नेपालका चर्चित अधिकारकर्मी एवं इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले नन्दप्रसादको घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने बताए
नेपाल
अधिराज्य बने यता राणाशासन, पञ्चायतकाल र बहुदलीय प्रजातान्त्रिक शासनमा
नभएको घटना संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा भयो । सिंगो नेपालको
इतिहासमा हाम्रो देशको इज्जतमा धब्बा लागेको छ । ३ सय ३३ दिन आमरण अनशन
बसेर नेपालमा आजसम्म कसैको ज्यान गएको थिएन । राणा र पञ्चहरुजस्ता निरकुंश
शासकहरुले पनि अनशनकारीसँग वार्ता गरी अनशन तोडाएका थिए । तर, अहिलेका
लोकतान्त्रिक नेताहरुले कसैले हामीले मारेकै हौ, सक्छस् हामीलाई थुनेर हेर
भनेर चुनौती दिए । कसैले ती अनशनकारीलाई बचाउन सक्दिन भनेर पहिल्यै घोषणा
गरिदिए । म यतिबेला सम्झिरहेको छु, सुशील कोइराला, केपी शर्मा ओली, माधव नेपाल,
खिलराज रेग्मी र शेरबहादुर देउवा लगायतका नेताहरुलाई, उहाँहरु सबैले
नन्दप्रसादजीलाई न्याय दिने बताउनुभएको थियो । तर, नन्दप्रसाद सँधै
भन्नुहुन्थ्यो, मलाई तपाईंहरुले केही गर्न पर्दैन, मेरो छोरा कृष्णप्रसादको
हत्याका विषयमा अभियोजन सुरु गर्नुस, नत्र मलाई तपाईंको विश्वास छैन भनेर ।
छ महिना अघि कनकमणि दीक्षित र म उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमलाई भेट्न गएका थियौं । त्यतिबेला उहाँले ‘म नन्दप्रसाद र गंगामायालाई त बचाउन सक्दिन, तर अपराधीलाई कारबाही चाँहि गर्छु’ भन्नुभएको थियो । वामदेवजीको पहिलो वचन पूरा भएको छ । म उहाँलाई सोध्न चाहन्छु– उहाँको दोस्रो वचनचाँहि कहिले पूरा हुन्छ ?
म प्रधानमन्त्री सुशील कोइरालालाई सम्झन चाहन्छु, अहिले अमेरिकामा रहेका प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्रसंघको मञ्चमा उभिएर नेपालको न्याय र मानवअधिकारको विषयमा कस्तो मन्तव्य दिनुहोला ? र, त्यसलाई हामीले कसरी विश्वास गरौंला ।
एकीकृत नेकपा माओवादीका नेताहरुलाई चाँहि म बधाई दिन चाहन्छु । किनभने यो धर्तीमा उहाँहरुलाई कुनै पनि कानुन लाग्दैन । तर, माओवादी लगायत सबै राजनीतिक दलले निधार खुम्च्याएर सोच्नुपर्छ कि अब आइन्दा यो देशमा राजनीतिक दलको छाता ओढेर जस्तोसुकै जघन्य अपराध गर्न पाइन्छ ?
प्रधानमन्त्रीको राजीनामा माग्नुहुन्छ कि हुन्न भन्ने दैनिक नेपालको प्रश्नमा प्याकुरेलले यसो भन्नुभयो– राजनीतिमा राजीनामा त्यस्तो देशमा मागिन्छ, जहाँ नैतिकता हुन्छ । तर, जुन देशमा नैतिकता स्खलित भएको छ, त्यो देशमा नैतिक प्रश्नले कुनै महत्व राख्दैन।
*****
३ सय ३३ दिन आमरण अनशन बस्दा पनि न्याय नपाएर जीवनलिला गुमाएका नन्दप्रसाद अधिकारीको शव बुझिदिने मानिस पनि भेटिएनन् ।
परिवारका कोही मानिस पनि नभएका कारण उनका शव वीर अस्पतालले नै शिक्षण अस्पताल महाराजगन्जमा लगेर छाडिदिएको छ ।
नन्दप्रसादका कान्छा छोराको तत्कालिन विद्रोही माओवादीले क्रुरतापूर्वक हत्या गरेका थिए भने जेठा छोरा नुरप्रसाद अधिकारी अहिले अर्धभुमिगत झैं अवस्थामा छन् । नन्दप्रसादसँगै आमरण अनसन सुरु गरेकी गंगामाया पनि अन्तिम अवस्थामा छिन् ।
जवाफदेही निगरानी समितिका अध्यक्ष एवं अधिकारकर्मी सुशील प्याकुरेलका अनुसार नन्दप्रसादको अन्त्येष्टि समेत अन्यौलमा परेको छ ।
प्याकुरेलले नन्दप्रसादको मृत्युलाई सत्याग्रहको हत्याको संज्ञा दिनुभयो । ‘सरकारको यो लापरवाहीको भत्सर्ना गर्दै नन्दप्रसादले उठाएको न्यायको झण्डालाई हामी मानव अधिकारकर्मीहरु झुक्न दिने छैनौ ।,’ प्याकुरेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको प्रत्यक्ष निगरानी भएको नन्दप्रसादको मृत्युलाई सरकार न्याय प्रति चरम उदासिन छ भन्ने स्पष्छ भएको छ । नन्दप्रसादसंगै अनसनमा रहेकी उनकी श्रीमति गंगामायाको अवस्था पनि अत्यन्त नाजुक रहेकोले उनीहरुले उठाएको न्यायको मागलाई तत्काल सम्वोधन गरी अझै अनसरनरत गंगामायाको जीवन रक्षाको पहल गर्न हामी सरकारसंग जोडदार माग गर्दछौ ।’
नन्दप्रसादको मुत्युपछि सिंगो मानवअधिकारवादी समुदाय दुःखी भएको उहाँले बताउनुभयो ।
अल बिदा मेरो अधिकारीहरुको विदेश मेरो देशमा स्वयम्भु अन्धो छ , पशुपति लाटो छ रे अनि. सगरमाथा बैरो छ रे | जनयुद्धले १७००० हजार बलि चदाको भुमि र राजतन्त्र मारिएको देश रे , मारिएकाले न्याय नपाको देश रे ,लोकतन्त्र र संबिधान कोशी नदीमा बगेको देश, राजनीति उत्तर र दक्षिणको दलाल बनेको देश रे , भ्रस्टाचार व्यापार भाको देश ,जनयुद्धले पेट पाल्न १/४ विदेश पठाउने देश रे , गणतन्त्रले कैद गरेको मेरो देश , प्रजातान्त्रीक अभ्यास बिर्सेको देश रे | अब त मैले होइन नभन्ने ठाउँ नै नभाको अन्यायले जितेको देश माया गर्दा गर्दै पनि बिछोडिनु परेको मेरो प्यारो देश , शान्ति र न्यायले आत्महत्या गरेको देश खै अरु के भनौ लेखौ , सबै अधिकारीहरु जस्तै मरिरहेको देश जिउदै जलिरहेछ मेरो देश, दमकल नभाको मेरो प्यारो देश खै कहिले तिमि आउछौ र जिम्मा लगाऊ मेरो प्यारो देश ..!
***********************
नन्दप्रसाद अधिकारीको शव नउठाउने छोरा नूरप्रसाद अधिकारीले घोषणा गरे "शव कुनै हालतमा उठ्दैन, उठ्यो भने सुशील कोइराला, प्रचण्ड र बाबुराम तीनैजनाको एकैचोटि उठ्छ ।"
'अब म रहेपनि नरहेपनि जीवनको के मूल्य रह्यो र। हामीलाई मर्न बाध्य पार्नेले अब जेठो छोरालाई पनि मार्छन्।' : गंगामाया
दश वर्षअघि माओवादीले चितवन टाँडीमा मारेका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्याराको कारबाहीको माग गर्दागर्दै नन्दप्रसादले प्राण त्यागेका छन्। नन्दप्रसाद र गंगामायाको स्वास्थ्य ज्यादै नाजुक देखेर मानवअधिकारवादी सुदीप पाठकले गृह मन्त्रालयलाई सोमबार बिहानै सजग गराए। उनीहरुको ज्यान बचाउन लचकदार भइदिन आग्रह गरे। तर सरकार त्यसमा गम्भीर बनेन। एसएलसी दिएर हजुरआमा भेट्न चितवन गएको छोरोको शोक र कठोर संघर्षबाट नन्दप्रसादले विदा लिएका छन्। ३३२ दिन निराहार बस्नुअघि अधिकारी दम्पतीले भोगेको दुखको कथा दर्दनाक छ। न्यायको माग गर्दै उनीहरुले पटकपटक अनसन बसे। न्याय माग्दै प्रधानमन्त्रीको निवास अगाडि सत्याग्रहमा बसे। आस्था र न्यायका लागि निशस्त्र लडाई लडेको यो जोडी सोमवारदेखि छुट्टिएको छ। वीर अस्पतालको कोठाका सँगसँगै रहेको एउटा बेड खाली भएको छ। चितवन प्रहरीले कृष्णप्रसादको हत्याको अभियोगमा चौधलाई अभियुक्त बनाएपनि सबै छुटिसकेका छन्। त्यसपछि दम्पत्ति झन् निरास भए। कठोर संघर्ष गरे। उनीहरुलाई
हतोत्साही गराउन सरकारले घरि मानसिक रोगी दर्ज गराउन खोज्यो। मानसिक अस्पतालले नमानेपछि कहिले गोरखा कहिले थानकोट कटायो। छोराको हत्यारालाई सजाय दिलाउने भिष्म प्रतिज्ञा गरेका उनीहरु निरुत्साहित भएनन्। सबै सरकारको प्रताडन र उदासिनता सहिरहे। नन्दप्रसादको मृत्युबाट भने सरकार अलिकति झस्किएको छ। प्रधानमन्त्री सुशील कोइराला राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका भ्रमणमा रहेको बेला यो घटना भएको छ। लोकतन्त्र, न्याय र मानवअधिकारको विषयमा अन्तर्राष्ट्रिय फोरममा निकै उदार रुपमा प्रस्तुत हुने सरकारलाई निश्चय नै यो घटनाले अप्ठेरो महशुस हुनेछ। 'नेपालमा संक्रमणकालीन न्यायको अवस्था नाजुक अवस्थामा पुगेको छ,' मानवअधिकारवादी गोपालकृष्ण शिवाकोटीले भने, 'यसले अन्तर्राष्ट्रिय छविमा आँच पुर्याउनेछ।' न्यायको धरोहर भएकै कारण उभिएका कारण नन्दप्रसादले मृत्युवरण गर्नुपरेको भन्दै उनले भने, …राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो सरकारलाई गम्भिर रुपमा प्रशन सोध्ने ठाउँ भएको छ।' अधिकारी दम्पत्तिलाई न्याय दिलाउन मानवअधिकारवादीहरु कनकमणि दिक्षित, सुवोधराज प्याकुरेल, सुदीप पाठक, चरण प्रसाई, रसना ढकालहरु सक्रिय थिए। उनीहरुले अधिकारी दम्पत्तिलाई उक्साएको आरोप लगाउनेहरु पनि थिए। नन्दप्रसादको अन्तिम अवस्थामा पनि प्रसाई बाहेक चारजाना सँगै थिए। दिक्षितले निकै गम्भिर अवस्था देखेर निकै सम्झाए। पाठक मानवअधिकार आयोगमा सिफारिश भएकाले आधिकारिक निकायबाट न्याय दिइने आश्वासन पनि दिइयो। तैपनि अन्न मुखमा हाल्न मानेनन्। हात हल्लाएर अस्वीकार गरे। अपरान्ह पाँच बजे सास गयो। पुत्रवियोगले मात्र मानिसमा न्यायका लागि लड्ने यत्रो साहस आउँदैन। अधिकारी दम्पत्तिसँग दुई वर्षदेखि बाक्लो सम्पर्कमा मानवअधिकारवादीहरु उनीहरुलाई 'सत्याग्रहका कठोर हिमायती' ठान्छन्। मानवअधिकारवादी सुवोधराज प्याकुरेलले यो मृत्युलाई 'संवैधानिक लोकतान्त्रिक गणतन्त्रिक नेपालमा सर्वसाधरणलाई न्याय दिनेमा सबै सरकारको असफलताको परिचायक हो।' यसले नेपालको लोकतन्त्रको संसारभरि बेइज्जत भएको ठहर उनको छ। 'प्रधानमन्त्री ठूलठूला कुरा गर्न न्यूयोर्कमा हुनुहुन्छ, उहाँलाई गाँस गाँसमा ढुंगा लाग्नेछ।' गृहमन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गर्दा पनि उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले चासो नदिएको प्याकुरेलले बताएका छन्। 'वामदेव गौतमले बचाउन सक्दिन भन्नुहुन्थ्यो,' उनले भने, 'उहाँको बचन पुरा भएको छ।' गौतमले अर्को बचन पनि दिएका थिए। प्याकुरेलले भने, 'अपराधीलाई कारबाही गर्छु भन्नुभएको थियो। त्यो चाहि कहिले पुरा होला!' पतिको मृत्यु भएको गंगामायाले तत्कालै चाल पाइन। प्याकुरेलसँगै उनले भनिन्, 'अब म रहेपनि नरहेपनि जीवनको के मूल्य रह्यो र। हामीलाई मर्न बाध्य पार्नेले अब जेठो छोरालाई पनि मार्छन्।' अनशनका क्रममा वीर अस्पतालमा सोमबार साँझ निधन भएका नन्दप्रसाद अधिकारीको शव नउठाउने छोरा नूरप्रसाद अधिकारीले घोषणा गरेका छन् । पिताको निधनको खबर सुने पनि उनी अस्पतालमा गएका छैनन् । नूरप्रसादका बाबु नन्दप्रसाद अधिकारी । तस्वीरः सुबोधराज प्याकुरेल ‘मलाई यस अघि पनि अस्पतालमा जान दिइएन, अब पनि जान्न,’ नूरप्रसादले भने- ‘हाम्रोतर्फबाट शव उठ्दैन, माओवादीलाई जेल नहालेर राज्यले मारेको हो, उसैले जे गर्छ गरोस् ।’ पिताको अनसन तोडाउन मानवअधिकारकर्मीले आग्रह गर्दासमेत नमानी सम्पर्कविहीन भएका नूरप्रसादले सोमबार पिताको निधनपछि भने, ‘शव कुनै हालतमा उठ्दैन, उठ्यो भने सुशील कोइराला, प्रचण्ड र बाबुराम तीनैजनाको एकैचोटि उठ्छ । हामी अब हतियारको व्यवस्था गर्दैछौं ।" माओवादीद्वारा चितवनमा ०६१ सालमा मारिएका कान्छा छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै गोरखा फुजेलका अधिकारी दम्पत्ति लामो समयदेखि वीर अस्पतालमा अनशनरत थिए । पति नन्दप्रसादको निधन भए पनि पत्नी गंगामाया वीरअस्पतालमै चिन्ताजनक स्थितिमा अनसनरत छिन् ।
*****************************
गोरखा फुजेलका नन्द प्रशाद अधिकारीको मृत्यु र न्याय हारेको दिन!
- Bhanu Bhakta Dhakal
झन्डै ११ महिना देखी आमरण अनशनमा रहेका अधिकारी दम्पत्ती मध्ये नन्द प्रशाद अधिकारीको आज वीर अस्पातलमा निधन भएको छ! गङ्गा माया अधिकारी मृत्युसँग अन्तिम लडाईं लडिरहेकी छन! लामो समय देखी न्यायको लागि सङ्घर्सरत गोरखाका नन्द प्रशाद अधिकारीको दु:खद निधन "न्याय नपाए गोरखा जानु" भन्ने राजा राम शाहको आदर्श भनाईकाप्रती मात्र होइन २१ औ शताब्दिको हाम्रो लोकतन्त्रकाप्रती समेत गहिरो ब्यङ्ग साबित भएको छ! आफ्ना १७ बर्से छोरा कृष्ण प्रशाद अधिकारिको बिभत्स हत्या गर्ने मानिसलाई कारबाहिको माग राख्दा पुकदा-बाब्रामले उल्टै अधिकारी दम्पत्तीलाईनै कारबाही गर्नु अनौठो नभएपनी माधव नेपाल, झलनाथ खनाल, खिलराज रेग्मी र सुशिल कोइराला सम्मले उनको मगलाई बेवास्ता गर्नु कदपी स्वभाविक मान्न सकिदैन! उनिहरुको मात्री बात्सल्य, पित्री बात्सल्यकाप्रती समबेदनशिल हुनुको सट्टा उल्टै सत्ता संचालकहरु अधिकारी दम्पत्तिलाई मानव अधिकारबादीहरुले उक्साएको आरोप लगाएर पन्छिन खोजे! शायद उनिहरु कुनै दलका सद्स्य थिएनन र उनको पक्षमा कुनै पनि दलले आवाज उठाउन आबस्यक ठानेनन! हामीजस्ता थोरै मानिसहरुको आवाजले साशकहरुको कान खोल्न सकेन, मन पगाल्न सकेन! र, हाम्रो न्यायले हार खायो! आज न्याय हारेको दिन, शासकहरुमा मानविय समबेदना समाप्त भएको दिन, मानव अधिकार खन्डित भएको दिन, हाम्रो लोकतन्त्रका निम्ती अध्यारो दिन साबित भएको छ! नन्द प्रशाद अधिकारीको साहस र लडाईंलाई सलाम! तिम्रो आत्माको चीर शान्तिको कामना!
*********************
फेरी यस्तो मृत्यु कसैको नहोस्
-अविश अधिकारी भीम पोखरा
गणतन्त्र आयो अब शुख शान्ति न्याय पाउछौ भन्ने लाग्थ्यो तर ठिक उल्टो साबीत हुन पुग्यो! निकै चुर्की फुर्की सुन्थ्य नेताको भाषण चुनाव अगाडी चुनाब नि भयो कथित गणतन्त्र पनि आयो तर पाऔ हिंसा बलत्कारी अशुरक्षा महंगी गुण्डागर्दी देश द़ोही राजनितिक अस्थिरता मज्जाले पायौ भोग्यौ! कति मिठा सपना देखाए नेताले जनतालाई आखिर दिए रित्तो हात न्यायको त कुरै छोडौ! प़संग निर्दोष नन्द प़साद अधिकारी सग जोड्न चाहन्छु कानुनको राज्य नरहेको अनुभूति हुदैछ मलाई किनकी मानबअधिकार पनि पुर्ण रूपमै ध्वस्त नै भैसकेको रहेछ राष्टमा ! सर्वोच्वले पटक पटक ताकेता नगरेको हैन अधिकारीलाई तर राजनितिक रूपमा खेलौना बनाएको अनुभुति हुदै छ ! अनसनमा रहेका अधिकारी दम्पति मध्ये नन्द प्रसाद अधिकारीको मृत्यु भएको सुन्दा मेरो देशमा शासन गर्ने शासक तत्कालीन बाबुराम सरकार , खिलराज रेग्मी सरकार र अहिले रहेको कङ्ग्रेस एमाले गठबन्धन सरकारले नैतिक जिम्मेबार लिनुको बिकल्प छैन! अन्यायमा परेर न्याय खोज्दा सरकार लाटो र अन्धो बन्दै आज उनलाई मर्न बाध्य बनायो अनि सर्वसाधारण जनतामा प्रष्ट भयो कि गरिबको लागि न्याय छैन यसैको कारण नन्द प्रसाद अधिकारी न्याय नपाएरै अन्यायको आगोमा दन्किएर प्राण गयो म अर्थहिन हार्दिक श्रदान्जलि अर्पण गर्दछु ॥!! नन्दप्रसाद अधिकारीको निधन मानवअधिकार र कानुनी राज्यका लागि कालो दिनको महसुस गरेको छु !! आखिर लोकतान्त्रिक गणतन्त्रको सासन प़णली के रैछ भन्ने यसै घटना ले प़स्ट प़ार्छ! कानुन भनेको के हो ? आन्दोलनको अन्तिम रुप आमरण अनसन हो! ईतिहाँस को पानामा दर्ज यो घटना र यो पुस्ता ले भाबी पुस्ता र अन्त रास्ट्रीय जगत लाई कस्तो सन्देश देला ? ईतिहास कैले मर्दैन! समस्या त आयो तर सामाधानको बाटो कैले पनि अपनाईएन अधिकारीको माग कति सम्म ठिक हो बेठीक हो त्यो अदालतले नै छुट्याउने थियो म हाम्रो देशको सरकार अनि धन्न नेपालका जनवादी, प्रजातन्त्रवादी, राष्ट्रवादी भन्ने राजनैतिक दलहरू ! नेपालका विभिन्न राजनैतिक दलका भातृसंगठन जस्तै गरी व्यवहार देखाउने मानव अधिकारवादीहरू !! धन्य !!! भन्छु अरू के नै भन्न सक्छुर टुलुटुलु हेरेर बस्न बाध्य हुन्छु ! जति सोच्यो उति गम्भिर हुन मन लाग्यो केही बेर देशको स्थिति र नन्दलालको जीवनी मा चिन्तन गरे आशु झार्न बाध्य भए थाम्न सकिन ! सबैको समस्या आफ्नै समस्या सरह हो तर न सरकार सुन्छ नत मानवअधिकार! यदि गल्ति गरेको हो भने सबैले त्यसको बिरोध गर्नु पर्छ भन्ने भावना राख्न सक्नु पर्छ हैन भने न्याय खोज्दा खोज्दै ज्यान नै गुमाउनु भनेको कहि नभएको जात्रा हाडिगाउमा भनेजस्तॉ हो यो सबैले बुज्न जरूरी छ ! अन्तमा, नन्द प्रसाद अधिकारी तपाईले लड्नु भयको न्यायको लडाइँमा हामिले बल पुर्याउन सकेनौ, कै गर्नै हैसियत थिएन हामीसग हामी मुख दर्शक भएर टुलुटुलु हेर्ने बाहेक अरू कुनै बिकल्प छानेनौ भनिन्छ नि गोहिले आशु झार्न चाहन्न राज्यको झाेलीबाट न्यायकाे भीख माग्दा माग्दै पहिल्यै आत्मिक मृत्यु भैसकेका नन्द प्रसाद अधिकारीकाे भौतिक मृत्यु फेरि अरूका लागि खेतीपाती गर्ने मेसाे नबनाेस ! म तपाईलाई सधै बिर गोर्खालो जो आफु मरेर पनि अन्यायको बिरूद्द लडिरहने उनै पुर्खाको बिर शहिद नै सम्झिरहने छु मृत आत्माले चिर शान्ति पाओस हार्दिक श्रदांजली ब्यक्त गर्न चाहन्छु !!!
****************************************
काठमाडौँ
चितवन । दस वर्षअघि मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई
कारबाही माग गर्दागर्दै नन्दप्रसादले सोमबार अनशनरत अवस्थामै ज्यान गुमाए।
उनले अनशन सुरु गरेपछि हत्या प्रकरणमा मुछिएकालाई मुद्दा चलाउने काम भए
पनि किनारा भने लागेको छैन । कृष्णप्रसादलाई चितवनको बकुलहरचोकबाट अपहरण
गर्नेमा तीन जना संलग्न रहेको र गोली हानी हत्या गर्ने रुद्र आचार्य भएको
प्रहरीको पछिल्लो अनुसन्धानले खुलाएको छ। आचार्य हाल उत्तरी आयरल्यान्डमा
रहेको प्रहरी दाबी छ।
अनुसन्धानअनुसार
आचार्यसहित ऋषिराम लामिछाने र ‘अटल’ भनिने मदन पौडेल हत्यामा संलग्न थिए।
यी तीनै जना माओवादी कार्यकर्ता हुन्। लामिछाने र पौडेलको द्वन्द्व क्रममा
सुरक्षा कारबाहीमा मृत्यु भइसकेको प्रहरीले जनाएको छ। यही निष्कर्षका
आधारमा प्रहरीले आयरल्यान्डमा रहेका आचार्यलाई पक्राउ गर्न सहयोग माग्दै
२०७० फागुन २१ गते ‘डिफ्युजन’ नोटिस जारी गरेको थियो। यसको प्रत्युत्तरमा
बेलायतस्थित इन्टरपोलको एनसिबीले अदालतको नोटिस मागेको थियो। यसअनुसार
चितवन जिल्ला अदालतले पक्राउ आदेश जारी गरिसकेको छ। उक्त आदेश नेपालस्थित
एनसिबीले बेलायत एनसिबीलाई पठाइसकेको स्रोतले बतायो।
२०५७
मा माओवादीमा लागेका चितवन, रत्ननगर नगरपालिका–८ का आचार्य माओवादी
शान्तिपूर्ण राजनीतिमा आएपछि २०६६ मा श्रीमतीसँगै ‘डिपेन्डेन्ट’ भिसामा
बेलायत गएको प्रहरीको भनाइ छ। जिल्ला अदालत चितवनमा दर्ता भएको मुद्दामा
आचार्यलाई समेत प्रतिवादी बनाइएको छ। आचार्यसहित पक्राउ नपरेका ८ जनाका
हकमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (१) अनुसार घटनामा संलग्न देखिएको
अभियोगमा कानुनी प्रक्रिया जारी छ।
यसबीच
नन्दप्रसाद र गंगामायाको अनशन तोडाउन पटकपटक प्रयास भए पनि उनीहरू मानेका
थिएनन्। दाजु नुरप्रसादले अनशन तोडेबापत राज्यसँग ठुलो रकम माग गरेको पनि
चर्चामा आएको थियो।
हत्याकाण्डको फेहरिस्त
यो
हत्याकाण्ड माओवादी द्वन्द्व बेला २०६१ जेठ २४ मा भएको थियो। त्यस दिन १८
वर्षीय कृष्णप्रसाद एसएलसी परीक्षा दिएर हजुरबा–हजुरआमा भेट्न गोरखा,
फुजेलबाट चितवन आएका थिए। राति ८ बजेतिर नम्बर खुल्न नसकेको एउटा मोटरसाइकल
हुइकिँदै आएर उनको सामुन्ने रोकियो। मोटरसाइकलमा तीन जना सवार थिए। तिनले
कृष्णप्रसादलाई आफ्नो कब्जामा लिए। त्यसै रात चितवन नगरपालिका–८ को
बकुलहरचोकमा गोली हानेर उनको हत्या गरियो।
दोस्रो
दिन नै कृष्णप्रसादका बाबु नन्दप्रसादले ‘मोटरसाइकलमा आएका तीन जना अज्ञात
व्यक्तिले हत्या गरेको’ भन्दै कर्तव्य ज्यानअन्तर्गत घटनामा संलग्नको
खोजतलास र कारबाही माग गर्दै जाहेरी दिए। उनले कसैको नाम किटान गरेनन्।
प्रहरीले उनको यो जाहेरीका आधारमा अनुसन्धान अघि बढाएन।
अनुसन्धान प्रक्रिया
अनुसन्धान
सुरुआत त्यसपछि मात्र भयो, जब कृष्णप्रसादका दाजु नुरप्रसादले १८ महिनापछि
२०६२ मङ्सिर २६ गते ‘भाइको हत्यामा संलग्न’ भन्दै ११ जनाविरुद्ध किटानी
जाहेरी दिए। तीमध्ये नौ जना उनका आफन्त हुन्। प्रहरीले त्यही जाहेरीलाई
अनुसन्धानको मुख्य आधार बनायो।
जाहेरीकर्ता
नुरप्रसाद अंश विवादका कारण आफ्नो भाइ मारिएको दाबी गर्छन्। नन्दप्रसादका
दुई भाइमध्ये कान्छाको नाम ठाकुर हो, माइलाको मृत्यु भइसकेको छ। माइली
आमाले माओवादी कार्यकर्ता लगाएर भाइको हत्या गराएको नुरप्रसादको तर्क छ।
त्यही आधारमा उनले माइली काकी र फुपूलाई समेत आरोपित बनाएका छन्।
अधिकारी
परिवारमा अंश विवाद रहेको स्थानीय पनि स्वीकार गर्छन्। तर त्यही विवादमा
माइली आमाको पक्ष लिनेलाई नुरप्रसादले भाइको हत्यामा आरोपित बनाएर फसाएको
उनीहरूको भनाइ छ।
नुरप्रसादको
जाहेरीमा आतंककारी तथा विध्वंसात्मक ऐनअनुसार कारबाही माग गरिएको थियो।
हत्याको अभियोजनका लागि सुरुमा सरकारी वकिलको कार्यालयले यसैलाई कानुनी
जटिलताका रूपमा विश्लेषण गरेको थियो। २०६२/६३ को राजनीतिक परिर्वतनपछि
बनेको सरकारले राजाको प्रत्यक्ष शासनकालमा आएका सबै कानुन निस्त्रि्कय
बनाउँदा आतंककारी तथा विध्वंसात्मक कानुन पनि खारेजीमा परेको थियो। बृहत्
शान्ति सम्झौतापछि उक्त कानुनअनुसार चलेका सबै मुद्दा फिर्ता लिने सरकारको
निर्णयमा कृष्णप्रसाद हत्याको अनुसन्धानसमेत परेको थियो।
राष्ट्रिय
मानवअधिकार आयोगले २०६५ चैत २३ गते कृष्णप्रसाद हत्यासम्बन्धी घटनाको
अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गर्यो। यसअनुरुप अनुसन्धान
अघि बढे पनि महान्यायाधिवक्ता कार्यालयले खारेज भइसकेको कानुन टेकेर
अनुसन्धान बढाउन नमिल्ने रायसहित २०६९ पुस ९ गते मिसिल सुरक्षित राख्न
चितवन प्रहरीमा पठाएपछि अनुसन्धान प्रक्रिया रोकियो । बुवा नन्दप्रसाद र
आमा गंगामाया छोराको हत्यामा संलग्नमाथि छानबिन र कारबाही माग गर्दै
पहिलोचोटि अनशन बसेको त्यसपछि नै हो।
पक्राउ सिलसिला
अनशनकै
दबाबका कारण राष्ट्रिय मानवअधिकार आयोगले पुरानो निर्णय सम्झाउँदै २०७०
साउन २८ गते सरकारलाई पत्र पठायो। लगत्तै प्रहरीले २०७० भदौ २१ गते मुलुकी
ऐन ज्यानसम्बन्धी महलअनुसार आरोपितमध्येका रामप्रसाद अधिकारीलाई काठमाडौँको
बागबजारबाट पक्राउ गर्यो। रामप्रसाद समातिएपछि नन्दप्रसाद र गंगामायाले
भदौ २२ गते राति अनशन तोडेका थिए। तर, पक्राउ परेका आरोपितलाई मुद्दा चलाउन
यथेष्ट आधार र प्रमाण नभएको भन्दै सरकारी वकिलको निर्देशनमा असोज १६ गते
तारेखमा छाडियो।
रामप्रसाद
छुटेपछि नन्दप्रसाद र गंगामायाले २०७० कात्तिक ८ बाट फेरि अनशन सुरु गरे।
त्यसपछि मङ्सिर २१ मा फेरि अर्का आरोपित ‘अजिब’ भनिने परशुराम पौडेललाई
प्रहरीले पक्राउ गर्यो।
अजिबलाई
पनि मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको निर्देशनमा पुस १६
मा तारेखमा छाडियो। चितवन प्रहरीले फेरि चैत ६ गते राति आरोपितमध्येका
छविलाल पौडेल र भिमसेन पौडेललाई गिरफ्तार गर्यो। यसपटक भने सरकारी वकिलले
अदालतमा मुद्दा दायर गरे।
मुद्दा दायर
२०७०
चैत ३० मा चितवन जिल्ला अदालतमा अधिकारी हत्या प्रकरणमा पहिलोपटक मुद्दा
दायर भएको थियो। अदालतमा सर्वस्वसहित जन्मकैद माग गर्दै सरकारी वकिल
एकनारायण लम्सालले मुद्दा दायर गरेका थिए। किटानी जाहेरीमा नाम नपरेका थप
दुई जना गोरखा, फुजेलकी जानुका पौडेल र चितवन रत्ननगरका रुद्र
आचार्यविरुद्ध पनि मुद्दा दायर भयो। प्रहरी अनुसन्धानमा जानुका र रुद्रको
संलग्नता देखिएपछि उनीहरूलाई पनि अभियुक्त बनाइएको थियो।
चितवन
जिल्ला अदालतका न्यायाधीश विनोद मोहन आचार्यको इजलासले संलग्न प्रमाणका
आधारमा अभियुक्तहरूमाथि सर्वस्वसहित जन्मकैद हुने गरी मुद्दा चलाउन नमिल्ने
जिकिर गर्दै त्यो बेला प्रहरीले नियन्त्रणमा लिएकालाई धरौटीमा छाड्ने आदेश
दियो।
चैत
६ गते समातिएका छविलाल र भिमसेन पौडेल न्यायाधीश आचार्यको आदेशबमोजिम २०७१
वैशाख ४ मा धरौटीमा रिहा भए। भिमसेनलाई २७ हजार र छविलाललाई २० हजार
रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दिइएको थियो। यी दुई जना कसुरदार
हुन् भनी यकिन गर्न सकिने वा विश्वास गर्न सकिने आधार नभएको हुँदा थुनामा
राख्नुपर्ने अवस्था नरहेको न्यायाधीश आचार्यको आदेशमा उल्लेख छ। घटनामा
तत्काल प्राप्त हुने प्रमाणको अभाव देखिएको आचार्यको जिकिर छ।
तीन अझै फरार
कृष्णप्रसाद
हत्या प्रकरणमा छविलाल, भिमसेन, रामप्रसाद, रुद्र, जानुका र अजिबसँगै सीता
अधिकारी, सुभद्रा तिवारी, मेघनाथ पौडेल, कालिप्रसाद पौडेल, हिमलाल अधिकारी
पनि अभियुक्त कायम भएका छन्। त्यस्तै अन्य अभियुक्तमा रामप्रसाद अधिकारी
नै नाम भएका अर्का व्यक्तिसमेत छन्। विष्णु तिवारीविरुद्ध पनि अभियोग छ।
चितवन
जिल्ला अदालतबाट प्राप्त जानकारीअनुसार रुद्र, रामप्रसाद र सुभद्रा
तिवारीबाहेक अरू अदालतमा हाजिर भएर धरौटी र साधारण तारेखमा छुटेका छन्।
सीता र जानुका पनि साधारण तारेखमै छुटेका हुन्।
नन्दप्रसाद
र गंगामायाले अनशन थालेपछि दबाबमा परेको सरकारले अनुसन्धानमा जिल्ला तहको
प्रहरीसँगै तत्कालीन डिआइजी गणेश राईको संयोजकत्वमा केन्द्रीय तहमा समेत
समिति बनाएको थियो। हत्या अभियोगको मिसिलमा गोली कसले हानेको हो भन्ने
किटान गर्ने प्रमाणको अभावमा मुद्दा प्रक्रिया रोकिएको थियो। पछिल्लो
अनुसन्धानबाट भने गोली हान्ने रुद्र आचार्यकै पहिचान भएकाले मुद्दा
प्रक्रिया अघि बढ्नेमा अनुसन्धानमा खटिएकाहरू आशावादी बनेका थिए।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक