लामो कपाल पाल्ने र मुन्द्रा लगाउने
(चुल्ठेमुन्द्रे)लाई पक्रने अभियान चलाएको काठमाण्डौ प्रहरीलाई त्यस्तो
कारवाही रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश कल्याण श्रेष्ठ र सुशीला
कार्कीको संयुक्त इजलासले अपराध नियन्त्रण वा कुनै बाहानामा व्यक्तिको
स्वतन्त्रतामा हनन नगर्न अन्तरिम आदेश दिएको
हो । ‘के कस्तो पहिरन लगाउने, दाह्री जुँगा पाल्ने भन्ने विषय जो सुकै व्यक्तिको नितान्त व्यक्तिगत कुरा हो’ आदेशमा भनिएको छ-’अपराध नियन्त्रण वा कुनै बाहानामा व्यक्तिको स्वतन्त्रतामा हस्तक्षेप गर्न हुँदैन । निजको आत्मसम्मानमा धक्का पुग्ने गरी कपाल काट्न लगाउने, दाह्री खौरन लगाउने, मुन्द्रा झिक्न लगाउने वा निन्दनीय व्यवहार गर्ने छुट कसैलाई नभएकाले यस्ता क्रियाकलाप नगर्नु नगराउनु ।’ प्रहरीले ‘चुल्ठे-मुन्द्रे’माथि कारबाहीको अभियान सुरु गरेपछि ल स्टुडेन्ट सोसाइटी काठमाडौंको तर्फबाट विकल्पराज भण्डारीले फागुन २० गते प्रहरी प्रधान कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर रिट दायर गर्नु भएको थियो । त्यसमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउ ओदश दिएको थियो । प्रहरीले भने
बाटोमा हिड्नेलाई समातेर यस्तो नगरिएको तर, पक्राउ परेकाहरुलाई भने मुन्द्रा खोल्न लगाएको बताएको थियो । प्रहरीले फागुन १४ गतेबाट ‘ट्यापे’, ‘मुन्द्रे’ र ‘गँजेडी’लाई पक्राउ गर्ने अभियान सुरु गरेको थियो ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक