साउदी अरब र कुवेतमा नेपाली महिलाहरूलाई कसरी शोषण गरिन्छ, के कस्ता दुःख, पीडाहरू खेप्नुपर्छ, यी घरेलु महिलाहरूले के पाउँछन र के गुमाउँछन् भन्ने जिवन्त कथा बोकेकी छिन चन्द्रकला लिम्बुले । अरू धेरै नेपाली महिलाहरूले यी मुलुकहरूमा आई भोग्नु परेको जस्तो यौन अपराधको शिकार बन्नु नपरे पनि यिनको पछिल्लो रोजगारीमा जुन घरेलु हिंसा खपिन त्यो कम्ति पीडादायी छैन । लाउँलाउँ -खाउँखाउँ भन्ने उमेरमा दुई पटक साउदी र एक पटक कुवेत आएर ६ बर्षभन्दा बढी अरबीहरूको ‘दासी’ बनि मनभरी शारीरिक र मानसिक पीडा संगालेकी चन्द्रकलाले अब भने बिदेश कहिल्यै नआउने निधो गरेकी छिन् । एनआरएनए साउदी अरबका महासचिव पुरूषोत्तम श्रेष्ठले गतः २९ डिसेम्बर २०११ बिहानै ५ बजे दमामको
दानास्थित साउदीको घरबाट उद्धार गरी नेपाली दूतावास रियाद पुर्याउने क्रममा यिनीसंग भएको भेटवार्तामा उक्त कुराहरू बताएकी हुन् । प्रस्तुत छ यिनै चन्द्रकलासंग भएका अन्य कुराकानीका प्रमुख अंशहरू :
दानास्थित साउदीको घरबाट उद्धार गरी नेपाली दूतावास रियाद पुर्याउने क्रममा यिनीसंग भएको भेटवार्तामा उक्त कुराहरू बताएकी हुन् । प्रस्तुत छ यिनै चन्द्रकलासंग भएका अन्य कुराकानीका प्रमुख अंशहरू :
–तपाई कहिले आउनुभएको हो साउदी ?
२७ महिना भयो ।
–पहिलो पटक हो कि ?
होइन, पहिला पनि आकि थिएं, हायलमा २ बर्ष काम गरेर फर्केकी हुँ ।
–किन आउनुभयो पटक पटक साउदी ?
के गर्नु, घरमा समस्या थियो ।
–कस्तो समस्या ?
श्रीमानले संधै जाँड रक्सी खाएर कुटपिट गर्थे, छोडपत्र गर्न खोज्दा पनि पुलिसले मिलाइदिए, घरमा बसिसक्नु थिएन ।
-अहिले कस्तो छ नि श्रीमानसंग तपाईको सम्बन्ध ?
दुई–तिन बर्ष भयो, कुनै सम्पर्क नै छैन । पहिलाकी श्रीमतिसंगै बसेको छ भन्ने सुनेकी छु ।
-छोरा छोरी पनि छन् कि ?
दुई छोराहरू छन्, ८ र ५ बर्षका, जेठोले कक्षा ३ र कान्छोले २ कक्षमा पढ्छन फुपुसंग बसेर ।
- घर कहाँ हो नि तपाईको ?
-घर जग्गा त होला नि ?
घर छैन, १ कट्ठा जग्गा छ पथरी बजारमा, त्यो पनि सरकारी -ऐलानी)
-यहाँ कसले पठाएको ?
पहिलो चोटी साउदी आउंदा र पछि कुवेत जाँदा चै पथरी शनिश्चरेकै तेजु राईले पठाको हो, अहिले दोस्रो पटक साउदी आउंदा चैं बेलबारीकी सम्झना लिम्बुले ।
-ए कुवेत पनि पो जानुभो ?
हो त, मलाई पहिला नै दलालले कुवेत भनेर साउदीको हायलमा पठाको हो । पछि त्यँही दलालले कुवेत पठायो र डेढ बर्ष कामगरी कुवेतबाट फर्केकी हुँ ।
-कुवेतमा कस्तो थियो तपाईको रोजगारी ?
कमाई चित्त बुझ्दो नभए पनि त्यहाँ मैले खासै दुख भने पाइन, शायद म बुढा बुढीमात्र बस्ने घरमा परेकोले पनि होला । तर धेरैको बेहाल थियो त्यहाँ पनि । राम्रो कुरा एउटा के थियो भने आपद बिपद पर्दा संरक्षण दिने नेपाली पनि थिए त्यहाँ । लुलु सुपरमार्केटमा राम्रो पदमा रहेका मान बहादुर गुरूङले दुःख पाएका नेपाली महिलाहरूलाई सुपरमार्केटभित्रै सानोतिनो काम दिएर आश्रय दिने गर्नुहुन्थ्यो ।
–दलाल तेजु राईलाई कति रकम दिनुपर्यो ?
३५ हजार रुपैयाँ ।
–तेजुलाई अहिले भेट्न सकिन्छ होला ?
सकिन्न, उ त अहिले बेपत्ता छ । मजस्तै कति महिलाहरूलाई बिदेश पठाउने भनेर पैसा लिएछ, पछि उडाउन नसकेपछि तिनीहरूका आफन्तहरूले घरमै आएर बेस्सरी कुटेर हातै भाँचिदिए, त्यसपछि भागेको अहिलेसम्म घर फर्केको छैन ।
–सम्झना लिम्बु (दोस्रो पटक साउदी पठाउने दलाल) चैं अहिले कहाँ छिन नि ?
उ त टन्न पैसा कमाएर अहिले बेलबारीमा सुन चाँदीको गहना पसलको मालिक्नी छिन् ।
–अनि अहिले पनि गर्छिन सम्झनाले महिला दलाली ?
गर्छेहोली नि, उसको काम त्यो क्षेत्रका महिलाहरूलाई भारतको सिलिगुडीसम्म पुर्याउने हो । सिलिगुडीबाट अर्का दलाल बद्री क्षेत्रीले मुम्बई पुर्र्याउँछन् ।
–मुम्बईमा पनि छन नेपाली दलाल ?
-यो कार्ड त कुनै ब्यापारिक प्रतिष्ठानको जस्तो लाग्दछ ?
नाम जे भए पनि त्यँही हो मुख्य दलाल (भारतीय) को अफिस, नेपाली दलालहरुले पनि त्यहीँ काम गर्छन ।
-सम्झनाले कति रुपैयाँ लिइन नि तपाईसंग ?
१० हजार रुपैयाँ ।
-पछिल्लो पटक साउदीको कुन ठाउँमा आउनुभो ?
अलहासामा ।
–कस्तो थियो त्यहाँ ?
एकदमै दुख पाएं नि, साहुनिले संधै कुटिरहने, कुटदा कुटदा मेरो एउटा दांतै झारिदिइन, अरू धेरै दाँतहरू पनि हल्लिने भएका छन, बिहानपख सुतेर उठ्दा संधै मुखमा रगत जम्दछ, खान पनि दिनमा १ छाक मात्र पाइने त्यो पनि बचेको बासी भात । एकदिन त -फ्रोजन) चिकनको डल्लोले मेरो टाउकोमै हानिन, गहिरो चोट लाग्यो, रन्थनिएर धेरै दिनसम्म दुखी रहृयो ।
-किन हानेको होला नि चिकनको डल्लोले ?
फ्रिजमा ऊंटको, बाख्राको, कुखुराको मासु थियो, पाहुना आएका थिए, मैले कुन मासु पकाउने होला भनी के सोधेकी थिए, साहुनी रिसाएर यत्ती पनि बुझ्दैनेस?” भनी चिकेनको डल्लोले हानिनी ।
–अरू…?
तलब पनि नदिने, साहुनीलाई भन्दा साहुसंग माग भन्ने अनि साहुसंग माग्दा फेरी त्यहीँ साहुनीले नै ‘मेरो बुढासंग किन बोलिस?’ हराम” भन्दै फेरी पिट्ने । मुश्किलले १७ महिना गुजारे त्यहाँ, तलब चै ७ महिनाको मात्र पाएं । त्यसपछि त्यहीँ साहुले नै अर्कोकोमा पठायो ।
-त्यहाँ कस्तो रहृयो नि ?
त्यहाँ पनि उस्तै, ४ दिनमा १ छाक मात्र भात खान पाइने, अरू दिन बिहान एउटा खबुस -रोटी), बेलुका एउटा खबुस -सुख्खा) खाएर गुजारें । पहिला जे गर्दा पनि गाली गर्ने, पिट्ने, चोरीको आरोप लगाइरहन्थ्ये, पछि मुश्लिम बने पछि भने अलि राम्रो ब्यवहार गर्न थाले ।
–ए तपाई मुश्लिम बनिसक्नुभो ?
बनाए नि, अहिले त मलाई ‘जमिला’ भन्छन् । मुश्लिम बनेपछि घडी, क्यासेट प्लेयर र ३ सय रियाल उपहार पनि दिए । नेपालमा प्रौढकक्षा मात्र पढेकी मलाई यहाँ कुरान पढ्ने बनाए, अहिले अरबिक सबै बुझ्दछु र राम्रो बोल्न पनि सक्दछु ।
–त्यसो भए दोस्रो घरमा त सबै राम्रो भयो होला नि तपाईलाई है ?
राम्रो त के हुनुनी, तलब नै नदिनी, त्यो घरमा झन् ७ महिना काम गरेर १ महिनाको मात्र तलब पाएं । त्यसैले त्यसपछि अलहासा शहर नै छोडी दमाम आएकी हुँ ।
–अनि दमाममा कति बस्नुभो र कस्तो भयो यहाँ चैं ?
यहाँ त झन् जम्मा ३ महिनामा ५ घर फेर्नुपर्यो । कसैले हप्ताको २० रियाल, कसैले ३० रियाल दिए ।
–अहिले कति छ त तपाईसंग साथमा ?
२०० रियाल ।
–अनि अब घर कसरी फर्किनुहुन्छ त, यतिले त नेपाल फर्किने टिकट आउंदैन त ?
हुनत मेरो आफ्नै दाजु राज कुमार लिम्बु नै जुबैलमा हुनुहुन्छ तर उहाँको पनि तलब ५०० रियाल मात्रै हो क्यारे, त्यो पनि कम्पनीमा कहिले काम हुन्छ कहिले हुंदैन रे । अब अरू पनि केही दाईहरू हुनुहुन्छ, उहाँहरुले सहयोग गर्नुहुन्छकी भन्ने आसामा छु ।
–अन्तमा तपाईको यो उद्धार कसरी सम्भव भयो, यस बारेमा केही बताइदिनुस न ?
काभ्रेका एक जना मित दाईले सरस्वति -मजस्तै काम गर्ने) लाई चिन्नु भएको रहेछ, सरस्वतिसंग -नेपाली जनप्रगतिशिल मञ्च)का सानु तामाङको नम्बर रहेछ, सानु तामाङले नेपाली दूतावासका सागर सरसंग कुरा गरिदिनुभयो अनि सागर सरले उहाँ (पुरूषोत्तम श्रेष्ठ, दूतावासका अबैतनिक दमाम प्रतिनिधीलाई देखाउंदै)लाई भन्नुभएछ, उहां आज बिहानै -साउदी मालिक मालिक्नी सुतिरहेकै बेला) आउनुभयो, म भागेर उहाँसंगै आएं ।
गत ३० डिसेम्बरमा नै चन्द्रकला लिम्बुलाई एनआरएनए साउदी अरबका महासचिव तथा दूतावासका पुर्बी क्षेत्र प्रतिनिधि पुरूषोत्तम श्रेष्ठले आफ्नो परिवारसंगै गाडीमा राखी नेपाली दूतावास रियाद पुर्याउनु भएको हो । गत १५ जनवरीमा उनी स्वदेश फर्किसकेको दूतावासले जनाएको छ । सोही दिन (३० डिसेम्बरमा) मा नै बसेको एनआरएनए साउदी अरबको सातौ बैठकको निर्णय बमोजिम चन्द्रकलाको दाँतको उपचारका लागि भनी ५ हजार रुपैयाँ दिएको छ । - धरम केसी /अनलाइन खबर
बिशेष प्रतिनिधि (रिपोर्टर) को आवश्यकता !
छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि बिशेष प्रतिनिधि (रिपोर्टर) हरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई बिशेष प्रतिनिधि (रिपोर्टर) हरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ । हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।- Editor in Chief, www.Nepalmother.com and www.Nispakshya.com
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक