संसदमा
बहुमतप्राप्त दलको नेता प्रधानमन्त्री चुन्ने व्यवस्था अँगालेको पछिल्ला
२४ वर्षमा देशले २१ वटा सरकार पायो । एउटा प्रधानमन्त्री छान्न संसद्मा १७
पटकसम्म चुनाव पनि भयो । र, पनि कुनै प्रधानमन्त्रीले पाँच वर्ष सरकार
चलाउन सकेनन् । दुई सय ४० वर्षदेखिको निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य
गर्न ०४६ मा जुन उमंगका साथ जनता सडकमा उत्रिएका थिए र नयाँ व्यवस्थाप्रति
जति आशा गरेका थिए, प्रजातन्त्र प्राप्तिपछिका वर्षहरूमा त्यत्ति नै निराश
बने । दलहरू सत्ताको फोहोरी खेलमा लिप्त भए ।
जनताले स्थिर सरकार कस्तो हुन्छ भन्ने बुझ्न र जान्नसमेत पाएनन् । यस
अवधिमा दलहरू सरकार बनाउने र ढाल्ने खेलमा यति निर्लज्ज र पार्टी
अनुशासनविरुद्ध गएर लागे कि आफ्नै नेतृत्वको सरकारका विपक्षमा मत हाल्ने,
पैसामा सांसद खरिद–बिक्री गर्ने, होटेलमा जम्मा भएर ब्लु फिल्म हेर्नेदेखि
प्रधानमन्त्री छान्ने वेला विदेश घुम्नेसम्मका काम गरे । संसदमा
आठ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)का लोकेन्द्रबहादुर चन्द र
११ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापाले
पालैपालो ८८ सिट भएको एमाले र ८३ सिटको कांग्रेसको बुई चढेर प्रधानमन्त्री
बन्दै देश चलाए । जनताले विश्वास गरेर राम्रो मतका साथ सिंहदरबार पठाएका
कांग्रेस र एमाले सत्ता लुछाचुडीकै खेलमा लागेर विभाजित बने । राप्रपा र
नेपाल सद्भावना पार्टीजस्ता साना दल पनि टुक्रिए । ०५१ को आमनिर्वाचनमा ८८
सिटसहित ठूलो दल बनेको एमाले ०५४ मा विभाजित भयो र वामदेव गौतमको नेतृत्वमा नेकपा ९माले० गठन भयो । गौतमले ४० सभासद् आफूसँग लगे ।
सिटसहित ठूलो दल बनेको एमाले ०५४ मा विभाजित भयो र वामदेव गौतमको नेतृत्वमा नेकपा ९माले० गठन भयो । गौतमले ४० सभासद् आफूसँग लगे ।
२०
सिट रहेको राप्रपा पनि थापा र चन्दको नेतृत्वमा विभाजित भयो । यस अवधिमा
सरकार लम्ब्याउनकै लागि जम्बो मन्त्रिपरिषद् पनि गठन गरिए । ०५२ को पुसमा
प्रधानमन्त्री हुँदा कांग्रेस नेता देउवाले ६ पटक पुनर्गठन गर्दै
मन्त्रिपरिषद् ४८ सदस्यीय बनाए । त्यसपछिका सरकारहरूले पनि त्यसलाई
निरन्तरता दिन थाले । ०५४ मा सूर्यबहादुर थापाले ४७ सदस्यीय मन्त्रिपरिषद्
बनाए । गिरिजाप्रसादले ३७ र कृष्णप्रसाद भट्टराईले ३२ सदस्यीय बनाए ।
गणतन्त्र आएपछिको सरकारको नेतृत्व गरेका माधव नेपाल र बाबुराम भट्टराईले
समेत जम्बो मन्त्रिपरिषद् गठन गरे ।
स्पष्ट
बहुमतसहित ०४८ मा सरकारमा पुगेको कांग्रेसको सरकार आफ्नै सांसदका कारण
ढल्यो । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले ल्याएको नीति तथा
कार्यक्रम संसद्बाट पारित हुन सकेन । कांग्रेसका एक सय १० सांसद थिए, तर
सरकारको नीति तथा कार्यक्रमको पक्षमा ७४ मत मात्रै आयो ।
र,
कोइरालाले राजीनामा दिँदै संसद् विघटन गरेर आमनिर्वाचन गर्न राजासमक्ष
सिफारिस गरे । २९ कात्तिक ०५१ मा भएको निर्वाचनपछि कांग्रेस दोस्रो दलमा
खुम्चियो, एमाले ८८ सिटसहित पहिलो दल बन्यो । र, मनमोहन अधिकारीको
नेतृत्वमा एमालेले नौ महिना अल्पमतको सरकार पनि चलायो ।
२५
भदौ ०५२ मा राप्रपा र सद्भावना पार्टीसँग मिलेर कांग्रेसले अविश्वासको
प्रस्ताव ल्याएर एमालेको सरकार ढाल्यो । र, एक सय ६ सांसदको समर्थनसहित
कांग्रेसका तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्री बने । त्यसपछि
सत्तासमीकरणका लागि फोहोरी खेल सुरु भए । ०६२र६३ को आन्दोलन सफल
हुन्जेलसम्म ११ वटा सरकार फेरिए ।
दलहरू पनि यही
अवधिमा विभाजित बने । एउटा दलले अर्कोलाई पछार्ने अभियान नै थाले ।
शेरबहादुरपछि एमालेको सहयोगमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने ।
त्यसपछि
कांग्रेसकै समर्थनमा ११ सिट भएका सूर्यबहादुर थापा प्रधानमन्त्री बनेर देश
चलाए । सत्ता राजनीतिमा चतुर खेलाडी मानिने कांग्रेस नेता गिरिजाप्रसाद
कोइरालाले ६ महिनामै थापालाई पछारे र ३० चैत ०५४ मा आफैँ प्रधानमन्त्री बने
। एमाले फुटेर बनेको मालेको आन्तरिक सहयोग पाएका कोइरालाले भित्रभित्रै
एमालेसँग पनि कुरा चलाइरहेका थिए ।
मालेले असहयोग
गर्दा ६ पुस ०५५ मा संसद्मा विश्वासको मत गुमाएपछि राजीनामा दिएका उनले २४
घन्टाभित्रै एमालेको समर्थनमा सरकार गठन गरे र फेरि प्रधानमन्त्री बने । १
माघ ०५५ मा कोइरालाले राजीनामा मात्रै गरेनन्, संसद् विघटन गरेर चुनावको
घोषणा पनि गरे । ०५६ को आमनिर्वाचनमा पनि कांग्रेसले एक सय ११ सिटसहित
स्पष्ट बहुमत पायो ।
कृष्णप्रसाद भट्टराई
प्रधानमन्त्री भए । तर, १० महिना नबित्दै उनकै पार्टीका गिरिजाप्रसादले
राजीनामा दिन बाध्य बनाए । ७ चैत ०५६ मा कोइराला नयाँ प्रधानमन्त्री बने ।
तत्कालीन विद्रोही माओवादीविरुद्ध होलेरीमा सेना परिचालन गर्नेबारे भएको
विवादपछि उनले ४ साउन ०५८ मा राजीनामा दिए । र, कांग्रेसकै शेरबहादुर देउवा
प्रधानमन्त्री बने ।
सशस्त्र युद्धरत
माओवादीविरुद्ध देउवा सरकार आक्रामक बन्यो । संकटकाल लगाएर सेना परिचालन
पनि गर्योव । संकटकालको अवधि बढाउने विषयमा कांग्रेसले नै साथ नदिएपछि उनले
पार्टी मात्रै विभाजन गरेनन्, संसद् विघटन गरेर चुनावसमेत घोषणा गरे । तर,
चुनाव गर्न सकेनन् ।
चुनाव गराउन नसकेको भन्दै
तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई असक्षम ठहर्याउँदै २५ असोज ०५९ मा
राप्रापा नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरे ।
त्यसलगत्तै सूर्यबहादुर थापा प्रधानमन्त्री बने । फेरि देउवा प्रधानमन्त्री
बनाइए । १९ माघ ०६१ मा त राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नै हातमा लिए ।
०६२/६३
को जनआन्दोलनपछि संसद् पुनस्र्थापना भयो । र, १७ वैशाख ०६३ मा
गिरिजाप्रसाद प्रधानमन्त्री भए । अन्तरिम संविधान जारी भयो, युद्धरत
माओवादी पनि सिंहदरबार छिर्यो । ०६४ चैतमा संविधानसभाको चुनाव भयो ।
माओवादी ठूलो दल बन्यो ।
२ भदौ ०६५ मा पुष्पकमल
दाहाल प्रचण्ड प्रधानमन्त्री बने । देश गणतन्त्रमा पुग्यो, तर दलहरूको
सरकार ढाल्ने र बनाउने बानी फेरिएन । संविधानसभाको तेस्रो ठूलो दलले दुईपटक
सरकार चलाउने अवसर पायो ।
पार्टी अध्यक्ष तथा
संसदीय दलका नेता झलनाथ खनाललाई छाडेर एमालेले माधवकुमार नेपाललाई
प्रधानमन्त्री बनायो । दोस्रोपटक पार्टीलाई छलेर एमाओवादीसित सहमति गर्दै
खनाल प्रधानमन्त्री भए । उनीपछि एमाओवादीका बाबुराम भट्टराई प्रधानमन्त्री
बने ।
संविधानसभाको म्याद सकियो । भट्टराईले
दोस्रो संविधानसभा चुनावको घोषणा गरे । तर, कांग्रेस, एमालेले त्यसको विरोध
गरे । अन्ततस् प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वको चुनावी सरकार
गठन गर्न दलहरू तयार भए ।
र, ३० फागुन ०६९ मा
रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष बने । संविधानसभाको दोस्रो चुनावपछि
कांग्रेस ठूलो दल बन्यो । र, २७ माघ ०७० मा सुशील कोइराला नयाँ
प्रधानमन्त्री बने ।
उनले अहिलेसम्म सरकार
चलाइरहेका छन् । तर, कतिवेला परिवर्तन हुन्छ भन्न सकिन्न । किनभने दोस्रो र
तेस्रो ठूलो दल एमाले र एमाओवादी त्यसको तयारीमा लागेका छन् ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक