाली मा दीपावली मनाउँदै छन रे
उन्माद हाँसो हाँस्दै छन रे
एउटा उखान छ नि आमा
धेरै हाँस्यो भने रुनु पर्छ
तर अहँ उनिहरु भोली के हुन्छ हेर्दैनन्
भबिस्य के होला ठेर्दैनन
पल्ला घरे भँडुवा मुखिया बा को खेल
अहँ उनिहरु बुझ्दै बुझ्दैनन !
भाई फुटे गवार लुटे हुने सोंच्दै सोँच्दैनन
म त बोल्नै हुन्न आमा !
किन कि तँ लाहुरे तँलाई के थाहा छ भनिहाल्छन !
तँ कान्छो होस् चुप लाग भन्दै उनिहरु ठुला बनी हाल्छन
घरमा आगो झोँसिसके
बा को ठाउँँ मा बसिसके
आज उनिहरुको उर्दी छ
दीपावली गर, गर्नै पर्छ
म एक हात ले आसुँ पुछ्दै
च्यात्तिएको मेरो दौरा सुरवाल सम्हाल्न सकी नसकी
सुरवालको चुँडेको तुना सम्हाल्न सकी नसकी
दाई भाईको उर्दी सुन्दैछु
तर आमा मलाई घर फुटेको
दाई भाई आ आफैमा टूटेको
परिवार छिन्न भिन्न भएको
आफ्नै दाई भाई पल्लाघरे मुखियाको मा गएको
हेर्न अहँ पटक्कै मन छैन
आमा
कोही दाई भाई घर फुट्न लाग्दा पनि
खुशीले बहुलाएको छु भन्छन
कोही दाई भाई मलाई अँश कम भयो भन्दै
परिवार लाई नै सत्तो सराप गर्दै बहुलाउँछन्
बिहे गरेर ल्याएका भाउजु बुहारीहरु
खुशीले उन्माद छन आमा
सन्तान थरी थरी का भन्थेउ तिमी
हो रहेछ आमा तिमीले भनेको ठीक रहेछ
तिम्रो दुधको लाम्टो चुसेका हामी भाई भाई
दिदी बहिनिमा पनि हेर त कती अन्तर रहेछ
तिम्रो दुधको मुल्य कसैले सोंचेनन आमा
तिम्रो मात्रित्वको भावना कसैले बुझेनन आमा
यिनी हरु पनि भोली बाउ बन्दै छन
होस गुमाएका यिनिहरु कती आमा बन्दैछन
अनी बल्ल थाहा पाउलान तिम्रो महत्व
घर को धुरी बा को महत्व
आमा
मैले यो पनि भनेको छैन घरबार व्यबहार
सधैं बा आमाले नै चलाऊनु पर्छ भनेर
हामी सबै छोरा छोरी पढे लखेपछी
बुझ्ने भएपछी
व्यबहार सबै जाने पछी
समग्रमा सबै परिवार सक्षम भए पछी
एक दिन त बा आमालाई ससम्मान
रिटायर्ड लाइफ बिताउनुस भन्नै पर्छ
तर यहाँ त हतार हतारमा
के के न गर्छु बा नै बन्छु आमा नै बन्छु भन्दै
हाम्रा दाई भाई दिदी बहिनी भाउजु हरु
बुरुक्क बुरुक्क उफ्रेर छोइ सक्नु छैनन आमा
पल्ला घरे घर भँडुवा मुखिया बा
अहिले हाम्रो परिवारका बा आमा जस्तै
सबै सबै भएका छन नचाएका छन
हाम्रो परिवार लाई कमजोर पार्न
हाम्रो पाखोबारी आफ्नो तिर सार्न
हाम्रो अस्तित्व मार्न
उनी हात धोएर लागेका छन
कहिले रिसाए जस्तो गर्छन्
कहिले खुशी भए जस्तो गर्छन्
तिम्रो दुध चुसेका अधर्मी सन्तानहरु
उनकै चाकडिमा ब्यस्त छन
उनले देखाएको सपनामै मस्त छन
आमा आफ्नै घर भित्र राक्षस हरु बसे पछी
कँशहरु सन्तान का रुपमा भित्र पसे पछी
यस्तै हुँदो रहेछ आमा
म लाहुरे अभागी छोरोको लाहुर मै भए पनि
भक्कानिएर मन रुँदो रहेछ आमा
म अहिले पनि मेरो पुरानो आदर्श परिवार सम्झिरहेछु
मिलेर बसेका सबै दाई भाई सम्झिरहेछु
दिदी बहिनी सम्झिरहेछु
मेरा हजुर बा ले जोडेको खेत खलियान
पाखो बारी सम्झिरहेछु
भन आमा म के गरु ??
घर फुटेकोमा, मुखियाले हाम्रो हाँसो लुटेकोमा
आफ्नै दाई भाईले घर भित्रको धर्म संस्कार एकता भुटेकोमा
धर्म कर्म खोसिएकोमा
मेरै घरमा आगो झोंसिएकोमा
सानो घर खेत टुक्रा टुक्रा पार्न
मेरै आफन्तजन जोसिएकोमा
म कसरी खुशी होउँ
कसरी दीपावली गरुँ ??
आफै बसेको हाँगो तल बाट कसरी काटुँ ??
घर फुट्दा खुशीयाली कसरी साटुँ ??
तिम्रो चिरहरण हुँदा मैले खुशी कसरी बाँटुँ ??
आमा म पुरै अन्यौलमा छु !
भन दीपावली गरुँ या के गरुँ ??!!
- रामप्रसाद खनाल, विन्चेस्टर भर्जिनिया अमेरिका
September 20, 2015visit
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक