नयाँ वर्षको आगमनलाई कसरी स्वागत गर्ने भन्ने बारेमा मानिसहरुले अहिलेदेखि नै समयको व्यस्तता र औकातअनुसारका योजना बनाएका हुन्छन् । त्यस्तै योजना यो पटक बागमती सफाइ अभियानले तय गरेको
छ । त्यो योजना हो बागमतीको स्वच्छ पानीमा नुहाउने । झट्ट सुन्दा बागमतीमा नुहाउने कुरा के ठूलो हो र ! भन्न सकिएला तर त्यही बागमतीमा उपत्यकावासीले नुहाउन छाडेको दशकाँै बितिसकेको छ । लामो अन्तरालपछि फेरि बागमती नुहाउनयोग्य बन्दैछ । यो त्यसै सम्भव भएको विषय होइन । यसमा एकीकृत बागमती सभ्यता अभियानलगायतका दर्जनाँै संघ संस्था र हजाराँै नागरिकको ठूलो योगदान छ ।विगत ३८ हप्तादेखि जारी बागमती सरसफाइ अभियानको निरन्तर प्रयास र प्रयत्नबाट बागमतीको मुहारमै परिवर्तन आएपछि पुनः नुहाउने कल्पना सम्भव हुँदै गएको हो । संसारकै पुरानो सभ्यताका रुपमा परिचित बागमती सभ्यता मानवीय अतिक्रमणका कारण नदी खन्डहर र दूषित बन्दै गएको अवस्थामा सरसफाइ अभियानले दिएको गतिका कारण त्यसको स्वरुपमा उल्लेख्य परिवर्तन देखिन थालेको छ । काठमाडौँ उपत्यकामा बढ्दो जनसङ्ख्या, फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्नु र नदी किनारको अतिक्रमणले बागमतीसहित उपत्यकाका सबै नदी प्रदूषित र दुर्गन्धित बन्न पुगेका हुन् ।
जताततै नदीमा ढल, कलकारखानाबाट निस्कने फोहोर र सिनोको दुर्घन्धका कारण बागमती नदी किनारमासमेत पुग्न कठिनाइ भइरहेकै अवस्थामा उपत्यकावासी फेरी पनि बागमतीमा नुहाउन सकिन्छभन्दा आश्चर्य पनि मान्लान् तर यो छिट्टै यथार्थमा परिणत हुँदैछ ।
गरे के हुँदो रहेनछ भनेजस्तै इच्छाशक्तिसहितको विगत ३८ हप्तादेखि गरेको निरन्तर प्रयास र अठोटका कारण आगामी वैशाख १ गते बागमतीमा नुहाउने उपत्यकावासीको सपना पूरा हुन लागेको अभियानको निष्कर्ष छ ।
बागमती सफाइ महाअभियानको सुरुवात गत जेठ ५ गते शनिबारबाट भएको हो । बागमती नदीको सफाइ, स्वच्छता र संरक्षण एवम् बागमती सभ्यताको सम्वद्र्धनका लागि समग्र नेपालीको प्रयासका रुपमा सरसफाइ अभियानले श्रेय पाएको छ ।
करिब २५ वर्ष अगाडिसम्म बागमती नदीमा नुहाउन र पानी पिउन सकिने अवस्था थियो । धार्मिक मूल्य र मान्यताअनुसार पनि तीर्थाटन गर्ने, स्नान गर्ने र पवित्रताको विशेषणसमेत पाएको यो नदी मानवीय अतिक्रमणका कारण समस्याग्रस्त बनेको तथ्य वास्तविकता हो ।
बागमती सफाइ अभियानलाई नागरिकको अभियानका रुपमा लिँदै निःस्वार्थ सामाजिक अभियानका रुपमा सय हप्ता सञ्चालन हुनेछ ।
अभियान सञ्चालनका लागि आर्थिक सहयोग कसैबाट नलिएको तथा सफाइ, स्वच्छता तथा संरक्षणमा लाग्ने खर्च स्वयम् सेवकबाटै जुटाइएको बताइएको छ ।
प्रत्येक शनिबार बिहान आठदेखि १० बजेसम्म सञ्चालन हुँदै आएको सो अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, नेपाली सेना, एकीकृत बागमती सभ्यता बचाउ अभियान, पशुपति क्षेत्र विकास कोष, गायत्री परिवार नेपाल, जीवन विज्ञान, स्थानीय शान्ति समिति, विश्व हिन्दू महासंघ, विज्ञापन सघ, नेपाल टेलिकम, नेपाल नदी संरक्षण समाजलगायतका निकायहरुबाट दुर्ई हजारको हाराहारीमा नागरिक परिचालन हुँदै आएका छन् ।
सफाइका कारण तीनकुने भन्दामाथिको खण्डमा बागमती नदीको मुहार फेरिएको छ । पानीमा प्रदूषणको मात्रा घटेको र पानी सङ्लिदै गएको छ । तथापि छेउछाउका बस्तीबाट मिसिने ढलका कारण पूर्णरुपमा दुर्गन्ध हट्न भने अझै केही समय लाग्नेछ । ढल निकासका लागि नदी किनारका दुवै भागमा ढल निर्माणको काम भइरहेको छ ।
अभियानले मनोहरा दोभानसम्म पहिलो चरणको सफाइ आगामी साता पूरा गर्ने र त्यसपछि बागमती नदीको उद्गमस्थल बाग्द्वारतर्फ केन्द्रित भएर सफाइ अभियान सञ्चालन गर्ने सोच बनाएको मुख्यसचिव लीलामणि पौड्यालले जानकारी दिनुभयो ।
अहिलेसम्मको प्रगतिबाट आफू अत्यन्तै सन्तुष्ट रहेको उल्लेख गर्दै मुख्यसचिव पौड्यालले नदीमा फोहोर फाल्न हुँदैन भन्ने सोचको विकास भएको तथा आधारभूत रुपमा नदीमा फोहोर फाल्ने क्रम घटेको प्रतिक्रिया दिनुभयो ।
स्वतःस्फूर्त ढङ्गले केही अपेक्षा नगरी पुस, माघको जाडो, चाडपर्व, केही नभनी सबै काम छोडेर बालक, युवा, वृद्ध, महिला सबै तह र तप्काबाट सहभागिता जुट्ने क्रम बढ्दै गएको छ ।
कालीमाटीस्थित काठमाडौँ इन्जिनियरिङ कलेजका संस्थापक हीरेन्द्रमान प्रधानले बागमतीमा नियमितरुपमा स्वच्छ पानी बग्नका लागि मुहान क्षेत्रमा पानीका ठूलाठूला पोखरी, तालतलाउ निर्माण गरेर पानी सङ्कलन गर्नुपर्ने र क्षेत्र तोकेर संघ, संस्था र निकायलाई जिम्मेवारीको बाँडफाँड गर्नुपर्ने बताउनुभयो ।
अभियानका कारण नागरिकमा जनचेतनामा बढेको, स्वतःस्र्फूतरुपमा स्वयम् सेवा गर्नुपर्छ भन्ने भावनाको विकास भएको अभियानमा संलग्न अभियन्ता बताउँछन् ।
यसै प्रसङ्गमा मुख्यसचिव पौड्याल भन्नुहुन्छ, ‘‘हामीले किनारका बस्तीका सबै मान्छे आउन् भन्ने सोचेका थियौँ, किनारवासी आउन् र अरुलाई पनि फोहोर फाल्न नदिउन् भन्ने चाहना थियो । त्यो चाहना आशिंक रुपमा मात्रै पूरा भएको छ ।’’
अभियानको क्रममा किनारका बस्तीबाट धेरैभन्दा धेरै सहभागी होउन् भन्ने चाहना भए पनि त्यसो भने हुन नसके पनि सफाइ कार्यले मुलुकभर नै तरङ्ग गएको पाइन्छ । अभियानको सबैभन्दा ठूलो उपलब्धि बागमती नदी सफाइको तरङ्ग मुलुकभरि फैलिएकाले अन्य खोलानालाको सफाइमासमेत स्थानीयवासीको ध्यान पुग्न थालेको र राष्ट्रिय रुप लिन्छ भन्ने लागेको उहाँले भन्नुभयो ।
पछिल्लो समय बागमती सफाइमा जुटेका कानुन व्यवसायी उज्वल केसी नदीबाट प्लास्टिकजन्य फोहोर हटाइने काम पहिलो चरणमा भएको र यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता आँैल्याउनुहुन्छ ।
ज्ञानेश्वरबाट आफ्ना बाबु आमासहित बागमती नदी सफाइ अभियानमा जुटेका १० वर्षीय बालक रुदिन मर्हजन नदी सफा तुल्याउने काममा सहभागी हुन आग्रह गर्दछन् । - रासस

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक