"डा.उपेन्द्र देवकोटासंग त यिनीहरुको तुलनै हुन सक्दैन"
- भरत दाहालयतिबेला एमाओवादी नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टरार्इका बीचमा नयाँ चरणको जुहारी सुरु भएको छ । दाहालको नेतृत्वलाई सतीदेवीको लाशसंग तुलना गरेर मूकभाषामा अध्यक्षको पद आफुले पाउनु पर्ने दावी बाबुरामबाट पेस गरिएको असार २६ गतेको काठमाडौंको एउटा कार्यकर्ता भेलामा भट्टरार्इलाई प्रत्युत्तर दिने क्रममा दाहालले भनेझैं उनीहरुकाबीचमा दर्शन र राजनीतिका विषयमा कुनै मतान्तर छैन । तर सँधैभरी गुटैगुटको अस्तित्व रहिरहनुपर्ने किन? आफ्नो मुखबाट खोल्न नमिल्ने यो प्रश्नवाचक ‘रहस्य’ मूलभूत रुपमा १६ बुँदे सहमति, संविधानको निश्चित-अनिश्चित भविष्य, त्यसको सेरोफेरोमा पैदा हुने परिणाम र यी ३ वटा पक्षहरुलाई प्रभावित पार्नका लागि पार्टी नेतृत्व नियन्त्रणको प्रश्नसंग जोडिएको छ भन्ने कुरा दाहालले संप्रेषण गर्न
खोजेका छन् ।
यसैबेला तर अर्को बेग्लै संदर्भमा वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाले माओवादी ‘विद्रोह’संग 'इसाई मिशन'को संसर्गले देशमा धार्मिक विवाद खडा गरेको भनि गरेको टिप्पणी पनि निकै चर्चामा छ । डा. उपेन्द्रको कथनलाई एमाओवादीभित्रको सदावहार विवादसंग जोड्न खोज्नुको कारण के हो भने पुष्पकमल दाहालले भनेझैं दर्शन-राजनीतिका प्रश्नहरुमा कतै विवाद नहुनुका बाबजुद उनीहरुका बीचमा कहिल्यै नसुल्झिने गरी विकास भएको गुटगत लडाईंको चुरो मुद्दा डा. उपेन्द्रकै कथनसंग जोडिएको छ । जबसम्म हामीले नेपालको भू–राजनीतिमा 'इसाई मिशनरी' संलग्नताको तस्वीर र त्यससंग भारतीय सत्ताको अन्तर्विरोधी राजनीतिक स्वार्थका बीचको द्वन्दलाई बुझ्ने कोशिस गर्दैनौं तबसम्म पुष्पकमल र बाबुरामका बीचको समाधानहिन लडाईंको छेउटुप्पो पनि पत्ता लगाउन सक्दैनौं ।
माओवादी इतिहासका बारेमा डा।उपेन्द्र देवकोटाको टिप्पणीलाई लिएर एमाओवादी वृत्तका केही लेखन्दासहरुले गरेका टिप्पणी र प्रश्नहरुका बारेमा केही कुरा उल्लेख गरेर मैले यो समग्र प्रसंगलाई अघि बढाउन चाहन्छुँ । यस्ता व्यक्तिहरुमध्ये केही युद्धकालमैं भारतमा पुगेर माओवादीका सूचनाहरु ‘रअ’का एजेन्टहरुलाई टिपाउने गरेको आरोप माओवादीभित्रैबाट लागेका व्यक्तिहरु छन् । केही 'क्रिश्चियन' धर्माबदम्बीहरु छन ,भने केही एमाओवादी कार्यकर्ताहरु । यद्दपि डा.उपेन्द्रले माओवादी इतिहासका बारेमा कुरा उठाएका थिए तर एमाओवादी कार्यकर्ताहरुले त्यसलाई बाबुराप्रतिको इगो बताउँदै त्यसलाई मानसिक डिप्रेसन भएको बताएका छन, जबकि उपेन्द्रले बाबुरामको नाम कतै उल्लेख गरेका छैनन् । केहिले उनलाई ‘शाही मन्त्री'को उपमा दिएर पुष्पकमल–बाबुरामको साम्राज्यवाद निर्भर इतिहासलाई बचाउ गर्ने प्रयास गरेका छन् ।
एमाओवादी इतिहास हेर्ने हो भने पार्टीलाई साम्राज्यवादीकरण गर्ने कुरामा उनीहरुमा कहिं विमती देखिन्न । युद्धलाई सत्तासंग सौदाबाजीको हतियार बनाउने उद्देश्यले ०५७ सालको दोश्रो राष्ट्रिय सम्मेलनमा पारित गरेको ‘गोलमेच सम्मेलन र अन्तरिम सरकार’, ०५९ सालमा भारतीय प्रधानमन्त्री कार्यालयमा बिन्तिपत्र दर्ता गरेर पार्टीलाई एमालेकरण गर्न ०६० सालमा पारित गरेको ‘एक्काईसौं सताब्दीको जनवाद’, संसदवादीसंग मिलेर सत्तामा जानका लागि ०६१ सालको अन्त्यमा ‘लोकतान्त्रिक गणतन्त्र’को दिशा समाते पछि साम्राज्यवादबारे लेनिन–स्तालिनको अवधारणामाथि सुरु गरेको हमला, ०६२को चुनवाङ बैठकमा जनयुद्धको विसर्जन गरी गरेको ‘१२ बुँदे’, बृहत शान्ति संझौता‘मा आत्मसमर्पण’ र लडाकु शिविरहरुमा मध्यरातमा सेनाको चढाई गराउँदासम्म दुबै जना एकढिक्का छन् ।
उनीहरुका बीचमा संघर्ष कहाँ देखिएको छ ? जुनबेला पार्टीको सबै शक्ति हत्याउने योजना अघि बेको छ त्यसबेला संघर्षले शत्रुतापूर्ण रुप लिएको छ । ०५४ सालको विस्तारित बैठकमा नेतृत्वको केन्द्रीकरणको नाममा दाहाललाई स्थापित गर्ने निर्णय हुँदा बाबुरामले त्यसको विरोध गरेका छन् । ०५७ सालमा पार्टी, मोर्चा र सेनाको सबै नेतृत्व दाहालको हातमा लैजाँदा बाबुरामले त्यसको विरोध गरेका छन् । जनजातिहरुसंग दाहालको र मधेशवादी गुटहरुसंग बाबुरामको निकटताको नीतिलाई लिएर दुर्इ जनाका बीचमा संघर्ष भएको छ । पार्टी आफूले कब्जा गर्ने योजना अन्तर्गत आफू र हिसीला लगायतका आफ्नाहरुलाई उच्च ओहदामा लैजान घुर्किका रुपमा उनले बारम्बार नयाँशक्तिको धमास देखाउँदै आएका छन । पद पाए त्यही पार्टी नयाँशक्ति बन्ने र नपाए सतीदेवीको लाश हुने भट्टरार्इको सिद्धान्त हो ।
पुष्पकमलले भनेझैं दर्शन र राजनीतिका प्रश्नहरुमा कुनै मतभेद नहुँदा पनि आखिर के हो त उनीहरुका बीचको जीवन मरणको संघर्षको कारण ?ठीक यहिंनेर डा.उपेन्द्र देवकोटाको माओवादी ‘आन्दोलन’बारेको टिप्पणीको महत्व देखिन्छ । 'यूरोपियन' र 'अमेरिकन'हरुको धार्मिक राजनीतिका कोणबाट हेर्ने हो भने दाहाल'यूरोपियन' 'प्रोटेस्टेन्ट' र बाबुराम चाहिं'अमेरिकन क्याथोलिक' 'इसाई'हरुको नेटवर्कसंग संबन्धित छन् । राजनीतिक रुपमा हेर्ने हो भने दाहाल 'यूरोपीयन' र बाबुरामु 'इण्डो–अमेरिकन नेक्सस'का मानिस हुन् । भारतमा माओवादी युद्धलाई नियमन गर्ने जिम्मा लिएका ‘रअ’का पूर्व प्रमुख थाराकान र पूर्व रक्षामन्त्री जर्ज फर्नान्डेजु दुबै 'क्रिश्चियन'हुन् । संगठनात्मक रुपमा नगण्य प्रभाव हुँदाहुँदै पनि पार्टीभित्र बाबुरामको सँधै घुर्की चलिरहन सक्नुको एउटै कारण भारतीय सत्ताको'ब्याकिङ 'हो भन्ने तथ्य जगजाहेर छ ।
दुबै जना 'इसाई मिशन'बाट सञ्चालित भएर पनि राजनीतिक रुपमा दुई भिन्न केन्द्रहरुसंग जोडिनु नै दाहाल-बाबुरामको शत्रुताको स्थायी कारण हो । यी भिन्नभिन्न विदेशी शक्तिहरुको नेपालको भू–राजनीतिप्रतिको फरक रणनीतिले उनीहरुलाई कहिल्यै नजिक बन्न दिएन । फरक फरक बाह्य रणनीतिसंग जोडिएर पनि उनीहरुका बीचमा रहेको साझा चासोको विषय भनेको नेपाली समाजको इसाईकरण हो । 'क्याथोलिक र प्रोस्टेन्ट'हरुको यो साझा स्वार्थले दाहाल-बाबुरामलाई शत्रुतापूर्ण संबन्धका बाबजुद छुट्टिन पनि दिएन । माओवादी बन्दुकसंगै विकट पहाडी जिल्लाहरुका गाउँ गाउँमा चर्चहरुलाई पुर्याउने र ऐतिहासिक भौतिकवादको मुकुण्डो लगाएर आफ्नो पार्टीको ठूलो पंक्तिलाई इसाईकरण गर्ने कुरामा दुबै जना एकसाथ छन् भन्ने तथ्यलाई बुझ्न ०५२ पछि चर्चहरुको विस्तार र एमाओवादीको 'क्रिश्चियन' पंक्ति हेरे पुग्छ ।
धर्म निरपेक्षताको प्रचलित अर्थ जे भए पनि नेपालको अन्तरिम संविधानमा सामेल गरिएको कारण यहि हो । राज्यबाट धार्मिक समानता चाहेको हो भने धर्मबारे संविधानमा बोलिरहन आवश्यक हुँदैन, मौन बसे पुग्छ । तर उनीहरुको मिशन धर्मान्तरण थियो, जो ‘जनयुद्ध’लाई पश्चिमाहरुले गरेको समर्थनको सर्त थियो । कृष्णबहादुर महराले नेपालगञ्जको चर्चमा सपथ खाईरहेको फोटो सार्वजनिक भएर सबै कुरा घामझैं छर्लङ्ग भैसकेको अवस्थामा अपराधिहरुको बचाउका नाममा केही दासहरुले बाबुरामसंग डा.उपेन्द्र देवकोटाको जसरी तुलना गर्न खोजेका छन्, त्यसले उनीहरुको बद्नियतलाई मात्र होर्इन कि अपराधिक मनोवृत्तिलाई समेत् उजागर गर्दछ । यो अपराध वृत्तिलाई उदांगो बनाउनका लागि इतिहासका केहि कलंकित घटनाहरुलाई उजागर गर्न अझ बढि आवश्यक देखिन्छ ।
०५९ सालमा अटल बिहारी बाजपेयीको कार्यालयमा बिन्तिपत्र दर्ता गरेर सिधै ‘रअ’ प्रमुख थाराकान कहाँ नेपालीहरुलाई उडाएको रिपोर्टीङ गर्न जाने व्यक्ति पुष्पकमल दाहाल र बाबुराम होईनन् ? यिनीहरुलाई देहरादूनको चक्रातामा तालिमको व्यवस्था गर्ने र ट्रकका ट्रक हतियार आपूर्ति गर्ने व्यक्ति तत्कालीन रक्षामन्त्री जर्ज फर्नान्डेज होईन?आफैले आतंककारी घोषित गरेर दिल्लीका होटेलमा राख्ने र तीन दर्जन सभासम्मेलनहरु सबैभन्दा ठूला होटेलमा गर्न सुविधा उपलब्ध गराउने तीनै 'भारतीय इसाई'हरु होईनन्?माओवादीले युद्धकालमा प्रयोग गरेका अत्याधुनिक 'सेटेलाईट' फोनहर' 'इसाई मिशनरी'का लागि 'फन्डिङ' गर्दै आएको नर्वेले उपलब्ध गराएको होईन ?युद्धको बेला हिन्दू मंदिरहरुमा कार्यकर्तालाई 'मुत्नु' लगाउने र क्रिश्चियन बनाउने गर्दै आएको कुरा असत्य हो ? डा.उपेन्द्रको खिसिट्युरी गर्ने हनुमानहरुले कोरियन चर्चहरुको त्यो रिपोर्ट पढेका छन् कि छैनन्, जसमा माओवादीको सहयोगमा नेपालमा इसाई धर्म चम्किरहेको उल्लेख गरिएको छ? थाराकान जस्तो गुप्तचर कहाँ रिपोर्टीङ गर्न जाने नेताका हलियाहरुले ठूला कुरा गर्ने ?
लाज मान ! हनुमानहरु, लाज मान !!! धर्मनिरपेक्षताका लागि पैसा खाने पनि तिम्रै नेता हुन् । भारतीय आदेशमा 'बेबी किङ'का लागि ०६४ सालमा दरबारीयाहरुको घरदैलो चहार्ने पनि तिम्रै बाबुराम हुन् । भारतसंग कुरा नमिलेर गणतन्त्रको पक्षमा हात उठाउन आदेश आउँदा उठाई दिने पनि तिम्रै नेता हुन् । यूरोपियनहरुको पैसा खाएर मन्दिरमा 'मुत्नु लगाउने, दिल्लीको दलाली गरेर सत्तामा पुग्न भैंसीको पूजा गर्ने र मनकामना मन्दिरमा घन्टा हल्लाउने पनि तिम्रै नेता हुन् । तिम्रा नेताले बषौंसम्म 'क्यान्टोनमेन्ट'मा बन्धक बनाएर राखिएका लडाकुहरुको चेक लुट्न र आधा राति सेनालाई 'क्यान्टोनमेन्ट'मा हुलेर लडाकुहरुको रुवाबासी गराउँदै लखेट्न बाँकी नराखेका तिम्रा नेताहरुको पुर्पक्षमा हात घोट्रन शर्म मान ! डा.उपेन्द्र देवकोटासंग त यिनीहरुको तुलनै हुन सक्दैन । उपेन्द्रको टिप्पणीमा तिमीहरुलाई शंका छ , भने आफ्ना नेताहरुलाई देवकोटासंग टेलिभिजन बहसमा उत्रिने प्रस्ताव गर, हामी पनि उनलाई प्रसताव गर्छौं । तिम्रा नेताले मान्छन् कि मान्दैनन्, त्यस पछि थाहा पाउँछौ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक