करिब दश बर्षको रक्तपातपूर्ण युद्धपछि तत्कालिन नेकपा-माओवादीलार्इ
राजनीतिक मूलधारमा आउन सहज थिएनl 'हिंसाको प्रयोग क्रान्तिको अनिवार्य शर्त
हो' भन्ने राजनीतिक दर्शनबाट दीक्षित माओवादी पार्टीभित्र नेता
कार्यकर्ताको ठूलै पंक्ति थियो जसले नेतृत्वलार्इ संसदीय अभ्यासमा
'आत्मसमर्पण' नगर्न पार्टीलार्इ
निरन्तर दवाबमा राख्योl
निरन्तर दवाबमा राख्योl
पार्टीभित्र यो 'क्रान्तिकारी' धारको नेतृत्व चाहीं 'ग्यांग अफ फोर' नाम
गरेको समूहले गर्थ्योl पर्दा भित्रका खेलाडी थिए, युवा नेता नेत्र बिक्रम
चन्द। यद्दपि बाहिर सञ्चार माध्यममा नामचाहीँ मोहन बैद्य किरणको आउँथ्यो l
चीनमा माओकी श्रीमती जियाङ्ग कूयीगसहितको चार जनाको षडयन्त्रकारी
समूहलार्इ 'ग्यांग अफ फोर' भन्ने गरिन्छ, जसले सांस्कृतिक क्रान्तिका नाममा
हजारौंको ज्यान जानेगरी चीनमा ध्वंस मच्चाएको थियोl
शान्ति प्रक्रियामा प्रवेशपछि यो 'ग्यांग अफ फोर'मा थिए चन्द, खड्गबहादुर
विश्वकर्मा, कूलप्रसाद केसी र शक्ति बस्नेत थिएl आफ्ना युद्द्धकालिन
अधिकांस समय पार्टीको आधार इलाकामा बिताएका र कार्यकर्तामाझ निकै लोकप्रिय
ग्यांग अफ फोरका नेताहरु पार्टी नेतृत्वका लागि ठूलै चुनौती बन्ने पुगेl
प्रचण्डले बस्नेतलार्इ यो ग्रुपबाट अलग्याउन सफल भए, 'ग्यांग अफ फोर'
त्यसपछि 'ग्यांग अफ थ्री' भयोl तर, पार्टीभित्र यसको प्रभावमा कुनै कमी
आएनl
प्रचण्ड नेतृत्वको एनेकपा माओवादीबाट अलग भएर बैद्य नेतृत्वको
नेकपा-माओवादीमा केही समय प्रभावशाली रह्यो यो समूहl बैद्य र महासचिव
रामबहादुर थापा 'बादलले' क्रान्तिमाथि गद्दारी गरेको आरोपसहित यो समूहले
अहिले नयाँ पार्टी घोषणा गरेको छ। जसलार्इ नेकपा माओवादी नाम दिइएको छl तीन
दिनसम्म चितवनको गोप्य इलाकामा चलेको चन्द समूहको केन्द्रीय समितिले
सशस्त्र-क्रान्तिको भाग-२ तयारी गरेको छl ग्यांग अफ फोरका कूलप्रसाद केसी
अझैँ अन्योलमा छन्। तर, राजनीतिक खेलमा निपूण चन्द अर्को रक्तपातपूर्ण
आन्दोलनको तयारीमा छन्l
२०२४ सालमा रोल्पाको इरिबाङका मध्यम बर्गीय ठकुरी परिवारमा जन्मिएका
चन्दले माओवादी नेता कृष्ण महराले पढाउने बालकल्याण माध्यमिक बिद्यालयमा
प्रारम्भिक शिक्षा मात्र हासिल गरेनन्, वामपन्थी विचारधाराबाट दीक्षित पनि
भएl बिकट जिल्लामा रहेको यो ठाउँमा मोहनबिक्रम सिंहले धेरैअघि नै उग्र
वामपन्थी राजनीतिको सुरुवात गरिसकेका थिएl पकिस्तानमा भुट्टोलार्इ फाँसीको
सजाएँ पाएपछि नेपालमा सुरु भएको बिद्यार्थी आन्दोलनको लहर यो बिद्यालयसम्म
पनि पुग्योl केही बिद्यार्थी र शिक्षकले गरेको सभामा प्रहरीले गरेको
निर्मम दमन र त्यसपछिको असहज परिस्थितिले यो बिद्यालयलार्इ पूरै राजनीतिकरण
गर्योछl चन्दनिकट एक नेता भन्छन् 'यो घटना चन्दका लागि पनि महत्वपूर्ण
भयो, उनी पनि राजनीतिमा चासो राख्न थालेl'
तर, चन्दको वास्तविक राजनीतिक जीवनचाहीं काठमान्डौंको नेपाल ल क्याम्पसबाट
सुरु भयोl कृष्णध्वज खड्का अध्यक्ष्य रहेको अनेरास्ववियू -छैंठौमा उनी
उपाध्यक्ष्य र पार्टीको ललितपुर जिल्ला सदस्य रहेl यहि समयमा उनका सहपाठी
माओवादी नेता वर्षमान पुन 'अनन्त' रोल्पा जिल्ला सदस्य थिएl पुन र उनको
राजनीतिक यात्रा लगभग एकै समयमा भयोl युद्ध सुरु भयो, मर्ने, मार्ने र
भाग्ने क्रम जारी रह्योI महत्वाकांक्षी नेताद्वय चन्द र पुन दत्त-चित्त भएर
जनयुद्धमा लागेl दुबै एकै ठाउँका, उही शिक्षा, उही उमेर र उही राजनीतिक
दर्शनबाट दीक्षित चन्द र पुनबीच प्रेम र प्रतिस्पर्धाको दोहोरो सम्बन्ध
रह्योl
पार्टीका नेता रामबहादुर थापा 'बादल' नजिक रहेका पुनले पार्टीको अधार
इलाकामा चन्द भन्दा धेरै प्रगति गरेl बादललार्इ यौन काण्डमा भएको
कारवाहीसँगै उनी पार्टीमा झन् हावी भएl चन्दको भने आफूलाई प्रचण्डको
उतराधिकारी दावा गर्ने यानप्रसाद गौतम अर्थात् 'आलोक' सँग भएको टकरावले
राजनीतिक भविष्य नै अन्योलमा पर्ने स्थिति भयोl कारवाहीस्वरुप चन्दलार्इ
पार्टीको अधार इलाकामा सरुवा गरियोl तर, चन्दका लागि यहि नै बरदान सावित
भयोl ०५४ सालमा कर्णाली उप-क्षेत्रीय ब्यूरोप्रमुख भएका चन्दले पहिलो पटक
सानीगढ़ प्रहरी चौकीमा कमिसार भएर प्रत्यक्ष रुमपा युद्धमा सामेल भएl ०५५
सालमा भएको चौथो विस्तारित बैठकमा वर्षमान पुनसँगै पार्टीको केन्द्रीय
सदस्य भएl
यसैबीच वर्षमान पुन यौन काण्डमा मुछिए तर, उनलाई कुनै ठूलो कारवाही गरिएनl
राजनीतिमा राम्रै प्रगति गरिसकेका पुन प्रचण्डका विस्वासपात्र भैसकेका
थिएl बरु उनलाई पूर्वाञ्चल सरुवा गरियोl यसपछि आधार-क्षेत्रमा जमे चन्दl
बेनी, खारालगायतका युद्धमा उनले योजनाकारको भूमिका मात्र खेलेनन्,
प्रतक्ष्य सहभागी नै भएI भारतले माओवादी नेताहरुलाई गरेको कारवाहीसँगै
२०६० सालमा माओवादी हेडक्वाटर रोल्पा सर्योl पुनलार्इ गरिएको सरुवा र
हेडक्वाटर रोल्पामा सरेपछि चन्द र प्रचण्ड झनै नजिक भएl दुवै नेताहरुको
खानपिन र बसाइ पनि संगै हुन्थ्योl चन्द बिशेष आधार-इलाकाका प्रमुख भएl
बाबुराम भट्टराईलार्इ कारवाही गरेको लावागं बैठकमा उनले प्रचण्डलार्इ नै
साथ दिएl चुनबाङ बैठकमा बाबुराम-प्रचण्डलार्इ नै साथ दिए। यद्दपि यस
बैठकमा फरक मत राख्ने नेता रबिन्द्र श्रेष्ठका उनी घनिष्ट मित्र थिएl
चन्दनिकट एक माओवादी एक नेता भन्छन 'चन्द जति अन्य कुनै पनि नेताले
युद्धका समयमा प्रचण्डसँग त्यति धेरै समय सायदै बितायो होला l '
पूर्व राजा ज्ञानेन्द्रको माघ १९ को शाही कदमसँगै माओवादी राजनीतिले पनि
कोल्टे फेर्योl चरमोत्कर्षमा पुगेको बाबुराम भट्टराई र प्रचण्डबीच चलेको
अन्तर्द्वन्दको एक शृंखलाको अन्त्य भैसकेको थियोl पूर्व शत्रु
कांग्रेस-एमालेसँग कार्यगत एकता गरी शान्तिपूर्ण जन-आन्दोलनको बाटो लियो
पार्टीलेl यसका लागि प्रचण्डले पुनलार्इ उपत्यका प्रमुखजस्तो महत्वपूर्ण
ठाउँको जिम्मेवारी दिए भने, चन्दलार्इ सेती-महाकालीको जिम्मेवारीमा सिमित
भएl प्रचण्ड सायद चन्दको राजनीतिक महत्वाकांक्षाप्रति सचेतमात्र थिएन,
उनलाई राजनीतिमा अवसर दिनु आत्मघाती हुनसक्ने अन्दाज गरिसकेका थिएl शान्ति
प्रक्रिया सुरु भयोl नेता पुन पार्टीबाहिर पनि क्रमस: स्थापित हुँदै थिएl
तर, चन्द आधार इलाका मै गुमनाम रहेl चन्द आफैंले लेखेका छन् 'यसरी हामीलाई
अधार इलाकामा छोडेर काठमाडौँमा नयाँ राजनीति सुरु गरियो ...' प्रचण्ड र
चन्दका बाटाहरु अलग भैसकेका थिएl राजनीतिक प्रतिसोधको पर्खाईमा थिए पार्टी
नेता चन्दl
शान्ति प्रक्रिया पछिको राजनीति
'सर्वहारा जीवनशैली' बाट सुरु भएको माओवादी नेताहरुले 'बुर्जवा जीवनशैली'
सुरु गरिसकेका थिए। घाइते-अपांगलाई दुइ छाक खान धौधौ थियो, तर टाठा-बाठा
नेता, उनीहरुका छोराछोरी र नाता-गोताले सम्पन्न शहरीया जीवनको स्वाद लिन
सुरु गरीसकेका थिएl
उता, नेताका सुरक्षा-गार्डको रुपमा काम गर्ने खटिएका 'जनसेनाका' लडाकुहरु
भने नेताहरुका घरमा काम गरिदिने नोकरजस्ता भएका थिएl यसै पृष्ठभूमिमा
बस्यो पार्टीको बालाजु विस्तारित बैठक। जसले चन्दका लागि नयाँ अवसरको ढोका
खोलिदियोl
यस विस्तारित बैठकमा उद्घोषकको भूमिका पाएका चन्दले आफ्नो भाषणमार्फत
राजनीतिक फाइदा लिन कुनै कसर बाँकी राखेनन्l पार्टीले तत्काल 'सुधारवादी'
बाटो सच्याउनुपर्ने चर्को आवाज उठाएl युद्ध लडेका कार्यकर्ताको व्यापक
समर्थन पाएका चन्दकै कारण पार्टीले सरकारबाट पनि अलग्गिने निर्णयसमेत
गर्नुपर्यो्l पार्टीमा कम्युनिस्ट आदर्शप्रति समर्पित मोहन बैद्यको समर्थन
पनि थियो उनलाईl आफ्ना समर्थक कार्यकर्ताहरुको ठूलै जमात तयार भयो चन्दका
लागिl यो बैठकमा पछि पार्टीभित्र 'रेड भर्सस एक्स्पर्ट' अर्थात्
'टाठा-बाठा' र 'क्रान्तिकारी' कार्यकर्ताबीचको द्वन्द्व सुरु भयोl
युद्धबाट आएको र कुनै अवसर प्राप्त नगरेको ठूलो समूह चन्दतर्फ आकर्षित
भयोl
जब अधिकांस माओवादी नेताहरु अवसरको खोजी र आरामदायी जीवनको लागि
काठमाडौँमा थिए। चन्दलार्इ संगठन निर्माणका लागि जिल्ला भ्रमणबाट कहिल्यै
फुर्सद भएनl अन्य नेताका छोरा छोरीहरु महंगा बिद्यालय र विदेश जना थाले।
चन्दले आफ्ना छोरा-छोरी सरकारी सरकारी बिद्यालयमै पठाएl
पार्टी नेताहरु बालाजुको विस्तारित बैठक माओवादी इतिहासकै एक महत्वपूर्ण
बैठक मान्छन्। जहाँबाट पार्टीको मुख्य अन्तर्द्वन्द्व अध्यक्ष्य प्रचण्ड र
बरिष्ठ नेता बाबुराम भट्टराईबाट बदलिएर प्रचण्ड र बैद्य-चन्दबीच सुरु भयोl
प्रचण्डले चन्दलार्इ कारवाही गर्न खोजे, तर बादलले उनलाई कारवाही हुन
दिएनन्l
चन्दको महत्वाकांक्षालार्इ जानी-नजानी साथ दिए पार्टीका बरिष्ठ नेता
बैद्यलेl बैद्यनिकट एक नेता भन्छन् 'राजनीतिको भलिबल खेल्न पनि कोरम र
उचाई दुवै पुग्नुपर्छ l चन्दसँग कोरम त पुगीसकेको थियो तर, उचाई थिएनl
बैद्यले त्यो पनि पूरा गरीदिएl' हुन पनि बैद्यनिकट, पार्टीमा अवसर नपाउने र
प्रचण्डविरोधी नेताहरु अब एकै समूहमा आइसकेका थिए।
यसैबीच पार्टी संविधानसभाको चुनावमा भाग लिनुपर्ने भयोl प्रचण्डले
सम्पूर्ण केन्द्रीय सदस्यहरु चुनावमा भाग लिनुपर्ने उर्दी जारी गरेका थिएl
चन्द यसै त चुनावका विरोधी थिए, यसमाथि पनि सबैले केन्द्रीय सदस्यले
चुनावमा भाग लिने कुरा उनलाई मान्य भएनl यस चुनावमा, चन्द र शक्ति
बस्नेतसहित ११ सदस्यले न त चुनावमा भाग लिए न त समानुपातिक निर्वाचनको
लिस्टमा नै बस्न मानेl माओवादी पार्टीले चुनाव जित्यो। प्रचण्डले
बस्नेतलाई आफ्नो स्वकीय सचिवमा नियुक्ति गरेl सानो भएपनि प्रचण्डले
चन्दलार्इ झड्का दिएl तर, चन्दले पार्टीभित्र आफ्नो संगठन निर्माण
गरीसकेका थिएl
चन्द आफ्नो विचारमा प्रस्ट नै थिए 'चुनाव जित्दैमा क्रान्ति हुन्न र
पार्टीले 'राज्यसत्ता क्याप्चरको लागि नयाँ कार्यनीति लिनुपर्छ l' खतरनाक
स्थिति भने पार्टीको राष्ट्रिय भेलामा भयोl जम्मा ३५ केन्द्रीय सदस्यमध्ये
१७-१७ जना दुर्इ भागमा विभाजित भए बादल तटस्थ रहे। र पार्टीको शान्ति
प्रक्रियाको कार्यनीति बच्योl एक माओवादी नेता भन्छन् 'यदि भोटिंगमा
किरण-बिप्लव पक्षले जितेको भए या त पार्टी तत्काल फुट्ने थियो या त
प्रचण्डले राजिनामा दिनुपर्थ्यो l' यो बैठकमै प्रचण्डले पहिलो पटक खुलेरै
घोषणा गरे 'पार्टीभित्र अबको प्रमुख अन्तरविरोध चन्दसँग होl'
माओवादी पार्टीभित्रको नाम कहलिएको धोबिघाट बैठकका प्रमुख योजनाकारमध्ये
एक चन्द नै हुन्l बैद्यलाई त प्रचण्डले 'मेरा राजनीतिक गुरु' भनेर फकाउन
सजिलो थियो तर, चन्दलार्इ फकाउन सजिलो थिएनl प्रचण्डविरुद्ध भएको यो
मोर्चावन्दीस्वरुप, बाबुराम भट्टराई प्रधानमन्त्री भए भने बादल जना-सेना
प्रमुख र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीl
चन्दको उद्देश्य भने जसरी हुन्छ प्रचण्डलार्इ अलग्याउनु नै थियोl त्यसैले
प्रचण्डले बैद्य, भट्टराई र श्रेष्ठसँग सम्झौता गरिहाले र पछि
बैद्य-चन्दलार्इ अलग्याएl प्रचण्डको भनाइ थियो 'मैले आफूलाई अध्यक्षबाट
अपदस्त गर्न खोजेपछि सम्झौता गरेको हुँl'
यसपछिका समयमा चन्दले प्रचण्डलाई अलग्यान कुनै कसर बाँकी राखेनन्l उनले
सेना समायोजनकै समयमा लडाकु शिविरभित्र विद्रोहको आपेक्षा राखेका थिएl
क्रान्तिलाई धोका दिइएको र लडाकुहरुको मासिक तलवसमेत पार्टीले नै
कुम्ल्याएको अवस्थामा बिद्रोह हुने अवस्था पनि थियोl 'तर, तत्कालै सेना
परिचालन भएपछि उनको अपेक्षाअनुसार भएनl'
चन्दको नीति भनेको संविधान बनेपनि नबनेपनि त्यसबाट उत्पन्न हुने
विद्रोहात्मक स्थितिबाट फाइदा उठाई 'क्रान्ति'लार्इ अघि बढाउनु होl स्मरणीय
छ बैद्य नेतृत्वको नेकपा माओवादी पहिलो संविधान भंग भएलगत्तै भएको थियोl
यसमा उनले बादललार्इ समेत प्रयोग गरेl चन्दको उचाइ छैन र बैद्यपछि नेतृत्व
आफ्नै हातमा आउने सोचेका बादल आफू प्रयोग भएको पत्तै पाएनन्l संविधानसभा
भंग भएपछिको अन्योलको अवस्थामा उनको राष्ट्रवादको नारा चर्काउने निधो गरेl
तर, जन-समर्थन प्राप्त गरेनन्l
दोश्रो संविधानसभानको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विवाद पार्टीमा
चर्कियोl उनको योजना थियो चुनावमा ध्वंसका कार्यक्रम लिने र राज्य
सत्ताबाट हुने दमनसँग भूमिगत हुनेl तर, केन्द्रीय समितिमा अल्पमतमा परेपछि
उनी पछि हटेl केही महिना अघि पार्टीले संविधान सभामा रहेको दलहरुसँग
गोलमेच सम्मेलन गरी संविधान निर्माण प्रक्रियामा आउने निधो गर्योl तर,
चन्दकै कारण यो प्रक्रिया भंग भयोl
आहिले चन्दको नीति छ, माघ ८को संविधान निर्माणको समयसम्म तयारी गर्ने र
त्यसपछि पहिलो झड्का दिनेl उनले धेरै सोचेर 'क्रान्तिको नयाँ अध्यायको'
निम्ति समय तोकेका छन्l नयाँ संविधान सभाबाट असन्तुस्ट पक्षहरुको व्यापक
समर्थन प्राप्त हुने आशामा छन् चन्दl उनको 'एकीकृत क्रान्ति'को मोडेल
पहिले माओवादीले लिएको दीर्घकालिन जनयुद्धभन्दा तात्विक अन्तर छैनl यसको
उद्देश्य कार्यकर्ताहरुमा नयाँ उत्साह र नयाँपन थप्नु हो, भन्ने मात्र
देखिन्छ l पहिले सडक आन्दोलन गर्ने र स्थानीय 'जाली, फटाहा र
सामन्तीहरुलाई भौतिक कारवाही' गर्नु अनि त्यसबाट उत्पन्न हुने असहजतापछि
भूमिगत हुनु अब उनको नीति होl
प्रचण्ड विरोधी मोर्चाबाट सुरु भएको उनको राजनीतिको गतिमा उनले वैद्य र
बादललार्इ राम्रैसँग उपयोग गरेl अहिले उनको उद्देश्य 'नयाँ जनवादी
क्रान्तिको' प्राप्ति हो जसमा हिंसा अनिवार्य हुन्छl उनी सफल वा असफल हुनु
बेग्लै कुरा होला। तर, उनीसँग भएको जनशक्ति व्यापक हिंसाको लागि प्रशस्तै
छl उनले अब लिने बाटो आउँदो फागुन १ गतेको जनयुद्ध दिवससम्म हुने
घटनाक्रमले निर्धारण गर्नेछl - Source : पाेष्टबहादुर बस्नेत/
setopati
setopati
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक