विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन नराम्रोसँग
प्रभावित भएको छ । वर्षासँगै आएको बाढी पहिरोमा परी २० जनाको ज्यान गएको छ
भने ११ जना वेपत्ता भएका छन् । वाढीपहिरोमा परी दैलेखमा सात, बैतडीमा पाँच,
कञ्चनपुरमा तीन, अछाममा दुई, कालीकोटमा दुई र दार्चुलामा एक गरी २०
जनाको मृत्यु भएको हो ।
कालीकोटमा भने पहिरोले बगाउँदा ११ जना वेपत्ता भएका छन् । वाढी पहिरोबाट सयौं जना विस्थापित भएका छन् । कालिकोटको शिपखानास्थित चोक्टेबजार र मेहलमुडीस्थित डंखिलिमा गएको पहिरोमा परी एकै परिवारका चारसहित १३ जना वेपत्ता भएकोमा दुई जनाको शव भेटिएको छ ।
कालीकोटमा वेपत्ता हुनेहरुमा शिपखानाकी कला थापा, चनतोला शाही, भूपे शाही, कमरा शाही, हिमचुली शाही, सत्य शाही, उनकी श्रीमती सरीता शाही र पाँंच वर्षका छोरा र तीन वर्षीया छोरी रहेका छन् ।
त्यस्तै, कालीकोटकै मेहलमुडीको डंखिली बजारमा पहिरो जाँंदा मनबहादुर शाही, कृष्ण न्यौपाने र टक्क बम पनि वेपत्ता भएका छन् । दुई जनाको शव फेला परेपनि सनाखत हुन सकेको छैन् ।
उता, दैलेखको मालिका गाविसको वडा नम्बर ७ मा मोहन कुमालको घर भत्किँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोहन कुमाल, उनकी श्रीमती तुलसा, छोरी विस्ना र सन्तोला तथा छोरा नगेन्द्र, गणेश र खगेन्द्र कुमाल रहेको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक