‘आज रात परेकाले केही हुन सकेन, टाढा रहेका हाम्रा साथी पनि आउन सकेनन्, यिनीहरूलाई भोलि देखाउँछौँ ।’
एकीकृत नेकपा माओवादीले आफूबाट अलग भएर नयाँ पार्टी गठन गरेको मोहन वैद्य पक्षलाई फुटपरस्त, गैरजिम्मेवार, पूर्वाग्रही तथा अराजकतावादी भएको आरोप लगाएको छ। एमाओवादीका अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बुधबार बसेको स्थायी समिति बैठकले वैद्यपक्षले आफूलाई विवेकले नभई आवेगका आधारमा चल्ने निम्न पुँजीवादी अराजकतावादी झुन्डका रुपमा स्थापित गराएको निष्कर्ष निकालेको हो। पार्टी एकताका लागि संस्थापनले गरेका हरेक प्रयास र देखाएको लचकतालाई बेवास्ता गर्दै पार्टी विभाजन गराएको आरोप एकीकृत माओवादीको छ। एकीकृत माओवादीले आगामी असार १५, १६ र १७ गतेका लागि डाकिएको केन्द्रीय समितिको विस्तारित बैठक दुई साता पर सारेको छ। बुधबारको स्थायी समिति बैठकले आगामी साउन १ देखि ५ गतेसम्म भेला गर्ने निर्णय गरेको हो। तयारी नपुगेको र स्थान अभाव भएकाले विस्तारित
बैठक सारिएको पोलिट्ब्युरो सदस्य हरिबोल गजुरेलले जानकारी दिनुभयो। वैद्य पक्षले असार १ देखि ३ गतेसम्म कार्यकर्ता भेला बोलाएपछि संस्थापनले पनि विस्तारित बैठक बोलाएको हो। विस्तारित बैठक
माओवादीको केन्द्रीय समितिभन्दा माथि र महाधिवेशनभन्दा तलको निकाय हो। माओवादी कार्यकर्ताको यस्तै प्रकारको आरोप–प्रत्यारोपले मंगलबार सामाजिक सञ्जाल फेसबुकका भित्ताहरू रंगिएको पाइयो। यस्तै सञ्चारकर्मी, माओवादीप्रति चासो राख्नेहरू र उसका शुभेच्छुकहरूले पनि माओवादी फुटबारे आफ्ना विचार व्यक्त गरेका छन्। तत्कालीन नुवाकोट जिल्ला विकास समितिका सभापति एवम् माओवादी जनयुद्धका शहीद भरतप्रसाद ढुंगानाकी छोरी कविताले आफ्नो फेसबुक भित्तामा लेखेकी छन्– “मोहनविक्रम सिंहको जस्तै हालत हुनेछ अब तिमीहरूको। अब आफ्नो बर्बादीको दिन गन्न शुरू गर किरण, बादल, सीपी, विप्लप, पम्फा र देव कामरेडहरू....।”
पत्रकार रेवती सापकोटा आफ्नो फेसबुक वालमा लेख्छन्– “सूचना र सञ्चारले संसारलाई एउटा गाउँमा परिणत गरेको बेला गरिबी बाँडेर राजनीति गर्ने दिन गए।”
मोहन वैद्य नियन्त्रित रेडियो मिर्मिरेमा कार्यरत रेडियोकर्मी पुष्प न्यौपाने लेख्छन्– “प्रचण्ड र बाबुराम बहुमतमा उहाँहरू नै हुनुहुन्छ। बहुमतको डन्डा बर्साएर क्रान्तिलाई टुकुचामा फाल्न उहाँहरूले एकता केन्द्र हुँदै नवराज सुवेदी र डिलारामहरूसँग एकता गर्नुभयो। जसले नेपाली जनयुद्धमा बगेका रगतलाई रजस्वला भएको आइमाईको रगतसँग दाँजेका थिए।”
बहुमतकै डण्डा बर्साउन राधाकृष्ण मैनालीहरू प्रवेश गराइयो, जो झापा आन्दोलनबाट एमाले हुँदै दरबार प्रवेश गरेको इतिहास ताजै छ। अनि बहुमतकै डण्डा लगाउन सूर्य सेनहरूलाई ल्याइयो। जसले अञ्चलाधीश हुँदादेखिको कम्युनिस्ट दमनको इतिहास ज्युँदै छ।”
जनयुद्धमा आफ्नो श्रीमान् शिवहरि तिमिल्सनालाई गुमाएकी खिमा सुवेदीले आफ्नो वालमा लेखेकी छन्– “पार्टी फुटाएर नेताहरूले शहीदको सपनाको अपमान गरेका छन्।” पूर्वविद्यार्थी नेता युवराज चौलागाईं आफ्नो फेसबुक भित्तामा लेख्छन्– “मुटु टुक्रियो........।”
माओवादी फुटेपछि...
यस्तै माओवादी अध्यक्ष प्रचण्डका पूर्वअंगरक्षक युवराज दुलाल“शरद्ले फेसबुकमा लेखेका छन्,“पार्टी फुटाउनु या बनाउनु के नौलो कर्म ग¥यौ र तिमीले ? कुनै महान कार्य गर्ने विश्वास छ तिमी आफैंलाई ? तिम्रो छातीको दम र खुट्टीको चाल नापेका हामी जिउँदै छौँ। बामदेवको माले या उपेन्द्रको फोरमको इतिहासचाहिँ तिमीले दोहो¥याउन्छौ नै।”
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा कार्यरत माओवादी राज्य समिति सदस्य ऋषि अर्याल फेसबुक वालमा यस्तो लेख्छन्, दक्षिणपन्थी संशोधनवादको विरुद्ध वैचारिक संघर्ष गर्दै नयाँ जनवादी क्रान्तिको बाटोमा अघि बढ्न नयाँ क्रान्तिकारी जाँगरसहित नेपाल कम्युनिस्ट पार्टी, माओवादी दृढ रहनेछ ..........।” हाल वैद्य पक्षमा रहेका अर्याल माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा सचिवालयमा कम्प्युटर अपरेटरको काम गर्थे । अर्यालको भनाइको जबाफमा आरपी उपाध्यायले भनेका छन,“यो पार्टीले देश र जनताको हितमा काम ग¥यो भने यसको भविश्य कसैले रोक्न सक्दैन तर अमुक क्रान्तिको नाममा फेरि पनि जनताका छोराछोरीका गर्धन जान थाल्यो भने, जनताको नाम लिएर आलिसान बंगलामा राज हुन थाल्यो भने .....फैसला जनताले गर्नेछन ...................भविश्य कस्तो बनाउने यो पार्टीका नेता कार्यकर्ताहरूको हातमा छ....................अहिले भने म यो पार्टीलाई शुभकामना दिन्छु
।” अर्थमन्त्री वर्षमान पुनका प्रेस सहयोगी मनोज घर्तीमगरले फेसबुक भित्तामा लेखेका छन्,“माओवादी फुटाएर केही मान्छे नेता त भए होलान् तर विजयको नजिक पुगेको नेपाली क्रान्तिमाथि गम्भीर धोका भएको छ।” घर्तीको भनाइको जबाफमा ओम सुब्बा लेख्छन्,“मनोजजी क्रान्तिको बाटो छोडेर भीर र भँडखालोको बाटो हिँडेपछि पनि क्रान्ति विजय नजिक पुग्ने कुरा पत्याऊँ त म।” योङ कम्युनिष्ट लिग वाइसीएलका केन्द्रीय सदस्य नवराज ढुंगाना“विश्वास”ले भनेका छन्,“एकता, संघर्ष, रुपान्तरण, अन्ततः एकता भनेर जनता र कार्यकर्तालाई कोरा क्रान्तिकारिताको कुरा गर्ने बादल, सीपी विप्लव जडसूत्रवादमा पतन।”
उज्यालो ९० नेटवर्क र अनलाइनखबर डटकममा कार्यरत पत्रकार मिलन तिमल्सिनाले माओवादी फुटलाई यसरी व्यंग्य गरेका छन्,“ऊ बेला बाबुराम विदेश जाँदा (गत असोज १ गते) देशमा भुइँचालो आयो, अहिले विदेश जाँदा पार्टीमा। वैद्यको टुनामुनाले हो कि डाक्टरको हेलच्यक्राइँले हो कुन्नि।” पत्रकार उजिर मगरले लेखेका छन्,“मातृका यादव वैद्यको कमा, माओवादीसँग रिसाएछन्। नरिसाउनुस् यादव कमरेड तपाइँ ब्राकेट माओवादी।” माओवादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालले भनेका छन्, प्रदूषित पार्टी अब सफा हुने निश्चित छ.। कसैले नखोक्दा ठीक हुन्छ। सत्ता पद नपाएपछिको रोदन। दुःख लागेको छ, ३० वर्षभन्दा लामो राजनीतिक जीवन गुमाउनेदेखि।”
यस्तै आफ्नो फेसबुक भित्तामा विनु सुवेदीले लेखेकी छन्,“२०५४सालमा नेकपा एमाले फुटेर माले हुँदा एमालेका सक्रिय कार्यकर्ता बुबालाई मेरो प्रश्न थियो,“बुबा एमाले फुटेर माले भयो, माले फुटेर ले होला, अब ले फुटेर के होला ? त्यति बेला ३ कक्षामा पढ्ने छोरीको प्रश्न बुबाले हाँसेर टार्नुभो, अहिले त फुटे पनि माओवादी जुटे पनि माओवादी।”

पार्टी विभाजन भएलगत्तै कार्यालय कब्जा गर्ने विषयमा दुई माओवादीका कार्यकर्ताबीच मारपिट सुरु भएको छ । नेपाल राष्ट्रिय निजामती कर्मचारी महासंघको कार्यालयबाट एकीकृत नेकपा (माओवादी)का कार्यकर्तालाई फुटेको माओवादीका कार्यकर्ताले बुधबार घोक्रेठ्याक लगाएर निकाले ।
नेकपा–माओवादीका कार्यकर्ताले माआवादीका अध्यक्ष पुष्पकमल दाहालको फोटोलाई समेत दुई टुक्रा पारेर कार्यालयबाहिर फालिदिएका छन् । ‘दलाल, नवसंशोधनवादी तथा राष्ट्रघाती नेताहरूको फोटो राख्नुको कुनै अर्थ छैन’ भन्दै उनीहरूले भित्तामा झुन्ड्याइएको फोटो निकाली बाहिर चौरमा बजारेका थिए । बाहिर फालेको फोटालाई समेत लात्तीले हान्दै उनीहरूले केही समय नाराबाजी गरे ।
त्यस क्रममा पुरानो र नयाँ माओवादीका कार्यकर्ताबीच सामान्य हात हालाहाल भएको थियो । दुवै पक्ष आक्रमणमा उत्रेपछि महेन्द्र पुलिस क्लबबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले स्थिति साम्य परेको थियो । विवाद बढ्दै गएपछि दुवै पक्षका नेताले घटनाबारे पार्टीका शीर्ष नेताहरूलाई जानकारी गराउँदै निर्देशन मागिरहेको देखिन्थ्यो ।
‘कार्यालयको कुर्सीमा बसेर संगठनका विषयमा साथीहरूसँग सल्लाह गरिरहेका थियौँ,’ दाहाल पक्षधर महासंघकी उपाध्यक्ष पवित्र तिमिल्सिनाले सौर्यसँग भनिन्, ‘संगठनले कारबाही गरिसकेको मानिसले महासंघको अध्यक्ष हुँ भन्दै बाहिरबाट भाडाका गुन्डा ल्याएर मलगायत कार्यालयमा रहेका अन्य साथीलाई हातपात गर्दै बाहिर निकाले ।’ आफूहरू संयमित हुँदाहु‘ँदै पनि अराजक शैलीमा अपराधीलाई जस्तैगरी बाहिर निकाल्ने काम भएको उनले बताइन् । तिमिल्सिनाले थपिन्, ‘हेराँै, उनीहरू कति दिन त्यसरी बस्दा रहेछन् । हामी कुनै पनि हालतमा संगठनको कार्यालय छाड्ने छैनौँ । यस घटनाको नतिजा राम्रो हुँदैन ।’ पार्टीबाट चोइटिएर जानेलाई रगत–पसिनाले स्थापित गरेको कार्यालय कुनै पनि हालतमा नछाड्ने उनको भनाइ छ ।
‘संगठनमा हाम्रो बहुमत छ,’ कार्यालय सचिव मधुसूदन अधिकारीले भने, ‘तर उनीहरूले बाहिरका गुन्डा ल्याएर हामीलाई नै निकाले ।’ महासंघमा आबद्ध निजामती कर्मचारी संगठन, निजामती राष्ट्रिय समिति, प्राधिकरण राष्ट्रिय समिति, संस्थान राष्ट्रिय समितिलगायत ११ वटा संघमध्ये संस्थान राष्ट्रिय समितिबाहेक सबैमा एमाओवादीको बाहुल्यता रहेको उनको दाबी छ ।
यो साँच्चै र देशभक्त क्रान्तिकारीको कार्यालय हो, यहाँ भारतीय विस्तारवादी नेताहरूको इसारामा चल्ने दलालका मतियार बस्ने होइन भन्दै वैद्य पक्षधर आइलागेका थिए । कार्यालयमा बसिरहेकी उपाध्यक्ष तिमिल्सिना र महासचिव ठाकुर देवकोटालाई अपमानित ढंगबाट गलहत्याउँदै बाहिर निकालिएका सोही पक्षका सदस्य कृष्ण आचार्यले बताए । उनले थपे, ‘आज रात परेकाले केही हुन सकेन, टाढा रहेका हाम्रा साथी पनि आउन सकेनन्, यिनीहरूलाई भोलि देखाउँछौँ ।’
महासंघका अध्यक्ष वैद्य पक्षधर रुक्म लामिछानेले भने प्रचण्डको नाम लिँदै केही अराजक व्यक्तिले कार्यालयमा आएर उपद्रो मच्चाइरहेका बेला साँझ आफूहरू आएपछि लज्जित हुँदै बाहिर निस्केको बताए । ‘संगठनमा हाम्रो पक्षमा ९० प्रतिशतभन्दा बढी साथी छन् तर उनीहरूले संगठनबारे अनावश्यक हल्ला गर्दै हिँडेकाले केही साथीले त्यसो नगर्न भन्दै सम्झाएका मात्र हुन्, कुटिएको छैन,’ उनले भने ।
आफूलाई उपाध्यक्ष दाबी गर्ने तिमिल्सिनालगायतलाई संगठनबारे बोल्ने कुनै अधिकार नभएको लामिछानेले जिकिर गरे । उनले भने, ‘हामी कार्यालयमा होस् या बाहिर निकै संयमित हुन्छौँ तर निहुँ खोज्दै आएमा बाँकी राख्दैनौँ ।’ उनले सामान्य विषयलाई उत्तेजित पारे आफूहरूले पेरिसडाँडास्थित पार्टी कार्यालयसमेत कब्जा गर्ने चेतावनी दिए । ‘हामी शान्त हुन्छौँ,’ उनले भने, ‘तर यसरी नै उत्तेजित बनाए भने देशभरका पार्टी कार्यालय कब्जा गरिदिन्छौँ ।’
यसअघि दिउँसो एमाओवादी पक्षधर नेताहरू महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षलाई संगठनबाट कारबाही गरी पदमुक्त गरेकाले उनीहरूलाई भित्र पस्न नदिने भन्दै कार्यालयमा अड्डा जमाएर बसेका थिए । उनीहरूले उपाध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षलाई संगठनबाट कारबाही गरेको व्यहोराको पत्रसमेत कार्यालयमा रहेको सूचनापाटीमै टाँसेका थिए । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले संगठलाई मनपरी ढंगबाट चलाएको, दुई वर्षदेखि केन्द्रीय समितिको बैठक नबोलाएको, आर्थिक हिनामिना गरेको तथा संगठनको नीतिभन्दा बाहिर गएर काम गरेकाले कारबाही गरी पदबाट हटाएको जिकिर उनीहरूको थियो ।
वैद्य पक्षका कुनै पनि सदस्यलाई कार्यालयभित्र पस्न नदिने भन्दै आन्तरिक तयारी गरिरहेका बेला साँझ पौने पाँच बजेतिर केही सहयोगीसहित अध्यक्ष लामिछाने कार्यालय पुगेका थिए । उनीसँग संगठनका अन्य सदस्य पनि थिए । कार्यालय पसेलगत्तै ‘महासंघका अध्यक्षलाई कारबाही गर्ने प्रचण्डका चम्चेहरू कहाँ छन् ? बाहिर निक्ल’ भन्दै उनीहरूले गोप्य छलफलमा रहेका दाहाल पक्षधर सदस्यहरूलाई बाहिर निकालेका हुन् ।
समाजकल्याण परिषद्को स्वामित्वमा रहेको सेतो रंगको साढे दुईतले भवनमा माओवादीनिकट विभिन्न ११ वटा निजामती कर्मचारी संगठनका कार्यालय छन् । उनीहरूले गत ०६४ सालदेखि कुल भाडामा ७५ प्रतिशत मिनाह गरी मासिक १४ हजार तिरेर बस्दै आएका छन् । तर, उनीहरूले दुई वर्षदेखि त्यही भाडा पनि तिरेका छैनन् ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक