कतारमा विश्वकप फुटवलको पुर्बाधारनिर्माणका क्रममा सन् २०१३ मा १ सय ८५ जनानेपालीको ज्यान गएको छ । बेलायती पत्रिका द गार्जियनका अनुसार सन् २०२२मा हुने विश्वकप फुटबलका लागि भइरहेकोव्यापक पूर्वाधार निर्माणको
क्रममा ज्यानगुमाउनेमा धेरैजसो नेपालका कामदार रहेका छन्। पत्रिकाका अनुसार गत वर्षको जुनदेखि अगस्टसम्मको ३ महिनामा मात्रै ४४ जनाले ज्यान गुमाएका छन् ।अधिकाशले कार्यक्षेत्रमा भएका दुर्घटना तथा हृदयाघातका कारण ज्यान गुमाएका छन् ।
नेपाल कतारमा सबैभन्दा बढी कामदार पठाउने मुलुकको छैठौ स्थानमा पर्छ भने गएको २ वर्षमा त्यहाँ ३ सय ८२जना नेपाली कामदारले ज्यान गुमाइसकेका छन् । यो संख्या अझै बढ्न सक्ने भन्दै पत्रिकामा चिन्ता व्यक्तगरिएको छ ।
गर्मी मौसामा काम गर्दा बिरामी परेका कामदारको उपचारमा समेत हेलचेक्र्याइ भैरहेको साथै क्षतिपूर्तिका लागिपनि कतार सरकारले उचित ध्यान पुर्याएको पत्रिकाले जनाएको छ । प्रवासी नेपाली समन्वय समितिले त्यहाँ ज्यानगुमाएका कामदारको शव फिर्ता गर्न साथै क्षतिपूर्तिका लागि पहल गरेपनि यसमा फिफाले पनि जोड दिनुपर्नेपत्रिकाले उल्ले गरेको छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक