- विनोद त्रिपाठी
जनआन्दोलन ०६२/०६३ ले नेपाललाई धर्मनिरपेक्ष घोषणा गर भनेर कुनै म्यान्डेट दिएकै थिएन । सङ्घीयता लागू गर पनि भनेकै होइन । तर, राजतन्त्र फाल्ने आवेगसँगै यी दुवै एजेन्डा गणतन्त्र घोषणापछि जबर्जस्ती लाद्ने प्रयास गरियो । यसलाई आफूअनुकूल बनाउन माओवादीको जोडबलले आन्दोलन सकिएपछि पुनस्र्थापित संसद्बाट सौहार्दपूर्ण हिन्दू राष्ट्रको पहिचान मेट्न जनताको म्यान्डेटविपरीतको निरर्थक काम दलहरूले गरे । यसैको सेरोफेरोमा रहेर धर्मनिरपेक्ष बनाउने स्वार्थ शक्ति र गणतन्त्रको नाममा भएका हाम्रो धार्मिक पहिचान मेट्न लाग्नेहरूको बारेमा उल्लेख गर्न सान्दर्भिक देखिएको छ । विश्वमा अहिले करिब चार दर्जन युरोपियन मुलुक आफूलाई क्रिस्चियन धर्मको नाममा परिचित छन् । एसिया तथा अन्य महादेशका कैयौँ मुलुक मुस्लिम र इसाई धर्मप्रति कट्टर आस्था राख्छन् । एसियामा विकासका लागि भर्खर उदाउन थालेको मलेसिया मुस्लिम धर्म आफ्नो पहिचान मान्छ । तर, पूर्वीएसियाका कट्टर धर्मका नाममा मलेसियाले स्वतन्त्रता खोसेको छैन । द्रूतगतिमा विकास गरिरहेको मलेसियाले धर्म पहिचानका कारण विकासमा बाधक कहिल्यै ठानेन । हाम्रो मुलुकको सन्दर्भ जोड्ने हो भने इतिहासदेखि हालसम्मको नेपाली आस्था झन्डै शतप्रतिशत हिन्दूमा समर्पित छ । एसियामा छिमेकी मुलुक भारतभन्दा हाम्रो पहिचान बेग्लै थियो । विश्वकै एक मात्र हिन्दू राष्ट्रका नाममा परिचित नेपालप्रति भारतका कट्टर हिन्दूवादीले यसप्रति सद्भाव र विरोध गरेका हुन् । कारण थियो, हिन्दूधर्मको पर्यायवाची नेपालले पाउन हुन्न भन्ने एकथरी भारतीय हिन्दू गुरुहरू थिए । अर्काथरी नेपाल हिन्दूराष्ट्र कायम हुनुपर्छ भन्नेमा थिए । तर, नेपालमा जो राजतन्त्रका विरोधी थिए, उनीहरू कुनै हालतमा नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ भन्नेमा लबिङ र दबाब दिन थाले । यी दुवैको चेपुवामा परेका यहाँका दलहरू आन्दोलन सकिन नपाउँदै माओवादीलाई एमालेसरह सिट दिएर जबर्जस्ती धर्मनिरपेक्षमा होमिए । के हिन्दूधर्म अरू धर्मको कहिल्यै बाधक बन्यो नेपालमा ? यो प्रश्नको उत्तर नखोजेसम्म हिन्दूराष्ट्र चाहने तर बोल्न नसक्ने नेपालका अन्योलग्रस्त नागरिकलाई स्पष्ट हुने छैन ।
हाम्रा घर–घरमा हिन्दूधर्मका देवता मान्ने सदस्य छन् । घरका परिवारले यसप्रति आस्था राख्छन् । मन्दिर जान्छन्, पूजा गर्छन् । विवाह, ब्रतबन्ध, पूजाआजालगायत हिन्दूधर्मको रीतिबमोजिम कार्य हुन्छ । प्रत्येक सदस्यलाई यस्ता विधि पालना गर्न यसमा अनिवार्य उर्दी छैन । टुप्पी पाल्नैपर्छ भन्ने छैन । जनै नलगाउने हिन्दू होइन भन्ने अधिकार कसैलाई छैन । मन्दिर पुगेर मूर्ति पूजा नगर्नेलाई कसैले अपमान गर्दैन । पूजा गरे पनि हुन्छ । बाबुआमाको मृत्युमा काजकिरिया ६ दिन मात्र गरे पनि किन १३ दिन किरिया नगरेको भनेर कसैले प्रश्न गर्र्दैन । छिमेकीले मुस्लिम धर्म मानोस् वा क्रिश्चियन बनोस् कुनै हिन्दूलाई चासो छैन । एउटा हिन्दूधर्म मान्नेले सोच्छ, हरेकलाई जे जायज लाग्छ, त्यो गर्न उसलाई छुट छ । कानुनको परिधिमा रहेर समाजमा सहज लाग्ने काम गर्न पाइन्छ भन्ने प्रत्येक हिन्दूले बुझेका छन् । ०६२ अघिको कानुनमा पनि त्यो स्वतन्त्रता मजबुत थियो । नेपाल हिन्दूराष्ट्र भएका समयमा प्रत्येक नागरिकलाई धार्मिक स्वतन्त्रता मनाउनेजस्तो गतिलो छुट कहिल्यै भएन । को बुद्धिष्ट बन्यो, को मुस्लिम भयो वा कुन व्यक्ति कुन धर्मतिर लाग्यो कहिल्यै यहाँका नागरिकले चासो राखेनन् । यतिविधि धार्मिक स्वतन्त्रता भएको हाम्रो मुलुकलाई बिनाकारण धर्मनिरपेक्ष घोषणा गरेर धर्म–धर्मबीचको विभेदलाई चर्काउने काम सुरु गरेको छ । नेपाल हिन्दूराष्ट्र घोषणा हुनुपर्छ भन्नेहरू सबै राजतन्त्रवादी होइनन् भन्ने बुझ्न दलहरूले जरुरी छ । आन्दोलनले म्यान्डेट नै नदिएको धर्मनिरपेक्षता र सङ्घीयतालाई जबर्जस्ती लागू गरेर बन्न लागेको संविधानमा राखियो भने नेपालीबीच ठूलो धार्मिक दरार उत्पन्न हुने निश्चित छ ।
हामी चाहन्छौँ, नेपाल एक हिन्दूराष्ट्र हो, यहाँ सबै धर्म मान्नेलाई आफ्नो धर्म मान्ने अधिकार समान छ । यो समानताबीच दुईतिहाइभन्दा बढी हिन्दूधर्म मान्नेलाई उपेक्षा गरेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न दलहरूले पाउने छैनन् । यही जातजाति, धर्म, भौगोलिक आदिका आधारमा फुट ल्याउन जनतालाई दलहरूलाई म्यान्डेट दिएको होइन । यो कुरालाई दलहरूले मनन गरेनन् भने धर्म र सङ्घीयताका विषयमा जनमतसङ्ग्रहको माग गर्दै जनता फेरि सडकमा ओर्लन बाध्य हुनेछन् । त्यतिबेला वास्तविक जनताको म्यान्डेट दलहरूले बुझ्नेछन् र जनताको असली संविधान हिन्दूराष्ट्र नेपालकै पहिचान त्यसबेला सिद्ध हुनेछ । केही व्यक्ति, केही सानो शक्तिको स्वार्थ पूरा गर्न हाम्रो धार्मिक सद्भाव खल्बल्याउने अधिकार नेपाली जनताले कसैलाई पनि दिएको छैन । यो महत्र्वपूर्ण विषयप्रति दलहरूमा संविधान निर्माणअघि चेत खुल्नु जरुरी छ ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक