- गोविन्द पोखरेल
संविधानसभाको दोस्रो निर्वाचन भएको ७५ दिन भयो । अर्थात् दुई महिना १५ दिनको समय विनाप्रयोजन समाप्त भयो । यस बीचमा दलहरूले खासै उल्लेख्य काम गर्न सकेनन् । आन्तरिक द्वन्द्वको व्यवस्थापनको कार्यमा तल्लीन दलका शीर्ष नेताहरू त्यसबाट मुक्त भई नसकेको अवस्था छ । सबैभन्दा ठूलो दलका रूपमा उदाएको नेपाली कांग्रेसले लोकतान्त्रिक पद्धतिद्वारा जसोतसो संसदीय दलको नेता चयन
ग¥यो । उसले दलको नेता छान्न निकै ठूलो परिश्रम खर्च गर्नुप¥यो । अहिले नेपाली कांग्रेसका सभापति संसदीय दलको नेता निर्वाचित भइसकेको अवस्थामा पनि त्यस पार्टीभित्र अर्को पक्ष आफ्नो व्यवस्थापन कसरी गरिन्छ भनेर पर्खी बसेको अवस्था छ । जसले गर्दा अन्य दलसँग गरिनुपर्ने ठोस वार्ता गर्न पनि नेपाली कांग्रेसले भ्याइरहेको छैन । सहमतिमा सरकार गठन गर्न राष्ट्रपतिले दिनुभएको सात दिनको समय पनि समाप्त भयो । अब बहुमतीय पद्धति अनुरूप अगाडि बढ्नुपर्ने हुन्छ । नेपाली कांग्रेसले आफूभित्रको बेमेललाई व्यवस्थापन गर्न सके संसदीय दलका नेता तथा सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने पक्कापक्की हुँदा पनि त्यहाँभित्रको गजमौरो छिचोेल्न निकै सकस परिरहेको छ । यो अवस्थामा त्यस दलले आफूलाई सफल व्यवस्थापन गर्न सक्ने पार्टीका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । किनकि नेपाली कांग्रेसको काँधमा अहिले इतिहासले जिम्मेवारी सुम्पिएको छ । वास्तवमा निर्वाचन सम्पन्न भएको यो लामो समयभित्र राष्ट्रपति र उपराष्ट्रपतिका बारेमा उठेका सवालको जवाफ, सभामुख, उपसभामुखको निर्वाचन साथै सहमतिको सरकार गठन भई सक्नुपर्ने थियो । जनताले सारै छिटो समस्याको समाधान खोजेका छन् । साँच्चै भन्ने हो भने अन्तरिम संविधान बमोजिम गर्नुपर्ने साधारण कामको पनि दलहरूले थालनी गर्न सकेका छैनन् । नेपाली कांग्रेसले अहिले राष्ट्रपतिका बारेमा कुनै कुरा गर्न नचाहे पनि नेकपा एमालेले राष्ट्रपति निर्वाचनको विषय उठाएको छ । सरकार गठन र सभामुख–उपसभामुखको निर्वाचन छिट्टै टु्ङ्ग्याउनुपर्ने विषय हुन् । यसलाई लामो समय अल्झाएर राख्नु राम्रो हुँदैन । आन्तरिक द्वन्द्वमा अत्यन्त गहिरोसँग फसेका ठूला तीन दलको गति हेर्दा राष्ट्रको संकट छिटै हट्ने सम्भावना देखिंदैन । दोस्रो ठूलो दल नेकपा एमालेका नेताहरू निकट भविष्यमा हुने पार्टीको महाधिवेशनलाई दृष्टिगत गरी संसदीय दलको नेता, सरकारमा नेतृत्व गर्ने व्यक्तिको चयन र अन्य लाभको पद बाँडफाँटमा केन्द्रित देखिन्छन् जसले गर्दा नेपाली कांग्रेसलाई सरकार गठन गर्न हतारो छैन भन्ने लागेको हुन सक्छ । यता समयले नेटो काट्दैछ भने एमाले जस्तो जिम्मेवार पार्टी आफ्नै समस्यामा गुजुल्टिएको देखिन्छ । यी दुई दलको आन्तरिक कलहले गर्दा नजानिंदो गरी सर्वत्र नकारात्मक प्रभाव पारिरहेको छ । तसर्थ दलहरूले आन्तरिक द्वन्द्वको छिटो व्यवस्थापन गरेर राष्ट्रिय समस्या समाधानमा लाग्नुपर्छ ।
नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । बुद्धिमत्तापूर्ण ढंगले सबैको सहमतिमा सरकार गठन गर्ने र सबै पक्षले अपनत्व महसूस गर्न सक्ने संविधान निर्माणमा सहयोग जुटाउने अभियानमा नेपाली कांग्रेस लाग्नुपर्छ । एमाओवादी र मधेशवादी दल अहिले खुम्चिएको, सुस्ताएको र मुर्झाएको अवस्थामा छन् । उनीहरूमा पनि उत्साह थपेर गतिशील बनाउँदै सरकारलाई समर्थन गर्ने र संविधान लेखनमा महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्ने बनाउने दायित्व कांग्रेस र एमालेले पूरा गर्नुपर्छ । विगत संविधानसभाले सिकाएको पाठ कसैले पनि बिर्सनु हुँदैन । त्यसबेला एमाओवादीले आफूमा आएको ऐतिहासिक जिम्मेवारी पूरा गर्न नसक्दा अहिलेको अवस्था आएको हो । अहिले त्यो जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको छ । कांग्रेसले आफूलाई सफल बनाउन सक्नुपर्छ । विगत संविधानसभाले केही विषयलाई जटिल बनाएको थियो । अहिले पनि ती विषय काँचै छन् । त्यसलाई सबै मिलेर समाधान गर्नुपर्ने हुन्छ तर सरकार नै गठन हुन नसकिरहेको अवस्थामा अन्य विषय गौण बन्दै गएका छन् । जनतामा फेरि दलहरूप्रति अविश्वास बढ्दै गएको छ । अहिले पहिलो काम भनेको सरकार गठन नै हो । त्यसपछि अन्य विषयमा प्रवेश गर्न सकिन्छ । यसतर्फ सबैले सोच्नैपर्छ ।
तत्कालीन सरकार र त्यसवेलाको विद्रोही पक्ष माओवादी बीचमा १२ बुँदे सहमति भएको थियो । त्यो १२ बुँदेमा उल्लेख गरिएका केही बुँदा बाहेक अन्य बुँदामा कोही पनि प्रवेश गरेका छैनन् । अब बन्ने सरकारले यो पेचिलो विषयमा पनि प्रवेश गर्नुपर्नेछ । संविधान निर्माण अहिले पहिलो लक्ष्य हो । यसका लागि सबै लाग्नु अनिवार्य हुनजान्छ । यससँगै दैनिक गर्नुपर्ने कार्यलाई पनि ध्यान दिनैपर्छ । तत्कालीन अवस्थामा माओवादीले कब्जा गरेको सर्वसाधारणको सम्पत्ति फिर्ता भएको छैन । दुवै पक्षले बेपत्ता बनाएकाको अवस्था अज्ञात छ । द्वन्द्व पीडितको घाउमा मलमपट्टीसमेत गरिएको छैन । यी सबै विषयमाथि अब बन्ने सरकारले छिट्टै निर्णय गर्नुपर्नेछ । राज्य अहिले गतिहीन छ । शान्तिसुरक्षाको अवस्था दयनीय छ । सुशासन र कानूनी राज्यको उपहास गएको छ । बेथिति मौलाएको छ । जसले गर्दा विकास कार्य ठप्प छ । बैंकमा पैसा थुप्रिएको छ, जनता तड्पिरहेका छन् । महँगी चुलिएको छ भने कालो बजारी मौलाएको छ । यो सबै अस्थिर राजनीतिका कारण भएको हो । यो व्याख्या गर्नुको अर्थ स्थिर राजनीति, स्थायी सरकार, कानूनी राज्य, सुशासन र शान्तिप्रति दलहरू लाग्नुपर्छ भन्न खोजिएको हो । कम्तीमा दलहरूले स्थायी सरकारका बारेमा सोच्नुपर्छ ।
२०४६ सालको परिवर्तनपछि बनेका कुनै सरकारले पूरा काम गर्न पाएनन् । पटक–पटक सरकार परिवर्तन भए । जसले गर्दा नेपाली जनता मात्र होइन विदेशी मित्रसमेत वाक्क भए । अब यस्तो परम्परा रोकिनुप¥यो । अर्थात् जसको नेतृत्वमा सरकार बने पनि त्यो सरकारले अर्को निर्वाचित सरकारलाई मात्र सत्ता हस्तान्तरण गर्ने परम्परा कायम गर्नुपर्छ । अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरिंदैछ । यो सरकारलाई संविधान निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी जनताले सुम्पिएका छन् । संविधानसभाले संविधान निर्माण गर्ने भए पनि संविधानसभालाई थाहै नदिई विघटन गर्न सक्ने अधिकार प्रधानमन्त्रीमा रहन्छ भन्ने कुरा विगतमा डा. बाबुराम भट्टराईले प्रमाणित गरी सक्नुभएको छ । तसर्थ अब बन्ने सरकारलाई सबै दल र क्षेत्रले पूर्ण सहयोग गर्न जरुरी छ । राष्ट्र र जनताले भोग्दै गरेको पीडाप्रति भन्दा पनि सत्तामोहमा निर्लिप्त हुँदा विगत दुःखदायी बन्न पुग्यो । चार वर्ष लामो समय विना प्रयोजन खेर गयो । अब त्यो स्थिति दोहोरिनु हुँदैन । सबै मिलेर सहमतिमा सरकार गठन गर्ने, सहमतिमै समस्या समाधान गर्ने, सहमतिमै राज्य पुनःसंरचना र शासकीय स्वरूप बारे उठेका विवाद समाधान गर्ने साथै सहमतिमै द्वन्द्वकालका मुद्दा उचित ढंगले सम्बोधन गर्ने कार्य हुनुपर्छ ।
दलहरूभित्र नराम्रोसँग झाँगिएको गुटगत समस्याको सम्बन्धित दलले बेलैमा सम्बोधन गर्न जरुरी छ । दलभित्रका समस्या सुल्झाउनमै शीर्षनेताले समय खर्चिने हो भने मूल विषयतर्फ प्रवेश गर्न सकिंदैन । ७५ दिनको समय विनाकाम बितिसकेको छ । तसर्थ समयको महŒव बुझेर आपसको मनमुटाव थाती राखेर प्रमुख कामका लागि सबै तयार हुनुपर्छ । यसपछि मात्र कामले गति लिन सक्छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भए नेकपा एमाले, एमाओवादी लगायतका दल सरकारमा सहभागी हुने मनस्थितिमा छन् । यो निकै राम्रो पक्ष हो । यसले संविधान निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ । सरकार बाहिरै रहेर पनि समर्थन गर्न सकिन्छ । बाहिरै रहेर समर्थन गर्न सक्ने वातावरण पनि नेपाली कांग्रेसले तयार गर्न जरुरी छ । यसका लागि सबै दलले एकै थलोमा बसी विचार विमर्श गर्नुपर्छ । साझा धारणा बन्न सकेमा अप्ठयारो काम पनि सजिलो हुनेछ । राष्ट्र र जनताको पक्षमा काम गर्छौं भन्ने दलहरूले अब फराकिलो भएर सोच्नुपर्छ । समय खेर फाल्नुहुँदैन । जनता सामु एक वर्षभित्र संविधान दिन्छौं भनी वाचा गरेको पनि भुल्नुहँुदैन । तसर्थ छिटोभन्दा छिटो सरकार गठनदेखि अन्य सबै काम सकेर सबैले अपनत्व स्वीकार गर्न सक्ने संविधान लेख्न दलहरू लाग्नुपर्छ । यसैमा सबैको ध्यान केन्द्रित हुन जरुरी छ । किनकि यही नै अहिलेको आवश्यकता हो । तसर्थ महŒवपूर्ण समयको चीरहरण नगरौं ।
*************************************************

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक