- मात्रिका पौडेल
दशैंअघि साहित्यकार खगेन्द्र संग्रौला रुखछाप थिए । उनले काठमाडौं ४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट दिने बाचामात्र गरेनन्, गगनका लागि आफ्नो टोलमा भोट मागेर पनि हिँडे । खैर, उनले माग्दैमा मतदाताले भोट दिने नदिने अर्कै पाटो होला । दशैंपछि बुढा फेरि एमाओवादी भएछन् । खगेन्द्रले गगनको भोट मागेको झोकमा एमाओवादी उम्मेदवार नन्दकिशोर पुन पासाङ राजावादी चिकित्सक भोला रिजालको घरमा पुगेर भोट मागे । उनले पनि खगेन्द्रकै शैलीमा पुनका लागि भोट मागिदिए । यति भएपछि त संग्रौला बाजेको ओठ मुख नै सुकेछ । यसबीचमा कसैले संग्रौलालाई खुसी पार्ने सूत्र पासाङलाई सुनाइदिएछ । अनि त के चाहियो र, एक साँझ पुन एक बोतल विदेशी सिलबन्दी सोमरस बोकेर चावहिल गणेशथानको संग्रौला निवास पुगेछन् । पिउनु पिएपछि बुढाले पासाङलाई अंकमाल गर्दै भनेछन् ‘एकबारको जुनीमा एउटा भोट त तिम्लाई नै हो’ । गणेशथानतिरका रैथाने यी दाजैका जम्माजम्मी दुई भोट छन् घरमा । तर, हरेक चुनावमा यिनले यस्तो हल्लाखल्ला गर्छन् कि, तराइतिरका मुखिया जिम्मुवालको जस्तै त्यो टोलका भोट उनकै इशारामा र्झछन् जस्तै बनाउँछन् ।एकबारको जुनीमा खगेन्द्र संग्रौलाले यस्ता नौटंकी गरेको यो पहिलोपटक पनि होइन । यो मनुवाले पढे र सुनेअनुसार ०४८ सालदेखि नै यिनले यस्तै गरेका हुन् । उनको एक भोटको हक सिर्फ उनलाई
छ, त्यसमा कसैले हस्तक्षेप गर्न पाउँदैन । भलै उनले यसपटक गगन र पासाङ दुवैलाई भोट हालेर एमालेका निर्मल कुइकेललाई खुदो पार्दैछन् । तर, यसबीचमा उनले बुटबलमा गएर बाबुराम भट्टराईको भोट माग्दा चाँहि कमालै बोलेछन् । संग्रौलाका अनुसार एमाओवादी बेहुला हो रे, अनि एमाले चाहिँ जन्ती । त्यसैले उनले भनेछन् ‘म चाँहि जन्तीको होइन, बेहुलाकै पक्ष लिन्छु, किनकि बेहुलाले नै हो खर्चबर्च लगायतको जोहो गर्ने’ । उमेरले मेरा बुबाको उमेरका यी बिपात लेखकले पहिलोपटक सत्य कुरा ओकलेछन् । किनकि खगेन्द्र संग्रौला कहिल्यै पनि जन्तीको पछि लाग्दैनन् । किनकि उनी बेहुलाका भातखरुवा -भत्कौरो, भातखौरे पनि भन्छन् कतिपय ठाउँमा) हुन् । भातखरुवा हुनुको स्वाद खगेन्द्रले जति अरु नेपाली लेखकले सायदै चाखेका होलान् ।बेहुलाको दूत बनेर अघि अघि जग्गेमा जानु, बेहुलाको पत्र बुझाउनु र मिठो मसिनो खाएर फेरि जन्ति र बेहुलासंग मिसिएर सनई र टेम्कोको तालमा नाच्नु नै भातखरुवाको पहिचान हो । खगेन्द्र संग्रौलाले आफ्नो वास्तविक पहिचान बटौलीमा पुगेर त्यहाँका जनतालाई दिएछन्, क्याबात । २०६२/६३ को जनआन्दोलनताका यी मनुवाका बारेमा एउटा चर्चा निकै चलेथ्यो । त्यसबेला हामी नेपाल वान टेलिभिजनमा काम गथ्र्यौं । गगन थापा, कुन्दन काफ्लेलगायतका विद्यार्थी आन्दोलनका जोदाहा हस्तीहरु हामीलाई आन्दोलनको समाचार संकलनका लागि खबर गर्थे । हामी क्यामेरा बोकेर पशुपति क्याम्पसतिर दौडन्थ्यौं । किनभने विद्यार्थीहरु आन्दोलनलाई रमाइलो र धेरैको ध्यान खिच्न केही न केही नयाँ शैली निकाल्थे । त्यसमा खगेन्द्र संग्रौलालाई पनि समावेश गर्थे कहिलेकाहीँ । बुढालाई बेलुका भएपछि चाबहिल चुच्चेपाटीको टिफिन होममा लगेर एक क्वार्टर चढाएपछि झाक्री डांग्रे बकेजस्तै खुवाउने मनुवा -उनको शव्दमा जन्ती) को पक्षमा बक्न शुरु गरिहाल्दा रहेछन् । भोलिपल्ट हात्तीपाइले अखबारमा आफ्नै प्रशंसामा कुन्साङ काकाको बकपत्र पढ्न पाइने भएकाले पनि त्यो बेलाका आन्दोलनकारीले खल्ती टक्टक्याउँदै भए पनि बुढाको खातिरदारी गर्दा रहेछन् । यो क्रम त्यतिकै रोकिएन । ०६४ को संविधानसभामा यिनले परिवर्तनको आँधी ल्याउने एमाओवादीका उम्मेदवारलाई सघाउलान् भनेको त कांग्रेसकी शुप्रभा घिमिरेका लागि भोट मागेर हिँडे । कान्तिपुर लगायत ठूला अखबारमा उनको अक्षर बिक्ने भएकाले विद्या भण्डारीको चरित्र हत्या गरेर एकदुई थान लेख पनि छपाए । कुराको चूरो त अहिले आएर पो खुल्दै छ, त्यसबेला यी ठालू लेखकले शुप्रभाको भातखरुवा भएवापत हजारमा होइन, लाखमै गोज्याएका रहेछन् । यसपालि भने बिचरा बिलखबन्दमा परे जस्तो छ । गगनलाई धोखा दिउँ भने टिफिन होमदेखिको हृयाङओभर अझै छ, पासाङलाई धोखा दिउँ भनें विदेशी मालले आन्द्रा रसाइसकेको छ । त्यसैले होला, उनी बाबुरामको भातखरुवो बनेर तिनाऊ खोलातिर लागेछन् । कता कता प्रचण्ड बाबुराम दुवैको भातखरुवा बनेर राजमार्गका भट्टीमा पनि भेटिए रे, मेची महाकाली अभियानका क्रममा भन्छन् साथीहरु । जे भए पनि बुढाको स्वादे जिब्रोको राम्रो खातिरदारी भयो नै होला । र, अन्त्यमा यो पनि ..संग्रौला विचारले सर्वहारावादी र व्यवहारले पेटी बुर्जुवा वर्गमा पर्छन् । यीनीसँग जोडिएका केही किस्सा, जुन लेखक, पत्रकार माझ निकै चर्चित छन् : -नारायण ढकाल, गोविन्द बर्तमान, झलक सुवेदी, हरि रोकाहरु यिनका साथी संगी । यिनले आफ्ना एक सन्तानको विवाहको अवसरमा यी साथी संगीलाई एउटा सामान्य रेस्टुरेन्टमा बोलाएर पार्टी दिएछन् । तामझाम किन गर्ने भनेर त्यसरी सामान्य हिसाबले पार्टी दिएको उनको जिकिर थियो । भोलिपल्ट कुनै पाँच तारे होटलमा आयोजित भव्य पार्टीमा भने उनले समाजका धनाढय र हुने खाने वर्गलाई डाकेछन् । आफ्ना वामपन्थी लेखक साथी कसैलाई बोलाएनन् । -केही वर्ष पहिले खगेन्द्रले कान्तिपुर दैनिकमा माधवकुमार नेपाललाई ‘माकुने’ भन्दै तथानाम गाली गरेर लेखेछन् । त्यसको केही दिनपछि स्याङ्जाको पुतली बजारमा उनी गएका बेला त्यहाँएक होटलमा माधवसँग उनको भेटघाट र खानपिन भएछ । कसैले ‘संग्रौलाजीलाई रेड लेबल भए पुग्छ’ भनेपछि माधव कमरेडले रेड लेबलकै व्यवस्था गरिदिएछन् । अनि त के चाहियो, त्यो साँझको भेटघाटपछि कुन्साङ काकाले कान्तिपुर माधव कमरेडको बडो स्तुती गरेर लेखेछन् । -एक पटक कनकमणि दीक्षितले भारतविरोधी विषयवस्तुको एउटा सेमीनारमा सहभागी गराउन खगेन्द्र संग्रौला लगायतका लेखकलाई श्रीलंका पुर्याएछन् । नेपालका केही लेखकलाई होटलसम्म पुर्याएर कनकले भने ‘म यहाँ बस्न मिल्दैन’ भन्दै टाप कसेछन् । त्यही कारण खगेन्द्र दाइलाई लौनचौरले दरै स्पष्टीकरण सोध्यो रे । सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, खगेन्द्र संग्रौलाको भातखरुवा बानी कहिल्यै नजाला । ( पौडेल सूचना तथा सञ्चारमन्त्रीका प्रेस सल्लाहकार हुन् )

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक