20120722

प्रचण्डको प्रेस वक्तव्य जस्ताको तस्तै : कती भ्रम जाल छर्न सिपालु छन है प्रचण्ड, कती हास्छौ रुन्चे हाँसो ! लौ हेर्नुस्


प्रिय पत्रकार मित्रहरू,
१. हाम्रो महान् तथा गौरवशाली पार्टी एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सातौं विस्तारित बैठक अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा यही २०६९ साल साउन २ गतेदेखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा भव्य र शानदार रूपमा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय गीतबाट सुरु गरिएको उद्‍घाटन कार्यक्रममा महान् जनयुद्ध, जनआन्दोलन तथा राष्ट्रिय स्वाधीनता एवम् जनतन्त्रका अमर सहिदहरूप्रति १ मिनेट श्रद्धाञ्जलि अर्पणपछि सातौं विस्तारित बैठकको उद्‌घाटन क. अध्यक्षले गर्नुभयो । सचिव कमरेड पोष्टबहादुर बोगटीले उद्‍घोषण गर्नुभएको उक्त कार्यक्रममा सातौं विस्तारित बैठक व्यवस्थापन मूल समितिका संयोजक क. कृष्णबहादुर महराले व्यवस्थापनबारे जानकारी एवम् सहभागी कमरेडहरूलाई
स्वागत गर्नुभएको थियो ।
उद्‌घाटन सत्रमा अध्यक्ष कमरेड प्रचण्डले भन्नुभयो, संविधानसभाको दुःखद अवशान भएको र पार्टीको एउटा हिस्सा अलग भएको विशिष्ट परिस्थितिमा हुन गइरहेको यो विस्तारित बैठक विशिष्ट अर्थ र महत्वको हुनेछ । विचारको विकाससहित रणनीति र कार्यनीतिमा परिमार्जन गर्दै हामी अघि बढ्नेछौं ।अहिलेसम्म भएको गल्ती कमजोरीलाई स्वीकार्दै र सच्याउादै हामी पार्टीलाई सुदृढ र सबल बनाउनेछौं । सबै गुटहरूको अन्त्य गर्दै पार्टीलाई एकतावद्ध गरिनेछ । र अध्यक्षको नाताले यो प्रक्रियाको थालनी मेरै ठाउाबाट गरिनेछ । त्यस्तै उपाध्यक्ष क. बाबुराम भट्टराईले यो विस्तारित बैठक ऐतिहासिक महत्वको हुने छ । एकातिर आमूल परिवर्तन छाड्छ कि भन्ने चिन्ता अर्कातिर शान्ति र संविधान छाड्छ कि भन्ने चिन्ता दुवै चिन्तालाई चिर्दै हामी अघि बढ्नेछौं । माक्र्सवादीहरू आलोचनात्मक र क्रान्तिकारी हन्छन् । हामी त्यस्तै छौं हुनुपर्छ । अहिलेको अवस्थामा गुटहरू नभत्काए पार्टी बनाउन सकिन्न भन्नुभयो । त्यस्तै अर्का उपाध्यक्ष क. प्रकाशले पार्टीलाई एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनता र क्रान्तिको दिशामा अघि बढोस् भन्ने सबैको अपेक्षा रहेकोछ । क्रान्तिप्रतिको निष्ठा, सिद्धान्त निष्ठता, गतिशीलता, सिर्जनशीलता, रणनीतिक दृढता र कार्यनैतिक लचकता र आवश्यक पर्दा छलाङ मार्ने हाम्रो नेतृत्वको विशेषताहो । गल्ती, कमजोरी र नकरात्मक प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नैपर्छ । गुटबन्दी विष वृक्ष हो यसलाई अन्त्य गरिनेछ भन्नुभयो ।
२. बैठकको दोस्रो तथा बन्दसत्रमा अध्यक्ष क. प्रचण्डले 'पार्टी र क्रान्तिका अगाडि उत्पन्न सङ्कट र सर्वहारा वर्गको ऐतिहासिक कार्यभार' नामको राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभयो ।
प्रतिवेदनका महत्वपूर्ण सार निम्नअनुसार रहेको छ -
·केन्द्रीय समितिको यो ऐतिहासिक विस्तारित बैठक महान् जनयुद्ध एवम् विभिन्न जन-आन्दोलनहरूका अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै सम्पूर्ण वेपत्ता र घाइते योद्धाहरूप्रति उच्च सम्मानका साथ अभिवादन गर्दछ । विस्तारित बैठक यस अवसरमा सम्पूर्ण अमर सहिद एवम् वेपत्ता योद्धाहरूका आदरणीय परिवारजनप्रति ऐक्यबद्धताका साथ सम्मान र अभिवादन प्रकट गर्दछ ।
·मा.ले.मा./विचारको विकासको ऐतिहासिक अनुभवले स्पष्ट गरेको छ कि जहाँ र जहिले पनि यसको विकास एकातिर माक्र्सवादका सार्वभौम क्रान्तिकारी सिद्धान्तहरूको व्याख्या र कार्यान्वयन, वर्ग-संघर्षको हतियारका रूपमा होइन, वर्ग-समन्वयको हतियारका रूपमा गर्न जोड लगाउने दक्षिणपन्थी संशोधनवादी धाराका विरुद्ध र अर्कातिर माक्र्सवादलाई ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सहयोग गर्ने वैज्ञानिक पथप्रदर्शकका रूपमा होइन, यान्त्रिक ढंगले सूत्र रट्ने धर्मशास्त्रका रूपमा लिने जडसुत्रीय संशोधनवादी धाराका विरुद्ध अविच्छिन्न संघर्षका क्रममा नै भएको छ । नेपाली क्रान्ति र नेपाली कम्युनिस्ट आन्दोलनको विकास पनि विना अपवाद संघर्षको यही सार्वभौम नियम अनुसार नै हुँदै आएको छ ।
·वर्तमान भूमण्डलीकरणको प्रमुख विशेषताका रूपमा रहेको वित्तिय पुँजीको भूमण्डलीकरणको सारतत्व अन्ततः गरिब र विकासशील देशका जनतालाई लुटेर रातारात अरबौं र खरबौं नाफा कुम्ल्याउने माध्यम, प्रक्रिया साम्राज्यवादी जालो बाहेक अरु केही नभएको तथ्य नै प्रमाणित भइरहेको छ । यसको परिणाम पूरै विश्व नै आर्थिक संकटको झन्, झन् ठूलो भूमरिमा पर्ने कुरा निश्चित छ ।
· आज विश्वमा साम्राज्यवाद एवम् उत्पीडित राष्ट्र र जनताका बीच, साम्राज्यवादी देशहरूका बीच र स्वयम् साम्राज्यवादी देशहरूभित्र समेत पूँजीपति र मजदूरहरूका बीचका सबै आधारभूत अन्तरविरोधहरू झन् तिव्र बन्न गएका छन् । यी आधारभूत अन्तरविरोधहरू मध्ये साम्राज्यवाद एवम् उत्पीडित राष्ट्र र जनताका बीचको अन्तरविरोध नै आज पनि विश्वको प्रमुख अन्तरविरोधका रूपमा रहेको छ । अन्तरविरोधको यो स्थितिले विश्वको मूल प्रवृत्ति आज पनि क्रान्ति नै रहेको तथ्यलाई स्पष्ट गर्दछ ।
· आज देशको राजनैतिक परिस्थिति नीकै नै चूनौतीपूर्ण मोडमा छ । संविधान निर्माणको आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा नहुँदै संविधान-सभाको अवसान हुनुले स्थितिलाई थप गम्भीर र जटील बनाएको छ । निरङ्कुश सामन्ती राजतन्त्रका विरुद्ध राजनैतिक दलहरूका बीचमा सम्पन्न १२ बुँदे समझदारीको उद्धेश्य पूरा भएको छैन । १२ बुँदे समझदारीको मूल उद्देश्य नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गकि विभेद र उत्पीडनको अन्त्य हुने गरि संविधान सभाबाट राज्यको अग्रगामी पुनसर्ंरचनासहितको संविधान निर्माण गर्ने तथा शान्ति प्रक्रियालाई सार्थक निस्कर्षमा पुर्‍याउने हुन ।
· संविधान-सभाको अर्को निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रमुख राजनैतिक शक्तिहरूका बीचमा सहमति र समझदारी अनिवार्य छ । सहमतिको अर्थ मुख्य रूपमा संविधानका विवादित विषय मुख्यतः पहिचानसहितको संघीयता, संविधानसभाबाट संविधान घोषणाको प्रक्रिया र राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहमति भन्ने बुझ्नु पर्दछ ।
· यसका साथै पार्टीले विगतका कामको संक्षिप्त सिंहावलोकन गरेको छ । कार्यदिशाको संश्लेषण, एक्काइसौं शताब्दीको जनवाद, चुनवाङको प्रस्ताव, १२ बुादेदेखि संविधानसभासम्मको निर्वाचन, दुई लाइन सङ्घर्ष, पार्टी एकता, सडक, सदन र सरकारको कामलगायतका विषयमा गरिएको यो संक्षिप्त सिंहावलोकन महाधिवेशनमा गएर पूरा हुने उल्लेख छ ।
· महान् जनयुद्ध र जनआन्दोलनका निर्णयहरू उल्टयाउँदै र तीनका उपलब्धीलाई अस्वीकार गर्ने क. मोहन वैद्यको एउटा समूह पार्टीबाट अलगिएको पृष्ठभूमिमा त्यो समूहका जडसूत्रीय संशोधनवाद र वाम विर्सजनवादको दार्शनिक-सैद्धान्तिक आधार, राजनीतिक, साङ्गठनिक र सांस्कृतिक आचरणबारे ठोस निर्णय गरिएका छन् ।
· शान्ति प्रक्रियामा आएदेखि वर्तमानसम्म देखिएका १४ वटा गल्ती कमजोरीहरूलाई किटान गर्दै त्यसबाट शिक्षा लिई अघि बढ्ने संकल्प गरेको छ । 
· नेपाली क्रान्तिको सर्वाधिक महत्वको रणनीति र कार्यनीति बारेको बहस छलफलको प्रारम्भ यो विस्तारित बैठकको असाध्यै महत्वपूर्ण पक्ष रहेको छ । नेपाली क्रान्तिलाई आˆनो मौलिकतासहित सम्पन्न गर्ने सन्दर्भमा देखिएका प्रश्नहरूलाई सम्बोधन गर्दै प्रस्तावमा भनिएको छ - '२१औं शताब्दीको वर्तमान सन्दर्भमा नेपाली क्रान्तिको रणनीतिको कुरा गर्दा सर्वहारावादी क्रान्तिकारीहरूले दुईवटा प्रश्नको स्पष्ट जवाफ दिन सक्नु पर्दछ । ती हुन् पहिलोः संघीय गणतन्त्र लगायतका वर्तमान राजनैतिक परिवर्तनलाई कसरी बुझ्ने ? दोस्रोः यी परिवर्तनहरू नयाँ संविधानमा संस्थागत हुँदा क्रान्तिको रणनीतिमा के कस्तो प्रभाव पर्दछ र क्रान्तिको भावि दिशा के हुने ?' त्यस्तै संविधान-सभाबाट संघीय गणतन्त्र लगायतका परिवर्तन मुद्दा संस्थागत भएमा त्यसबाट जनवादी क्रान्तिकै कार्यभारहरूको आंशिक परिपूर्ति हुने र क्रान्तिको बाँकी कार्यभार प्राप्त गर्न पार्टीको सामू नयाँ रणनीतिका साथ अगाडि बढ्ने ऐतिहासिक आवश्यकता खडा हुन आउँछ । यस विषयमा अहिले नै विस्तृत चर्चा गरेर निस्कर्षमा पुग्न विषयबस्तुको गम्भीरता र विधि प्रक्रियाका दृष्टिले पनि सम्भव छैन । तर, निकट भविष्यमा नै पार्टीले यसको जवाफ दिनै पर्ने भएकोले छिट्टै राष्ट्रिय महाधिवेशनको आयोजना गरी व्यापक जनवादको अभ्यास सहित एउटा निस्कर्षमा पुग्नै पर्दछ ।
· यी वैचारिक सैद्धान्तिक राजनीतिक र सङ्गठनात्मक अवधारणाको आलोकमा प्रस्तावले पार्टी निर्माणका चुनौती र आधारहरूको छुट्टै प्रस्ताव पेश गरेको छ । पार्टी सुदृढीकरणको ठोस योजना, आर्थिक उत्पादन तथा सहकारी आन्दोलनको महत्व र तात्कालिन कार्य योजनाको रूपरेखा पनि पारित गरेको छ ।
३. उक्त राजनीतिक प्रस्ताव माथि समूहगत छलफल गर्न १६ वटा समूह निर्माण गरियो । समूहगत छलफलका सबै विषयहरूलाई समूहका प्रतिनिधित्व गर्दै क. चित्रबहादुर श्रेष्ठ, क. शालिकराम जमरकट्टेल, क. ईश्वर भण्डारी, क. रामलोटन तिवारी, क. रामबहादुर राई 'पासाङ', क. अमर तमु, क. तारामान स्वार, क. रामचन्द्र मण्डल, क. बलिराम शाह, क. अशोक जयसवाल, क. गजेन्द्र महत, क. राजबहादुर बुढा, क. हिमकला गैरे क. डम्बर सुवेदी, क. श्रीप्रसाद जबेगु, क. कर्मा, क. युवराज दुलाल, क. स्वनामसिंह स्याङ्तेन, क. धर्मशीला चापागाईं, क. देवी खड्का, क. सीता पोख्रेल, क. कमला नहर्की, क. भाष्कर प्रधानाङ्ग, क. महेन्द्र श्रेष्ठले समूहका प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
४. महाधिवेशन सम्बन्धी थप प्रस्तावहरू
यो विस्तारित बैठक २०६९ माघ महिनामा महाधिवेशन गर्ने निर्णय गर्दछ र वर्तमान केन्द्रीय समितिलाई राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको घोषणा गर्दछ । वर्तमान पदाधिकारीहरूको केन्द्रीय कार्यालय रहने महाधिवेशन आयोजक समितिलाई निन्न अधिकार प्रदान गर्दछ ।
क. आवश्यकता महसुस भएमा सचिवालय गठन गर्न सकिने छ ।
ख. महाधिवेशन सम्पन्न गर्नका लागि वर्तमान पार्टीको विधानमा संशोधन गर्नेछ । 
ग. महाधिवेशनका लागि आवश्यक पर्ने पार्टीको विधान, राजनीतिक तथा संगठनात्मक लगायत अन्य दस्तावेज तयारी गरी पार्टीव्यापी बहसका लागि संप्रेशित गर्नेछ ।
घ. महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक भएमा विभिन्न समिति गठन गर्न सक्नेछ ।
ङ. महाधिवेशनको ठोस मिति र बहस सम्बन्धी विधिबारे आवश्यक निर्णयहरू लिन सक्नेछ ।
च. अहिलेको विशिष्ट स्थितिलाई ध्यान दिई महिला दलित मधेशी उत्पीडित क्षेत्र, पूर्व जनमुक्ति सेना र सिनियर कमरेडहरुमध्येबाट केहीलाई आयोजक समितिमा थप गर्नेछ ।
छ. देशको वर्तमान विशिष्ट  संक्रमणकालीन तरल अवस्थामा महाधिवेशन आयोजक समितिले आवश्यक राजनीतिक निर्णयहरू समेत लिन सक्नेछ ।
५. छलफलमा उठेका कतिपय प्रश्न र जिज्ञासाहरूको जवाफ दिादै क. अध्यक्षले नेपाली क्रान्तिको कार्यदिशाको विकास - नेपाली क्रान्तिको सिर्जनात्मक प्रयोग तथा आजसम्मका नेपाली जनवादी क्रान्तिका दौरानमा प्राप्त उपलब्धीहरू स्वामित्व ग्रहण गर्ने, बाँकी कार्यभारहरू पूरा गर्न गरिने कार्यदिशाको विकास र त्यसलाई प्राप्त गर्न गुट र विभाजनबाट हैन गुणात्मक रूपान्तरण र सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका लागि जनवादी केन्द्रीयता अधिकतम प्रयोगबाट मात्र सम्भव छ । विसर्जनवाद विरुद्ध नयाा दिशामा छलाङ मारे मात्र क्रान्तिको बााकी कार्यभार पूरा हुनेछ । त्यसैले माथिबाट चुनौतिको सामना र रूपान्तरणको प्रक्रिया थालिएको छ । त्यसैगरी पार्टी उपाध्यक्षद्वय क. बाबुराम भट्टराई र क. प्रकाशले उच्च जनवादको प्रयोग गर्दै पार्टीलाई एकताबद्ध गर्ने, क्रान्तिका बाँकी कार्यभार पूरा गर्न विचारको विकास, सङ्गठन निर्माण, जिम्मेवारी निर्वाह गर्ने, कमजोरीका विरुद्ध निर्मम सङ्घर्ष गर्ने साहसका साथ लाग्नुपर्ने अनिवार्यतामा जोड दिादै क. प्रचण्डको नेतृत्वमा यो महाअभियान अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।अन्त्यमा कमरेड अध्यक्षबाट यो बैठक सङ्घर्ष, रूपान्तरण, एकता र विजयको बैठक हो भन्ने संश्लेषण प्रस्तुत भएपछि सहभागीहरुमा नयाा उत्साह, विश्वास र एकताभावको रक्तसञ्चार हुन पुग्यो । यसपछि क. अध्यक्षले पेश गरेको प्रस्तावलाई विस्तारित बैठकले कर्तल ध्वनीका साथ पारित गर्‍यो । एकता र विजयको भावबीचअध्यक्ष क. प्रचण्डले केन्द्रीय समितिको ऐतिहासिक सातौं विस्तारित बैठकको समापन भएको घोषणा गर्नुभयो ।
६. समसामयिक प्रस्तावहरू
१. महान् जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति लगायतसम्पूर्ण उत्पीडित समुदायको आन्दोलनको एक प्रमुख उद्देश्य एवम् निर्देश राज्यको पुनर्संरचना गर्नु थियो । यसलाई सम्बोधन र संस्थागत गर्ने अग्रगामी शक्तिहरूको प्रयत्न एवम् प्रक्रियाका विरुद्ध यथास्थितिवादी शक्तिहरूको अवरोधको परिणाम स्वरूप संविधान जारी नगरी संविधानसभा विघटनको दुःखद स्थिति उत्पन्न भयो । त्यस परिस्थितिमा बाध्यात्मक निकासको रूपमा सरकारले अर्को संविधानसभाको निर्वाचन गर्ने घोषणा गर्‍यो । यो विस्तारित बैठक सम्पूर्ण राजनीतिक पार्टीहरूलाई राष्ट्रिय सहमतिको निर्माणको प्रक्रियामा सकारात्मक रूपमा जुट्न र संविधानसभाको नयाा निर्वाचनलाई एकताबद्ध तथा सफल पारी संविधान निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न गम्भीर अपिल गर्दछ ।
२. प्रतिगामी तथा यथास्थितिवादी शक्तिहरूद्वारा नेपाली जनताको परिवर्तनको आकांक्षालाई अग्रगामी परिवर्तनका विरुद्ध भइरहेको र हुन सक्ने षड्यन्त्र, गतिविधिहरूलाई असफल पार्न सङ्घीयता, शान्ति, संविधान, परिवर्तनका पक्षधर सम्पूर्ण राजनीतिक पार्टीहरू, आदिवासी जनजाती, मधेसी, पिछडिएको क्षेत्रको जनता, महिला, मुस्लिम, दलित समुदायको व्यापक संयुक्त मोर्चा निर्माण आजको ऐतिहासिक आवश्यकता हो । यो प्रक्रियामा तत्काल जुट्न एकीकृत नेकपा -माओवादी) सम्बन्धित सबैलाई आहृवान गर्दछ ।
३. राष्ट्रिय स्वाधीनताका पक्षमा सम्पूर्ण देशभक्त शक्ति तथा जनसमुदायलाई गोलबन्द हुन आहृवान गर्दछ ।
४. सेना समायोजनाको प्रक्रियालाई सम्मानित रूपमा सम्पन्न गर्न सरकार र प्रमुख राजनीतिक पार्टीहरूलाई विशेष अपिल गर्दछ ।
५. सहिद परिवार, वेपता योद्धा परिवारलाई तत्काल बाँकी सहयोग रकम उपलब्ध गराउन बहिर्गमनमा पर्नुभएका सम्पूर्ण जनमुक्ति सेना योद्धालाई तत्काल उचित एकमुष्टि सहयोग उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।
६. नेपाली किसानहरू यतिबेला अभावबाट अत्यन्त ठूलो मारमा परेका छन् । तसर्थ तत्काल किसानहरूलाई सुलभ ढंगले मलको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछ ।
७. वास्तविक सुकुम्बासिहरूलाई बैकल्पिक व्यवस्था नगरी जबरजस्ती बसिरहेको स्थानबाट नउठाउन र त्यसरी विस्थापित गरिएको सुकुम्बासीहरूका लागि तत्काल व्यवस्थापन गर्न सरकारसाग जोडदार माग गर्दछ ।
८. महागी एवम् भ्रष्टाचारको प्रभावकारी नियन्त्रणका लागि कडा कदम तत्काल चाल्न सरकारसाग माग गर्दछ ।
९. दाङलगायत देशका विभिन्न भागहरूमा आएको बाढी प्रकोपका कारण जनधनको ठूलो क्षति हुन पुगेको छ । हाम्रो पार्टी यस प्रकोपबाट प्रभावित जनताको तत्काल उद्धार गर्न र राहत प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछ ।
१०. महान् सांस्कृतिक योद्धा क. घनश्याम ढकाल गत फागुन १ गतेको जनसभा कार्यक्रममा आउने क्रममा दुर्घटनामा परी देहान्त हुनुभएकोले उहााप्रति गहिरो शोक व्यक्त गर्दछ र उहाालाई सांस्कृतिक सहिद घोषणा गर्दछ । साथै यस विस्तारित बैठकमा सहभागी हुन आउने क्रममा क. अनन्त अधिकारी 'प्रविण' र क. सारु विक वस दुर्घटनामा परी उपचारका क्रममा देहान्त हुनुभएकाले सहिद घोषणा गर्दछ । त्यसै गरी बस दुर्घटना हुादा त्रिशुली नदीमा वेपत्ता हुनुभएका क. दिपक चौधरीको तदारुकताका साथ खोजीका निम्ति सरकारसाग माग गर्दछ ।
७. १ महिनाभित्र प्रतिवेदन पार्टीमा बुझाउने गरी निम्न दुई वटा छानबिन आयोग गठन गरिएको छ ः
क. क्यान्टोनमेन्ट भित्रको आर्थिक हिसाबकिताब छानबिन गर्न - क. पोष्टबहादुर बोगटी संयोजक, ख. क. हितराज पाण्डे र ग. क. डोरप्रसाद उपाध्याय सदस्य भएको छानबिन आयोग
ख. पार्टीको केन्द्रीय सदस्यहरूको सम्पत्ति एवम् आर्थिक स्थितिको छानबिन गर्न -  क. अमिक शेरचन संयोजक, ख. क. लोकेन्द्र विष्ट मगर र ग. क. नवराज सुवेदी सदस्य भएको छानबिन आयोग
८. समापनपछि निम्न नाराहरू हलमा गुञ्जमान गर्दै बैठकको अन्त्य भएको थियो ।
१. माक्र्सवाद-लेलिनवाद-माओवाद/विचार-जिन्दावाद-जिन्दावाद
२. नयाँ जनवाद, समाजवाद-जिन्दावाद-जिन्दावाद
३. नयाँ ढंगको कम्युनिस्टपार्टी - निर्माण गरौं
४. राष्ट्रिय स्वाधिनताको - रक्षा गरौं
५. साम्राज्यवाद विस्तारवाद - मूर्दावाद
६. सबैखाले संशोधनवाद अवसरवाद- मूर्दावाद
७. दलाल तथा नोकरशाही पूजीवाद सामन्तवाद - मूर्दावाद
८. प्रतिगमन तथा यथास्थितिवादका बिरुद्ध-संघर्ष गरौं ।
९. गुटवाद फुटवाद-मूर्दावाद
१०. पहिचान सहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान-जिन्दावाद
११. संविधान सभाको निर्वाचन गर, जनताको संविधान जारी गर
१२. जनताको संघीय गणतन्त्र-जिन्दावाद
१३. सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, देशभक्त, आमूल परिवर्तकारी तथा शान्ति एवं जनसंविधान पक्षधर शक्तिहरू एकताबद्ध होऔ ।
१४. उत्पीडित वर्ग जाति क्षेत्र लिंग र अन्य समुदायको व्यापक संयुक्त मोर्चा निर्माण गरौं ।
१५. सम्पूर्ण असमान सन्धी सम्झौता खारेज गर ।
१६. नेपाली क्रान्ति जारी छ ।
१७. इन्कलाब - जिन्दावाद ।
१८. एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) - जिन्दावाद ।

७ साउन, २०६९

प्रचण्ड
अध्यक्ष
एकीकृत ने.क.पा.(माओवादी)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक