नेपालमा सञ्चारको तीव्र विकास भइरहे पनि इन्टरनेटको सुविधा प्रयोग गर्नेहरुको
संख्या अहिलेसम्म ३ दशमलव ३३ प्रतिशतमात्रै देखिएको छ । सञ्चार साधनमध्ये
मोवाइल फोन प्रयोगकर्ताहरु चाहिँ ६४ दशमलव ६३ प्रतिशत पुगेका छन् । तथ्यांक विभागले बुधबार बिराटनगरमा
राष्ट्रिय जनगणना २०६८ मा उल्लेखित रेडियो, टेलिभिजन, केवल टेलिभिजन,
कम्प्युटर, इन्टरनेट, टेलिफोन, मोबाइल फोन, गाडी, मोटरसाइकल, साइकल तथा
अन्य सवारी साधन र रेपि|mजेरेटर प्रयोगकर्ताहरुको विवरण सार्वजनिक गरेको छ ।
उल्लेखित वस्तु र सेवामध्ये कम्तिमा एक किसिमको सुविधा उपलब्ध भएका
परिवारको संख्या ८४ दशमलव ५६ प्रतिशत रहेको विभागले जनाएको छ । कूल
जनसंख्याको १३ दशमलव ६९ प्रतिशत परिवारमा माथि उल्लेखित मध्ये कुनै पनि
सुविधा उपलब्ध नभएको तथ्याङ्कमा उल्लेख छ । उल्लेखित सेवामध्ये सबैभन्दा कम पहुँच
इन्टरनेटमा देखिएको छ । कूल जनसंख्यामध्ये ३ दशमलव ३३ प्रतिशत नेपालीले
मात्रै इन्टरनेट सुविधा प्रयोग गर्दै आएका छन् । यसमध्ये सहरी क्षेत्रका १२
दशमलव ११ प्रतिशत जनताले इन्टरनेटको प्रयोग गर्ने गरेका छन् भने ग्रामीण
क्षेत्रका १ दशमलव २४ प्रतिशत जनताले मात्रै इन्टरनेट सुविधा पाएको तथ्यांक
विभागका
अधिकृत दामोदर दाहालले जनगणनाको तथ्यांकलाई उधृत गर्दै बताउनुभयो ।
अधिकृत दामोदर दाहालले जनगणनाको तथ्यांकलाई उधृत गर्दै बताउनुभयो ।
नेपालमा सत्रैभन्दा बढी सञ्चारको विकास र
पहुँच मोबाइलको प्रयोगमा देखिएको छ । जनगणनाको तथ्यांक अनुसार प्रत्येक १
सय नेपालीमध्ये मोबाइल फोन ६४ जनाभन्दा बढीका हातमा मोबाइल छ । कुल
जनसंख्याको ६० दशमलव ६३ प्रतिशत जनताले मोबाइल फोन उपभोग गरिरहेको
तथ्यांकमा देखएकिो छ । यसमध्ये सहरी क्षेत्रमा ८४ दशमलव ०७ प्रतिशत
नेपालीले मोबाइल फोन प्रयोग गर्छन् । ग्रामीण क्षेत्रमा पनि ५९ दशमलव ९८
प्रतिशत जनताको हातमा मोबाइल फोन पुगेको छ ।
त्यस्तै नेपालीहरुमा रेडियो सुन्नेको
संख्या पनि अत्यधिक देखिएको छ । तथ्यांक विभागद्वारा सार्वजनिक विवरणअनुसार
देशको आधाभन्दा बढी जनसंख्या अर्थात् ५० दशमलव ८२ प्रतिशत जनताको रेडियोमा
पहुँच देखिएको छ । यसमध्ये सहरी क्षेत्रका ५३ दशमलव ५२ प्रतिशत जनताले
रेडियो सुन्छन् भने गाउँमा पनि झण्डै यसैका हाराहारीमा ५० दशमलव १७ प्रतिशत
जनताले रेडियो सुन्छन् ।
टेलिभिजनमा भने ग्रामीण क्षेत्रमा ३०
प्रतिशत र शहरमा ६० प्रतिशत जनताको मात्रै पहँुच देखिएको छ । सहरी
क्षेत्रका ६० दशमलव ६७ प्रतिशत र ग्रामीण क्षेत्रका ३० दशमलव ३६ प्रतिशत
जनताले मात्रै टीभी हेर्ने गरेका छन् । यस आधारमा भन्नुपर्दा कुल
जनसंख्याको ३६ दशमलव ४५ प्रतिशत जनताले टेलिभिजन हेर्ने गरेका छन् भने
देशमा अझैसम्म ७३ दशमलव ५५ प्रतिशत जनताले टेलिभिजन हेर्न पाएका छैनन् ।
शहरमै पनि टेलिभिजन नभएका परिवारको संख्या उल्लेख्य देखिएको छ ।
आफ्नै घरमा निजी मोटरसाइकल नभएका नेपालीको
संख्या करीब ९० प्रतिशत रहेको छ । तथ्यांक अनुसार देशभरमा ९ दशमलव ९८
प्रतिशत जनताका घरमा मात्रै निजी मोटरसाइकल छन् । यसमध्ये सहरी क्षेत्रका
२३ दशमलव ६२ प्रतिशत मानिससँग मोटरसाइकल छ भने ग्रामीण क्षेत्रका ६ दशमलव
२३ प्रतिशत जनतासँग मात्रै आफ्नै निजी मोटरसाइकल रहेको विभागको तथ्याङ्कमा
उल्लेख छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक