आज माघेसङ्क्रान्ति जलाशय, नदी, तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नाका साथै घिउ,चाकु, तिलको लड्डु र तरुल दान एवं खाई मनाइँदैछ। ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जान्छ। ‘भविष्यपुराण’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा आजका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र आगो ताप्ने मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोसिलो हुनाका साथै निरोगी होइने उल्लेख छ। थारु समुदायमा यो पर्व ‘माघी’ पर्वका रूपमा धुमधामका साथ मनाइन्छ।
कमेन्ट त जस्तो पनि गर्न पायो ; तर मैले कतै पनि असभ्य कमेन्ट गरेको छैन है !
ReplyDelete